Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: यस वर्षको प्रणय दिवसका लागि रु एक करोड ५० लाख मूल्यको एक लाख ६० हजार ‘स्टिम’ गुलाफ आयात गरिने भएको छ । माग बढेकाले गत वर्षको तुलनामा यस वर्ष गुलाफको मूल्य बढ्ने बताइएको छ । गत वर्ष रु एक करोड २५ लाख मूल्यको गुलाफ आयात भएको थियो । बजारमा माग बढेकाले भारतबाट यस वर्ष गत वर्षभन्दा धेरै परिमाणमा फूल आयात गर्न लागिएको फ्लोरिकल्चर एशोसिएसन नेपालले जानकारी दिएको छ । यस दिवसमा खपत हुने दुई लाख स्टिममध्ये एक लाख ६० हजार बाहिरी देशबाट ल्याइने र ४० हजार स्टिम नेपालको उत्पादन रहेको छ । एशोसिएसनका अध्यक्ष कुमार कसजु श्रेष्ठका अनुसार गुलाफ…

Read More

पोखरा : नेपाल र भारतबीच ‘इनर्जी बैकिङ’ संयन्त्र स्थापना गर्न बिहीबार पोखरामा सहमति भएको छ। नेपालको बर्खायामको बिजुली भारतलाई दिने र हिउँदयाममा उताबाट ल्याउन सहमति जुटेको हो। पोखरामा बुधबारदेखि सुरु भएको दुवै देशको ऊर्जा बैठकको प्रमुख एजेन्डाको रूपमा रहेको इनर्जी बैकिङमा सहमति जुटेको नेपाली पक्षको नेतृत्व गरेका ऊर्जा, जलस्रोत तथा सिंचाइ सचिव दिनेशकुमार घिमिरले बताए। गत पुसको दोस्रो साता नेपाल विद्युत् प्राधिकरण र भारतको केन्द्रीय विद्युत् प्राधिकरणले तयार गरेको इनर्जी बैकिङसम्बन्धी प्रस्तावलाई पोखरमा भएको सचिवस्तरीय बैठकले अनुमोदन गरेको घिमिरले बैठकपछि सञ्चारकर्मीलाई बताए। ‘अब इनर्जी बैकिङको बाटो खुलेको छ,’ सचिव घिमिरले भने, ‘यो किन जरुरी थियो भने हाम्रा उत्पादन लागतभन्दा बढीमा…

Read More

पोखरा: कम्प्युटर एशोसिएसन नेपाल (क्यान) महासङ्घ कास्कीको आयोजनामा आगामी फागुन १८ देखि २४ गतेसम्म पोखरामा सूचना तथा प्रविधि मेला हुने भएको छ । 9841244878 बिहीबार यहाँ आयोजित पत्रकार सम्मेलनमा महासङ्घ कास्कीका अध्यक्ष युवराज पौडेलले कम्प्युटर तथा सूचना प्रविधिसम्बन्धी भएका अत्याधुनिक एवं नवीनतम प्रविधिको जानकारी दिँदै यसलाई ग्रामीण क्षेत्रसम्म पु¥याउने लक्ष्यका साथ मेला आयोजना गरिने बताए । भायोनेट क्यान इन्फोटेक–२०१९ का नाममा मेला सञ्चालन हुनलागेको बताउँदै उनले यसकै अवसरमा बृहत सूचना प्रविधि प्रदर्शनी, प्रदेशस्तरीय टाइपिङ प्रतियोगिता, ‘आइटी क्विज कन्टेस्ट’, कम्प्युटर तथा ल्यापटपको निःशुल्क मर्मत सेवा, नवीनतम प्रविधिका मोबाइलको प्रदर्शनी एवं बिक्री पनि हुने जानकारी दिए । उनका अनुसार मेलामा सूचना प्रविधिसँग…

