Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: पदयात्रा व्यवसायीको छाता सङ्गठन ट्रेकिङ एजेन्सिज् एशोसिएसन अफ नेपाल (टान) ले पदयात्रा व्यवसायमा वैदेशिक लगानी मान्य नहुने बताएको छ । टानका अध्यक्ष नवराज दाहालले आज एक विज्ञप्ति जारी गरी पदयात्रा क्षेत्रमा पूर्णरुपमा विदेशी लगानी गर्न दिने भन्ने समाचारप्रति संस्थाको गम्भीर ध्यानाकर्षण भएको जनाउँदै स्वदेशी पदयात्रा व्यवसायीलाई निरास बनाउने किसिमको निर्णय कार्यान्वयन नगर्न सरोकारवालालाई आग्रह गर्नुभयो । “पदयात्रा नेपालको एकमात्र मौलिक व्यवसाय हो । चार दशकभन्दा बढी सयम यो क्षेत्रमा लगानी गर्ने सक्षम नेपाली व्यवसायी नै हुन् त्यसैले विदेशी लगानीकर्ताको आवश्यकता पर्दैन । यदि त्यस्तो निर्णय कार्यान्वयन भए व्यवसायी सङ्घर्षमा जान बाध्य हुनेछौँ”, विज्ञप्तिमा भनिएको छ । …
काठमाडौँ: गत पुस ११ गते प्रारम्भ भई आज चैत १० गतेसम्म जम्मा ८९ दिन चालू रहेको सङ्घीय संसद्को तेस्रो अधिवेशन आज अन्त्य भएको छ । यस अवधिमा प्रतिनिधिसभामा जम्मा २३ वटा सरकारी विधेयक दर्ता भएकामा आठ विधेयकसभामा प्रस्तुत हुन बाँकी रहेका छन् । सात विधेयक सम्बन्धित समितिमा विचाराधीन छन् भने दुईमाथि राष्ट्रियसभाबाट संशोधनसहित प्राप्त भएको सभामुख कृष्णबहादुर महराले जानकारी गराउनुभयो । अन्य छ विधेयक सङ्घीय संसद्को दुवै सदनबाट पारित भइसकेको छ । साथै सभाको दोस्रो अधिवेशनबाट प्राप्त विभिन्न सात विधेयकमध्ये चार विधेयक दुवै सदनबाट पारित भइसकेको छ भने दुई विधेयक समितिमा विचाराधीन अवस्थामा नै रहेको र एक विधेयक राष्ट्रियसभामा…
काठमाडौँ: काठमाडौँ उपत्यकामा झण्डै २० किलोमिटर लम्बाइको मेट्रो रेलको अध्ययन गरिने भएको छ । मेट्रो रेलअन्तर्गत तीन खण्डमध्ये एक खण्डको विस्तृत परियोजना प्रतिवेदन (डिपिआर) र दुई खण्डमा पूर्वसम्भाव्यता अध्ययन गर्न लागिएको रेल विभगले जनाएको छ । आठ वर्ष पहिले नै पूर्वसम्भाव्यता अध्ययन सम्पन्न भइसकेको सातदोबाटोदेखि महाराजगञ्ज खण्डमा विस्तृत अध्ययन प्रतिवेदन गर्न लागिएको विभागका प्रवक्ता अमन चित्रकारले बताउनुभयो । त्यसका लागि विभागले ठेक्का आह्वान गरिसकेको छ । दश किलोमिटर लामो सो खण्डमा सन् २०११ मा कोरियाली समूहले सम्भाव्यता अध्ययन गरेको थियो । उक्त प्रतिवेदनले प्राविधिकरुपमा सो खण्डमा रेल सम्भव रहेको देखाएको उहाँले बताउनुभयो । उहाँले भन्नुभयो, “प्राविधिक हिसाबले सम्भावना देखिए…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले संविधान कार्यान्वयनको आधार वर्षका चालु आर्थिक वर्ष सफल भएको बताउनुभएको छ । राष्ट्रियसभाको आजको दोस्रो बैठकमा उहाँले तीन सरकार र तीन संसद्का बीचको अधिकारको बाँडफाँटको सहजताका साथ सम्पन्न भएको उल्लेख गर्नुभयो । “जटिल र उल्झनयुक्त बन्न नदिइ सहज तरिकाले तीन तहको शक्ति बाँडफाँट सम्पन्न भए, भ्रष्टाचार नियन्त्रण, अपराधी पत्ता लगाएर कारवाही, एकाध घटनामा अपराधी पत्ता नलागे पनि आम अपराधी पत्ता लागेका छन्, सुनकाण्डमा मात्र ४१ जनालाई कारवाही भगरिएको छ”, उहाँले भन्नुभयो । अख्तियारका आयुक्त राजीनामा दिएर भाग्नुपरेको र वाइडबडीमा अख्तियारले छानविन गरिरहेकाले सकिएपछि हत्कडी लगाइने उहाँको प्रतिबद्धता छ । “कृषिको आधुनिकीकरण हुँदै गएको,…
काठमाडौँ: साताको पहिलो दिन नै धितोपत्र बजारमा शेयरको मूल्यमा करीब छ अङ्कले ओरालो लागेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ५.७८ विन्दुले घटेर एक हजार १३४.८० विन्दुमा पुगेको छ । ठूला कम्पनीका शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक १.१७ विन्दुले घटेर २४१.२९ विन्दुमा पुगेको छ । कूल १६६ कम्पनीका आठ लाख ३० हजार ६८ कित्ता शेयर रु २३ करोड २४ लाख एक हजार १३१ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल दश उपसमूहमध्ये आज जलविद्युत् उपसमूहको मात्रै शेयर बढेको छ । सो उपसमूहको शेयर एक प्रतिशतले बढेको छ । बैंकिङ ४.६५, होटल १९.०९,…
