Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बहुसङ्ख्यक नेपाली श्रमिक कार्यरत कतारको दोहास्थित नेपाली दूतावास कामदारको हकहितका लागि सक्रिय देखिएको छ । दूतावासले गत कात्तिकदेखि पुस मसान्तसम्मको अवधिमा करार सम्झौताअनुसार तलब तथा सेवासुविधा नपाएका २९० नेपाली श्रमिकको तोकिएको सेवासुविधा दिलाउन त्यहाँको श्रम विभागलाई सिफारिश गरेको छ । सो अवधिमा कतारी परिचयपत्र नभएका, परिचयपत्रको म्याद सकिएका र कम्पनी छाडी भागेका तथा अवैधानिक बसोबास गर्दै आएका २२५ नेपाली श्रमिकलाई कतार सरकारको ‘खोजी तथा अनुगमन विभाग’मार्फत आवश्यक प्रक्रिया पूरा गरी नेपाल पठाइएको दूतावासले आज जनाएको छ । त्यस्तै कतारी परिचयपत्रको म्याद भएका श्रमिकलाई आकस्मिक रुपमा नेपाल जानुपर्ने २७ नेपाली श्रमिकलाई कतार सरकारले हालै व्यवस्था गरेको आपत्कालीन बहिर्गमन समितिमार्फत नेपाल…
काठमाडौँ: काठमाडौँको गोङ्गबुस्थित मित्रपार्कमा प्रहरीको गोली लागेर आज एक व्यक्ति घाइते भएका छन् । यहाँस्थित होटल लकको कोठा नम्बर १०४ मा शङ्कास्पद व्यक्ति रहेको भन्ने सूचनाको आधारमा प्रहरी परिसर काठमाडाँैबाट खटिएको टोलीलाई नै पेस्तोल ताकेपछि प्रहरीले चलाएको गोली लागेर काभ्रेका अविलास तामाङ घाइते भएको परिसरका प्रमुख वसन्त लामाले जानकारी दिनुभयो । उहाँका अनुसार उनको साथबाट एक थान चिनीया पेस्तोल र छ राउण्ड गोली बरामद गरिएको छ । खुट्टामा गोली लागेका उनलाई उपचारका लागि शिक्षण अस्पताल महाराजगञ्ज लगिएको छ । उनी गुण्डागर्दीमा र हतियार देखाएर लुटपाटमा सङ्लग्न रहेको खुल्न आएको परिसरका प्रमुख लामाले बताउनुभयो । उनको विषयमा थप अनुसन्धान जारी रहेको…
काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले शिक्षाको व्यापारीकरण सदाका निम्ति बन्द हुने बताएका छन् । मण्डनदेउपुर नगरपालिका–४ चैनपुरस्थित महाकाली माध्यमिक विद्यालयको ५८औँ वार्षिकउत्सव तथा नवनिर्मित भवनको शिलान्यास कार्यक्रमलाई सम्बोधन गर्दै उनले भने, “शिक्षा र स्वास्थ्यमा व्यापारीकरण सदाका निम्ति बन्द गर्दैछौँ, अब एक कक्षामा पाँच लाख रुपैयाँ र डाक्टर बनाउन ८० लाख रुपैयाँ खर्च गराउने दिनको अन्त्य हुँदैछ, नेपालमा अब यो चल्दैन ।” उनले केही वर्षभित्रै सबै निजी क्षेत्रका विद्यालय बन्द गरेर ताला लगाउने नभइ सामुदायिक विद्यालयको गुणस्तरले आफैँ बन्द हुने वातावरण सरकारले बनाउन लागेको जानकारी गराए । मन्त्री बाँस्कोटाले समाजवाद उन्मुख सरकारले क्रमशः सामुदायिक विद्यालयलाई भविष्यमा गुणस्तरीय जनशक्ति उत्पादन…
