Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
- लुम्बिनी केबलकारमा भारतीय पर्यटक २४ प्रतिशतले बढे : पाँचतारे होटेल र क्यासिनो निर्माण अन्तिम चरणमा
- कात्तिक १५ देखि नागढुंगा सुरुङमार्ग प्रयोगमा टोल शुल्क लाग्ने
- मोरङको केरौन १३२ केभी सबस्टेसन निर्माण सम्पन्न, विद्युत् आपूर्ति भरपर्दो हुने, चुहावट घट्ने
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
पोखरा: पोखरा महानगरले सर्वत्र आलोचना भएपछि बाह्य जिल्लाबाट तरकारी नल्याउने र आएको तरकारीलाइ नष्ट गरेको अव्यवहारिक निर्णयलाई फिर्ता लिएको छ । तरकारी भित्राउन रोक लगाइएको र आएको तरकारी नष्ट गरेकोमा व्यापक विरोधपछि महानगरपालिकाले सोमबार छुट्टै मापदण्ड तय गरेको हो । महानगरले कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्राउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक ६ बुदे सूचना जारी गरेको छ । महानगरले कास्की जिल्ला तथा महानगरपालिकाका प्रवेशद्वारहरुमा फलफूल तथा तरकारी भित्रयाउँदा अनिवार्य रुपमा चेकजाँच गर्नुपर्ने निर्देशनात्मक सूचना जारी गरेको हो । पोखरा महानगरमा भएको सर्वपक्षीय बैठकको गत जेठ ११ गते एउटा निश्कर्ष गर्यो, पोखरा महानगरलाई कोरोनाबाट सुरक्षित बनाउन…
काठमाडौं: प्रहरीको यातनाले एक अश्वेत व्यक्तिको मृत्यु भएपछि गत सातादेखि अशान्त बनेको अमेरिकामा कर्फ्यू लगाउदा पनि प्रदर्शन रोकिएका छैनन् । प्रहरीको यातनाबाट जर्ज फ्लोइड नामका अश्वेत व्यक्तिको मृत्यु भएको आरोपपछि मिनेशोटाबाट सुरू भएको प्रदर्शन हिंसात्मक बन्दै अमेरिकाका वासिङ्टन डिसीसहित २३ राज्यका ७० भन्दा बढीमा शहरमा पुगेको बीबीसीले जनाएको छ । अश्वेत व्यक्तिको मृत्यु प्रकरण रंगभेद आन्दोलनमा परिणत भएपछि सुरक्षाकर्मीको अवरोध छिचोल्दै ह्वाइट हाउससम्म प्रदर्शनकारीहरू पुगेपछि त्यहाँ सुरक्षा सतर्कता उच्च बनाइएको छ । प्रदर्शनका क्रममा झडप, लुटपाट, तोडफोड र आक्रमणका घटना भइरहेका छन् । उच्च सुरक्षा तैनाथीसहित कर्फ्यू जारी गरिए पनि प्रदर्शनकारीहरूले आगजनी, ढुंगामुडा, तोडफोड र लुटपाट रोकेका छैनन् । वाशिंगटन,…
काठमाडौँ: राजनीतिक बेथिति र आर्थिक विपन्नताले बिदेसिएका नागरिक महामारीका वेला घर फर्कँदा क्वारेन्टाइनका नाममा गोठमा राखिएका छन्, संकटको वेला फजुल खर्च नगर्ने नीति लिएको सरकारले मन्त्रीनिवासमा जिमखाना बनाउन लकडाउनकै बीचमा ठेक्का दिएको छ । कोभिडविरुद्ध संघर्ष गरिरहेको सरकारले अत्यावश्यकबाहेक खर्च नगर्न गत चैतमा नै निर्णय गरेको छ भने नीति तथा कार्यक्रममा पनि यही प्रतिबद्धता दोहो¥याएको छ । तर, यही वेला सरकारले मन्त्रीनिवासमा अत्याधुनिक जिमखाना बनाउन ८२ लाखको ठेक्का दिएको छ । लकडाउनकै समयमा राष्ट्रपति कार्यालयमा महँगो गलैचा फेर्न लागेको सहरी विकास तथा भवन निर्माण विभागले नै मन्त्रीहरूका लागि जिमखाना बनाउने प्रक्रिया अघि बढाएको हो । पुल्चोकस्थित मन्त्रीनिवासमै जिमखाना बनाउन विभागले शनिबार…
