काठमाडौं: डेढ वर्षदेखि लागेको जग्गाको कित्ताकाट अन्तत: फुक्का गरिएको छ।
भूमि व्यवस्था,सहकारी तथा गरिबी निवारण मन्त्रालयका अनुसार सम्बन्धित स्थानीय तहले मन्त्रालयमा कित्ताकाट गर्न खोजिएको जग्गा ‘खेतीयोग्य होइन’ भनेर सिफारिस गरेमा त्यस्ता जग्गाको कित्ताकाट फुक्का गर्न सकिने छ।
मन्त्रलायका प्रबक्ता तथा सहसचिव जनकराज जोशीका अनुसार त्यस्तो निवेदन भएर आएमा सो खाले जग्गाको कित्ताकाट गर्न पाइने छ।
उनले भने रोक्का गर्दा ब्यबहारिक कठिनाइ भएको र बिभिन्न विकृति भएका कारण पनि जग्गा कित्ताकाट खुला गर्नुपरेको हो।
सरकारले २०७४ साउन २६ मा जग्गाको कित्ताकाटमा रोक लगाउने निर्णय गरेको थियो ।
Facebook Comments Box