Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो छ महिनामा विप्रेषण आप्रवाह ३० दशमलब २ प्रतिशतले वृद्धि भई ४ खर्ब ४३ अर्ब ३६ करोड पुगेको छ । अघिल्लो वर्षको सोही अवधिमा विप्रेषण आप्रवाह ०.५ प्रतिशतले घटेको थियो । अमेरिकी डलरमा विप्रेषण आप्रवाह १७.६ प्रतिशतले वृद्धि भएको छ । अघिल्लो वर्ष यस्तो आप्रवाह ३.८ प्रतिशतले बढेको थियो । समीक्षा अवधिमा खुद ट्रान्सफर आय २८.७ प्रतिशतले वृद्धि भई रु.५०५ अर्ब ४३ करोड पुगेको नेपाल राष्ट्र बैंकले जनाएको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो आय १.८ प्रतिशतले घटेको थियो । अन्तिम श्रम स्वीकृति (संस्थागत तथा व्यक्तिगत–नयाँ र वैधानिकीकरण) का आधारमा वैदेशिक रोजगारीमा जाने नेपालीको संख्या…

Read More

बेइजिङ: बेइजिङमा जारी चीन–अमेरिका व्यापार वार्ता आगामी हप्ता वासिङ्टनमा हुनेगरी टुङ्गिएको चिनियाँ राष्ट्रपति सी चिन फिङले शुक्रबार बताउनुभएको छ । व्यापार वार्ताका लागि दुई पक्षबीच पुनः आगामी साता वासिङ्टनमा भेट हुनेछ, सीले अमेरिकी तथा चिनियाँ वार्ता टोलीका उच्च प्रतिनिधिसँगको भेटमा बताउनुभयो । वार्ताका लागि अमेरिकी टोली बेइजिङ आएको र दुई दिन लामो वार्ता विवादका केही बिषयमा छलफल गरी टुङ्गिएको छ । यस पहिले चिनियाँ टोली अमेरिका पुगी विवाद समाधान प्रयास गरेको थियो । वासिङ्टनमा भएको वार्ता सकारात्मक भएको भन्दै दुई देशका उच्च नेताले यस अघि प्रतिक्रिया दिएका थिए । उहाँले भन्नुभयो, “मैले विश्वास गरेको छु दुवै समूहले कडा मेहनत गर्नेछ…

Read More

काठमाडौं: मंसिर ७ गते भारतबाट भन्सार पास लिएर डिएल १० सिएफ ६९२१ नम्बरको इको स्पोर्टस गाडी नेपाल भित्रियो। भन्सार र प्रहरी कर्मचारी दुवैले सो गाडीभित्र के छ भनी सामान्य सोधीखोजी गरे पनि खनातलासी गरेनन्। त्यसको केही समयपछि त्यही नम्बरको गाडी हराएको भन्दै दिल्लीका एक व्यापारीले कञ्चनपुर प्रहरीमा उजुरी दिए। उजुरीमा ती व्यापारीले लक्ष्मण तिरुवाले गाडी चलाएर नेपाल लगेको र उनी आफ्नो कर्मचारी भएको समेत उल्लेख छ। त्यसपछि प्रहरीले लक्ष्मण तिरुवासहित सो गाडीको खोजतलासी गर्न थाल्यो। पुस ८ गते प्रहरीले कोहलपुरको अतिथि होटलमा सो गाडी बेवारिसे अवस्थामा फेला पार्‍यो र उजुरीकर्ता भारतीय व्यापारीलाई कानुनी प्रक्रिया पुर्‍याएर जिम्मा लगायो। त्यस गाडीमा सुन…

Read More

काठमाडौँ: मुलुकको समृद्धिका लागि सरकारले उत्पादित वस्तुको आयात प्रतिस्थापन गर्दै निर्यात प्रवद्र्धनका कार्यक्रम अघि सारेको छ । सरकारी लक्ष्य ‘समृद्ध नेपाल र सुखी नेपाली’लाई सार्थक विन्दुमा पु¥याउन आर्थिक विकासका लागि सरकारले विभिन्न योजना तथा नीतिनियमहरु निर्माण गरी कार्यक्रम अघि बढाइएको अर्थमन्त्री डा युवराज खतिवडाले जानकारी दिनुभयो । नेपाल तयारी पोशाक उद्योग सङ्घको आज राजधानीमा आयोजित २६औँ वार्षिक साधारणसभालाई सम्बोधन गर्दै मन्त्री डा खतिवडाले आयात प्रतिस्थापन र निर्यात प्रवद्र्धन गर्ने उद्योगमध्ये तयारी पोशाकसम्बन्धीको उद्योग महत्वपूर्ण हो भन्दै स्वदेशी उत्पादनलाई प्रोत्साहन गर्ने सरकारको स्पष्ट नीति रहेको उल्लेख गर्नुभयो । उत्पादनमा लाग्ने लागतमा साझेदारी गर्न सरकार तयार रहेको बताउँदै अर्थमन्त्री डा खतिवडाले भन्नुभयो,…

