Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सङ्घीय मामिला तथा सामान्य प्रशासनमन्त्री लालबाबु पण्डितले आगामी फागुनभित्र करिब २० हजार निजामति कर्मचारीको माग गरिने बताउनुभएको छ । नेपाल यातायात महिला चालक समूहद्वारा आयोजित प्रमाणपत्र वितरण तथा सम्मान कार्यक्रममा उहाँले सङ्घीय लोकतान्त्रिक प्रणालीलाई व्यवस्थित गर्न हाल सो सङ्ख्यामा कर्मचारीको आवश्यकता रहेको बताउँदै यही माघ महीनाभित्र कर्मचारी समायोजनको कार्य सम्पन्न गरिने बताउनुभयो । महिला सशक्तिकरण र उनीहरुको आत्मनिर्भरताका लागि उक्त समूहले विभिन्न सीपमूलक तालीम सञ्चालन गरेकामा त्यसको सराहना गर्दै उहाँले भन्नुभयो, “मुलुकमा पूर्वाधार विकास तथा उत्पादन क्षेत्रमा लगानी गरेर ठूलो सङ्ख्यामा रोजगारी सिर्जना गर्न सकिन्छ । पर्यटन विभागका महानिर्देशक डुन्डुराज घिमिरेले व्यावसायिक सीपका माध्यमबाट दक्ष जनशक्ति उत्पादन तथा महिलाको…
काठमाडौँ: विगत चार दिनमा फुलचोकीमा हिउँ खेल्न जाने र फुलचोकीको पदयात्रामा रमाउनेको संख्या २८ हजार पुगेको छ। राजधानीमा ९ गतेदेखि वर्षा भएसंगै लगातार फुलचोकीमा हिउँ परेको थियो जसले गर्दा उपत्यकार भरका युवा युवती आ-आफ्नो समूह बनाएर फुलचोकीमा हिउँ खेल्न आएको, बाँडेगाउँस्थित महानगरीय प्रहरी प्रभागका प्रहरी निरीक्षक श्याम कटवालले पहिलोक्लिकलाई जानकारी दिए। उनका अनुसार ९, १० र ११ गते जम्मा १४ हजारले फुलचोकीको यात्रा गरेका थिए भने हिजो शनिबारमात्रै (१२ गते) एकै चोटी थप १४ हजार जनाले फुलचोकीको यात्रा गरेका हुन्। यही क्रममा शनिबार दुई छुट्टा छुट्टै समुहका ६ जना हराएको र पछि सम्पर्क भई उद्दार गरिएको उनले बताए। एक समूहका…
सिन्धुली: नेपाली कांग्रेसका सभापति शेरबहादुर देउवाले कम्युनिष्टलाई सरकारबाट हटाएरै छाड्ने दाबी गरेका छन् । शनिबार सिन्धुलीको गोलन्जोर गाउँपालिका ३ ग्वाल्टारमा योद्धा बाबुराम बरालको शालिक अनावरण गर्दै सभापति देउवाले यस्तो बताएका हुन् । यो समाचार आजको नेपाल समाचारपत्रमा बुद्ध नेपालीले लेखेका छन् । उनले केपी शर्मा ओली नेतृत्वको सरकार अधिनायकवादतर्फ अग्रसर भएको आरोप लगाउँदै सरकारका विरुद्ध सदन र सडकबाट सशक्त आन्दोलन गर्ने चेतावनी दिएका छन् । चिकित्साशास्त्र विधेयक सरकारले सदनबाट जबर्जस्ती पास गरेको चर्चा गर्दै पार्टी देउवाले अधिनायकवादको एउटा उदाहरण भएको प्रष्ट्याउँदै त्यसको खिलापमा नेपाली कांग्रेस सदन र सडकबाट सशक्त रुपमा लड्नेसमेत बताए ।
काठमाडाैं: सरकारी मेडिकल कलेजले अब ७५ प्रतिशत छात्रवृत्ति उपलब्ध गराउने पर्ने भएको छ । संघीय संसद्का प्रतिनिधि सभाले शुक्रबार पारित गरेको राष्ट्रिय चिकित्सा शिक्षा विधेयकमा यस्तो व्यवस्था छ । यसअघि १० प्रतिशत छात्रवृत्ति उपलब्ध गराइँदै आएकोमा डा. गोविन्द केसीसँगको सम्झौताअनुसार सरकाले थप गरेको हो । स्नातक तहको कार्यक्रममा उपलब्ध सिट संख्याको कम्तीम ७५ प्रतिशत निशुल्क छात्रवृत्तिका लागि छुट्टयाउने पर्ने विधेयकमा व्यवस्था छ । ‘आयोगको परामर्शमा त्यस्तो सिट क्रमश : वृद्धि गर्दै लैजान सकिन्छ,’ विधेयकमा उल्लेख छ । सरकारी, सार्वजनिक गुठी र अन्य शिक्षण संस्थाले यो व्यवस्था कार्यान्वयन गर्नु पर्ने हुन्छ । सार्वजनिक सम्पत्ति प्रयोग गरी स्थापित मेडिकल कलेजले समेत यो…
काठमाडौँ: धितोपत्र बजारमा यस साता रु एक अर्ब ५४ करोड १० लाख ६८ हजार ६८१ मूल्य बराबरको शेयर कारोवार भएको छ । नेपाल स्टक एक्सचेञ्जका अनुसार साताभर १६६ कम्पनीका ५३ लाख १९ हजार ७१३ कित्ता शेयर कारोवार भएको छ । कारोवार मापक नेप्से परिसूचक साताभर ६.१४ बिन्दुले घटेर एक हजार १७२.७७ बिन्दुमा पुगेको छ । साताको पहिलो दिन कारोवार मापक नेप्से परिसूचक आठ दशमलव ६० विन्दुले घटेर एक हजार १७९ दशमलव १७ बिन्दुमा झरेको थियो । उक्त दिन कूल १४३ कम्पनीका ११ लाख ५३ हजार ७३ कित्ता शेयर रु ३६ करोड ४५ लाख ३८ हजार ७३६ मूल्यमा खरीद बिक्री भए…
