Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

ललितपुर: नेपाल सरकारले ललितपुरको खोकनामा एकैसाथ अघि बढाएका पाँच विकास निर्माणका योजनाले पहिचान गुम्ने भन्दै स्थानीय निकायका जनप्रतिनिधिलगायत जनता रुष्ट भएका छन् । खोकनाको नेवारी बस्ती, त्यहाँको धर्मसांस्कृति र सम्पदा मासिने डरमा सरकारसँग ललितपुर महानगरपालिका–२१ का जनप्रतिनिधिलगायत स्थानीय जनता रुष्ट भएका हुन् । खोकनामा एकैसाथ अघि बढाइएका निर्माणका योजनामा दु्रत मार्ग, वाग्मती करिडोर, बाहिरी चक्रपथ, १३२ केवीको विद्युत् प्रसारणलाइन र स्माट सिटी रहेका छन् । वडाध्यक्ष रवीन्द्र महर्जनले परियोजनाका कारण करीब पाँच हजार ५०० देखि छ हजार जनसङ्ख्या भएको सो क्षेत्रको पहिचान गुम्ने समस्या देखिएको जानकारी दिनुभयो । “खोकनाको धर्म, कला, संस्कृति मौलिकता र पहिचान मासेर विकास निर्माण गर्नुको कुनै…

Read More

काठमाडौँ: सरकारले बोलिभियाली गणतन्त्र भेनेजुएलाको एकता, शान्ति र स्थायित्वका पक्षमा रहेको स्पष्ट गरेको छ । सरकारले त्यहाँ विकसित पछिल्ला राजनीतिक परिघटनालाई नजीकबाट नियाल्दै आएको जनाउँदै भेनेजुएलाका सम्पूर्ण राजनीतिक मतमतान्तरको समाधान शान्तिपूर्ण माध्यमबाट खोजिनुपर्नेमा जोड दिएको छ । परराष्ट्र मन्त्रालयले आज एक वक्तव्य जारी गर्दै भनेको छ, “कुनै पनि राष्ट्रको आन्तरिक मामिलामा बाह्य हस्तक्षेप हुनहुँदैन, आन्तरिक राजनीतिक मतभेदको निरुपण संवैधानिक मापदण्ड र लोकतान्त्रिक मूल्यमान्यतानुसार हुनुपर्छ ।” भेनेजुएलाको अबको राजनीतिक एवं संवैधानिक बाटो निर्धारण गर्ने अन्तिम निर्णय त्यहाँका जनतामा निहित रहेको यथार्थ वक्तव्यमा समेटिएको छ ।

Read More

काठमाडौँ: ग्रीनलाइफ हाइड्रोपावर कम्पनीले रु १८ करोड मूल्य बराबरको १८ लाख कित्ता साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले आज प्रकाशित गरेको एक विवरणअनुसार यही माघ २२ गतेदेखि आगामी फागुन ७ गतेसम्म साधारण शेयर बिक्री गर्नेछ । पहिलो चरणमा शेयर बिक्री नभएमा आगामी फागुन २७ गतेसम्मको समयसीमा तोकिएको छ । दोलखामा आयोजनास्थल रहेको सो आयोजनाको शेयरमा न्यूनतम २० कित्ता र अधिकतम नौ हजार कित्तासम्म आवेदन दिन पाउने व्यवस्था गरिएको छ । कम्पनीले दोलखामा ४० मेगावाट क्षमता खानीखोला एक जलविद्युत् आयोजना निर्माण गरिरहेको छ । सो आयोजनाबाट आगामी चैतदेखि विद्युत् उत्पादन शुरु हुनेछ । केयर रेटिङ नेपालले गरेको वित्तीय विश्लेषणमा…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले गैरकानूनी रूपमा सम्पत्ति आर्जन गरेको अभियोगमा त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थल भन्सार कार्यालयमा कार्यरत रेडियो अपरेटर श्यामकृष्ण च्वामु श्रेष्ठविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । आयोगले गैरकानूनी रूपमा रु १४ करोड ६१ लाख २४ हजार ४७८ बराबरको सम्पत्ति आर्जन गरेको र त्यसको स्रोतसमेत खुलाउन नसकेको जिकिर गरेको छ । विमानस्थल, भन्सार कार्यालय, काठमाडौँबाट अवैधरूपमा ३३ किलो सुन तस्करीको अभियोगको अनुसन्धानका क्रममा श्रेष्ठ २०७३ पुस २७ गतेदेखि निलम्बनमा समेत हुनुहुन्छ । अकुत सम्पत्ति जोडेको अभियोगमा आयोगले अनुसन्धान गर्दा श्रेष्ठले बुबा ज्ञानकृष्ण, आमा चन्द्रदेवी, भाइ रामकृष्ण, भाइबुहारी रवीना प्रधानाङ्ग, श्रीमतीद्वय तारादेवी र रेखाको नाममा समेत लुकाएको पाइएकाले उहाँहरू…

Read More

काठमाडौँ: सरकारले दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको छ । सोमबारको मन्त्रिपरिषद् बैठकले नेपाली सेना, सशस्त्र प्रहरी, नेपाल प्रहरी र राष्ट्रिय अनुसन्धान विभागका सहादत दुई हजार ८०७ सुरक्षाकर्मीलाई शहीद घोषणा गरेको हो । सशस्त्र प्रहरी बल काठमाडौँमा आयोजित १८औँ सशस्त्र प्रहरी दिवसका अवसरमा प्रधानमन्त्री केपी शर्मा ओलीले सोमबार अपराह्न बसेको मन्त्रिपरिषद्को बैठकले नेपाली सेनाका एक हजार १८, नेपाल प्रहरीका एक हजार ४४८, सशस्त्र प्रहरी बलका ३१८ र राष्ट्रिय अनुसन्धान विभागका २३ जनालाई शहीद घोषणा गरिएकोे बताउनुभयो । शहीद घोषणाले हिजोका दिन भएकोे असमानता हटाई सबैलाई सम्मान गर्ने तथा मेलमिलापको भावना जागृत गर्नाका साथै शहीदका परिवारको सम्मान र राहतका विषयलाई…

