Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: विवेकशील साझा पार्टी आन्तरिक किचलो र विवादपाछी अन्ततः फुटेको छ । दुई संयोजक रहेको पार्टीमा उज्वल थापा नेतृत्वको एक संयोजक नयाँ दल दर्ताका लागि निर्वाचन आयोगमा निवेदन दर्ता गराएपछि आजबाट पार्टी फुटको दिशामा पुगेको हो। हाल पार्टी ३७ जना केन्द्रिय कार्यसमितिको आधारमा चलेको छ। जसमध्ये १६ जना निर्वाचन आयोगमा गएका हुन्। पार्टीको छोड्नेमा रञ्जु दर्शनादेखि प्रदेश ३ का दुई सांसद विराज भट्ट श्रेष्ठ र रमेश पौडेलसमेत रहेका छन्।
काठमाडौं: डेढ वर्षदेखि लागेको जग्गाको कित्ताकाट अन्तत: फुक्का गरिएको छ। भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सम्बन्धित स्थानीय तहले मन्त्रालयमा कित्ताकाट गर्न खोजिएको जग्गा ‘खेतीयोग्य होइन’ भनेर सिफारिस गरेमा त्यस्ता जग्गाको कित्ताकाट फुक्का गर्न सकिने छ। मन्त्रलायका प्रबक्ता तथा सहसचिव जनकराज जोशीका अनुसार त्यस्तो निवेदन भएर आएमा सो खाले जग्गाको कित्ताकाट गर्न पाइने छ। उनले भने रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण पनि जग्गा कित्ताकाट खुला गर्नुपरेको हो। सरकारले २०७४ साउन २६ मा जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको थियो ।
काठमाडौँ: पेट्रोलियम पदार्थ आपूर्तिको एकाधिकार पाएको नेपाल आयल निगम स्थापनाको ४९ औँ वर्षमा प्रवेश गरेपनि प्रतिस्पर्धामा खरो उत्रन नसक्दा इन्धन आपूर्तिको एकाधिकार कायमै राख्ने चुनौती थपिएको छ । पेट्रोलियम पदार्थको आयात र वितरण गर्ने जिम्मा पाएका निगम पटकपटक विभिन्न ‘काण्ड’ मा मुछिँदै गएपछि यसको भूमिका र व्यवसायिकतामाथि पनि विभिन्न निकायबाट प्रश्न उठाइँदै आएको छ । भण्डार क्षमता विस्तारका नाउँमा जग्गा खरिद गर्दा व्यापक अनियमिता गरेको, तलदेखि माथिसम्मको ‘सेटिङ’मा तेल चोरी, विद्यार्थी सङ्गठनका नेतालाई ‘तेलका कुपन’ उपहार दिइएको घटनाले निगमको छवि निकै खस्केको छ । उद्योग, वाणिज्य तथा आपूर्तिमन्त्री मात्रिकाप्रसाद यादवको ‘निगममा प्वालैप्वाल भएको’ भन्ने भनाइले पनि निगममा निकै अनियमिता भएको…
काठमाडौँ: कृषि विकास बैंकले आफ्ना शेयरधनीलाई २१ दशमलव पाँच प्रतिशत लाभांश दिने निर्णय गरेको छ । बैंकको आज बसेको सञ्चालक समितिको बैठकले आर्थिक वर्ष २०७४÷७५ को वितरणयोग्य नाफाबाट १५ दशमलव ०५३ प्रतिशत नगद लाभांश र छ प्रतिशत शेयर लाभांश दिने प्रस्ताव गरेको हो । यस्तै सरकारको हाल कायम रहेको फिर्ता नहुने अग्राधिकार शेयर पूँजीमा समेत वार्षिक छ प्रतिशतले हुने नगद लाभांश रकमसमेत प्रदान गर्ने निर्णय गरेको कम्पनी सचिव निर्मलप्रसाद उपाध्यायले जानकारी दिनुभयो । बैंकले आव २०७४÷७५ मा रु तीन अर्ब ६७ करोड ३२ लाख वितरणयोग्य मुनाफा गरेको थियो । बैंकले प्रस्ताव गरेको लाभांश नेपाल राष्ट्र बैंक र बैंकको आगामी वार्षिक…
