Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: ट्राफिक प्रहरीले सार्वजनिक बिदाको दिन विनापास सरकारी तथा संस्थानका सवारी साधन चलाउने २९ चालकलाई काराबाही गरेको छ । महानगरीय ट्राफिक प्रहरी महाशाखाबाट खटिएको टोलीले आज विनापास सरकारी तथा संस्थानको सवारी चलाउने उक्त चालकलाई कारवाही गरेको हो । महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक वसन्त पन्तले सार्वजनिक बिदाको दिन पास नलिई सवारी चलाउने चालकलाई कारबाही गरेको बताउनुभयो । महाशाखाले फागुन २४ गते पनि १७ सरकारी तथा संस्थानको सवारी साधनलाई नियन्त्रणमा लिएर कारबाही गरेको थियो । महाशाखाले सार्वजनिक बिदाका दिनमा सरकारी तथा संस्थानका सवारी साधनलाई पास लिएर चलाउन आग्रहसमेत गरेको छ ।
भद्रपुर : झापा र इलामको सीमा नजिकै बाह्य पर्यटकलाई लक्षित गरेर ठूलो लगानीमा इलाम पाथिभरा दर्शन प्रालिले ‘हिल उड होटल एण्ड रिसोर्ट’ शनिबारदेखि सञ्चालनमा ल्याएको छ । इलामको रोङ गाउँपालिका–३ कुटीडाँडास्थित मेची राजमार्ग छेउमा शनिबारदेखि सञ्चालनमा आएको सो रिसोर्टमा रु चार करोड लगानी भइसकेको र थप रु आठ करोड लगानी गरिने पर्यटन उद्यमी एवं प्रालिका अध्यक्ष वीरबहादुर कटुवालले जानकारी दिए । पाथिभरा मन्दिर जाने धार्मिक तीर्थयात्री, इलामको कन्याम र श्रीअन्तु एवं ताप्लेजुङको कञ्चनजङ्घा हिमाली क्षेत्रमा घुमफिरका लागि आउने पर्यटकलाई गुणस्तरीय सेवा र सुविधा पु¥याउने रिसोर्टको लक्ष्य भएको कटुवाल बताए । झापाको विर्तामोड र काँकडभिट्टाबाट गाडीमा आधा घण्टामा पुगिने रिसोर्ट क्षेत्रमा…
काठमाडौं: घाम लागे धुलो, पानी परे हिलो ! राजधानीको सडकको अवस्था हो यो । काठमाडौं उपत्यकाको समग्र वातावरणको व्याख्या जति लामो छ उति भयावह पनि । संविधानले आमनागरिकलाई स्वच्छ वातावरणमा बाँच्न पाउने अधिकार सुनिश्चित गरेको छ । तर राजधानी वायु प्रदूषणले आक्रान्त बन्दै गइरहेको छ । यहाँका बासिन्दा त्यही प्रदूषणले निम्त्याएका घातक परिणामको सिकार बनिरहेका छन् । वीर अस्पतालका नाक, कान, घाँटी रोग विशेषज्ञ डा. ढुण्डिराज पौडेलसमक्ष पछिल्लो समय सबैभन्दा बढी प्रदूषणकै कारण बिरामी परेका मानिस पुग्ने गरेका छन् । दैनिक आफूले परीक्षण गर्ने १० देखि १५ जना बिरामीमा प्रदूषणकै असर बढी देखिने गरेको उनी बताउँछन् । यो समाचार आजको…