Read More

काठमाडौँ: नेपाल स्टक एक्सचेञ्जमा महालक्ष्मी विकास बैंकको २१ लाख सात हजार ३७ कित्ता शेयर लाभांश सूचीकृत भएको छ । बैंकको उक्त परिमाणको शेयर लाभांश आज सूचीकृत भएको हो । जनउत्थानको २० प्रतिशत लाभांश यस्तै जनउत्थान साुमदायिक लघुवित्त वित्तीय संस्थाले आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट २० प्रतिशत अर्थात् रु ५७ लाख ६० हजार बराबरको शेयर लाभांश दिने भएको छ । बैंकको हाल कूल चुक्ता पूँजी रु दुई करोड ८८ लाख रहेको छ । यस्तै बैंकले गत साधारणसभाको निर्णयअनुसार हकप्रद शेयर प्रक्रियामा रहेको र उक्त शेयर बिक्री भएपछि कायम हुन आउने चुक्ता पूँजी रु पाँच करोड ७६ लाखको दश प्रतिशतको दरले वितरण…

Read More

काठमाडौँ: धितोपत्र बजारमा आज पनि शेयरको मूल्य घटेको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार कारोवार मापक नेप्से परिसूचक ३.८९ विन्दुले घटेर एक हजार १६०.९९ विन्दुमा झरेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ०.७८ विन्दुले घटेर २४६.४७ विन्दुमा झरेको छ । स्टकका अनुसार आज कूल १६३ कम्पनीको १० लाख ३५ हजार ७१ कित्ता शेयर रु ३० करोड आठ लाख १४ हजार ३८७ मूल्यमा खरीद बिक्री भएका छन् । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर बढेको छ भने सात उपसमूहको शेयर घटेको छ । बैंकिङ ३.१७, होटल १.६९, विकास बैंक ३.०७, जलविद्युत् १३.८५, निर्जीवन…

Read More

काठमाडौं: मानव अधिकार आयोगले कञ्चनपुरकी किशोरी निर्मला पन्तको बलात्कार तथा हत्या प्रकरणमा प्रहरीले असंख्या गम्भीर त्रुटि गरेको औँल्याएको छ । आयोगले प्रहरीका डीएनए विज्ञहरुमाथि समेत छानबिन गर्न सरकारलाई निर्देशन दिएको छ । आयोगले तीन महिना लगाएर गरेको अनुसन्धानको विवरणसहित आइतबार प्रधानमन्त्री तथा मन्त्रिपरिषदको कार्यालयलाई पत्र लेखी घटनाका सम्बन्धमा ४ वटा सिफारिस र २४ वटा निर्देशन दिएको छ । अनुसन्धान क्रममा प्रहरीबाट शृंखलाबद्ध गल्ती भएको र डीएनए परीक्षणमा विज्ञहरुबाट लापरबाही गरिएको आयोगले जनाएको छ । यो समाचार घनश्याम खड्काले कान्तिपुरमा लेखेका छन् ।

Read More

काठमाडौँ: फ्री भिसा र टिकटको सुविधामा आएको कोटालाई दुरुपयोग गर्दै ६ म्यानपावर कम्पनीले ३० करोड रुपैयाँभन्दा बढी असुल गरेर टर्की पठाएको खुलासा भएपछि रोजगारदाता कम्पनीले १३ सय नेपाली कामदार फिर्ता गरेको छ । यो समाचार आजको नागरिक दैनिकमा रुद्र खड्काले लेखेका छन् । टर्कीका इगा प्रोजेक्टले फ्री भिसा र टिकटको सुविधा दिएर नेपालका ६ वटा म्यानपावर कम्पनीलाई एक हजार तीन सय कामदार पठाउने कोटा दिएको थियो । उक्त कम्पनीले कामदारसँग अतिरिक्त पैसा नलिन निर्देशन दिए पनि त्यस विपरित म्यानपावर कम्पनीहरुले प्रतिव्यक्ति चार लाख रुपैयाँसम्म असुलेको खुलासा भएपछि कामदार फिर्ता पठाएको हो । देशभर छरिएका एजेन्टले विभिन्न प्रलोभन देखाई युरो, मास्टर…

Read More

काठमाडौं: नेकपा अध्यक्ष पुष्पकमल दाहालले भेनेजुएलाका राष्ट्रपति निकोलस मडुरोका समर्थन र अमेरिकालगायत पक्षधरको विरोध गर्दै जारी गरेको वक्तव्यप्रति अमेरिकाले सरकारको आधिकारिक धारणा मागेको छ । सत्तारुढ दलका अध्यक्षले जारी गरेको विज्ञप्तिलाई ‘नोटिस’मा लिएको भन्दै अमेरिकी दूतावसले परराष्ट्र मन्त्रालयसँग यसबारे सरकारको धारणा प्रस्ट पार्न आग्रह गरेको हो । ‘सरकारको धारणा के हो भन्ने जान्नका लागि आग्रहसहितको पत्र पठाएका छौँ,’ अमेरिकी राजदूतावासका एक अधिकारीले भने । दाहालले शुक्रबार भेनेजुएलामा बढिरहेको राजनीतिक संकटबारे विज्ञप्ति जारी गर्दै अमेरिका र उसका पक्षधर राष्ट्रका कदमको विरोध गरेका थिए । यो समाचार दुर्गा खनालले कान्तिपुरमा लेखेका छन् ।

Read More