Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: शनिबार उपचारका क्रममा दिवंगत भएका नेपाल कम्युनिस्ट पार्टी(नेकपा)का नेता एवं पूर्वउपप्रधानमन्त्री भरतमोहन अधिकारीको पार्थिव शरीर श्रद्धाञ्जलीका लागि नेपाल कम्युनिस्ट पार्टी (नेकपा)को धुम्बाराहीस्थित केन्द्रीय कार्यालयमा राखिएको छ। उनको पार्थिव शरीरलाई नेकपाका अध्यक्षद्वय केपी शर्मा ओली र पुष्पकमल दाहालले पार्टीको झण्डा ओढाएका छन्। यसैगरी उनलाई श्रद्धाञ्जली दिनको लागि पार्टी कार्यालयका उल्लेख्य संख्याको उपस्थिति रहेको छ। पार्टी कार्यालयमा श्रद्धाञ्जलीका लागि १२ बजेसम्म राखिने र त्यसपछि आजै पशुपति आर्यघाटमा अन्त्येष्टि गरिने पार्टी केन्द्रीय कार्यालयले जनाएको छ।

Read More

काठमाडौँ : पश्चिमी वायुको प्रभावले मौसममा सामान्य बदली भई आज पहाडी क्षेत्रका केही स्थानमा हल्का वर्षा र उच्च हिमाली क्षेत्रमा हिमपातको सम्भावना देखिएको छ । मौसम पूर्वानुमान महाशाखाले तीन दिनको मौसम पूर्वानुमान गर्दै पहाडी क्षेत्रमा मौसम आंशिकदेखि सामान्य बदली रहने र बाँकी भागमा आंशिक बदली रहने जनाएको छ । सोमबार र मङ्गलबार पनि पहाडी क्षेत्रको मौसममा आंशिकदेखि सामान्य बदली रही केही स्थानमा मेघगर्जनसहित हल्का वर्षाको सम्भावना रहेको महाशाखाले प्रक्षेपण गरेको छ । तराई क्षेत्रमा भने सोमबारदेखि मौसममा सुधार आउने देखिएको छ । बेलाबेला घाम लाग्नुका साथै वर्षा हुने देखिएकाले अधिकतम तापक्रम नबढ्ने र बढी चिसो महसुस हुने महाशाखाका मौसमविद् सुवास…

Read More

काभ्रेपलाञ्चोक : आफ्नो बस्ती जोखिममा पर्ने भएपछि तेमाल गाउँपालिका–२ र ३ का बासिन्दाको विरोधपछि सुनकोशी किनारमा बालुवा उत्खनन कार्य बन्द गरिएको छ । गाउँपालिकाले सुनकोशी नदी किनारमा बस्ती नजिकै बालुवा उत्खनन गर्न दिएपछि स्थानीयवासीले विरोध गरेका थिए । गाउँपालिकासँगको सम्झौताविपरीत ठेकेदारले बालुवा उत्खनन गर्दा आफ्नो बस्ती जोखिममा परेको जनाउँदै चुखाबेँसी र च्यूरीआँपका बासिन्दा आन्दोलनमा उत्रिएका थिए । दुवाकोट कन्ट्रक्सन एवं सालीनदी निर्माण सेवा प्रालिका निमित्त सञ्चालक सत्यमान लामाले दुई स्थानमा सम्झौताविपरीत बालुवा उत्खनन गरेपछि स्थानीयवासीले विरोध गर्दै आएका थिए । सम्झौताअनुसार ९२ सेन्टिमिटर मात्रै बालुवा निकाल्नुपर्नेमा ठेकेदार कम्पनीले १० देखि १५ मिटरसम्म बालुवा निकालेपछि बस्ती जोगाउन विरोधमा उत्रिएको स्थानीयवासी टेन्डी…

Read More

काठमाडौँ : नेपाल कम्युनिष्ट पार्टी केन्द्रीय सचिवालयको आज सम्पन्न बैठकले फागुन १८ गते राजधानीको ह्याम्स अस्पतालमा निधन भएका पार्टीका नेता तथा पूर्व उपप्रधानमन्त्री भरतमोहन अधिकारीप्रति शोक प्रस्ताव पारित गर्दै देशभरका सबै पार्टी कार्यालयमा पार्टीको झण्डा आधा झुकाउने निर्णय गरेको छ । बैठकले आज, भोलि र पर्सि दिनसम्म सबै तहका पार्टी कार्यालयमा शोक पुस्तिका राख्ने निर्णय गरेको छ । बैठकले यही फागुन २३ गते राजधानीको भृकुटीमण्डपमा पार्टी केन्द्रको आयोजनामा श्रद्धाञ्जलि सभा गर्ने निर्णय गरेको पार्टी महासचिव विष्णुप्रसाद पौडेलले जारी गरेको विज्ञप्तिमा उल्लेख गरिएको छ ।

