Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: ट्राफिक प्रहरीले जथाभावीरुपमा हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाले उपत्यकाभित्र ध्वनि प्रदूषणको समस्या गम्भीररुपले बढेपछि जथाभावी हर्न बजाएर गुड्ने सवारी साधनमाथि कारवाही बढाएको हो । महाशाखाले आइतबार मात्र १७१ सवारीसाधनलाई कारवाही गरेको छ । ध्वनि प्रदूषणले श्रवण शक्तिमा ह्रास हुने, रक्तचाप बढ्दै जाने, हृदयघात हुने, पक्षघात हुने, श्वासप्रश्वास प्रणालीमा असर हुने, स्मरण शक्तिमा कमी आउने, अशक्त, बालबालिका, ज्येष्ठ नागरिक र गर्भवती महिलालाई बढी असर हुने भएकाले कारवाहीलाई तीव्रता दिएको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले उपत्यकावासीको स्वास्थ्यलाई ध्यानमा राखी खतरानाक घुम्तीबाहेक अन्य स्थानमा हर्न पूर्णरुपमा निषेध गरिएको जानकारी…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय क्रिकेट काउन्सिल (आइसिसी) टी–२० महिला विश्वकप क्रिकेटअन्तर्गत एशिया क्षेत्र छनोटमा आज नेपालले चीनसँग प्रतिस्पर्धा गर्दैछ । थाइल्यान्डको बैंककमा आज नेपालले आफ्नो पाँचौ खेलमा चीनसँग प्रतिस्पर्धा गर्न लागेको हो । खेल नेपाली समयअनुसार मध्याह्न १२ः४५ बजे शुरु हुने नेपाली टोलीका प्रशिक्षक विनोद दासले जानकारी दिए । आजको खेलमा चीनलाई पराजित गरे नेपाल विश्वकपको ग्लोबल छनोटमा पुग्ने सम्भावना कायमै रहनेछ । चीन जारी प्रतियोगितामा निकै बलियो टिमको रूपमा देखा पारेको छ । चीन अहिले अङ्कक तालिकाको तेस्रो स्थानमा रहँदा नेपाल चौथो स्थानमा छ । चीनले पाँच खेलबाट तीन खेलमा जित र दुई खेलमा हार ब्यहोर्दै छ अङ्क बनाएको छ ।…

Read More

ढाका, बङ्गलादेश: बङ्गलादेशबाट दुबईका लागि उडेको विमान बङ्गलादेश एअरलाइन्सका चालकदलका सदस्यले जहाज अपहरण गर्ने प्रयासलाई विफल पारिदिएका छन् । आइतबार एक जना सन्दिग्ध व्यक्तिले विमानको ककपिटमा जबरजस्ती छिर्न खोजेको तर चालक दलका सदस्यले उक्त प्रयासलाई विफल पारेको बताइएको छ । बङ्गलादेशी सेनाको इन्टर सर्भिस पब्लिक रिलेसन (आइएसपिआर) का अधिकारीका अनुसार बिजी १४७ नम्बरको दुबईका लागि भएको बोइङ ७३७ विमानलाई शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थल, छट्टोग्राममा आकस्मिक अवतरण गराइएको छ । ढाकाबाट दुबईका लागि उडेको करिब दुईघण्टापछि राजधानीबाट करिब २४२ किलोमिटर दक्षिणपूर्वमा रहेको उक्त शाह अमानत अन्तर्राष्ट्रिय विमानस्थलमा साँझ ५ः४० मा अवतरण गराइएको आइएसपिआर स्रोतले जनाएको छ । प्राप्त पछिल्लो जानकारी अनुसार…

Read More

धादिङ: आँगनमा गफ गरेर बसिरहेका बेला पार्किङका लागि आएको गाडीले किचेर गल्छी गाउँपालिका वडा नं ५ सागिनेमा आइतबार राति दुई महिलाको मृत्यु भएको छ भने एक महिला घाइते भएकी छिन् । जिल्ला प्रहरी कार्यालयका सूचना अधिकारी प्रहरी नायब उपरीक्षक प्रकाश विष्टले दिनुभएको जानकारीअनुसार बा२०च ६२२१ नंको बोलेरो जिप सडक छेउमा राख्न लाग्दा पसलमा कुरा गरी बसेका गल्छी गाउँपालिका वडा नं ४ का ३५ वर्षीया जमुना भुजेल र सोही गाउँपालिका वडा नं ५ का ४६ वर्षीया कान्छी तामाङको मृत्यु भएको हो । भुजेलको घटनास्थलमै र तामाङको उपचारका क्रममा मृत्यु भएको हो । घटनामा घाइते भएकी गल्छी गाउँपालिका वडा नं ५ की…

