Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

लहान: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का अध्यक्ष तथा पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल ‘प्रचण्ड’ले मधेशमा देखिएको नागरिकताको समस्या अब सदाका लागि अन्त्य हुने बताउनुभएको छ । सिरहाको अर्नमा गाउँपालिका–१ स्थित महनौरमा आज स्वास्थ्य चौकी भवनको उद्घाटन गर्दैै पूर्वप्रधानमन्त्री दाहालले भन्नुभयो, “नागरिकताको समस्या विगतमा जसरी थियो, अब सदाका लागि समाधान गर्ने गरी नागरिकता विधेयक संसद्मा प्रस्तुत भइसकेको र समितिमा गम्भीर छलफल हुँदैछ, तपाईंहरु ढुक्क हुनुस् अब नागरिकताको समस्या मधेशको समस्याका रुपमा रहँदैन ।” आवश्यकता र औचित्यका आधारमा संविधान संशोधन गर्ने सहमतिअनुरुप सङ्घीय समाजवादी फोरम सरकारको आएको उल्लेख गर्दै उहाँले संविधानलाई आवश्यक संशोधन गरेर मधेशी र जनजाति उपेक्षित समुदायको अधिकार सुनिश्चित गर्ने बाटो खुल्ला रहेकोले…

Read More

काठमाडौँ: प्रेस काउन्सिल नेपालले पत्रकार आचारसंहिता उल्लङ्घनबारे पटकपटक गरेको निर्णय वा निर्देशन अवज्ञा गर्ने विभिन्न पाँच सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखेको छ । पीडित पक्षले मानमर्दन हुनेगरी कपोकल्पित, झुठो, समाचार प्रकाशन÷प्रसारण गरेको, समाचारमार्फत चरित्र हत्या गरेको वा विभिन्न तरिकाले पत्रकार आचारसंहिता उल्लङ्घन गरेको उजुरी दिएका आधारमा त्यसबारे पटकपटक पत्र पठाउँदासमेत बेवास्ता गरेको भन्दै ती सञ्चारमाध्यमलाई अवज्ञाकारीको सूचीमा राखिएको सहप्रशासकीय अधिकृत तथा सूचना अधिकारी दीपक खनालले जानकारी दिनुभयो । काउन्सिलले गरेको स्वअनुगमनका क्रममा समेत आचारसंहिता उल्लङ्घन गरेको पाइएको छ । अवज्ञाको सूचीमा पर्ने सञ्चारमाध्यममा ‘साप्ताहिक राजधानी आस्था’, ‘नदा टाइम्स साप्ताहिक (कास्की, पछि नाम फेरिएको नादा एक्सप्रेस), ‘स्वराज साप्ताहिक’, ‘फास्ट टाइम्स दैनिक’ (सुनसरी),…

Read More

काठमाडौँ: प्राइमेक्स सर्भिस सेन्टरले आफ्नो नेपाली क्यानोन क्यामरा प्रयोगकर्ता र ग्राहकहरुका लागि उसले नियमित सेवामा स्तरोन्नति गरेको जनाएको छ। प्राइमेक्स नेपालमा क्यानोन क्यामेरा प्रयोगकर्ताहरुका लागि मर्मत, नयाँ क्यामरा खरिद र सेर्भिसिङ सेवा लिनेहरुका लागि एक मात्र जापानको आधिकारिक सेवा केन्द्र हो। राजधानीमा आजोजित एक कार्यक्रममा उसले हाल प्रदान गरिरहेको सेवाभन्दा छिटो छरितो र भरपर्दो सेवा दिन प्रामेक्स अझ प्रभावकारी ढंगले लागि परेको जनाएको हो। उसले अव प्राइमेक्समा सेर्भिसिङ सेवाका लागि आउने जुनकुनै पनि क्यामराहरु क्यानोन जापान अर्थात ‘क्यानोन इओएस पट्रोल सफ्टवेर ‘ बाट जचाएर मात्रै सेवा दिने जनाएको छ। हाल जापानमा पनि यही सफ्टवेरबाट क्यानोनका क्यामराहरू जचाइञ्छ। प्रामेक्स एशियामा खोलिएको…

