Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बाजुरा: बाजुरा जिल्ला प्रहरी कार्यालयमा आगलागी भएको छ । आज बिहान छ बजे प्रहरी बाहिर गएका बेला टिनको छानामा बिजुलीको तार सर्ट भएर आगलागी भएको उक्त कार्यालयले जनाएको छ । आगलागीबाट रु एक लाखभन्दा बढीको सामान क्षति भएकोे बताइएको छ । उक्त कार्यालयको सुविधासम्पन्न भवन निर्माणाधीन अवस्थामा भएकाले प्रहरी अस्थायी टहरामा बस्दै आएको थियो । आगो प्रहरी जवान र बजारवासीको सक्रियमा नियन्त्रणमा आइसकेको बताइएको छ ।

Read More

काठमाडौं: जगदम्बा इन्टरप्राइजेजले नयाँ उत्पादन जगशक्ति गोल्ड टिमएटी छड बजारमा ल्याएको छ । जगदम्बाले आफ्नो नयाँ उत्पादन जगशक्ति गोल्ड छडको सद्भावना दूत (ब्राण्ड एम्बेसडर) मा चर्चित कलाकार तथा समाजसेवी सीताराम कट्टेल (धुर्मुस) र कुञ्जना घिमिरे (सुन्तली) लाई नियुक्त गरेको छ । राजधानीमा बिहीबार साँझ आयोजित भब्य कार्यक्रमबीच जगदम्बा समुहका अध्यक्ष शंकरलाल अग्रवाल, जगदम्बा इन्टरप्राइजेजका निर्देशकहरु अनिल रुंगटा, विशाल पटवारी तथा सद्भावना दूतहरु सीताराम कट्टेल र कुञ्जना घिमिरेले जगशक्ति गोल्ड टिएमटी बार सार्बजनिक गरे । जगदम्बा इन्टरप्राइजेजले धुर्मुस सुन्तलीले चितवनमा बनाउन लागेको अन्तराष्ट्रिय क्रिकेट रंगशाला निर्माण गर्न जगशक्ति गोल्ड बारको प्रति मेटिक टन बिक्रीबाट २० रुपैयाँ उपलब्ध गराउने निर्देशक रुंगटाले कार्यक्रममा…

Read More

बझाङ : चिनिया व्यापारीले किलोमै पाँच लाख मूल्य घटाएपछि बझाङका व्यापारीको यार्सागुम्बा बिक्री भएको छैन। बझाङमा संकलन भएको यार्सा किनेर उनीहरू काठमाडौंमा चिनियाँ व्यापारीलाई बिक्री गर्ने गर्छन्। बझाङमा प्रतिकिलो १५ लाखदेखि १६ लाख परेको यार्सालाई चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि नेपाली व्यापारीले बिक्री नगरेका हुन्। सुर्मा गाँउपालिका दौलीचौरका यार्सा व्यापारी उमेश बोहराले काठमाडौं पुर्‍याएको १५ किलो यार्सा मूल्य घटेकाले बिक्री हुन नसकेको बताए। ‘मैले जिल्लामै प्रतिकिलो १७ देखि २० लाखका दरले खरिद गरेर काठमाडौं लगेको हुँ तर अहिले चिनियाँ व्यापारीहरूले १२ लाखमा मात्रै किन्ने भनेपछि चिन्ता लागेको छ,’ उनले भने। उनको झण्डै तीन करोडको यार्सा काठमाडौंमै थन्किएको छ।…

Read More

काठमाडौं: भेनेजुएला प्रकरणबारे नेकपा अध्यक्ष पुष्पकमल दाहाल प्रचण्डले दिएको वक्तव्यबाट एकाएक चिसिएको नेपाल अमेरिकाको सम्बन्ध थप पेचिलो बनेको छ । अमेरिकी सरकारले दाहालको वक्तव्यलाई लिएर नेपाल सरकारको ध्यानाकर्षण गर्न वासिङटन डिसीस्थित नेपाली राजदूत अर्जुन कार्कीलाई विदेश मन्त्रालयमा बोलाएर प्रस्टीकरण लिएको छ । यता प्रधानमन्त्री केपी शर्मा ओलीसहितले कूटनीतिक समुदायलाई गरेको ब्रिफिङमा शुक्रबार काठमाडौंमा रहेका अमेरिकी राजदूत अनुपस्थित भएका छन् । अमेरिकी सरकारले नेपालसँग पार्टीको वक्तव्य र सरकारको धारण एउटै भए नभएको बारेमा डिसी र काठमाडौं, दुवै ठाउँमा जानकारी लिइएको काठमाडौंस्थित अमेरिकी दूतावासका एक प्रवक्ताले जानकारी दिएका छन् । यो समाचार आजको कान्तिपुरमा घनश्याम खड्काले लेखेका छन् ।

