Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलको सूचना प्रणाली आधुनिकीकरण गर्न अध्यागमन प्रणाली सफ्टवेयर निर्माणको जिम्मा प्रधानमन्त्री केपी शर्मा ओलीका सूचना प्रविधि (आइटी) विज्ञ अस्गर अलीको स्वामित्वमा रहेको एफवान सफ्ट र त्यसअन्तर्गतको ई–सेवामा कार्यरत व्यक्तिलाई दिइएको छ। आइटीविज्ञ अलीको दबाब र प्रभावमा अध्यागमन विभागले सार्वजनिक खरिद ऐन तथा नियमावलीविपरीत उनको स्वामित्वमा रहेको कम्पनीमा आबद्ध जनशक्तिलाई परामर्शदाता नियुक्त गरी सफ्टवेयर निर्माणको जिम्मा दिएको हो। अलीले आफूले ई–सेवाको सिइओबाट राजीनामा दिएको दाबी गर्दै आए पनि केही समयअघि भएको दोस्रो अन्तर्राष्ट्रिय अन्टरप्रेन्युरसिप कन्क्लेभमा उनी प्रधानमन्त्रीको आइटीविज्ञ तथा ई–सेवाको सिइओको हैसियतमा सहभागी भएका थिए। ई– सेवामा कार्यरत अलीका सहोदर भाइ अख्तरको नेतृत्वमा ६ जनाले अध्यागमन सूचना प्रणाली…
लहान – देशैभरी सञ्चालनमा रहेका मापदण्डविपरितका क्रसरलाई मापदण्डमा ल्याउने वहस तेज भैरहेका बेला सिरहामा मापदण्ड मिचेर नयाँ क्रसर उद्योगलाई अनुमती दिएको खुलेको छ। घरेलु तथा साना उद्योग कार्यालय लहानले कर्जन्हा नगरपालिका–७ मा कमलामाई क्रसर उद्योगलाई कानुन मिचेर नयाँ दर्ता दिएको पाइएको छ। घरेलु तथा साना उद्योग कार्यालयको अभिलेख अनुसार फागुन ८ गत्ते कर्जन्हा नगरपालिका–७ मा कमलामाइ क्रसर उद्योग लाई दर्ता अनुमती दिइएको हो। धनुषा र महोत्तरी जिल्लाका चारजना प्रोपराईटर रहेको यस उद्योगको दर्ता नम्बर १९३३ छ। प्रोपराइटरहरु जनकपुर उपमहानगरपालिका २ का रामबाबु साह, महोत्तरीका खलिल राईन, जनकपुर उपमाहानगरपालिका २ का रुबी साह र महोत्तरीका मो. इसराइल राइन हुन्। कर्जन्हा नगरपालिकाले…
पोखरा: बिहीबारदेखि जारी नेपाल पत्रकार महासङ्घको केन्द्रीय साधारणसभा एवम् विधान अधिवेशन महासङ्घको नेतृत्व प्रत्यक्ष निर्वाचन प्रणालीबाट चयन गर्ने व्यवस्था गर्दै आज सम्पन्न भएको छ । साधारणसभाले केन्द्र, प्रदेश र जिल्ला शाखाको नेतृत्व प्रत्यक्ष निर्वाचित गर्ने गरी सर्वसम्मत विधान संशोधन गरेको हो । पोखरा सभागृहमा भएको बन्दसत्रले गरेको प्रस्तावमा नेपाल प्रेस सङ्गठन, प्रेस युनियन, मिडिया नेपाल, जन पत्रकार सङ्गठन, मिडिया नेपाल, आदिवासी जनजाति पत्रकार महासङ्घ (फोनिज), सञ्चारिका समूहलगायत पत्रकारसँग सम्बन्धित सम्पूर्ण सङ्गठनले समेत सहमति जनाएकाले सर्वसम्मतको वातावरण बनेको हो । महासङ्घ प्रत्यक्ष निर्वाचन प्रणालीमा गएसँगै आगामी दिनमा केन्द्र, प्रदेश र जिल्ला शाखाको निर्वाचन अब एकैदिन हुनेभएको छ । महासङ्घमा एक महिला…