एजेन्सी: डेमोक्रेटिक रिपब्लिक अफ कंगोमा इबोला भाइरसको नयाँ संक्रमित फेला परेका छन् । यहाँ हालै जुन स्थानमा यो रोग फैलिएको थियो डिआरसी क्षेत्र त्यो भन्दा हजारभन्दा बढी किलोमिटर टाढा छ । स्वास्थ्यमन्त्री इटेनी लोंगोंडोले पश्चिमी शहर म्बानडाकामा भाइरसका कारण चारजनाको मृत्यु र दुई संक्रमित भएको जानकारी दिए । पाँचौं व्यक्तिको सोमबार मृत्यु भएको युनिसेफले जानकार दिएको छ । उनले प्रभावित क्षेत्रका लागि डाक्टर र औषधी पठाइएको जानकारी दिए । डेमोक्रेटिक रिपब्लिक अफ कंगोले अप्रिलमा इबोला महामारीको अन्त्यको घोषणा गर्ने तयारी गरिरहेका बेला यहाँ नयाँ संक्रमित भेटिएको थियो । डिआरसी इबोलाबाहेक दादुरा र कोरोना महामारीसँग पनि जुधिरहेको छ । स्रोतः…
लण्डन: (रासस) :नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपाली नागरिकलाई आफ्नो विवरण अद्यावधिक गर्न लण्डनस्थित नेपाली राजदूतावासले आह्वान गरेको छ । नेपाल सरकार (मन्त्रिपरिषद्) को यही जेठ १२ गतेको निर्णयबमोजिम ‘कोभिड–१९ विश्वव्यापी सङक्रमणका कारणबाट उत्पन्न असहज परिस्थितिमा स्वदेश आउनैपर्ने अवस्थामा रहेका नेपाली नागरिकलाई स्वदेश आउन सहजीकरण गर्ने सम्बन्धी आदेश, २०७७’ जारी भएको सन्दर्भमा नेपाल फर्किनुपर्ने बाध्यतामा रहेका नेपालीका लागि यस्तो व्यवस्था गरिएको राजदूतावासद्वारा सोमबार जारी सूचनामा जनाइएको छ । कोभिड–१९ महामारीको परिणामस्वरुप बन्दाबन्दीको कारणले नेपाल फर्कन नपाएका र छिट्टै नेपाल फर्कनुपर्ने बाध्यतामा रहेका बेलायत, आयरल्याण्ड र माल्टामा रहेका नेपाली नागरिकलाई प्राथमिकताका आधारमा नेपाल फर्कने व्यवस्था गर्न लागिएको राजदूतावासले जानकारी…
काठमाडौँ: कोरोन संक्रमितको कुल संख्या १८११ पुगेको छ । अहिले ६:१५ बजे अध्यावधिक गरिएको तथ्याङ्कमा कुल संक्रमितको संख्या १८ सय नाघेको हो। अहिले साँझ मात्रै १३ वटा नयाँ संक्रमित थपिएको स्वास्थ्य तथा जनसंख्या मन्त्रालयले जनाएको छ। नयाँ संक्रमित हुनेहरुमा पाल्पाका दुइ जना, नवलपरासीमा एक जना बालक, गुल्मीमा एक, र कपिलवस्तुमा ७ जना, र रुपन्देहीमा ३ बालक र एक पुरुस छन्।