Read More

काठमाडौं : नेकपाको एकता कार्यदल विघटनपछि असन्तुष्ट सदस्यले पार्टी अध्यक्षलाई समानान्तर प्रतिवेदन बुझाएका छन्। उनीहरूले प्रधानमन्त्री निवास बालुवाटारमा दुई घण्टा पर्खिएर आइतबार बेलुकी ९ बजे प्रतिवेदन दिए। ओलीले बेलुका ७ बजेको समय दिएका थिए। तर, उनी उक्त समयमा राष्ट्रपतिसँगको भेटका लागि शीतलनिवास पुगेका थिए। नेताहरू योगेश भट्टराई, वेदुराम भुसाल, लेखराज भट्ट, वर्षमान पुन र सुरेन्द्र पाण्डे असन्तुष्ट छन्। प्रतिवेदन बुझाउन भने भट्टराई, भुसाल र भट्ट मात्र उपस्थित थिए। पाण्डे चीन भ्रमणमा र पुन राजधानीबाहिर छन्। असन्तुष्ट नेताले स्थायी समिति बैठक बोलाई प्रतिवेदनबारे छलफल गराउन माग गरेका छन्। स्थायी समितिले बनाएको कार्यदल सचिवालयले विघटन गर्न नपाउने तर्क पनि उनीहरूले गरेका छन्।…

Read More

काठमााडौं: भारतबाट भैरहवा र जनकपुर हुँदै हवाईजहाज प्रवेश गर्ने रुट कायम गराउन नेपाल र भारतले संयुक्त रुपमा अन्तर्राष्ट्रिय नागरिक उड्डयन संस्था (आइकाओ) मा निवेदन दिएका छन्। नेपाल नागरिक उड्डयन प्राधिकरणका महानिर्देशक सञ्जीव गौतमका अनुसार हवाई रुट कायम गराउन संयुक्त रुपमा अघिल्लो साता आवेदन दिइएको हो। रुटको सहमतिसँगै कार्यविधि र डिरेक्सन बनाउन संयुक्त निवेदन दिइएको गौतमले जानकारी दिए। यी रुटहरु अहिले एकतर्फी छन्। नेपालबाट उडेका जहाजले यी रुट प्रयोग गर्दै आएपछि नेपाल प्रवेश गर्दा भने सिमराकै रुट प्रयोग गर्नुपर्ने बाध्यता छ। यी दुई रुट कायम भएसँगै नेपाल प्रवेश र नेपालबाट बाहिरिँदा जहाजहरुले दुईतर्फी नै रुट प्रयोग गर्न पाउनेछन्। झण्डै पाँच वर्षदेखि…

Read More

काठमाडौं: नेपाल वायुसेवा निगमका दुई वाइडबडी प्रकरणमा अख्तियारले विस्तृत अनुसन्धन थालेको छ । वाइडबडी प्रकरणमा मुछिएकाहरुसँग बयान लिन थालिएको अख्तियार प्रमुख नवीनकुमार घिमिरेले बताएका छन् । ‘वाइडबडी विषयमा अख्तियरले विस्तृत अनुसन्धान थालेको छ,’ राष्ट्रिय सभाको दिगो विकास तथा सुशासन समिति बैठकमा उनले भने, ‘बयान लिने कार्य भइरहेको छ । अनुसन्धानका क्रममा रहेकाले यो विषयमा थप बोल्न चाहन्नँ ।’ वाइडबडी खरिदमा संलग्न सबैलाई अनुसन्धानको दायरामा ल्याइएको उनले सुनाए । यसबारे संसदको सार्वजनिक लेखा समितिले उपसमिति गठन गरी छानबिन गरेको थियो । उपसमितिले ४ अर्ब ३५ करोड ५६ लाख रुपैयाँ भ्रष्टाचार भएको निष्र्कष निकालेको थियो । यो समाचार सुरेन्द्र काफ्लेले अन्नपूर्णमा लेखेका…