Read More

हेटौँडा : हेटौँडा औद्योगिक क्षेत्रमा रहेका १४० उद्योगलाई ठूला ग्राहकको रूपमा राखेर विषेश सेवा शुरु गरेको नेपाल विद्युत् प्राधिकरण विद्युुत् वितरण केन्द्रको कार्यालय हेटौँडाले जनाएको छ । उक्त कार्यलयले उद्योगहरूको रिमोट मिटर रिडिङ गर्ने गरेको र रिमोट मिटर रिडिङका लागि आवश्यक तयारी पूरा गरेर बिल भुक्तानीसमेत शुरु गरेको बताइएको छ । सिम कार्डको आधारमा सिम कार्डलाई नेटसँग जोडेर रिमोट मिटर रिडिङ हुनेगरेको छ । उक्त प्रणालीको जडानले मिटर रिडिङका लागि उद्योगमा धाउन नपर्ने बताइएको छ । पहिला लोडसेडिङको समस्या थियो तर अहिले त्योे पूर्णरुपमा हटेको छ । प्राधिकरणको सेवालाई गुणस्तरीय र प्रभावकारी बनाउने अभियानमा लागेको कार्यलय प्रमुख शम्भु कुसियतले बताए…

Read More

काठमाडौं: पछिल्लो समय सत्तापक्ष र प्रतिपक्षबीच संसदमै तनाव देखिएको छ । यही तनावकैबीच कांग्रेसले अहिले संसद बैठक अवरुद्ध गर्दै आइरहेको छ। दुई तिहाई बहुमतको शक्तिशाली सरकारका निर्णयमाथि खासै कठोर कदम नचालेको प्रमुख प्रतिपक्षी दल नेपाली काँग्रेस सङ्घीय संसदको हिउँदे अधिवेशन सुरु भएसँगै निकै आक्रामक देखिएको छ । काँग्रेसले विभिन्न मुद्दा उचालेर सरकारमाथि दबाब बनाउन खोजेको छ भने सत्तारुढ दल नेपाल कम्युनिस्ट पार्टीले पनि दुई तिहाईको शक्ति र संसदीय सर्वोच्चता देखाएर विपक्षी काँग्रेसलाई तह लगाउन खोजेको छ । पुस ११ गते संसद बैठक सुरु भएकै दिन काँग्रेस सभापति एवं प्रमुख प्रतिपक्ष दलका नेता शेरबहादुर देउवाले केपी शर्मा ओली नेतृत्वको सरकारविरुद्ध आन्दोलन…

Read More

काठमाडौँ: नेपाली काङ्ग्रेसले तनहुँको जिपी कोइराला राष्ट्रिय श्वासप्रश्वास उपचार केन्द्र र बाँकेको सुशील कोइराला प्रखर क्यान्सर अस्पताललाई सङ्घीय सरकारअन्तर्गत राखी दुवै संस्थाको भविष्य सुरक्षित गर्न सरकारसँग माग गरेको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आज सम्पन्न बैठकले सरकारले पूर्वप्रधानमन्त्री कोइरालाद्वयका नाममा खुलेका दुवै स्वास्थ्य संस्थालाई विघटनको सङ्घारमा पु¥याएको आरोप लगाएको छ । बैठकले सरकारको सो कार्यप्रति आपत्ति प्रकट गर्दै तत्काल निर्णय सच्याउन माग गरेको छ । विकास समिति (गठन) आदेशबाट गठन भई क्रियाशील ११ स्वास्थ्य संस्थालाई सङ्घ (केन्द्र) अन्तर्गत राख्ने प्रस्ताव स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयबाट मन्त्रिपरिषद्मा पेश हुँदा सरकारले कोइरालाद्वयका नाममा खुलेका उक्त दुवै अस्पताललाई मात्र हटाएर बाँकी नौ वटालाई सङ्घअन्तर्गत…

Read More

काठमाडौँ: चिसो बढेसँगै मौसमी रुघाखोकी (सिजनल इन्फ्लुएञ्जा) का बिरामीको सङ्ख्या बढेको छ । चिकित्सकका अनुसार मौसमी रुघाखोकी नयाँ रोग नभई श्वासप्रश्वास प्रणालीमा भाइरसद्वारा लाग्ने एक किसिमको सङ्क्रमण हो । जाडो मौसम तथा मौसम परिवर्तन हुने बेलामा रुघाखोकीसहित ज्वरोको सङ्क्रमण बढ्छ । विभिन्न अस्पताल तथा राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा स्वास्थ्य परीक्षण गराउने बिरामी बढेको ती निकायले जानकारी दिएका छन् । चिकित्सा विज्ञान राष्ट्रिय प्रतिष्ठान ९न्याम्स०अन्तर्गतको वीरअस्पतालका डा सरोज अधिकारीका अनुसार अस्पतालमा दैनिक ५०÷६० बिरामी मौसमी रुघाखोकीका हुन्छन् । उहाँले भन्नुभयो, “विगत वर्षको तुलनामा यसपटक रुघाखोकीका बिरामी धेरै देखियो । यसको कारण चिसो, बढ्दो धुलो धुवाँको असर हुनसक्छ ।” राष्ट्रिय जनस्वास्थ्य प्रयोगशाला टेकु…