Read More

काठमाडौँ: नेकपाका नेता भरतमोहन अधिकारीको पार्थिव शरिरलाई अन्तिम श्रद्धाञ्जलीका लागि पार्टी कार्यालय धुम्बाराहीमा राखिएको छ । अधिकारीप्रति श्रद्धाञ्जली अर्पण गर्न बिभिन्न दलका नेता कार्यकर्ताहरुको घुइँचो लागेको छ । उनको पार्थिव शरिरलाई आइतबार बिहान ह्याम्स अस्पतालबाट पार्टी कार्यालय धुम्बाराहीमा लगिएको हो । मध्याह्न १२ बजेसम्म श्रद्धाञ्जली अर्पण गरेपछि पशुपति आर्यघाटमा दाहसंस्कार गरिने छ । नेपाल कम्युनिष्ट पार्टी(नेकपा) का नेता तथा पूर्व उपप्रधानमन्त्री अधिकारीको ८२ वर्षको शनिबार राति निधन भएको छ । फोक्सो र मुटुको समस्याले तीन सातादेखि धूम्रबाराहीस्थित ह्याम्स अस्पतालमा उपचाररत नेता अधिकारीको शनिबार राति ९ः३५ मा निधन भएको थियो । तत्कालिन नेकपा(एमाले)का अध्यक्ष मनमोहन अधिकारीले नेतृत्व गरेको सरकारमा अर्थमन्त्री रहँदा…

Read More

काठमाडौँ: पशुपतिनाथ मन्दिरमा यस वर्षको महाशिवरात्रिमा विगतको भन्दा साधुसन्तको आगमन बढेको छ । महाशिवरात्रिको विषयमा जानकारी दिन पशुपति क्षेत्र विकास कोषले आयोजना गरेको पत्रकार सम्मेलनमा भारतको प्रयागराजमा लागेको कुम्भ मेलाकै सेरोफेरोमा पर्व परेकाले साधुसन्तको भीड बढेको सदस्य–सचिव डा प्रदीप ढकालले बताए । फागुन २० गते महाशिवरात्रिका अवसरमा पशुपतिनाथको दर्शनका लागि आउने लाखौँ भक्तजनको भीड व्यवस्थापन गर्न तीनवटै सुरक्षा निकायका छ हजार सुरक्षाकर्मी परिचालन गरिने जनाइएको छ । यसैगरी नेपाल स्काउटलगायत विभिन्न सङ्घसंस्थाका पाँच हजार स्वयंसेवक खटाइनेछ । भक्तजनलाई हुनसक्ने आकस्मिक स्वास्थ्य सेवाका लागि मूल मन्दिरको बाहिरपट्टि नै नेपाली सेनाले स्वास्थ्य शिविर सञ्चालन गर्नेछ । एम्बुलेन्स सेवासहित ५० स्वास्थ्य संस्थाले शिविर…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय लगानीलाई आकर्षित गर्न तयार भएको विधेयकको विरोध हुन थालेको छ । दूध, माछा र माहुरीपालनमा नेपाललाई आत्मनिर्भर बनाउने सरकारको योजनाको विरोध हुन थालेको हो । गत आइतबारबाट प्रतिनिधिसभामा विदेशी लगानी तथा प्रविधि हस्तान्तरणसम्बन्धी कानूनलाई संशोधन र एकीकरण गर्न बनेको विधेयकका सैद्धान्तिक छलफलकै क्रममा सरोकारवाला निकायले विरोध गर्न थालेका हुन् । काठमाडौँमा आज आयोजना गरिएको सरोकारवालाको छलफलमा सरकारी तथा निजी क्षेत्रका सङ्घसंस्था तथा सरोकारवाला व्यवसायीले दूध, माछा र मौरीमा अन्तर्राष्ट्रिय लगानीकर्तालाई मार्गप्रशस्त गर्न खोजिए यस क्षेत्रमा संलग्न २० लाख नेपाली बेरोजगार हुने धारणा राखेका छन् । सरकारको नीति तथा कार्यक्रममा एक वर्षमा अण्डा, दोस्रो वर्षमा माछा र तेस्रो वर्ष…