काठमाडौँ: ललितपुरस्थित नक्खुमा रहेको एनसेलको टावरमा बम विष्फोट भएको छ । नक्खु चोक नजीकको एनसेल टावरमा आज साँझ ७ः५५ बजे अज्ञात समूहले बम विष्फोट गराएको हो । बम विष्फोटमा तीनजना घाइते भएको प्रहरी प्रवक्ता उत्तमराज सुवेदीले जानकारी दिनुभयो । घाइते प्रतीक्षा खड्काको अल्का अस्पताल, आयुषा मानन्धरको मेडिसिटी अस्पताल र सिंहप्रसाद गुरुङको बिएण्डबी अस्पतालमा उपचार भइरहेको प्रवक्ता सुवेदीले बताउनुभयो । बम ठूलो आवाजले पड्किएको ललितपुरका स्थानीयवासी प्रकाश सोतीले बताउनुभयो । कमलपोखरीमा प्रेसर कुकर बम काठमाडौँको कमलपोखरीमा प्रेसर कुकर बम फेला परेको छ । कमलपोखरीस्थित आँगन रेष्टुरेन्टमा कालो झोलामा प्रेसर कुकर बम राखिएको अवस्थामा फेला परेको महानगरीय प्रहरी कार्यालय रानीपोखरीका प्रवक्ता पूजा…
काठमाडौँ: देशव्यापी रुपमा नै वितरण प्रणाली सुधार गर्दै आएको नेपाल विद्युत् प्राधिकरणले काठमाडौँको रत्नपार्क वितरण केन्द्रमा पनि सुधारात्मक काम अगाडि बढाएको छ । प्राधिकरणको रत्नपार्क वितरण केन्द्रअन्तर्गत रहेको थापाथली स्वीचिङ स्टेशनको ११ केभी भिसीवी प्यानल तथा स्वीच गियर परिवर्तनका लागि विभिन्न राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने भएको हो । उपभोक्ताको हिसाबले धेरै ग्राहक भएको केन्द्रका रुपमा रत्नपार्क वितरण केन्द्रलाई लिइन्छ । प्राधिकरणले आइतबार बिहान ११ बजेदेखि दिउँसो २ बजेसम्म राजधानीका विभिन्न स्थानमा विद्युत् कटौती गर्ने जनाएको छ । प्राधिकरणले आज एक सूचनामार्फत ‘टेकु, थापाथली, पाटन, सानेपा तथा प्रसूतिगृह फिडरबाट हँुदै आएको विद्युत् आपूर्ति बन्द हुने जनाएको छ । प्राधिकरणका…
हेटौँडा: अख्तियार दुरुपयोग अनुसन्धान आयोग क्षेत्रीय कार्यालय हेटौँडाको टोलीले नगद घुस लिएको आरोपमा भीमफेदी कारागारका जेलरलाई गरेको छ । क्षेत्रीय कारागार भीमफेदीका जेलर मदन अधिकारी रु ७५ हजार घुस रकमसहित पक्राउ परेको अख्तियार हेटौँडाका उपसचिव देवकुमार राईले जानकारी दिनुभयो । राईका अनुसार जेलर अधिकारीले कैदीका चौकीदार डेनियल लामासँग रकम माग गरेको र रकम नदिए अन्यत्र जेलमा सरुवा गरिदिने धम्की दिएकाले चौकीदार लामा रकम दिएर सरुवा रोक्न तयार भएका थिए । चौकीदारका आफन्तले अख्तियारलाई खबर गरेपछि अख्तियारको क्षेत्रीय कार्यालय हेटौँडाबाट प्रहरी नायब उपरीक्षक केशव भट्टराईसहितको टोली कारागार पुगेको थियो । कारागारसँगैको जेलर निवासबाट घुस लिँदालिँदै अधिकारीलाई पक्राउ गरीएको उपसचिव राईले जानकारी…
काठमाडौँ: खानेपानीमन्त्री विना मगरले जुनसुकै प्रक्रिया अपनाएर पनि छिट्टै राजधानीमा मेलम्चीको पानी ल्याउने तयारी मन्त्रालयले गरिरहेको बताउनुभएको छ । प्रतिनिधिसभाको आजको बैठकमा मेलम्ची खानेपानी आयोजनाको खानेपानी काठमाडौँवासीले कहिले पिउन पाउँछन् भन्ने सांसद डिला सङ्ग्रौलाले सोधेकोे प्रश्नको जवाफमा मन्त्री मगरले सिएमसीले ठेक्का छाडेकाले पूर्वनिर्धारित तालिकानुसार पानी आउन नसकेको बताउनुभयो । “अहिले मन्त्रालय दुई वटा विकल्प लिएर अघि बढेको छ, पहिलो सिएमसी आए छिटो समस्या समाधान हुन्छ, पानी छिटो आउँछ, यसैले सरकारले संयमतापूर्वक छलफल अघि बढाएको छ, पुनःबोलपत्र आह्वान गरी छिटो पानी ल्याउने अर्को तयारी पनि गरिएको छ”, उहाँले भन्नुभयो । मन्त्रालयका पूर्वसचिव गजेन्द्रकुमार ठाकुर र मन्त्रीबीचको विवाद र सिएमसीसँग कमिशन मागिएका…
