Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- निरन्तर वर्षा र बाढीपहिरोका कारण दूरसञ्चार सेवा प्रभावित
- अविरल वर्षा र बाढीपहिरोले विद्युतीय संरचनामा क्षति, झन्डै ५०० मेगावाट विद्युत् उत्पादन बन्द
- संयुक्त राष्ट्रसंघको ८१औं महासभामा प्रधानमन्त्री वालेन्द्र शाहले के भने? (सम्बोधनको पूर्णपाठ)
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं : नेकपाका चार शीर्ष नेताले तत्काल पार्टी सचिवालयको बैठक बोलाउन माग गरेका छन् । वरिष्ठ नेताहरू माधव नेपाल, झलनाथ खनाल, सचिवालय सदस्य वामदेव गौतम र प्रवक्ता नारायणकाजी श्रेष्ठले अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहालसँगको अनौपचारिक छलफलका क्रममा बैठक बोलाउन माग गरेका हुन् । ‘हामीले तत्काल पार्टी बैठक बोलाउन उहाँहरू (ओली–दाहाल) लाई अनौपचारिक रूपमा भनिरहेका छौं,’ वरिष्ठ नेता खनालले भने, ‘तर उहाँहरू बैठक बोलाउन तत्पर हुनुभएको छैन ।’ स्थायी समितिले पार्टी एकताको ठोस प्रस्ताव तयार पार्न गठन गरेको कार्यदललाई १० फागुनको सचिवालय बैठकबाट विघटन गरेको थियो । अध्यक्षद्वय ओली र दाहालले कार्यदल विघटनपछि एकताको ठोस प्रस्ताव सचिवालयले तयार पार्ने र…
कञ्चनपुर: बलात्कारपछि हत्या गरिएकी कञ्चनपुरको भीमदत्त नगरपालिका–२ की १३ वर्षीया निर्मला पन्तको प्रमाण नष्ट गर्ने र यातना दिने कार्यमा संलग्न भएको अभियोगमा आठ जनाविरुद्ध जिल्ला अदालत कञ्चनपुरमा मुद्दा दायर गरिएको छ । गत पुस ३ गते निर्मलाकी आमा दुर्गादेवी पन्तले प्रमाण नष्ट गरेको र दिलीपसिंह विष्टका दाजु खडकसिंह विष्टले भाइ दिलीपलाई यातना दिएको अभियोगमा तत्कालीन कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्टसहित आठ जनाविरुद्ध प्रहरीमा जाहेरी दिएका थिए । सरकारी वकिल कार्यालयले निर्मलाकी आमा दुर्गादेवी र खडकाको जाहेरीका आधारमा अदालतमा गत बुधबार छुट्टाछुट्टै मुद्दा दायर गरेको हो । यातना दिइएको अभियोगमा तत्कालीन जिल्ला प्रहरी कार्यालय कञ्चनपुरका प्रहरी उपरीक्षक डिल्लीराज विष्ट, प्रहरी नायब…
काठमाडौँ: घुस पकरणमा मुछिएपछि पदबाट राजीनामा दिएका अख्तियार दुरुपयोग अनुसन्धान आयोगका पूर्वआयुक्त राजनारायण पाठकलाई विदेश जान प्रतिबन्ध लगाइएको छ । चाँगुनारायणस्थित नेपाल इन्जिनियरिङ कलेजको स्वामित्व विवादलाई मिलाइदिने भन्दै घुस लिएको भिडियो सार्वजनिक भएपछि उनले पदबाट राजीनामा दिएका थिए । यो समाचार आजको नागरिक दैनिकमा छ । पाठकले विवाद मिलाउने भन्दै पटकपटक गरी ७८ लाख घुस लिएको भिडियो सार्वजनिक भएपछि अख्तियारले उनीविरुद्ध छानबिन सुरु गरेको थियो । पाठक अहिले छानबिनकै क्रममा रहेको अख्तियारका प्रवक्ता रामेश्वर दंगाल बताउँछन् । घुस प्रकरणमा फसेका पाठक सम्भावित कारबाहीबाट बच्न विदेश जानसक्ने भन्दै विदेश जान प्रतिबन्ध लगाइएको हो ।