काठमाडौँ: संघीय संसदको हिउँदे अधिवेशन आइतबार अन्त्य हुने भएको छ। संसद सचिवालय स्रोतका अनुसार आजको बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले सम्बोधन गर्नेछन्। संसद बैठक दिउँसो १ बजेका लागि बोलाइएको छ तर प्रधानमन्त्रीले सम्बोधन गर्ने समयको टुंगो भइसकेको छैन। संसदको हिउँदे अधिवेशन पुस ११ गते सुरू भएको थियो। एक महिनापछि संसदको बर्खे अधिवेशन सुरू हुनेछ।
चितवन: नेपाली काङ्ग्रेसका नेता डा शेखर कोइरालाले पार्टीभित्र गुट हुनु स्वाभाविक भए पनि गिरोह हुनु दुर्भाग्यपूर्ण हुने बताएका छन् । नेपाली काङ्ग्रेस चितवनले आज यहाँ आयोजना गरेको कार्यकर्ता भेटघाट कार्यक्रममा उनले भने, “गिरोहले पार्टी सञ्चालन गरे त्यो खतरनाक हुन्छ ।” नेता कोइरालाले पार्टीको प्रतिपक्षको भूमिकामा गुट हुने र यसले पार्टी बलियो बनाउन सहयोग पुग्ने बताउँदै गुटले नेतृत्वलाई पार्टी बनाउन सघाउँछ भने । गणतन्त्र र सङ्घीयता काङ्ग्रेसको एजेण्डा रहेको उल्लेख गर्दै उनले कम्युनिष्टहरु जनवादी केन्द्रीयतामा विश्वास गर्ने बताए । नेता कोइरालाले सरकारले चौतर्फी रुपमा हस्तक्षेपकारी भूमिका निर्वाह गरेको भन्दै शिक्षा र स्वास्थ्य जस्ता क्षेत्रमा गरेको हस्तक्षेप मान्य नहुने बताए । काङ्ग्रेसकी…
काठमाडौँ: नेपाल राष्ट्र बैंकले आज आइतबार ५ अर्ब रुपैयाँको रिपो जारी गरेको छ । एक हप्तामा परिपक्व हुने गरी केन्द्रीय बैंकले रिपो जारी गरेको हो । बैंक तथा वित्तीय संस्थामा तरलता अवस्था असहज भएर अन्तर बैंक कारोबारको ब्याजदर पाँच प्रतिशत भन्दा बढी पुगे पछि राष्ट्र बैंकले आज वित्तीय बजारमा ५ अर्ब रुपैयाँ पठाउने भएको हो । तर ब्याजदर करिडोर सम्बन्धी कार्यविधिमा गरिएको व्यवस्था अनुसार अन्तर बैंक ब्याजदर ५ प्रतिशत भन्दा बढी भएमा राष्ट्र बैंकले बजारमा रिपो उपकरण मार्फत रकम प्रवाह गर्नुपर्ने हुन्छ । एक साताको लागि उक्त रिपो जारी गर्न लागेको राष्ट्र बैंकले जसको ब्याजदर पाँच प्रतिशत तोकिएको छ ।…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डमा सेयर बजारका लगानीकर्ताहरुले ताला लगाएका छन् । नेपाल धितोपत्र बोर्डले लगानी सम्मेलन नजिकिएको भन्दै शेयर बजारका लगानीकर्ताहरुलाई आन्दोलन तथा विरोधका कार्यक्रम नगर्न आग्रह गरे पनि आइतबार शेयर लगानीकर्ता दबाब समूहले बोर्डको कार्यालयमै ताला लगाएका छन् । बोर्डले गत चैत ४ गते प्रेश विज्ञप्ती जारी गर्दै लगानीकर्ताहरुलाई संयमता अपनाउन आग्रह गरेको थियो। यस अघि नेपाल स्टक एक्सचेन्ज आमरण अनसन बसेको दबाब समूहले पुनः धितोपत्र ३२ वटा माग राखेको थियो। समूहले पेस गरेका ३२ बुँदा मध्ये अधिकांश विषय बोर्डले संवोधन गरिसकेको छ। उता बोर्डले लगानीकर्ता माग अनुसार १२ वटा वुँदाको संबोधन सहित कार्यान्वयनमा ल्याएको जनाएको छ। बोर्डले लगानीकर्ताको…
काठमाडौँ : यस वर्षको माध्यमिक शिक्षा परीक्षा अर्थात् एसइई परीक्षा आजदेखि शुरु भएको छ । बिहान ८ बजेदेखि शुरु भएको परीक्षामा आज पहिलो दिन अङ्ग्रेजी विषयको परीक्षा परेको छ । परीक्षा नियन्त्रण कार्यालय सानोठिमीका परीक्षा नियन्त्रक विष्णु अधिकारीका अनुसार यस वर्षको एसइई परीक्षामा देशभरबाट कूल चार लाख ७५ हजार तीन परीक्षार्थी परीक्षामा सहभागी हुने भएका छन् । यस वर्षदेखि पहिलो पटक सङ्घीय संरचनाको स्वरुपअनुसार शुरु भई यही चैत २१ गतेसम्म सञ्चालन हुने परीक्षामा नियमित, ग्रेडवृद्धि र प्राविधिक धारका परीक्षार्थी सहभागी हुनेछन् ।