Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो सात महिना बितिसक्दा पनि पूँजीगत खर्चले गति लिन सकेको छैन । बिकासको मेरुदण्ड मानिएको पूँजीगत खर्चले गति लिननसक्नु चिन्ताको बिषय भएको अर्थविदहरु बताउछन् । आर्थिक वर्ष २०७५ /७६ को पहिलो सात महिनामा जम्मा २२ दशमलब ५० प्रतिशत पूँजीगत बजेट खर्च भएको छ । समीक्षा अवधिमा कूल पूँजीगत बजेट बिनियोजन तीन खर्ब १३ अर्ब ९९ करोड मध्ये ७० अर्ब ६६ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । समीक्षा आवधिमा चालू खर्च विनियोजनको ४१ दशमलब ५३ प्रतिशत र बित्तिय ब्यबस्थान तर्फ़ २० दशमलब ६४ प्रतिशत खर्च भएको छ । समीक्षा अवधिमा चालू खर्च बिनियोजन ८…

Read More

काठमाडौँ: नेपाल तयारी पोशाक उद्योग सङ्घको अध्यक्षमा पुनः चण्डिप्रसाद अर्याल चयन भएका छन् । शनिबार सम्पन्न सङ्घको २६औँ वार्षिक साधारणसभाले अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको प्रथम उपाध्यक्षमा इमानसिंह लामा, द्वितीय उपाध्यक्षमा भुपेन्द्रकुमार बस्नेत, महासचिवमा अशोककुमार अग्रवाल, सहसचिवमा पशुपतिदेव पाण्डे र कोषाध्यक्षमा सञ्जयकुमार सर्राफ चयन भएका छन् । आगामी दुईवर्षे कार्यकालका लागि थोमनाथ बस्याल, कृष्णप्रसाद पाण्डे, भीम गिरी, राहुल शाक्य र वसन्त अधिकारी सदस्यमा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष अर्यालले जानकारी दिए । सङ्घको साधारणसभाले निर्यातसँग सम्बन्धित उद्योगलाई नगद अनुदान दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाद्वारा सहुलियतपूर्ण ब्याजदरसहितको कर्जा दिनुपर्ने, आयकर छुट, एकमुष्ट कर प्रणाली, निर्यातजन्य उद्योगको…

Read More

काठमाडौँ: नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौँलाई समावेश गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको छ । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको र सो अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितका नीति तथा कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा लोन्ली प्लानेटको पछिल्लो विवरणले थप बल…

Read More

काठमाडौँ: नेकपाका दुई अध्यक्षले पार्टीको तल्लो तह र जनवर्गीय संगठनको एकता प्रक्रिया प्रस्ताव तयार पार्ने भएका छन् । जेठ ३ मा तत्कालनि एमाले र माओवादीबीच एकता भए पनि तल्लो तह र जनवर्गीय संगठनको एकता टुंगिएको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । एकता प्रस्ताव तयार पार्न पुस १३ मा नेकपा स्थायी समिति बैठकले ९ सदस्यीय कार्यादल बनाएको थियो। तर पनि ठोस प्रस्ताव तयार पार्न असफल भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रस्ताव तयार पार्न जुटेका हुन् । कार्यदलले विधानमा देखिएका असमझदारी मात्रै टुंगो लगाउन सफल भएपछि अन्य विषय थाती नै थियो । ढिलोमा पुस मसान्तसम्म ठोस…

Read More

काठमाडौँ: नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा सात सयभन्दा बढी घडेरी बनाउँदै छ । यो जमिन भिरालो छ । त्यसैले जीवन्तनगरबाट बगेको पानी सेनाको घडेरी हुँदै खोल्सामा मिसिएर बागमती नदीमा पुग्छ । सेनाले खोल्सासहितको भागलाई घडेरी बनाएको छ । उसले त्यो स्थानमा ३.५ देखि ४ फिटसम्मको ढल बनाइसकेको छ । जीवन्तनगरका स्थानीय पनि सेनाको सोही ढलमा आफ्नो ढल मिसाउन चाहन्छन् तर, सेनाले अनुमति नदिँदा करिब सय घरको ढल जडान कार्य रोकिन पुगेको छ । यो समाचार आजको नयाँ पत्रिका…