Read More

बुटवल: बुटवल उपमहानगरपालिकाको मुख्य व्यापारिक केन्द्र अमरपथस्थित वडा नं ४ शङ्करप्लाजामा लागेको आगलागीबाट सो भवनमा सञ्चालित फेन्सी पसलको करीब रु एक करोडको क्षति भएको छ । आगलागीबाट सो भवनमा सञ्चालित बिन्दवासिनी फेन्सी जलेर पूर्णरुपले क्षति भएकाले प्रारम्भिक अनुमानमा रु एक करोड बढीको नोक्सान भएको प्रहरीले जनाएको छ । राति करीव १० बजेदेखि लागेको आगो मध्यराति करीव १२ः३० मा मात्र नियन्त्रणमा आएको इलाका प्रहरी कार्यालय बुटवलका प्रहरी नायब निरीक्षक डिलबहादुर मल्लले जानकारी दिए । शङ्करप्लाजामा रहेको बिन्दवासिनी फेन्सीबाट एक्कासी लागेको आगो सो भवनमा रहेका अन्य पसलमा समेत सरेको थियो । आगलागीबाट बिन्दवासिनी फेन्सीमा पूर्ण क्षति भएको प्रहरी नायब निरीक्षक मल्लले जानकारी…

Read More

काठमाडौं: सरकारले आगामी शैक्षिक सत्रदेखि सार्वजनिक कोषबाट तलब खाने, सार्वजनिक पदमा बहाल रहेका आफ्ना छोराछोरीलाई सार्वजनिक विद्यालयमा पढाउनुपर्ने व्यवस्था गर्न लागेको छ । यो समाचार आजको नेपाल समाचारपत्रमा ईश्वरराज ढकालले लेखेका छन् । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले तयार गरेको राष्ट्रिय शिक्षा ऐनको दफा १७९ को उपदफा १ मा नेपाल सरकारले नेपाल राजपत्रमा सूचना प्रकाशन गरेको मितिदेखि सार्वजनिक कोषबाट तलब, भत्ता खाने गरी सार्वजनिक पदमा बहाल रहेका राष्ट्रसेवकले आफ्ना छोराछोरीहरूलाई सार्वजनिक विद्यालयमा पढाउने व्यवस्था गर्न सक्नेछ भनी उल्लेख गरिएको छ । सो व्यवस्था लागू भएपछि सरकारी कोषबाट तलब खाने सबैका छोराछोरीलाई माध्यमिक तहसम्मको शिक्षा सार्वजनिक विद्यालयमै दिनुपर्ने छ । ऐनको…

Read More

काठमाडौँ: नेपाली काङ्ग्रेसले पार्टीको विधान संशोधनको प्रस्तावलाई परिमार्जनसहित पारित गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज बसेको बैठकले पार्टीको महासमितिको बैठकमा प्रस्तुत विधान संशोधनको प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको प्रवक्ता विश्वप्रकाश शर्माले जानकारी दिनुभयो । बैठकले महासमितिको बैठकमा उपसभापति विमलेन्द्र निधिद्वारा प्रस्तुत राजनीतिक प्रस्ताव, महामन्त्रीद्वय डा शशांक कोइराला र पूर्णबहादुर खड्काद्वारा प्रस्तुत महामन्त्रीको प्रतिवेदन, कोषाध्यक्ष सीतादेवी यादवद्वारा प्रस्तुत कोषाध्यक्षको आर्थिक प्रतिवेदन र सहमहामन्त्री डा. प्रकाशशरण महतद्वारा प्रस्तुत आर्थिक नीति प्रस्ताव परिमार्जनसहित पारित गर्ने निर्णय गरेको हो । सभापति शेरबहादुर देउवाको सभापतित्वमा बसेको बैठकले हालै देशका केही स्थानमा भएका बम विष्फोटका घटनाको निन्दा गर्दै त्यसबाट भएको जनधनको क्षतिप्रति दुःख व्यक्त…

Read More