Read More

काठमाडौंँ: सरकारी स्वामित्वको राष्ट्रिय वाणिज्य बैंकले आजदेखि मुलुकका सतहत्तरै जिल्लामा शाखा स्थापना गरी सेवा शुरु गरेको छ । यसअघि ७४ जिल्लाका शाखा कार्यालयमार्फत सेवा दिँदै आएको बैंकले आफ्नो स्थापनाको ५४औंँ वार्षिकोत्सवका अवसरमा आज तीन जिल्लामा शाखा विस्तार गरेको हो । जाजरकोट, रुकुम र मुस्ताङमा आजदेखि सञ्चालनमा आएको शाखाको कावा प्रधानमन्त्री ईश्वर पोखरेलले काठमाडौँमा डिजिटल प्रविधिबाट उद्घाटन गरे । बैंकको पुल्चोक, नक्साल र हेटौँडा शाखालाई आजै ‘स्मार्ट शाखा’का रुपमा रुपान्तरण गरिएको छ । यस वर्ष २० भन्दा बढी शाखालाई स्मार्ट शाखा बनाउने योजना बैंकले अघि सारेको छ । नयाँ शाखा विस्तारसँगै सबै जिल्लामा गरेर २१७ शाखाबाट सेवा सञ्चालन भएको बैंकका प्रमुख…

Read More

काठमाडौँ: सूचना तथा सञ्चार प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले राष्ट्रिय चिकित्सा शिक्षा विधेयक फिर्ता हुने सम्भावना नरहेकाले संसदीय प्रक्रियाअनुसार पारित हुने बताएका छन् । सो विधेयकको विरोधमा डा गोविन्द केसीको १६औँ अनशन र प्रमुख प्रतिपक्षी नेपाली काङ्ग्रेसको सदनमा अवरोध कायम रहेको स्थितिमा सरकारले विधेयकलाई अघि बढाउने स्पष्ट गरेको हो । सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले पर्याप्त छलफल र सम्बन्धित समिति हुँदै अघि बढेको विधेयकमा रहेका प्रावधान पर्याप्त अध्ययन नगरी विरोध गरिएको दाबी गरे। प्रतिनिधिसभाको बैठक शुक्रबार बस्दैछ । नेपाल सरकार, मन्त्रिपरिषद्बाट भएका पछिल्ला निर्णय सार्वजनिक गर्न आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री बाँस्कोटाले भने, “सम्बन्धित समितिमा मतदानका आधारमा निर्णय भई संसद्मा गइसकेकोले विधेयक…

Read More

डोल्पा : हिमपातका कारण जुफाल विमानस्थल तीन दिनदेखि अवरुद्ध छ । हवाई मैदानमा बाक्लो हिउँ जमेकाले हवाईसेवा बन्द भएको नेपाल नागरिक उड्डयन प्राधिकरण जुफालका प्रमुख बालकुमार सिंहले जानकारी दिए । “मङ्गलबारदेखि हिमपातका कारण जुफाल विमानस्थल अवरुद्ध छ, कुनै हवाईउडान हुन सकेको छैन,” उनले भने । हवाईसेवा बन्द भएपछि दैनिक उपभोग्य सामग्रीसमेत ढुवानी गर्न सकिएको छैन । उडान नभएका कारण जुफाल विमानस्थलमा यात्रुको चाप बढेको छ । “हिउँ पग्लेपछि हवाईउडान थालिनेछ,” सिंहले भने । लगातारको हिमपात पछि यहाँको जनजीवन कष्टकर बन्दै गएको छ ।

Read More