एजेन्सी: अमेरिकाको समलिंगी र्यापर केभिन फ्रेटको गोली हानी हत्या भएको छ। पिउर्टो रिकोका २४ वर्षिया फ्रेटमाथि बिहिबार मोटर साइकलमा भ्रमणका क्रममा अज्ञात समूहले गोली हानेका थिए। फ्रेट ८ गोली लागेको अवस्थामा मृत भेटिएको जनाइएको छ। उनीमाथिको हत्याको अनुसन्धानलाई अगाडि बढाइएको छ। फ्रेट र्याप विधाका एक उत्कृष्ट कलाकार थिए। उनको हत्याको उदेश्यबारे केही खुल्न सकेको छैन। फ्रेटले हालै नयाँ भिडियो ‘सोए आसी’ यूट्यूबमा अपलोड गरेका थिए। त्यस भिडियो ५ लाखभन्दा बढीले हेरेका छन्। फ्रेटका म्यानेजर इडवार्डो रोड्रिग्वेजले फ्रेट संगीतमा समपिर्त कलाकार भएको बताए। हेर्नुहोस उनको चर्चित सोय असी भिडियो https://www.youtube.com/watch?v=H7-gSwvoo8M
बाँके : नेपालगञ्ज उपमहानगरपालिका भित्रकै सिङ्गो मनिकापुरगाउँ लालपुर्जाविहीन छ । अस्थायी लालपुर्जा र एउटा कागजको भरमा मनिकापुरमा ठूलो लगानीमा ठूलाठूला भवन निर्माण भइरहेका छन् । यसमा न घरधनी सुरक्षित छन् न त सरकारले राजश्व नै पाएको छ । यसले व्यापारिक शहर नेपालगञ्ज उपमहानगरपालिका नै लालपुर्जाविहीन शहरका रूपमा चिनिन थालेको छ । मनिकापुरमा ७५ प्रतिशत नागरिक लालपुर्जाको आसमा बसेको ५० वर्ष बितिसकेको छ । मनिकापुरमा कुनै पनि निर्वाचन हुँदा लालपुर्जा नै मुख्य मुद्दा बन्ने गरेको छ । विसं २०४६ पछि पनि काङ्ग्रेस र तत्कालीन एमालेले अधिकांश समय तत्कालीन गाविसको सत्ता सञ्चालन गर्दै आए पनि कसैले लालपुर्जा पाउन नसकेको नेपालगञ्ज–२० का वडाध्यक्ष…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले सिंहदरबार पश्चिम मूलद्वारस्थित राष्ट्रनिर्माता पृथ्वीनारायण शाहप्रति श्रद्धाञ्जलि अर्पण गर्नुभएको छ । राष्ट्रपति भण्डारीले २९७औँ पृथ्वी जयन्तीका अवसरमा नेपाल प्रज्ञा–प्रतिष्ठानद्वारा आज आयोजित समारोहमा सरिक भई उहाँको शालिकमा पुष्पहार अर्पण गरी नेपालको एकीकरणमा उहाँको योगदानको स्मरण गर्नुभयो । सो अवसरमा नेपाली सेनाको बैण्डसहितको टुकडीले सम्मान अर्पण गरेको थियो । विसं १७७९ पुस २७ गते गोर्खामा जन्मिएका पृथ्वीनारायण शाहले स–साना राज्यलाई एकीकरण गरी आधुनिक नेपाल निर्माण गर्नुभएको थियो । तत्कालीन नेपालको अवस्थालाई विश्लेषण गर्दै पृथ्वीनारायण शाहबाट भएको दिव्योपदेश अहिले पनि उत्तिकै सान्दर्भिक रहेको इतिहासविद् बताउँछन् । भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठ, सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटा र…