Read More

काठमाडौँ: भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । याे समाचार आजकाे नेपाल समाचारपत्रमा छ । सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । ‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार विहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–शनिवार साँझ उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । सोमबार सुदुरपश्चिमी भेगमा मौसमको प्रत्यक्ष प्रभाव देखिने र क्रमशः अन्यत्र प्रभाव फैलिने अर्यालले बताउनुभयो । ‘पश्चिमी वायुको…

Read More

काठमाडौँ: कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले…

Read More

धनुषा: नेपाली काङ्ग्रेसको अवरोधपछि प्रदेशसभा बैठक स्थगन भएको छ । प्रदेशसभा नं २ को दोस्रो अधिवेशनको दैनिक कार्यसूचीअनुसार आज बसेको ४८औँ बैठक शुरु भएको पाँच मिनेट नबित्दै काङ्ग्रेस सांसदले अवरोध गरेपछि स्थगन भएको हो । बैठक शुरु भएपछि काङ्ग्रेस सचेतक उपेन्द्र कुशवाहाले टेबल ठोक्दै बोल्ने समय मागेपछि उहाँलाई बोल्न सभामुख सरोजकुमार यादवले समय उपलब्ध गराए । वीरगञ्जमा बिपी उद्यानका लागि निर्धारित जग्गामा प्रदेश सरकारले जबर्जस्ती शहीद पार्क बनाउन लागेको विरोध गर्दै काङ्ग्रेसले बैठकमा अवरोध गरेको हो । सचेतक कुशवाहाले भने, “एक सरकारले गरेको निर्णय अर्को सरकारले उल्टाउँदै जाने हो भने कुनै पनि योजना पूरा हुन सक्दैन, त्यसैले प्रदेश सरकारको शहीद…

Read More

काठमाडौँ: प्रतिनिधिसभा, अन्तर्राष्ट्रिय सम्बन्ध समितिले भूतपूर्व गोर्खा सैनिकले न्याय र समानताका लागि उठाएका माग र औंल्याएका समस्या समाधानका लागि पहल गर्न सरकारलाई निर्देशन दिएको छ । भूतपूर्व ब्रिटिस गोर्खाको समस्यासम्बन्धी प्रतिवेदन परिमार्जनसहित पेश गर्न समितिको शुक्रबारको बैठकले सदस्य भीमबहादुर रावल, दीपकप्रकाश भट्ट र दिव्यमणि राजभण्डारीलाई जिम्मेवारी दिएको छ । नेपालको स्वतन्त्रता, सार्वभौमसत्ता र स्वाधीनतालाई सर्वाेपरी राख्दै भूपू गोर्खा सैनिकले उठाएका माग र औंल्याएका समस्या समाधान गर्न उच्चस्तरबाट पहल र वार्ता आरम्भ गर्न समितिले सरकारलाई निर्देशन दिएको हो । गोर्खा भर्ती सन्धिको पुनरावलोकन गरी नेपालको संविधान र लोकतान्त्रिक प्रणालीको मान्यताअनुरुप नेपालको परराष्ट्र नीति कार्यान्वयन गर्न पनि समितिले सरकारलाई सुझाव दिएको छ…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकका गभर्नर डा चिरञ्जीवी नेपालले मुलुकमा राजनीतिक स्थिरता कायम भई स्थिर सरकार बनेकाले लगानीको वातावरण बन्दै गएको बताएका छन् । एशोसियसन अफ इन्भेष्टमेन्ट प्रोफेसनल नेपालको आज उद्घाटन गर्र्दै गभर्नर नेपालले देश आर्थिक रुपान्तरणको बाटोमा अघि बढेको सन्दर्भमा उचित लगानीका लागि वित्तीय विश्लेषणको महत्व रहेको उल्लेख गरे । सरकारले एक स्थानीय तह कम्तीमा एक बैंकको नीति लिएको र वित्तीय साक्षरता र वित्तीय पहुँच पनि बढ्दै गएको भन्दै उनले यसले आर्थिक गतिविधि बढउनका साथै वित्तीय अवस्थामा सुधार आउने विश्वास व्यक्त गरे । नेपालको समग्र वित्तीय विश्लेषकको संस्थाका रुपमा एशोसिएसन स्थापना गरिएको छ । वित्तीय क्षेत्रको विश्लेषणमार्फत नेपालमा समग्र…

Read More