Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: संवैधानिक परिषद्ले पाँच संवैधानिक आयोगका अध्यक्षमा सिफारिस गरेकामध्ये मुस्लिम आयोगका अध्यक्षविरुद्ध उजुरी परेको छ भने अन्य चार अध्यक्षका बारेमा कुनै पनि उजुरी परेको छैन । संसदीय सुनुवाइ समितिको आजको बैठकमा सिफारिस भएका आयोगका अध्यक्षहरुविरुद्ध परेका उजुरी खोल्दा मुस्लिम आयोगका अध्यक्ष समिम अन्सारीविरुद्ध मात्र उजुरी परेको र बाँकी चारजना विरुद्ध कुनै पनि उजुरी नपरेको समितिका सभापति लक्ष्मणलाल कर्णले जानकारी दिए । मुस्लिम आयोगका अध्यक्ष अन्सारीलाई चार वटा उजुरी परेकोमध्ये एक अतिगोप्य, एक गोप्य र दुईवटा नामसहितको उजुरी परेको छ । उजुरीमा शैक्षिक योग्यता नक्कली रहेको विषय उल्लेख रहेको बताइएको छ । समितिका सभापति कर्णले समितिका सदस्यहरूलाई अध्ययनका लागि समय दिएको…

Read More

काठमाडौँ: सिभिल बैंकले आव २०७४/७५ को नाफाबाट शेयरधनीलाई ४.०५ प्रतिशत नगद लाभांश दिने भएको छ । बैंकले चुक्ता पूँजी रु सात अर्ब २५ करोड ९३ लाख १० हजार ३६१ को ४.०५ प्रतिशतले हुन आउने रु २९ करोड ४० लाख दुई हजार ६९ बराबरको नगद लाभांश वितरण गर्ने प्रस्ताव गरेको हो । नेपाल राष्ट्र बैंकको स्वीकृति तथा बैंकको वार्षिक साधारणसभाले पारित गरेपछि मात्रै उक्त नगद लाभांश शेयरधनीलाई वितरण गरिनेछ । कम्पनी सचिव हिराकाजी बस्नेतका अनुसार यही फागुन ३ गते बसेको सञ्चालक समितिको बैठकले उक्त निर्णय गरेको हो । आर्थिक वर्ष २०७३/७४ मा लाभांश घोषणा गरेपनि शेयरधनीले हालसम्म पाएका छैनन् । सो…

Read More

काठमाडौँ: लगानीकर्ताहरुले कर्जामा ब्याजदर घटाउन माग गरिरहेको अवस्थामा सरकारी स्वामित्वमा रहेको कृषि विकास बैंकले कर्जाको ब्याजदर घटाएको छ। बैंक संचालक समितिको माघ २८ गतेको निर्णय अनुसार फागुन एक गतेदेखि लागु हुनेगरी गरी कर्जाको व्याज दरमा आम ग्राहकहरुमा आकर्षण हुने गरी बैंकले लिई आएको साविक कर्जाको व्याजदरमा एक प्रतिशत घटाएको छ। त्यसैगरी निक्षेपको व्याजदरमा साना साना बचतकर्ता लाभान्वित हुने गरी साविकको व्याजदरमा १ दशमलव ५ प्रतिशत थप हुने गरी बृद्धि गरेको छ। बैकिङ्ग बजारमा कर्जाको व्याजदर उच्च रहेको जनगुनासो आईरहेको अवस्थामा ग्राहकहरुको चाहना तथा जनगुनासोलाई सम्बोधन हुने गरी बैंकले ब्याजदरमा यस्तो निर्णय बैंकका प्रमुख कार्यकारी अधिकृत अनिल कुमार उपाध्यायले बताए। उनले…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो सात महिना बितिसक्दा पनि पूँजीगत खर्चले गति लिन सकेको छैन । बिकासको मेरुदण्ड मानिएको पूँजीगत खर्चले गति लिननसक्नु चिन्ताको बिषय भएको अर्थविदहरु बताउछन् । आर्थिक वर्ष २०७५ /७६ को पहिलो सात महिनामा जम्मा २२ दशमलब ५० प्रतिशत पूँजीगत बजेट खर्च भएको छ । समीक्षा अवधिमा कूल पूँजीगत बजेट बिनियोजन तीन खर्ब १३ अर्ब ९९ करोड मध्ये ७० अर्ब ६६ करोड खर्च भएको महालेखा नियन्त्रक कार्यालयले जनाएको छ । समीक्षा आवधिमा चालू खर्च विनियोजनको ४१ दशमलब ५३ प्रतिशत र बित्तिय ब्यबस्थान तर्फ़ २० दशमलब ६४ प्रतिशत खर्च भएको छ । समीक्षा अवधिमा चालू खर्च बिनियोजन ८…