काठमाडौँ: त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थललाई बुटिक विमानस्थलको रुपमा स्थापित गर्ने उद्देश्यका साथ विमानस्थल सुधारका काम तीव्र गतिमा अघि बढाइएको छ । विदेशीको पहिलो प्रभाव पर्ने विमानस्थल नै भएकाले बुटिकको अवधारणाअनुरुप अन्तर्राष्ट्रिय टर्मिनल भवनको भित्री तथा बाहिरी सुधारका काम धमाधम भइरहेको छ । नेपालको परम्परागत, कला र संस्कृति झल्कने वस्तुको सजावटदेखि भवनभित्रका विभिन्न कक्षमा नयाँ कार्पेट विछ्याउनुका साथै बाहिरी सौन्दर्यको कामलाई प्रभावकारी रुपमा अघि बढाइएको विमानस्थलले जनाएको छ । बुटिक विमानस्थलको अवधारणाअनुरुप विमानस्थल सुधार र साज सज्जावटको काम तीव्र रुपमा भइरहेको विमानस्थलका महाप्रबन्धक राजकुमार क्षेत्रीले जानकारी दिनुभयो । जहाजबाट ओर्लेपछि टर्मिनल भवनको बाहिरतर्फको क्षेत्र तथा विमानस्थलको गोल्डेनगेट र पार्किङ क्षेत्रमा आकर्षक बगैँचा…
काठमाडौँ: घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले १४५ रनको शानदार जित निकालेको छ । दुबईस्थित आइसिसी क्रिकेट एकेडेमीको मैदानमा आज भएको दोस्रो एकदिवसीयमा नेपालले युएईलाई १४५ रनले हराएको हो । नेपालले दिएको २४३ रनको लक्ष्यसहित जवाफी ब्याटिङ गरेको युएई १९ ओभर ३ बलमा अलआउट हुँदै मात्र ९७ रनमा समेटियो । युएईलाई सस्तैमा समेट्न सोमपाल कामीले पाँच तथा सन्दीप लामिछाने चार विकेट लिए । यसअघि टस जितेर पहिले ब्याटिङ गरेको नेपालले पूरै ५० ओभर खेल्दै नौ विकेट गुमाएर २४२ रन बनाएको थियो । दोस्रो खेलमा ब्याटिङ सुधार गर्दै नेपालले घरेलु टोलीलाई २४३ रनको सम्मान जनक स्कोरमा…
काठमाडौँ: चिकित्सा शिक्षा विद्येयकको पक्ष र विपक्षमा आज माइतीघरमण्डलामा प्रदर्शन गरिएको छ । अनशनरत डा गोविन्द केसी र विजय थापाका पक्षधरले विद्येयकको पक्ष र विपक्षमा प्रदर्शन गरेका हुन् । सोलिडारिटी फर डा केसी एलाइन्सले शुक्रबार संसद्बाट पारित विद्येयक फिर्ता गर्न माग गरेका छन् भने थापाका समर्थकले सार्वभौम संसद्को सम्मान गदै विद्येयक लागू गराउन माग गरेका छन् । संसद्ले शुक्रबार बहुमतबाट विद्येयक पारित गरेको थियो । डा केसी समर्थकले ‘केसीसँग गरिएका सम्झौता पालना गर्नुपर्ने’, ‘विद्येयकबाट बनेको चिकित्सा शिक्षा आयोग चाहिँदैन’ जस्ता नारा लगाएका थिए । त्यसैगरी निःशुल्क स्वास्थ्य, शिक्षा र रोजगारका निम्तिः संयुक्त सङ्घर्ष समितिले ‘चिकित्सा शिक्षा विद्येयक कार्यान्वयन गर’, ‘शिक्षा,…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताउनुएको छ । डाभोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालको पछिल्लो राजनीतिक विकासक्रम, शान्तिप्रक्रिया, संविधान जारी भएपछिका परिवर्तन र उपलब्धिबारे विश्वका विभिन्न मुलुकका नेतालाई जानकारी गराउन तथा नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन पनि भ्रमण फलदायी भएको बताउनुभयो । मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’…
काठमाडौँ: नेपाल प्रहरी अस्पताल पानीपोखरीले विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको स्वास्थ्य उपचारका लागि विशेष उपचार कक्ष निर्माण गरेको छ । विसं २०७४ कात्तिक २६ देखि सर्वसाधारणलाई समेत उपचारका लागि खुला गरेको अस्पतालले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विशिष्ट व्यक्तिको उपचारका लागि विशेष कक्ष निर्माण गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले प्रहरी अस्पतालभित्र विशिष्ट व्यक्तिको लागि उपचार कक्षको खाँचो रहेकाले उक्त कक्ष निर्माण गरिएको जानकारी दिनुभयो । “सर्वसाधारणलाई उपचारका लागि खुला गरेपनि विशेष व्यक्तिका लागि उपचार कक्ष स्थापना नभएकाले हामीले उक्त कक्ष स्थापना गरेका हौँ,”–उहाँले भन्नुभयो । यसअघि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, वीरअस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनीलगायत अस्पतालले विशिष्ट व्यक्तिको…