Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
विराटनगर: नेपाल कम्युनिष्ट पार्टी(नेकपा)का अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले प्रधानमन्त्री केपी शर्मा ओलीसँग वर्तमान मन्त्रिमण्डल पुनःगठन सम्बन्धमा आज बिहान छलफल भएको बताउनुभएको छ । विराटनगर विमानस्थलमा सञ्चारकर्मीसँग आज कुरा गर्दै सरकारका कार्यलाई द्रुतगति दिन यस सम्बन्धमा चर्चा भएको बताउँदै यद्यपि यो प्रधानमन्त्रीको अधिकार क्षेत्रभित्र रहेको प्रष्ट पार्नुभयो । पूर्वप्रधानमन्त्री दाहालले एक वर्षका अवधिमा सरकारको कार्य सन्तोषजनक रहेको बताउँदै यसबीचमा सरकारले भौतिक पूर्वाधार निर्माण र कानूनलगायत थुप्रै कार्य गरेको धारणा व्यक्त गर्नुभयो । उहाँले प्रदेशको अधिकार खोस्ने कार्य सङ्घीय सरकारले गरेको भन्ने आरोप गलत भएको बताउँदै संविधानमा उल्लेख भएअनुसारको अधिकार सातै प्रदेशलाई दिएको प्रष्ट पार्नुभयो । अध्यक्ष दाहालले पृथकतावादी आन्दोलनमा लागेका सिके…
पोखरा: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले वाइड बडीको सम्बन्धमा छानबिन हुनुपर्ने बताएका छन् । नेपाल प्रेस युनियन कास्कीद्वारा आज यहाँ आयोजित पत्रकार सम्मेलनमा पूर्व प्रधानमन्त्री दउवाले एनसेलले राज्यलाई कर तिर्नुपर्ने बताए । सभापति देउवाले सरकारले सिके राउतसँग गरेको सम्झौताप्रति आपत्ति जनाए । फौजदारी संहिताका नाममा सरकारले प्रेसमाथि अङ्कुशलगाउन खोजेको सभापति देउवाको आरोप थियो । उनले प्रजातन्त्र र प्रेस स्वतन्त्रता एक अर्काका परिपुरक भएको धारणा राखे । वर्तमान सरकारले प्रभावकारी रुपमा काम गर्न नसकेको उनको आरोप थियो । प्रजातन्त्रका विरुद्ध हुने जुनसुकै गतिविधि काङ्ग्रेसलाई सैह्य नहुने सभापति देउवाको भनाइ थियो ।
काठमाडौँ: ‘सार्वजनिक निजी साझेदारी तथा लगानी सम्बन्धमा व्यवस्था गर्न बनेको विधेयक २०७५’ माथि परेका विभिन्न संशोधनका बुँदामाथि छलफल शुरु भएको छ । प्रतिनिधिसभा, अर्थ समितिको आजको बैठकमा सो विधेयक माथि सांसदले दर्ता गराउनुभएको संशोधनका प्रस्तावमाथि पहिलो चरणमा छलफल शुरु भएको हो । सो विधेयकका विभिन्न बुँदामाथि २३ सांसदले संशोधन दर्ता गराएका थिए । लगानी बोर्डमार्फत् पूर्वाधार विकासमा ठूला लगानी भित्र्याइ द्रुत विकास तथा आर्थिक समृद्धि हासिल गर्न सरकारले सो विधेयक ल्याएको थियो । सो विधेयकमा विशेष गरी लगानी बोर्डको दायरा, कार्य क्षेत्र फराकिलो बनाउने प्रस्ताव गरिएको छ । लगानी बोर्ड ऐन २०६८ व्यावहारिक रुपमा कार्यान्वयन आउन नसकेपछि सो नयाँ विधेयक…