Read More

काठमाडौँ: नेपाल तयारी पोशाक उद्योग सङ्घको अध्यक्षमा पुनः चण्डिप्रसाद अर्याल चयन भएका छन् । शनिबार सम्पन्न सङ्घको २६औँ वार्षिक साधारणसभाले अर्यालको अध्यक्षतामा ११ सदस्यीय नयाँ कार्यसमिति चयन गरेको हो । सङ्घको प्रथम उपाध्यक्षमा इमानसिंह लामा, द्वितीय उपाध्यक्षमा भुपेन्द्रकुमार बस्नेत, महासचिवमा अशोककुमार अग्रवाल, सहसचिवमा पशुपतिदेव पाण्डे र कोषाध्यक्षमा सञ्जयकुमार सर्राफ चयन भएका छन् । आगामी दुईवर्षे कार्यकालका लागि थोमनाथ बस्याल, कृष्णप्रसाद पाण्डे, भीम गिरी, राहुल शाक्य र वसन्त अधिकारी सदस्यमा चयन हुनुभएको नवनिर्वाचित अध्यक्ष अर्यालले जानकारी दिए । सङ्घको साधारणसभाले निर्यातसँग सम्बन्धित उद्योगलाई नगद अनुदान दिनुपर्ने, बैंक तथा वित्तीय संस्थाद्वारा सहुलियतपूर्ण ब्याजदरसहितको कर्जा दिनुपर्ने, आयकर छुट, एकमुष्ट कर प्रणाली, निर्यातजन्य उद्योगको…

Read More

काठमाडौँ: नेपाल र नेपालीका लागि एउटा खुसीको खबर छ । विश्व प्रसिद्ध लोन्ली प्लानेटले विश्वका घुम्नलायक विश्वका उत्कृष्ट दश शहर मध्ये काठमाडौँको नाम समेत समेटेको छ । यसले नेपालमा पर्यटक भित्र्याउन सरकार र निजी क्षेत्रले गरिसकेको सार्थक प्रयत्नलाई समेत बल दिएको छ । पर्यटन प्रवद्र्धन, प्रचार प्रसारमा काम गर्दै आएको लोन्ली प्लानेटले सन् २०१९ का घुम्नलायक उत्कृष्ट दश शहरको सूचीमा काठमाडौँलाई समावेश गरेर नेपालको पर्यटन प्रवद्र्धनमा सहयोग पु¥याएको छ । सन् २०२० लाई नेपाल सरकारले नेपाल भ्रमण वर्ष घोषणा गरेको र सो अवधिमा २० लाख पर्यटक भित्र्याउने लक्ष्यसहितका नीति तथा कार्यक्रम सार्वजनिक गरेको सन्दर्भमा लोन्ली प्लानेटको पछिल्लो विवरणले थप बल…

Read More

काठमाडौँ: नेकपाका दुई अध्यक्षले पार्टीको तल्लो तह र जनवर्गीय संगठनको एकता प्रक्रिया प्रस्ताव तयार पार्ने भएका छन् । जेठ ३ मा तत्कालनि एमाले र माओवादीबीच एकता भए पनि तल्लो तह र जनवर्गीय संगठनको एकता टुंगिएको छैन । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । एकता प्रस्ताव तयार पार्न पुस १३ मा नेकपा स्थायी समिति बैठकले ९ सदस्यीय कार्यादल बनाएको थियो। तर पनि ठोस प्रस्ताव तयार पार्न असफल भएपछि अध्यक्षद्वय केपी ओली र पुष्पकमल दाहाल प्रस्ताव तयार पार्न जुटेका हुन् । कार्यदलले विधानमा देखिएका असमझदारी मात्रै टुंगो लगाउन सफल भएपछि अन्य विषय थाती नै थियो । ढिलोमा पुस मसान्तसम्म ठोस…