Read More

काठमाडौं: मेलम्ची खानेपानी आयोजना नेपालको राष्ट्रिय गौरवको आयोजना हो । बहुप्रतिक्षित आयोजना हुनुका नाताले मेलम्चीप्रति सबैको चासो र सरोकार रहेको छ । पछिल्लो समय मेलम्ची आयोजना निर्माणको जिम्मा लिएको ठेकेदार कम्पनिले एकतर्फी रुपमा आयोजना स्थल छोडेर हिडेपछि आयोजनाको निर्माण कार्यमा समस्या देखिएको छ । तर, समग्रमा मेलम्ची आयोजनाको काम लगभग अन्तिम चरणमा पुगेको छ । गत शुक्रबार मेलम्ची विकास समितिले सिएमसी कम्पनिसँग ठेक्का सम्झौता तोडेपछि मेलम्चीको पानी काठमाडौं आउला त ? भन्ने प्रश्न जन्मिएको छ । तर, खानेपानी मन्त्री बिना मगर, मन्त्रालय र मेलम्ची विकास समितिले सिएमसीसँग नयाँ समझदारी कायम गरेर काममा फर्काउन प्रयास गरिरहेका छन् । यो सामग्री यसै…

Read More

काठमाडौँ: यसवर्षको ६९ औं राष्ट्रिय प्रजान्त्र दिवस यही फागुन ७ गते भव्यताका साथ मनाउन सरकारले ७३-सदस्सीय मूल समारोह र तीन उपसमिति गठन गरेको छ। आज सिंहदरबारमा गृहमन्त्रालयमा मूल समारोह समितिको अध्यक्षसमेत रहेका प्रधानमन्त्री केपी शर्मा ओलीको अध्यक्षतामा बसेको बैठकले ३० सदस्सीय मूल आयोजक समारोह समितिसहित अन्य तीन उपसमितिहरु गठन गर्दै दिवस भव्यताका साथ मनाउने प्रस्ताव पारित गरेको हो । बैठकमा प्रस्ताव गृह सचिव प्रेम कुमार राइले आफैले पढेर ओलीसमक्ष प्रस्तुत गरेका थिए। प्रस्ताव निकै राम्रो रहेको भन्दै कार्यक्रममा अन्त्यमा प्रम ओली प्रस्ताव पारित गरेका थिए। केहि संशोधन भए तपाईंहरु बसेर छलफल गरेर तयार गर्नुहोस, प्रधानमन्त्री ओलीले भने। दिवसका लागि प्रचार…

Read More

काठमाडौँ: सधैंको वर्षझैं मनाइंदै गरिएको यस वर्षको ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस हेर्न जानेले एक खाले फरक परम्पराको थालनी भएको थाह पाउने छन्। त्यो के भने सधैंको वर्षहरुमा गरिंदै आएको एउटा कार्य ‘शान्तिको प्रतिक परेवा उडाउने कार्यक्रम’ यसपाली देखि भने प्रधानमन्त्रीको हातबाट नहुने भएको छ। प्रधानमन्त्री बाहेक मन्चमा उपस्थित हुने संबैधानिक निकायका प्रमुखहरुले प्राय परेवा उडाउने चलन छ । यस परम्परालाई तोड्दै गृह मन्त्रालयले तयार पारेको ६९ औं राष्ट्रिय प्रजातन्त्र दिवस मूल समारोह समितिमा त्यस खाले व्यवस्था उल्लेख गरिएको छ। गृह सचिव प्रेम कुमार राइले उक्त प्रस्ताव तयार गर्दै आज बसेको मूल समारोह समितिको बैठकमा पेस गरेका थिए जुन प्रधानमन्त्री…