काठमाडौँ: रोजगार अनुमति प्रणाली (इपिएस)अन्तर्गत सन् २०१९ का लागि प्रथम चरणको कोरियाली भाषा परीक्षा आगामी जेठमा हुने भएको छ । वैदेशिक रोजगार विभाग इपिएस कोरिया शाखाले आज एक सूचना जारी गर्दै भाषा परीक्षाका लागि आगामी चैत ८ देखि १७ गतेसम्म आवेदन दर्ता गर्न सकिने जनाएको छ । आवेदकको परीक्षा काठमाडौँ र पोखरा केन्द्रबाट सञ्चालन गरिनेछ । दरखास्त दर्ता गर्दा नै परीक्षार्थीले आफूले परीक्षा दिन चाहेको केन्द्र रोज्नुपर्ने इपिएस शाखाले जनाएको छ । पोखरा केन्द्रको हकमा पहिलो आउने १२ हजार मात्रले आवेदन फाराम भर्न सक्नेछन् । भाषा परीक्षाका लागि इपिएस शाखाको वेबसाइट धधध।भयभचक।भउकलभउब।िनयख।लउ बाट अनलाइनमार्फत फारम भर्न सकिने छ । परीक्षाको…
हेटौँडा: मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा जन्ती बस दुर्घटना हुँदा दुईको मृत्यु भएको जिल्ला प्रहरी कार्यालय मकवानपुरले जनाएको छ । भक्तपुरबाट जन्ती बोकेर हेटौँडा आउँदै गरेको बा ४ ख २२१७ नम्बरको बस कान्ति लोकमार्गअन्तर्गत मकवानपुरको गढी गाउँपालिका–२ चैनपुरमा दिउँसो करीब २ बजे दुर्घटना भएको छ । दुर्घटनामा परी १७ जना घाइते भएका छन् भने पाँच जनाको अवस्था गम्भीर रहेको प्रहरीले जनाएको छ । बस सडकबाट तल खसेको र हाल उद्धार कार्य जारी रहेको छ । घाइतेलाई उपचारको लगि हेटौँडा अस्पतालमा लगिएको छ । घटनाको थप विवरण आउन बाँकी रहेको छ ।
काठमाडौँ: शेयर बजारमा आज दोहोरो अंकको सुधार आएको छ । नेप्से २० दशमलब ३३ अंकले वृद्धि भएको छ । आज भएका १७६ कम्पनीको ७ हजार ६७९ कारोबारबाट विभिन्न कम्पनीका १९ लाख ५४ हजार ५६ कित्ता सेयर किनबेच भएका छन् । जसअनुसार कारोबार रकम ५२ करोड ७७ लाख ३५ हजार ५५५ रुपैयाँ पुगेको नेपाल स्टक एक्सचेञ्जले जनाएको छ । आजको कारोवारमासबै समूहको परिसूचक बढेका छन् । बाणिज्य बैंक समूहको परिसूचक २२ दशमलब २८ अंक, होटल २२ दशमलब ९४ अंक, विकास बैंक १८ दशमलब ७६ अंक, जलबिधुत ३२ दशमलब १२ अंक र उत्पादन ३२ दशमलब २९ अंकले बढेका छन् । त्यसैगरी, जीवन…
काठमाडौँ: बलात्कारपछि हत्या हुनेमा सबैभन्दा बढी दलित बालबालिका तथा युवतीको सङ्ख्या देखिएको छ । दलित महिला सङ्घले गरेको बलात्कारका घटनाको अध्ययनअनुसार गत वैशाखदेखि माघसम्म ७२९ घटनामध्ये १५४ घटनाहरु दलित समुदायका बालबालिका तथा युवतीमाथि भएका छन् । दलितमाथि हुने गरेका बलात्कारका घटनाको झण्डै ८० प्रतिशत बलात्कारपछि मारिएको छ । सङ्घले १०९औँ अन्तर्राष्ट्रिय नारी दिवस (८ मार्च) को सन्दर्भमा यहाँ सोमबार आयोजना गरेको अन्तरक्रियामा सार्वजनिक गरिएको अध्ययन प्रतिवेदनअनुसार २१ प्रतिशत दलित युवती तथा बालिका बलात्कृत भएका छन् । कूल जनसङ्ख्याको १३ प्रतिशत जनसङ्ख्या दलित समुदायको छ, जसमा आधा सङ्ख्या महिलाको छ । अन्य जातजातिको करीब जनसङ्ख्याको अनुपात बराबर बलात्कारका घटना भएका छन्…