Read More

काठमाडौँ: पर्यटन क्षेत्रका सङ्घ, सङगठन तथा व्यवसायिले राष्ट्रिय ध्वजावाहक नेपाल वायु सेवा निगमको वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौल र अवरोधप्रति गम्भीर ध्यानाकर्षण जनाएका छन् । पर्यटन क्षेत्रका अगुवा १२ भन्दा बढी संस्थाले आज संयुक्त विज्ञप्ति जारी गर्दै पर्यटन प्रवद्र्धनार्थ निगममा हाल देखिएको गतिरोध अन्त्य गर्दै जहाज खरीद र सञ्चालनलाई गति दिने वातावरण सिर्जना गरिदिन सम्बन्धित निकायलाई अपिल गरेका हुन् । विगत लामो समयदेखि जहाजको आवश्यकता महशुस गरिरहेका पर्यटन उद्योगसँग सरोकार राख्ने सङ्घ, सङ्गठन तथा व्यवसायीको लागि जहाज आउने तथा सञ्चालनमा ल्याइने कुराले निकै खुशी र उत्साहीत भएसँगै वाइड बडी जहाज सञ्चालनमा आएको अन्यौलताले गम्भीर बनाएको छ । सरकारले नेपाल…

Read More

काठमाडौँ: आशा लघुवित्त वित्तीय संस्थाको साधारण शेयर (आइपिओ) आजदेखि बिक्री शुरु भएको छ । कम्पनीले ६ लाख ७४ हजार कित्ता शेयर सर्वसाधारणका लागि बिक्री गर्न लागेको हो । संस्थाका अनुसार लगानीकर्ताले न्यूनतम १० कित्ता अर्थात् रु एक हजार बराबरको पनि आवेदन दिन सक्नेछन् । यस्तै अधिकतम तीन हजार ३७० कित्तासम्म आवेदन दिन सकिने व्यवस्था गरिएको छ । उक्त कम्पनीको शेयर छिटोमा यही माघ २२ गते र ढिलोमा आगामी फागुन १९ गतेसम्म खरीद गर्न सकिनेछ । बिक्री हुन लागेको शेयरमध्ये १० हजार ३७० कित्ता कर्मचारीलाई, ३३ हजार ७०० कित्ता म्युचुअल फण्डलाई र बाँकी ६ लाख २९ हजार ९३० कित्ता सर्वसाधारणका लागि…

Read More

पोखरा: नेपाली काङ्ग्रेसका सभापति शेरबहादुर देउवाले चिकित्सा शिक्षा विधेयक जबर्जस्ती पारित गरिनु संसदीय मूल्य मान्यता विपरित भएको आरोप लगाएका छन् । काङ्ग्रेसका अग्रज नेता प्रजातन्त्र सेनानी केशवराज रेग्मीको स्मृतिमा आज यहाँ आयोजित श्रद्धाञ्जलि सभामा उहाँले संसद्मा वार्ताका माध्यमबाट सहमति खोजिने प्रचलनलाई लत्याउँदै विधेयक पारित गरिएको आरोप लगाए । लोकतान्त्रिक मूल्य मान्यतालाई काङ्ग्रेसले सधैँ आत्मसात गर्दै आएको बताउँदै सभापति देउवाले यसको खिलापमा हुने जुनसुकै गतिविधि पार्टीलाई सह्य नहुने उल्लेख गरे । नेपालको प्रजातान्त्रिक आन्दोलनमा रेग्मीको योगदान अतुलनीय भएको बताउँदै उनले रेग्मीले जीवनपर्यन्त विना स्वार्थ पार्टीलाई सहयोग गरेको स्मरण गरे । कार्यक्रममा नेपाली काङ्ग्रेसका केन्द्रीय सदस्य अर्जुन जोशी, नेता शुक्रराज शर्मा, नेपाल…