सुर्खेत: गृहमन्त्री रामबहादुर थापाले नेत्रविक्रम चन्द नेतृत्वको नेकपासँग राजनीतिक व्यवहार नगर्न सुरक्षा अधिकारीहरुलाई निर्देशन दिएका छन् । सुर्खेतमा आयोजित तीनदिने कर्णाली प्रदेशस्तरीय सुरक्षा गोष्ठीमा सहभागी जिल्ला तथा प्रदेशका सुरक्षा प्रमुखलाई उनले यस्तो निर्देशन दिएका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा कलेन्द्र सेजुवालले लेखेका छन् । गोष्ठीमा सहभागी एक सुरक्षा अधिकारीका अनुसार गृहमन्त्री थापाले संविधान र कानुन नमान्ने व्यक्ति वा समूहलाई राजनीतिक शक्तिका रुपमा स्वीकार्न नसकिने बताएका थिए । तीनवटै सुरक्षा निकायका प्रमुख र गृहसचिव सहभागी गोष्ठीको पहिलो र दोस्रो दिन स्थानीय सुरक्षा अधिकारीले चन्द नेतृत्वको नेकपालाई हेर्ने दृष्टिकोण स्पष्ट हुनुपर्ने बताएका थिए ।
काठमाडौं – सरकार र सिके राउतबीच शुक्रबार भएको सहमतिप्रति तराई÷मधेसकेन्द्रित राष्ट्रिय जनता पार्टी नेपाल र सत्ताघटक संघीय समावादी फोरम नेपालका नेता सशंकित देखिएका छन्। सहमतिबारे राजपाले उल्टै सरकारप्रति प्रश्न उठाएको छ भने फोरमका नेताले घुमाउरो किसिमबाट असन्तुष्टि व्यक्त गरेका छन्। सहमतिपत्रमा हस्ताक्षर कार्यक्रममा प्रधानमन्त्रीले राजपा र फोरमप्रति लक्षित गर्दै अब राउतलाई देखाएर मधेसमा रोटी सेक्ने काम बन्द भएको प्रतिक्रिया दिएका थिए। प्रधानमन्त्रीको सो भनाइप्रति राजपा र फोरमका नेताहरूले कडा आपत्ति जनाएका छन्। राजपा अध्यक्ष मण्डलको शनिबार बसेको बैठकमा सरकार र राउतबीच भएको सहमतिमा विभिन्न कोणबाट छलफल भयो। बैठकपछि अध्यक्ष मण्डलका सदस्य राजेन्द्र महतोले भने, ‘ शुक्रबार सरकार र राजपाबीच भएको…
नयाँ दिल्ली: नेपाल–भारत प्रबुद्ध व्यक्ति समूह (इपिजी)ले तयार गरेको प्रतिवेदनमा भारतको बिहार राज्य सरकारले केन्द्र सरकारसँग असहमति राखेको छ । इपिजी प्रतिवेदनमा उल्लेख खुला सिमाना कायम गर्ने, तर सीमा वारपार गर्दा दुवै देशका जनताले परिचयपत्र देखाउनुपर्ने व्यवस्थाप्रति बिहारले आपत्ति जनाएको हो । यो समाचार आजको नयाँ पत्रिका दैनिकमा पर्शुराम काफ्लेले लेखेका छन् । दिल्लीस्थित उच्च कूटनीतिक स्रोतका अनुसार बिहारको यही असन्तुष्टिले आसन्न चुनावमा प्रभाव पार्ने भएपछि प्रधानमन्त्री नरेन्द्र मोदीले चुनावपछि मात्रै प्रतिवेदन बुझ्ने आश्वासन इपिजी सदस्यहरूलाई दिएका छन् । इपिजी भारतका संयोजक एवं भाजपाका वरिष्ठ नेता भगतसिंह कोस्यारीले चुनावको मुखमा विवाद छल्न प्रधानमन्त्रीले प्रतिवेदन नबुझेको बताए । ‘रिपोर्टका केही अंश…
काठमाडौं : सरकारले यस आर्थिक वर्षको बजेटमार्फत खर्च गर्ने योजना बनाएको वैदेशिक सहायता ऋण र अनुदान दुवै घट्ने भएको छ। केही दिनअघि बजेटको मध्यावधि समीक्षाका क्रममा अर्थमन्त्री डा. युवराज खतिवडाले बजेटमा खर्च व्यहोर्ने स्रोतका रूपमा अनुमान गरिएको वैदेशिक ऋण र अनुदान क्रमशः ३५.६ र ३२ प्रतिशतले घट्ने अनुमान सार्वजनिक गरेका छन्। सरकारले चालु आर्थिक वर्षको बजेटमा दुई खर्ब ५३ अर्ब वैदेशिक ऋण ५८ अर्ब रुपैयाँ वैदेशिक अनुदान परिचालन गर्ने बताएको थियो। अर्थमन्त्रीले दातृ निकायका सर्त र देशको आवश्यकताको कहींकतै मिलनबिन्दु नभएर बजेटमा समावेश गरिसकिएको वैदेशिक सहायतालाई पनि घटाउनुपरेको बताउँदै आएका छन्। सबैभन्दा ठूलो परिमाणमा वैदेशिक ऋण कटौती गर्नुपर्ने बाध्यताका पछाडि…