Read More

भक्तपुर: नेपाली काङ्ग्रेसका सभापति एवं पूर्वप्रधानमन्त्री शेरबहादुर देउवाले सरकारले एक वर्षको अवधिमा जनताले परिवर्तन र राहतको महसुस गर्ने गरी उपलब्धि मूलक काम गर्न नसकेको आरोप लगाउनुभएको छ । काङ्ग्रेस भक्तपुरले आज मध्यपुरथिमिको शंखधर चोकमा आयोजना गरेको विरोधसभामा उहाँले सरकारले एक वर्षको अवधिमा जनतालाई करको भार मात्रै बढाएको बताउनुभयो । जनताको पक्षमा सरकारले कुनै काम गर्न नसकेको आरोप लगाउँदै सभापति देउवाले दुई तिहाइको आडमा सरकारले अप्रजातान्त्रिक गतिविधीहरु गरिरहेको जिकिर गर्नुभयो । सभापति देउवाले भन्नुभयो, “देशमा हत्या, हिंसा, बलात्कारका घटना बढेपनि दोषीलाई कारवाही गर्न सरकारले सकेको छैन, यस्ता घटना नियन्त्रण गर्न पनि सरकार असफल भयो सरकारले चाहे निर्मला हत्या काण्डका दोषीलाई पक्राउ…

Read More

काठमाडौँ: नेपालको हवाई क्षेत्रलाई कालोसूचीबाट हटाउन युरोपेली सङ्घ (ईयू) सकारात्मक देखिएको छ । संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारीलाई भेट गरी आज नेपालका लागि युरोपेली संघ, बेलायत, फ्रान्स, जर्मनी र फिनल्याण्डका राजदूतले हवाई सुरक्षा चासोका विषयमा विचारविमर्श गरेका हुन् । उनीहरुले पछिल्लो समय नेपालको हवाई क्षेत्रमा भइरहेको सुधार र सुरक्षा प्रणालीप्रति सन्तोष व्यक्त गर्दै सुरक्षाको न्यूनतम मापदण्डलाई ख्याल गरिदिन आग्रह गरेका हुन् । सो भेटका क्रममा उनीहरुले हालको नियामक निकाय नेपाल नागरिक उड्डयन प्राधिकरणलाई सेवा प्रदायक र नियामक निकायको रुपमा छुट्याएर जान उपयुक्त हुने सुझाएको मन्त्रालय स्रोतले जनाएको छ । “निकट भविष्यमै थप दुई अन्तर्राष्ट्रिय विमानस्थल सञ्चालनको वातावरण बनेको…

Read More

काठमाडौँ: भारतमा जारी हिरो गोल्डकप प्रतियोगितामा नेपाल उपविजेतामै सीमित बनेको छ । भारतको उडिसास्थित कालिङ्गा रङ्गशालामा आज भएको फाइनल खेलमा नेपाल म्यान्मासँग ३–१ गोलअन्तरले पराजित भएको हो । म्यानमाले खेलको ३५औँ मिनेटमा पहिलो गोल गरेको हो । म्यानमाका लागि यी यी ओले गोल गरेकी हुन् । लगत्तै पहिलो हाफको अन्तिम मिनेटमा नेपालका लागि मन्जलीकुमारी योन्जनले गोल गरी खेल बराबरीमा ल्याइन् । दोस्रो हाफमा म्यानमाले थप दुई गोल ग¥यो । खेलको ५३औँ मिनेटमा वीन तुन तथा ६३औँ मिनेटमा पुनः यी यी ले गोल गरेकी हुन् । नेपाल र म्यानमा चार महिनायता तेस्रो पल्ट भिडेका हुन् । गत नोभेम्बरमा म्यानमाको राजधानी याङ्गुनमा…

Read More

काठमाडौँ: हरेक स्थानीय तहमा बैंकका शाखा पु¥याउने सरकारको लक्ष्य पूरा हुने चरणमा पुगेको छ । नेपाल राष्ट्र बैंकले हालै सार्वजनिक गरेको चालू आर्थिक वर्षको पछिल्लो छ महीनाको विवरणअनुसार कूल ७५३ स्थानीय तहमध्ये ७०३ स्थानीय तहमा बैंकका शाखा पुगेका छन् । नागरिकलाई वित्तीय पहुँच पु¥याउने लक्ष्यका साथ सरकारले बैंकको शाखा विस्तारलाई प्रमुख प्राथमिकतामा राखेको छ । बाँकी रहेको ५० स्थानीय तहमध्ये चालू आर्थिक वर्षको अन्त्यसम्म धेरैजसो स्थानीय तहमा बैंकका शाखा पुग्ने विश्वास व्यक्त गरिएको छ । केन्द्रीय बैंकका अनुसार प्रदेश नं १ का कूल १३७ स्थानीय तहमध्ये चालू आवको छ महीनासम्ममा १२७ तहमा बैंकका शाखा पुगेका छन् । सो प्रदेशमा अझै…

Read More

काठमाडौँ: कृषि विकास बैंकको चन्द्रागीरी नगरपालीका काकोल्हवी–५ स्थित थानकोट शाखा औपचारीक रुपमा स्रचालनमा आएको छ। चन्द्रागिरी नगरपालीकाका मेयर घनश्याम गीरी, बैंक संचालक समितिका अध्यक्ष क्षेत्र बहादुर सेंजुवाल र बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले आज शुक्रबार एक कार्यक्रमका विच उक्त शाखाको औपचारिक उद्घाटन गरेका छन् । कार्यक्रममा बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले कृषि विकास बैंकले प्रदान गर्ने सेवा सुविधा तथा बैंकको एटिएम कार्ड, भिसा कार्ड, आईपिएस, मोवाईल बैकिङ्ग, इन्टरनेट बैकिङ्ग, आस्वा सुविधा, डिम्याट सुविधाको बारेमा जानकारी गराउनुका साथै बैंक हजुरहरुको जिम्मामा सुम्पिएको छौ यसको लालनपोषण गर्ने जिम्मा स्थानीय जनप्रतिनिधी र आम स्थानीय बासी रहेको हुंदा स्थानीय जनताको…

Read More