Read More

काठमाडौँ: नेपाली सेनाले व्यावसायिक प्रयोजनका लागि गरेको जग्गा प्लटिङका कारण कीर्तिपुर–५ स्थित जीवन्तनगरको ढल जडान कार्य रोकिएको छ । सेनाले कीर्तिपुर–६ भूतखेलको करिब ३ सय ५० रोपनी जग्गामा सात सयभन्दा बढी घडेरी बनाउँदै छ । यो जमिन भिरालो छ । त्यसैले जीवन्तनगरबाट बगेको पानी सेनाको घडेरी हुँदै खोल्सामा मिसिएर बागमती नदीमा पुग्छ । सेनाले खोल्सासहितको भागलाई घडेरी बनाएको छ । उसले त्यो स्थानमा ३.५ देखि ४ फिटसम्मको ढल बनाइसकेको छ । जीवन्तनगरका स्थानीय पनि सेनाको सोही ढलमा आफ्नो ढल मिसाउन चाहन्छन् तर, सेनाले अनुमति नदिँदा करिब सय घरको ढल जडान कार्य रोकिन पुगेको छ । यो समाचार आजको नयाँ पत्रिका…

Read More

काठमाडौँ: भू–मध्य सागरको वायुको प्रभाव पटक–पटक दोहोरिँदा हिउँदे झरी अझै लम्बिने भएको छ । आज आइतबार मौसममा केही सुधार भएर धेरै भेगमा घाम लागे पनि भोलि सोमबारदेखि पुनः देशभरिकै मौसम प्रभावित हुने बताइएको छ । याे समाचार आजकाे नेपाल समाचारपत्रमा छ । सोमबारदेखि फेरि हल्का वर्षा हुने र उच्च भेगमा हिमपात दोहोरिने जल तथा मौसम पूर्वानुमान महाशाखाका मौसमविद् मीनकुमार अर्यालले जानकारी दिनुभयो । ‘पश्चिमी वायुको नयाँ प्रभाव सोमबार विहानबाट भित्रिँदैछ, मध्यम र हल्का वर्षाको गतिविधि देशैभर दोहोरिँदैछ’–शनिवार साँझ उहाँले नेपाल समाचारपत्रसँग भन्नुभयो । सोमबार सुदुरपश्चिमी भेगमा मौसमको प्रत्यक्ष प्रभाव देखिने र क्रमशः अन्यत्र प्रभाव फैलिने अर्यालले बताउनुभयो । ‘पश्चिमी वायुको…

Read More

काठमाडौँ: कीर्तिपुर आसपास केन्द्रबिन्दु भई चार रिक्टर स्केलको परकम्प भएको छ । आज साँझ ८ बजेर ३४ मिनेटको समयमा परकम्प गएको खानी तथा भूगर्भ विभाग, राष्ट्रिय भूकम्प मापन केन्द्रका प्रमुख लोकविजय अधिकारीले जानकारी दिए । उनका अनुसार यो भूकम्प नभई गोरखा भूकम्पको परकम्प हो । काठमाडौँमा पनि परकम्पको ठूलो धक्का महसुस भएको थियो । यसअघि फागुन २ गते ताप्लेजुङको कञ्चनजङ्घा आसपास केन्द्रबिन्दु भएर ४.६ रिक्टर स्केलको भूकम्प गएको थियो । त्यसअघि गत माघ ८ गते काठमाडौँको थापाथली केन्द्रबिन्दु भई ३.३ रिक्टरको परकम्प गएको थियो । विसं २०७२ वैशाख १२ को ७.६ रिक्टर स्केलको गोरखा भूकम्पपछि हालसम्म ५११ परकम्प गएको केन्द्रले…

Read More