Read More

काठमाडौँ: पिसाबथैलीमा आएको समस्याको उपचारका लागि गुल्मी जिल्लाका सन्दीप थापा मगर बिहीबार वीर अस्पताल आउनुभएको थियो । सडक दुर्घटनामा गम्भीर घाइते भएपछि उहाँमा दुई वर्ष पहिलेदेखि यो समस्या छ । चिकित्सकले थप उपचार ‘फलोअप’ का लागि आज बोलाएकाले उहाँ मामासँग बिहीबारै गुल्मीबाट काठमाडौँ आउनुभएको थियो । बिहानै टिकट काट्न अस्पताल पुग्दा मात्रै उहाँले आज बहिरङ्ग सेवा बन्द भएको थाहा पाउनुभयो । तैपनि दिनभर कुर्दा कतै टिकट खुल्छ कि भन्ने आशा गर्दै बसेका उहाँहरु अस्पताल ढोकामा भेटिनुभयो । चिकित्सा शिक्षा सुधारसम्बन्धी माग राखेर पुस २५ देखि अनशनरत प्रा डा गोविन्द केसीको आन्दोलनको समर्थनमा शुक्रबार आवासीय चिकित्सकले बहिरङ्ग विभागमा गरेको तालाबन्दीका कारण…

Read More

काठमाडौँ: नेपाल प्रहरीले ‘¥यापिड कम्युनिकेशन प्रणाली’लाई देशैभरि विस्तार गर्ने तयारी थालेको छ । अपराध नियन्त्रण गरी समाजमा शान्तिसुरक्षा कायम गर्न रेडियो सेट, ड्रोन, सिसी क्यामरापछि हालसालै मात्र भित्रिएको उक्त प्रविधिलाई सातै प्रदेशमा लैजाने तयारी नेपाल प्रहरीले गरेको हो । हाल प्रयोग भइरहेको रेडियो सेटबाट आवाज मात्रै पठाउन सकिने भए पनि अहिले भित्र्याइएको नयाँ प्रविधिसहितको सेटमार्फत भने श्रव्यदृश्य एकैसाथ पठाउन सकिन्छ । ब्रोडब्याण्ड प्रविधिमा आधारित यो प्रणालीअन्तर्गत अहिले प्रहरीले ५० सेट भित्र्याएर अतिविशिष्ट व्यक्ति (भिभिआइपी) आउँदा र विपद्का बेलामा प्रयोग गर्दै आइरहेको छ । “अहिले जहाँ विपद् हुन्छ र भिभिआइपीको मुभमेन्ट हुन्छ, त्यहाँ लगेर प्रयोग गर्दै आइरहेका छौँ”, प्रहरी प्रधान कार्यालय…

Read More

धनगढी : निजी बैंकहरुले ऋणको ब्याजदर मनपरी ढङ्गले वृद्धि गरेको भन्दै कैलालीका व्यवसायीहरु आन्दोलित बनेका छन् । उद्योग वाणिज्य सङ्घको आयोजनामा व्यापारीहरुले आज यहाँ विरोध प्रदर्शन गरेका छन् । विरोधपछि आयोजित सभामा वाणिज्य सङ्घका अध्यक्ष पुष्पराज कुँवरले बैंकिङ क्षेत्रमा देखिएको कालोबजारी बन्द गरी व्यवसायीका लागि तोकिएकै आठ प्रतिशत ब्याजदर कायम गरिनुपर्ने माग गरे । सङ्घका पूर्वअध्यक्ष गोपाल हमालले बैंकको मनपरी ब्याजदरका कारण उद्योगी–व्यवसायी मारमा परेको बताए । कतिपय निजी बैंकले एउटै प्रकृतिको व्यवसायमा ऋण लगानी गर्दा ऋणीको अनुहार हेरेर फरक–फरक ब्याजदर असुल गरिरहेको गुनासो व्यवसायीको छ । ब्याजदरमा एकरुपता नआउँदा बेरोजगारी र महङ्गी बढ्ने तथा देशकै अर्थतन्त्रमा समस्या आउनेतर्फ व्यवसायीले…

Read More