काठमाडौँ: नेपालमा जल परिवहन सञ्चालनका लागि नेपाल र भारत संयुक्त टोलीको बैठक बिहीबार काठमाडौंमा शुरु भएको छ । बैठकमा नेपालका तर्फबाट ऊर्जा आयोगका सहसचिव तथा जलमार्ग अध्ययन समितिका संयोजक माधव बेल्बासे र भारतको तर्फबाट ‘इन्ल्यान्ड वाटर–वे अथोरेटी अफ इन्डिया’ का उपाध्यक्ष प्रविर पाण्डेको नेतृत्वको प्रतिनिधिमण्डलका सदस्यहरू सहभागी छन् । बैठक शुक्रबारसम्म चल्ने छ । यो समाचार आजको गोरखापत्र दैनिकमा भउचप्रसाद यादवले लेखेका छन् । यसअघि मङ्गलबार र बुधबार सो संयुक्त टोलीले नेपालका कोशी र गण्डकी नदीमा सम्भाव्यता अध्ययन गरेको थियो । अध्ययनका क्रममा टोलीले नेपालमा पानीजहाज रोकिने ठाउँ (टर्मिनल) स्थानको खोजी पनि गरेको थियो । प्रधानमन्त्री केपी शर्मा ओलीले नेपाल…
काठमाडौँ: माथिल्लो कर्णाली जलविद्युत् आयोजना निर्माणको जिम्मा पाएको भारतीय कम्पनी जीएमआरले पटक पटक म्याद थप्दा पनि काम गर्न नसकेको भन्दै म्याद नथप्नका लागि दबाब शुरु भएको छ । सात वर्षमा बनाइसक्ने भनेर जिम्मा लिएको उक्त कम्पनीले ११ वर्ष हुँदा पनि स्रोत जुटाउन नसकेको भन्दै संवद्ध जानकारहरुले फेरी पनि उसैलाई निर्माणको जिम्मा दिने हो भने आयोजना अनिश्चित हुने बताएका छन् । म्याद नथप्नका लागि सरकारलाई दबाब दिने उद्देश्यले आज काठमाडौँमा विभिन्न राजनीतिक दल र माथिल्लो कर्णाली बचाऔँ राष्ट्रिय अभियानद्वारा आयोजित अन्तरक्रियाका सहभागीले यसतर्फ सबै गम्भीर बन्नुपर्नेमा जोड दिए । अन्तरक्रियामा नेकपा मसाल, नेकपा (माले), राष्ट्रिय जनमोर्चा, जनसमाजवादी पार्टी नेपाल, नेपाल कम्युनिष्ट…
काठमाडौँ: सर्वोच्च अदालतले राज्य विरुद्ध सङ्गठित अपराधको मुद्दामा चन्द्रकान्त राउत भनिने डा सीके राउतलाई तारेखमा छाड्ने आदेश जारी गरेको छ । प्रधानन्यायाधीश चोलेन्द्रशमशेर राणा र पुरुषोत्तम भण्डारीको संयुक्त इजलासले राउतलाई तारेखमा रहेर मुद्दा खेप्न पाउने गरी तारेखमा छाड्नो आदेश जारी गरेको हो । आदेशमा भनिएको छ, “निजबाट अपराधसँग सम्बन्धित दोषी प्रमाण केही फेला परेको देखिँदैन, पुर्पक्षका लागि थुनामा राख्नु परेन, तारेखका राखी मुद्दामा पुर्पक्ष गर्न दिनु ।” देशलाई टुक्र्याउनेलगायत राज्य विरुद्धको अपराधमा राउतलाई जिल्ला अदालत रौतहटले गत मङ्सिर २० गते पुर्पक्षका लागि थुनामा पठाएको थियो । उच्च अदालत जनकपुर, अस्थायी इजलास विरगञ्जले माघ ३ गते जिल्ला अदालतकै आदेशलाई सदर गरेको…