काठमाडौँ : प्रधानसेनापति पूर्णचन्द्र थापा छ दिने भारत भ्रमणका लागि त्यसतर्फ प्रस्थान गरेका छन् । प्रधानसेनापति पदमा नियुक्ति भएपछि पहिलोपटक उनि आफ्ना भारतीय समकक्षी स्थलसेनाध्यक्ष जनरल विपिन रावतको औपचारिक निमन्त्रणामा आज विहान त्यसतर्फ प्रस्थान गरेका हुन् । प्रधानसेनापति थापाको भ्रमणदलमा श्रीमती दीपा थापा, सैनिक इण्टिलिजेन्स महानिर्देशक उपरथी झङ्करबहादुर कडायत लगायत सातजनाछन् । भ्रमणका क्रममा प्रधानसेनापति थापालाई भारतीय राष्ट्रपति रामनाथ कोविन्दले भारतीय स्थलसेनाको मानार्थ महारथी दर्जाको दज्र्यानी चिह्नबाट भोलि सम्मान गर्ने कार्यक्रम रहेको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले आज यहाँ जनाएको छ । दुवै देशका सेना प्रमुखलाई कदरस्वरूप मानार्थ महारथी दिने ऐतिहासिक प्रचलन रहिआएको छ । प्रधानसेनापति थापाले भारतीय रक्षामन्त्री, राष्ट्रिय…
चितवन: कृषि तथा वनविज्ञान विश्वविद्यालयका उपकुलपती प्रा डा ईश्वरीप्रसाद ढकालले विश्वविद्यालयबाट अस्थायी सम्बन्धन पाएका निजी क्याम्पसको भर्ना प्रक्रिया वैधानिक नभएको बताउनुभएको छ । सो विश्वविद्यालयबाट सम्बन्धन प्राप्त गरेका आठमध्ये सात वटा क्याम्पसले पत्रिकामा विज्ञान प्रकाशन गरेर भर्ना प्रक्रिया अघि बढाएका छन् । उनीहरुले विश्वविद्यालयले हालै विश्वविद्यालय र आङ्गिकका लागि खुलाएको भर्नाको मेरिटका आधारमा भर्ना लिनका लागि सूचना प्रकाशन गरेका हुन् । विश्वविद्यालयका उपकुलपति ढकालले यस अघि प्रकाशित सूचनामा विश्वविद्यालय र आङ्गिकको कोटा निर्धारण गरी भर्ना आह्वान गरिएकाले सो कोटाबाट निजी क्याम्पसले भर्ना लिन नपाउने बताउनुभयो । उहाँले भन्नुभयो, “निजी क्याम्पसको भर्नालाई विश्वविद्यालयले मान्यता दिदैन ।” ढकालका अनुसार डिनको कार्यालयले गोरखापत्रमा…
खार्तुम, सुडान: सुडानमा पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको विरोधमा केही दिनदेखि भइरहेको विरोध प्रदर्शनमा मृत्यु हुनेहरूको सङ्ख्या २२ पुगेको छ । खार्तुममा हजारौँ प्रदर्शनकारीहरूले गरेको प्रदर्शनका क्रममा उनीहरू मारिएको अधिकारीहरूले बिहीबार जनाएका छन् । सरकारले पाउरोटीको मूल्यमा अत्यधिक वृद्धि गरेको भन्दै आक्रोसित प्रदर्शनकारीले केही दिनदेखि सुडानमा प्रदर्शन गरिरहेका छन् । प्रदर्शनकारीहरूले वृद्धि गरिएको मूल्य तत्काल हटाउन माग गर्दै आएका छन् । सुडान सरकारले पाउरोटीको मूल्यमा वृद्धि गरी एक सुडानी पाउन्डबाट तीन पाउन्ड बनाएको र इन्धनको मूल्यमा पनि दोब्बर वृद्धि गरेको छ । मूल्यवृद्धिले आमजनतालाई असर पारेको भन्दै सरकारविरुद्ध राष्ट्रव्यापीरुपमा प्रदर्शन भइरहेको समाचारमा जनाइएको छ । खार्तुम शहरको मुख्य सडक ओम्डुम्यानमा…