काठमाडौं : मोबाइल सेवाको गुणस्तर मापदण्ड पूरा गर्न सबै टेलिकम कम्पनी असफल भएका छन्। नेपाल दूरसञ्चार प्राधिकरणले मोबाइल तथा इन्टरनेट सेवा प्रदायक कम्पनीहरूको गुणस्तरका सम्बन्धमा गरेको परीक्षणमा कलतर्फ सबै कम्पनी असफल भएका हुन्। प्राधिकरणले भक्तपुर, पोखरा, बागलुङ र पृथ्वी राजमार्ग क्षेत्रमा गुणस्तर परीक्षण गरेको थियो। चार स्थानमा भएको गुणस्तर परीक्षणमा कलतर्फ सबै कम्पनी प्राधिकरणले तोकेको मापदण्ड पूरा गर्न असफल भएको छन्। प्राधिकरणका अनुसार माघ पहिलो र दोस्रो साता नेपाल टेलिकम, एनसेल र स्मार्ट टेलिकमको ड्राइभ टेस्ट गरिएको थियो। ड्राइभ टेस्ट अर्थात् प्राधिकरणले चलायमान सवारीसाधनमा परीक्षण उपकरण जडान गरेर लगातार फोन कल गरी वा डाटा प्रयोग गरी मोबाइल नेटवर्कको मुख्य–मुख्य सेवा…
भक्तपुर: भक्तपुर नगरपालिकाले जिर्णोद्धार शुरु गरेको भक्तपुर नगरपालिका–१ स्थित भाज्या अर्थात भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो भएको तथ्य सार्वजनिक भएको छ । नगरपालिकाले सोमबार यहाँ आयोजना गरेको “ऐतिहासिक भाज्या पोखरी जिर्णोद्धारको प्रारम्भिक प्रतिवेदन सार्वजनिक एवं अन्तरक्रिया” कार्यक्रममा सो पोखरी १२ औँ शताब्दीको भएको उत्खननका क्रममा फेला परेको बताइएको छ । पोखरीको ८० पृष्ठ लामो प्रारम्भिक प्रतिवेदन सार्वजनिक गर्दै इतिहासविद् एवं संस्कृतिकर्मी डा पुरुषोत्तमलोचन श्रेष्ठले सात महीना लगाएर गरिएको अनुसन्धानबाट भाजु पोखरी काठमाडौँको रानी पोखरीभन्दा ५०० वर्ष पुरानो रहेको तथ्य फेला परेको दाबी गरे । उनले भाज्या पोखरीबाट प्रभावित भएर नेसं ७९० (विसं १७२७) मा काठमाडौँको रानी पोखरी…
काठमाडौँ: निजी क्षेत्रको वायु सेवाप्रदायक कम्पनी सौर्य एयरलाइन्सले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई करीब एक करोड बक्यौता तिरेको छ । पहिलो चरणको किस्ताबापत रु ५० करोड तिरेर यही फागुन २४ गतेबाट पुनः उडान शुरु गरेको सौर्यले आइतबारसम्म रु ९८ लाख ५० हजार बुझाएको विमानस्थलले जनाएको छ । कम्पनीले फागुन २१ गते पहिलो किस्ताको रु ५० लाख बक्यौता तिरेको थियो । दुई महीनाभित्र सबै बक्यौता तिर्ने वचनपछि विमानस्थलले सौर्यलाई उडान अनुमति दिएको थियो । विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीका अनुसार सो कम्पनीले विमानस्थललाई जरिवानासहित रु चार करोड बक्यौता रकम तिर्नुपर्नेछ । दुई महीनाभित्र सबै बक्यौता तिर्ने एयरलाइन्सले वचन दिएको उनले उल्लेख गरे । सौर्य…