विराटनगर: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले आपूm कार्यकाल लम्ब्याउने पक्षमा नरहेको बताएका छन् । विराटनगर विमानस्थलमा आज सञ्चारकर्मीसँग कुरा गर्दै उनले पार्टीको अधिवेशन तोकिएको समयमा हुने जानकारी दिए । सभापति देउवाले हालै भएको चाक्सीबारी बैठक सामान्य कुरा भएको र साथीहरुबीच छलफल हुनु कुनै अनौठो नभएको प्रस्ट पारे । पूर्वप्रधानमन्त्री देउवाले पार्टीका नेता डा शेखर कोइरालालाई पार्टी नेतृत्वका सम्बन्धमा जथाभावी नबोल्न आग्रह गरिएको र उनको सम्बन्धमा आफूले वीरगञ्जमा जवाफ दिएको बताए । “पार्टीको नेतृत्वमा कोइराला आउन नपाउने वा चुनावमा उठ्नै नपाउने कुरा कहीँ कतै गरेको छैन”, उनले भने। कोइरालालाई बोलेको आधारमा अनुशासनको कारवाही नहुने सभापति देउवाको भनाइ थियो । जिल्ला सभापतिहरुले…
काठमाडौँ: समस्याग्रस्त घोषित १० सहकारीमध्ये ‘ओरण्टल कोअपरेटिभ लिमिटेड’को कूल दायित्व रु १६ अर्ब एक करोड रहेको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार उक्त संस्थाको साँवा रु नौ अर्ब १२ करोड तथा गत वर्ष चैत मसान्तसम्मको ब्याज रु छ अर्ब ८९ करोड छ । सहकारी बचतकर्ताको निक्षेप साँवा र ब्याज गरी रु आठ अर्ब ३८ करोड, अपार्टमेन्ट बुकिङ रकम रु चार अर्ब ९२ करोड र बैंक तथा वित्तीय संस्थको कर्जा रु एक अर्ब ९८ करोड छ । त्यसैगरी सरकारको कर दायित्व र अन्य साहुसमेत दायित्वअन्तर्गत रहेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष युवराज सुवेदीले सहकारी संस्थाका…
काठमाडौँ: समस्याग्रस्त घोषित १० सहकारीमध्ये ‘ओरण्टल कोअपरेटिभ लिमिटेड’को कूल दायित्व रु १६ अर्ब एक करोड रहेको पाइएको छ । समस्याग्रस्त सहकारी व्यवस्थापन समितिका अनुसार उक्त संस्थाको साँवा रु नौ अर्ब १२ करोड तथा गत वर्ष चैत मसान्तसम्मको ब्याज रु छ अर्ब ८९ करोड छ । सहकारी बचतकर्ताको निक्षेप साँवा र ब्याज गरी रु आठ अर्ब ३८ करोड, अपार्टमेन्ट बुकिङ रकम रु चार अर्ब ९२ करोड र बैंक तथा वित्तीय संस्थको कर्जा रु एक अर्ब ९८ करोड छ । त्यसैगरी सरकारको कर दायित्व र अन्य साहुसमेत दायित्वअन्तर्गत रहेको छ । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा समितिका अध्यक्ष युवराज सुवेदीले सहकारी संस्थाका…
हेटौँडा: आन्तरिक राजस्व कार्यालय हेटौँडाले कर (राजस्व) छल्नेविरुद्ध अनुगमन तीव्र पारेको छ । मकवानपुरको हेटौँडालगायत शहरी तथा ग्रामीण क्षेत्रमा रहेका औद्योगिक, व्यापारिक र व्यावसायिक प्रतिष्ठानमा कार्यालयबाट अधिकृतको नेतृत्वमा टोली खटाई फार्मको जाँच तथा अनुगमन गर्ने गरिएको प्रमुख कर अधिकृत सन्तबहादुर ढकालले बताउनुभयो । करको दायरामा नआएका र कर छल्नेमाथि अनुगमन गरिनाका साथै कर सम्बन्धि अभियान थाल्ने उहाँले बताउनुभयो । कार्यालयका अनुसार चालू आवको सात महिनामा लक्ष्यभन्दा बढी राजस्व सङ्कलन भएको छ । साउनदेखि माघसम्ममा रु दुई अर्ब पाँच करोड ४१ लाख राजस्व सङ्कलन गर्ने लक्ष्य रहेकामा रु दुई अर्ब २६ करोड ७४ लाख ५५ हजार सङ्कलन भएको छ । सो…