काठमाडौँ: प्रतिनिधिसभाको आजको बैठकले “सूचना प्रविधि सम्बन्धी विधेयक, २०७५ माथि विचार गरियोस्” भन्ने प्रस्ताव सर्वसम्मतिले स्वीकृत गरेको छ। बैठकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो विधेयक प्रस्तुत गर्नुभएको थियो । सैद्धान्तिक छलफलमा सांसद नवराज सिलवालले विधेयक समय सापेक्ष भएको बताउनुभयो । सांसद पुष्पा भुषालले संविधानको भावना विपरीत सो विधेयक आएको भन्दै संशोधनको माग गर्नुभयो । सांसद गगन थापाले सामाजिक सञ्जाल दर्ता गर्न आवश्यक नरहेको बताउनुभयो । सैद्धान्तिक छलफललका क्रममा सांसद डिला सङ्ग्रौला, महेश बस्नेत, योगेश भट्टराई, खगराज अधिकारी, विमला विक, रेणुका गुरुङ र सूर्य पाठकलगायतले बोल्नुभएको थियो । छलफलमा उठेका प्रश्नको जवाफ दिनुहँुदै मन्त्री बाँस्कोटाले विधेयकमा कही कतै साइबर…
काठमाडौं: वीर हस्पिटलको निर्माणाधीन भवनमा रहेको अस्थायी लिफ्ट चुडिँएर दुई जनाको मृत्यु भएको छ । एक जना गम्भीर छन् । महागनरीय प्रहरी वृत्त, जनसेवाका प्रमुख डीएसपी टेकुनन्द इवा लिम्बुले दिएको जानकारी अनुसार मृत्यु हुनेमा सप्तरीका २५ वर्षीय नवीनकुमार चौधी र २० वर्षीय भूमिकुमार चौधरी छन् । सप्तरीकै सचितानन्द चौधरी गम्भीर घाइते छन् । हाल उनको ट्रमा सेन्टरमा उपचार भइरहेको छ । चिकित्सकहरुका अनुसार उनको आन्तरिक रक्तश्राव जारी छ । यद्यपि, कम्मरमुनिबाटै रक्तश्राव भइरहेकाले आत्तिहाल्नु पर्नै अवस्था छैन । प्रहरीका अनुसार तीन जनै निर्माण मजदुर हुन् । गएराति करिब ८ बजे सामान माथि लैजानलाई बनाइएको अस्थायी लिफ्टको चार तलामाथिबाट चुडिएर उनीहरु…
तुलसीपुर: ऊर्जा, जलस्रोत तथा सिँचाइमन्त्री वर्षमान पुनले अबको तीन वर्षभित्र देशैभर विद्युत् विस्तार हुने बताएका छन् । रिपोर्टर्स क्लब दाङ शाखाले शुक्रबार तुलसीपुरमा आयोजना गरेको साक्षात्कार कार्यक्रममा उनले नेपालको पानी र जनताको लगानीलाई सार्थक तुल्याउने काम भइरहेको उल्लेख गरे । “विभिन्न स्थानमा विद्युत् उत्पादनको काम भइरहेको छ, अबको पाँच वर्षमा जनताले मागेजति विद्युत् उपलब्ध गराउनेतर्फ सरकार लागेको छ”, मन्त्री पुनले भने । “तुलसीपुर उपमहानगरपालिकासँग विद्युत् विस्तारका लागि साझेदारी कार्यक्रम गर्नेबारे कुरा भएको छ, अब दाङका २२ वटै नाकामा विद्युत् पु¥याउन लाग्नेछौँ”, उनले भने । अर्को फरक प्रसङ्गमा प्रदेश नंं ५ को राजधानी सबैलाई पायक पर्ने स्थानमा राखिनेमा जोड दिँदै मन्त्री…