काठमाडौँ: नेपाल भ्रमण वर्ष–२०२०, युरोपको बर्लिन जर्मनीमा शुभारम्भ गरिएको छ । बर्लिनको लोगेन हाउसमा एक समारोहकाबीच जर्मनीका लागि नेपाली राजदूत रमेशप्रसाद खनाल र नेपाल पर्यटन बोर्डका कार्यकारी अधिकृत दीपकराज जोशीले संयुक्त रुपमा भ्रमण वर्ष युरोपको उद्घाटन गरे । उक्त अवसरमा जर्मनीका उच्च अधिकारी, टुर तथा ट्राभल व्यवसायी, कूटनैतिक समूदाय तथा जर्मनीस्थित नेपालीलगायत ३०० भन्दा बढीको उपस्थिति रहेको बोर्डद्वारा जारी विज्ञप्तिमा जनाइएको छ । कार्यक्रममा श्रीलङ्काका पर्यटनमन्त्री जोहन अमरातुङगा, जमैकाका पर्यटनमन्त्री एडमुण्ड बार्टलेट तथा संयुक्त राष्ट्रसङ्घ विश्व पर्यटन सङ्गठनका पूर्वमहासचिव डा टेलिब रिफाइको उपस्थिति थियो । सोही अवसरमा गत फागुन १५ गते ताप्लेजुङमा भएको हेलिकोप्टर दुर्घटनामा दिवङ्गत हुनुभएका संस्कृति, पर्यटन तथा…
काठमाडौँ,: राजश्व नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगिएका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार ७१० करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयका अनुसार कूल एक लाख ३२ हजार २१ आयकरतर्फ नयाँ दर्ता भएका छन् । मूल्य अभिवृद्धि कर (भ्याट)मा २० हजार ७४ नयाँ करदाता थपिएका छन् भने अन्तशुल्कतर्फ ११ हजार ६१५ करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चालू आवको बजेटको अर्ध वार्षिक समीक्षाअनुसार स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या १९ लाख पुगेको छ । भ्याटमा दर्ता हुनेको सङ्ख्या १६ हजार ५४९ पुगेको छ भने अन्तशुल्कमा दर्ता हुनेको सङ्ख्या दुई…
काठमाडौँ: राजश्व नीति तथा कार्यान्वयनलाई प्रभावकारी बनाउँदै लगिएका कारण चालू आर्थिक वर्षको दोस्रो त्रैमासिकसम्म थप एक लाख ६३ हजार ७१० करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयका अनुसार कूल एक लाख ३२ हजार २१ आयकरतर्फ नयाँ दर्ता भएका छन् । मूल्य अभिवृद्धि कर (भ्याट)मा २० हजार ७४ नयाँ करदाता थपिएका छन् भने अन्तशुल्कतर्फ ११ हजार ६१५ करदाता करको दायरामा आएका छन् । अर्थ मन्त्रालयले हालै सार्वजनिक गरेको चालू आवको बजेटको अर्ध वार्षिक समीक्षाअनुसार स्थायी लेखा नम्बर (प्यान) लिनेको सङ्ख्या १९ लाख पुगेको छ । भ्याटमा दर्ता हुनेको सङ्ख्या १६ हजार ५४९ पुगेको छ भने अन्तशुल्कमा दर्ता हुनेको सङ्ख्या दुई…