कावासोती: नेपाली काङ्ग्रेसका महामन्त्री डा शशाङ्क कोइरालाले सरकारले चिकित्सक डा गोविन्द केसीसँग गरेको सहमतिका आधारमा चिकित्सा विधेयक ल्याउन आग्रह गरेका छन् । आज कावासोतीमा पत्रकारसँगको कुराकानीमा महामन्त्री कोइरालाले सरकारले सहमति विपरीत विधेयक ल्याएर संसदबाट पास गराउन खोजे आफ्नो पार्टीले सदन र सडकबाट विरोध गर्ने बताए । उनले भने, ‘‘बलजफ्ती रुपमा चिकित्सा शिक्षा विधयेक पास गराएमा काङ्ग्रेसले विरोध शुरु गर्नेछ ।’’ डा गोविन्द केसीले उठाएको माग पूरा गराउनुपर्छ भन्नेमा आफूहरु रहेको उनको भनाइ थियो । महामन्त्री डा कोइरालाले पार्टीको भ्रातृ सङ्गठन नेपाल विद्यार्थी सङ्घको म्याद छ महीना थपेर भएपनि चुनाव गराउनुपर्ने बताए ।
काठमाडौँ : नेपाल धितोपत्र बोर्डले विभिन्न पाँच नियमावली संशोधनको प्रक्रिया अगाडि बढाएको छ । बोर्डले ‘धितोपत्र व्यवसायी (मर्चेन्ट बैंकर) नियमावली, २०७५’, ‘धितोपत्र व्यवसायी (धितोपत्र दलाल, धितोपत्र व्यापारी तथा बजार निर्माता) नियमावली, २०६४’, ‘सामूहिक लगानी कोष नियमावली, २०६७’ संशोधनको प्रक्रिया अगाडि बढाएको छ । यस्तै ‘क्रेडिट रेटिङ निमायवली, २०६८’ र धितोपत्र दर्ता तथा निष्कासन नियमावली, २०७३’ लाई संशोधन प्रक्रिया अगाडि बढाएको छ । समितिले यही माघ १८ गतेभित्र आवश्यक रायसल्लाह, सुझाव उपलब्ध गराउन सरोकार भएका सबैलाई आग्रह गरेको छ । धितोपत्र बजारलाई थप व्यावसायिक, पारदर्शी, मर्यादित बनाउने लक्ष्यका साथ ती नियमावली संशोधनको प्रक्रिया अगाडि बढाइएको बोर्डले आज जारी गरेको सूचनामा उल्लेख…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले न्याय परिषद् सचिवालयका तत्कालीन लेखापाल शिवहरि ढकालविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । परिषद्मा रहँदा तलबी भरपाई फरक पारी बढी रकम भुक्तानी गरी भ्रष्टाचार गरेको ढकालमाथि आयोगले आरोप लगाएको छ । सचिवालयमा कार्यरत रहँदा ढकालले कूल रु २४ लाख ४६ हजार २१२ बराबरको सरकारी रकम तलबी भरपाई समेतका आधारमा बढी रकम भुक्तानी हुने गरी बदनियत राखेको पाइएको आयोगको ठहर छ । हाल खनियावास गाउँपालिकाको कार्यालय, धादिङ दार्खामा कार्यरत ढकालले उक्त रकम निजी प्रयोगमा लगाएको देखिएकाले आयोगले आज विशेष अदालतमा मुद्दा दायर गरेको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए ।