Read More

काठमाडौं – संघीय संसदबाट संसद् अधिवेशन सुरु भएको एक वर्षभित्र संविधानअनुकूलका १ सय ७६ विधेयक पारित गर्नुपर्ने भए पनि अहिलेसम्म १ सय ६५ विधेयक मात्रै पारित भएका छन्। संसदको दुवै सदनबाट पारित भएका विधेयकलाई शनिबार बस्ने प्रतिनिधिसाको बैठकले राष्ट्रपतिसमक्ष प्रमाणिकरणका लागि पठाउने संसद् सचिवालयले जनाएको हो। संविधान अनुकुल बनाउने केही नेपाल ऐनलाई संशोधन विधेयकले १ सय ९ कानुन र केही नेपाल ऐनलाई संशोधन गर्ने विधेयकले ५६ कानुनलाई संशोधन गरेको छ। तर अन्य ११ विधेयक अझै पारित भएका छैनन्। संसद्को अधिवेशन सुरु भएको एक वर्ष पुग्न अब चार दिनमात्रै बाँकी रहँदा सबै ११ विधेयक पारित गर्ने तयारीमा संसद् छैन। ११ विधेयकमध्ये…

Read More

चिप्लेढुङ्गा: पोखराका पर्यटन व्यवसायीले निर्माणाधीन पोखरा अन्तर्राष्ट्रिय विमानस्थलको नाम ‘रवीन्द्र अन्तर्राष्ट्रिय विमानस्थल’ नामाकरण गर्न आग्रह गरेका छन् । फागुन १५ गते ताप्लेजुङमा हेलिकोप्टर दुर्घटनामा परी निधन हुनुभएका संस्कृति पर्यटन तथा नागरिक उडड्यनमन्त्री रवीन्द्र अधिकारी एक विकासप्रेमी र पर्यटनका बारेमा स्पष्ट सोच भएका लोकप्रिय युवानेता भएकाले उमको सम्मानमा निर्माणाधीन विमानस्थलको नामाकरण गर्न पर्यटन व्यवसायीको साझा संस्था पोखरा पर्यटन परिषद्का अध्यक्ष चिरञ्जीवी पोखरेलले विज्ञप्तिमार्फत आग्रह गरेका छन् । विज्ञप्तिमा अधिकारीले पोखराको क्षेत्रीय अन्तर्राष्ट्रिय विमानस्थल निर्माण प्रक्रियालाई अगाडि बढाउन, संसदीय सार्वजनिक लेखा समितिको सदस्य, विकास समितिको सभापति हु“दै विमानस्थल निर्माण उच्चस्तरीय समितिको संयोजक भई कुशलतापूर्वक भूमिका निभाएका र पछिल्लो समय संस्कृति पयर्टन तथा…

Read More

इस्लामाबाद : पाकिस्तानी सेनाको नियन्त्रणमा रहेका भारतीय सेनाका पाइलट अभिनन्दन वर्तमान अन्ततः रिहा भएका छन् । पाकिस्तानी सेनाले उनलाई सीमा क्षेत्र बाघा बोर्डरबाट आज रिहा गरेको हो । पाकिस्तानले निर्धारित समय भन्दा झण्डै एक दिन ढिलो गरी उनलाई रिहा गरेको हो । बिहीबार पाकिस्तानी प्रधानमन्त्री इमरान खानले संसदबाटै उनको रिहा गर्ने सम्बोधन गरे अनुसार उनी आज रिहा भएका हुन् । पाकिस्तानी भूमिको बालाकोटमा भारतीय लडाकु विमानले बम हमला गर्ने क्रममा कमान्डर अभिनन्दन पाकिस्तानीहरुबाट नियन्त्रित भएका थिए । स्थानीयले उनलाई नियन्त्रण गरी सेनालाई बुझाएका थिए । अभिनन्दनले भने यसअघि नै एक भिडियो कुराकानीमा पाकिस्तानी सेनाले आफूलाई सम्मान गरेको बताएका थिए ।…

Read More