काठमाडौं । बितेको २४ घण्टामा नेपालमा थप २२६ जनामा कोरोनाभाइरसको संक्रमण पुष्टि भएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालयका प्रवक्ता डा विकास देवकोटाले सोमबारको नियमित प्रेस ब्रिफिङमा सो जानकारी दिएका छन् । थपिएका संक्रमितमा २१३ जना पुरुष र १३ जना महिला रहेका छन् । योसँगै नेपालमा कोरोनाभाइरस संक्रमितको संख्या १७९८ पुगेको छ। हालसम्म ५९ जिल्लामा कोरोना संक्रमण फैलिइसकेको मन्त्रालयले जनाएको छ ।
बाँके: बाँकेमा भएको दुर्घटनामा ज्यान गुमाएका तथा घाइते सबैको कोरोना भाइरसको रिपोर्ट नेगेटिभ आएको छ। भेरी अस्पतालले दुर्घटनामा परेका ३३ जना सबैको पीसीआर रिपोर्ट नेगेटिभ आएको जानकारी दिएको छ । भेरी अस्पतालका मेडिकल सुपरिन्टेन्डेन्ट डा प्रकाशबहादुर थापाका अनुसार १२ जना मृतक र २१ जना घाइतेको पीसीआर परीक्षणको रिपोर्ट नेगेटिभ आएको हो । थापाले भने, ‘उहाँहरुको आज बिहान १० बजे नै स्वाब संकलन गरेर प्रयोगशालमा पठाइएको थियो । उहाँहरु सबैको रिपोर्ट नगेटिभ आएको हो । १२ जना मृतक र २१ जना घाइतेको नै रिपोर्ट नगेटिभ आएको छ ।’ दुर्घटनामा परी ११ जनाको घटनास्थलमै र एकजनाको उपचारका क्रममा मृत्यु भएको थियो ।…
काठमाडौं:कोरोना भाइरस रोकथामको कामका लागि एसियाली विकास बैंक (एडीबी) ले नेपाललाई २५० मिलियन अमेरकी डलर (करिब ३० अर्ब नेपाली रुपैयाँ) ऋण दिने भएको छ। सहुलियतपूर्ण उक्त ऋणका लागि अर्थ मन्त्रालयमा सोमबार सम्झौता भएको हो। सम्झौतामा अर्थ सचिव शिशिरकुमार ढुंगाना र एडीबीका नेपाल निर्देशक मुख्तोर खामुदख्नोभले हस्ताक्षर गरेका हुन्। सम्झौता अर्थमन्त्री युवराज खतिवडाको उपस्थितिमा भएको अर्थ मन्त्रालयद्वारा जारी विज्ञप्तिमा उल्लेख छ। एडीबीले उपलब्ध गराउने ऋणको रकम सरकारले कोरोना रोकथाम र जनस्वास्थ्यको क्षेत्रमा काम गर्ने भएको छ। उक्त रकम सरकारलाई सामाजिक सुरक्षा र रोजगारी सिर्जनाका योजनाका लागि पनि सहयोगी हुने अर्थसचिव ढुंगानाले बताए। महाव्याधिको रोकथाममा नेपाल सरकारले अघि सारेका योजनामा सहयोग जारी…
विराटनगर: कोभिड–१९ को उपचार, रोकथाम तथा नियन्त्रणका लागि चीनको तिब्बत सरकारले प्रदेश नं. १ सरकारलाई रु सात करोड ७४ लाख मूल्य बराबरको १८ प्रकारका स्वास्थ्य सामग्री सहयोग गरेको छ । नेपाल चीन कार्यकारी परिषद् प्रदेश नं १ का संयोजक मुकेश उपाध्यायले आज यहाँ आयोजित एक समारोहबीच मुख्यमन्त्री शेरधन राईलाई उक्त सामग्री हस्तान्तरण गरे। सो अवसरमा मुख्यमन्त्री राईले प्रदेश सरकारले कोरोना भाइरस सङ्क्रमण रोकथाम, नियन्त्रण तथा उपचारका लागि उच्च सतर्कता अपनाएको उल्लेख गर्दै सरकारले गरेको उच्च प्रयासका कारण नै कोरोनाको उपचार एवं रोकथाममा सफलता प्राप्त गरेको बताए । तिब्बत सरकारबाट प्राप्त सहयोगले हाम्रो मनोबल उच्च भएको छ बताउँदै उनले सरकारले यस…