Read More

धनगढी: काठमाडौँ गोल्डेन्सले आजदेखि यहाँ शुरु भएको धनगढी प्रिमियर लिग(डिपिएल) क्रिकेट प्रतियोगितामा विजयी शुरुआत गरेको छ । धनगढीको फाप्ला क्रिकेट मैदानमा शुरु भएको डिपिएलको तेस्रो संस्करणमा काठमाडौँ गोल्डेन्सले घरेलु टोली धनगढी स्टार्सलाई चार विकेटले पराजित गरेको हो । टस हारेर पहिले ब्याटिङ गरेको धनगढी स्टार्सले दिएको १३३ रनको लक्ष्य काठमाडौँले १९ दशमलव पाँच ओभरमा पूरा ग¥यो । काठमाडौँका गौरव तोमार २८, अनिल साह २४, अङ्कित दवास २९, कप्तान ज्ञानेन्द्र मल्ल ३, सोनु तामाङ र योगेन्द्रसिंह कार्की समान दुई रन बनाए । महबुब आलम १२ र विक्रम भुसाल १४ रनमा अविजित रहे । धनगढीका रोहन मुस्तफाले चार ओभरमा २७ रन खर्चेर…

Read More

रत्ननगर: गिट्टी तथा बालुवामामा लगाइँदै आएको कर अब भरतपुर महानगरपालिकाले उठाउने भएको छ । यसअघि सविकको जिल्ला विकास समितिले उक्त कर उठाउँदै आएको थियो । सङ्घीय सरकार गठन भएसँगै स्थानीय सरकारले गिट्टी तथा बालुवको राजश्व सङ्कलन गर्न पाउने भनिए पनि यसलाई कार्यान्वयन गराउन समय लागेकाले विगत सात महीनादेखि गिट्टी तथा बालुवा उत्खनन रोकिएको थियो । अन्तर सरकारी वित्त व्यवस्थापन ऐन २०७२ मा प्राकृतिक स्रोतबाट प्राप्त राजस्व सङ्घ, प्रदेश र स्थानीय तहको अधिकारमा रहने उल्लेख छ । सो बमोजिम महानगरले प्राप्त राजस्वमध्ये ६० प्रतिशत उपयोग गर्न पाउनेछ भने छ भने ४० प्रतिशत प्रदेश सरकारलाई बुझाउनुपर्ने छ । गिट्टी तथा बालुवाको राजश्व…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले २००७ साल फागुन ७ गते अघि भागेको राजतन्त्र फेरी नाम्लो लगाएर डोको बोकेर भित्राइएको अवस्थाहुँदै २०६२/६३ को जनआन्दोलनपछि नक्कली शिहाँसनमा एउटा पुतली राखेर तमाशाको लोकतन्त्र देशले प्राप्त गरेको स्थितीबाट अहिले संघीय लोकतान्त्रिक गणतान्त्रात्मक व्यवस्थामा आइपुगेको बताएका छन्। “हामी लोकतन्त्रका ६८ वर्ष पूरा गरेर ६९ औं वर्षमा प्रवेश गर्दै गर्दा अहिले देशमा संघीय लोकतान्त्रिक गणतन्न्त्रात्मक शासन व्यस्था लागु भएको जुन जनाताको त्याग र बलिदान र इच्छाबाट सम्भव भएको छ।” प्राधानमन्त्री ओलीले सो बिचार सोमबार बिहान यही फागुन ७ गते मनाइने ६९ औं प्रजातान्त्र दिवश मूल आयोजक समारोह समितिको बैठकमा ब्यक्त गरेका हुन्। उनले भने, २००७ सालबाट…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले दुई अर्ब ५३ करोड बराबरको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । बैंकले पछिल्लो समयमा लगातार ट्रेजरी बिल बिक्री गर्दै आएकामा सोमबार पुनःटे«जरी बिल बिक्री गर्न लागेको हो । राष्ट्र बैंकका अनुसार सोमबार बोलकबोल प्रक्रियाबाट उक्त परिमाणको टे«जरी बिल बिक्री गर्न लागिएको हो । बैंकले ९१ दिने अवधिका लागि उक्त बिल बिक्री गर्न लागिएको जनाएको छ । उक्त ट्रेजरी बिल खरिदका लागि आज सोमबार (माघ २८ गते) सोमबार अपरान्ह ३ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ ।

Read More