काठमाडौँ : नेपाल राष्ट्र बैंकले वैदेशिक रोजगारीका जानेलाई दुई सय अमेरिकी डलर मात्रै सटही सुविधा उपलब्ध गराउन निर्देशन गरेको छ । बैंकका कार्यकारी निर्देशक भीष्मराज ढुङ्गानाका अनुसार सरकारको सम्बन्धित निकायबाट श्रम स्वीकृति लिई वैदेशिक रोजगारीमा जाने नेपाली नागरिकलाई राहदानीबापत अधिकतम अमेरिकी डलर २०० सम्म मात्र सटही सुविधा उपलब्ध गराउन निर्देशन दिइएको छ । बैंकले बैंकिङ कार्यालयलगायत सम्पूर्ण कार्यालय, इजाजत प्राप्त बैंक तथा वित्तीय संस्था तथा इजाजत प्राप्त संस्थालाई उक्त निर्देशन दिएको जनाएको छ ।
काठमाडौँ: चालू आर्थिक वर्षभित्र नै निर्माण सम्पन्न गर्नुपर्ने चिलिमे–त्रिशूली २२० केभी प्रसारण लाइन आयोजनाको काम रोकिएको छ । वन क्षेत्रमा पर्ने टावर निर्माणमा समस्या उत्पन्न भएपछि सो आयोजनाको कामसमेत निर्धारित समयमा सम्पन्न गर्न नसकिने आयोजनाले जनाएको छ । डिभिजन वन कार्यालय रसुवाले मन्त्रिपरिषद्ले स्वीकृति नदिएको, आयोजना र वन कार्यालयबीच रुख बिरुवा हटाउने र वन क्षेत्रको जग्गा प्रयोगसम्बन्धी द्विपक्षीय सम्झौतामा हस्ताक्षर नभएको बताएको छ । रुख नभएको नाङ्गो डाँडामा टावरको जग खन्न शुरु गरेको भए पनि स्वीकृति नलिएको भन्दै वन कार्यालयले रोक लगाएको नेपाल विद्युत् प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले जानकारी दिए । तोकिएको समयमा प्रसारण लाइन निर्माण हुन नसके त्यस…
काठमाडौँ: राष्ट्रिय मानव अधिकार आयोगले सरकार र चिकित्सक डा गोविन्द केसीबीचको सम्झौता वार्ता र संवादको माध्यमबाट समाधान गर्न आग्रह गरेको छ । आयोगका सचिव वेद भट्टराईले आज जारी गर्नुभएको प्रेस विज्ञप्तिमा सरकारले चिकित्सा शिक्षासम्बन्धी विगतमा गरेका सम्झौताहरुलाई गम्भीरपूर्वक लिएर वार्ता र सम्बादको माध्यमबाट समाधान खोज्न आग्रह गरिएको छ । आयोगको टोलीले महाराजगञ्जस्थित शिक्षण अस्पताल पुगेर डा केसीको स्वास्थ्य अवस्थाबारे अनुगमन गरेको र डा केसीको स्वास्थ्य अवस्था कमजोर हुँदै गएको हुँदा उनको जीवन रक्षाका लागि सरकारको ध्यानाकर्षण गराएको छ । चिकित्सा शिक्षा सुधारको माग राख्दै डा केसी १४ दिनदेखि अनशनरत छन् ।
काठमाडौँ : धितोपत्र बजारमा आज शेयरको मूल्य सामान्य अङ्कले वृद्धि भएको छ । नेपाल स्टक एक्सचेञ्जकाअनुसार कारोवार मापक नेप्से परिसूचक आज ०.७८ बिन्दुले बढेर एक हजार १६८.८३ बिन्दुमा पुगेको छ । यस्तै ठूला कम्पनीको शेयर कारोवारको मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत ०.४३ बिन्दुले बढेर २४८.०५ बिन्दुमा पुगेको छ । स्टकका अनुसार आज कुल १५६ कम्पनीको १० लाख २४ हजार ६१५ कित्ता शेयर रु २९ करोड २२ लाख १४ हजार ३४५ मूल्यमा खरीद बिक्री भए । कारोवार भएका कूल दश उपसमूहमध्ये आज तीन उपसमूहको शेयर घटेको छ भने सात उपसमूहको शेयर बढेको छ । विशेष गरी जलविद्युत् ५.१४, वित्त १.७५ र उत्पादन…