Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

दार्चुला:  दार्चुलाको उत्तरी क्षेत्रस्थित नेपाल–भारत र चीनको त्रीदेशीय सीमाक्षेत्र व्यास गाउँपालिकाको वडा नं १ छाङ्गरु–तिङ्कर अहिले चिसो र सुरक्षाविहीन हुँदा पुरै बस्ती बसाइँसराइका लागि सदरमुकाम खलङ्गा झरिसकेको छ । स्थानीय सरकारले कायान्वयन गर्ने केही योजना व्यास गाउँपालिका वडा नं १ को त्यही मावनविहीन बस्तीमा परेको छ तर अहिले स्थानीय मात्र होइन, सुरक्षाकर्मीको उपस्थिति पनि त्यहाँ छैन । भारत र चीनका तर्फबाट सीमाक्षेत्रमा पर्याप्त कडाइका साथ सुरक्षाकर्मीको उपस्थिति हुँदा पनि नेपालका प्रहरी भने स्थानीवासीसँगै व्यासकै वडा नं २ दुम्लिङ झरेपछि छाङ्गरु र तिङ्कर सुरक्षाविहीन भएको हो । समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको तिङ्करमा ६५ तथा छाङ्गरुमा १०५ घरधुरीको बसोबास…

Read More

काठमाडौँ: स्विटजरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको वार्षिक बैठकबाट नेपालले ठूलो लाभ लिनसक्ने विश्वास गरिएको छ । यही माघ ८ देखि ११ गतेसम्म हुने सो बैठकमा प्रधानमन्त्री केपी शर्मा ओलीले भाग लिनुहुने कार्यक्रम छ । सन् १९७४ देखि हुन थालेको विश्व आर्थिक मञ्चको डाभोस बैठकमा नेपालले पहिलो पटक प्रधानमन्त्री स्तरमा भाग लिन थाल्नुभएको हो । यसले विश्व आर्थिक परिदृश्यमा नेपाल पनि पर्न थालेको अनुभव गरिएको छ । प्रधानमन्त्री ओलीले सो बैठकका दुई वटा सत्रलाई सम्बोधन गर्नुहुनेछ । डाभोस स्विटजरल्याण्डको सूदूरपूर्वी ग्राउबुन्डेन क्यान्टनमा पर्ने एक सानो हिमाली शहर हो । ल्याण्डवासर नदीको किनारामा रहेको यो शहरको जनसङ्ख्या करीब ११ हजार मात्र…

Read More

काठमाडौं: सरकारले साइबर अपराध गर्नेलाई एक करोड जरिवानादेखि १५ वर्षसम्म जेल सजाय हुने कानुन ल्याउने तयारी पूरा गरेको छ । यो समाचार आजको नयाँ पत्रिका दैनिकबाट लिएको हो । सञ्चार तथा सुचना प्रविधि मन्त्रालयले तयार गरेको ‘सूचना प्रविधि ऐन, २०७५’को विधेयकमा देशको राष्ट्रिय सुरक्षा एवं सार्वभौमसत्ता, राष्ट्रिय अर्थतन्त्र वा सार्वजनिक सेवामा गम्भीर असर पार्ने गरी विद्युतीय प्रणालीमा हानी पुर्याए ५० लाखदेखि एक करोडसम्म जरिवाना हुने उल्लेख छ । यस्ता व्यक्ति वा संस्थालाई पाँच वर्षदेखि १५ वर्षसम्म कैद सजाय हुने व्यवस्था पनि राखिएको छ ।

Read More

काठमाडौं: विगतमा भएको सहमतिअनुसार राष्ट्रिय चिकित्सा शिक्षा ऐन ल्याउन माग राखेर १० दिनदेखि अनशन बसेका डा. गोविन्द केसीको स्वास्थ्य अवस्था गम्भीर बनेको छ। त्रिवि शिक्षण अस्पताल महाराजगन्जले केसीको अवस्था गम्भीर रहेको जनाएको छ। इलाममा अनशन बसेका डा. केसीलाई स्वास्थ्य अवस्था गम्भीर भएपछि बिहीबार राति हेलिकोप्टरमा ल्याएर त्रिवि शिक्षण अस्पतालको आइसियूमा भर्ना गएिको छ। केसीको स्वास्थ्य अवस्थाबारे अस्पतालका निर्देशक डा. प्रेम खड्कले भने, ‘स्वास्थ्य गम्भीर रहेको उपचारमा संलग्न मेडिकल टोलीले जानकारी गराएको छ।’ खड्काका अनुसार केसीको रगतमा ग्लुकोज र फोस्फोरसको मात्रा कम भइसकेको छ। उनको फोक्सोमा पनि संक्रमण भएकाले एन्टिबायोटिक औषधि चलाइएको छ। शरीरमा अक्सिजनको मात्रा र रक्तचाप पनि घटेको छ।…

Read More

काठमाडौं : पहिलोपटक मन्त्रीले आफ्नो सुविधा आफ्नै मन्त्रालयबाट तोक्न पाउने भएका छन्। मन्त्रिपरिषद्का पछिल्लो निर्णयले मन्त्रीलाई इन्धन, गाडी मर्मतलगायतको सुविधाको तजबिजी आफै गर्न दिने भएको हो। यसअघि यस्तो सुविधा प्रधानमन्त्री तथा मन्त्रिपरिषद् कार्यालयबाट पाउने व्यवस्था थियोे। गत शनिबारको मन्त्रिपरिषद् बैठकले सुविधासम्बन्धी सबै तजबिजी मन्त्रालयलाई सुम्पिदियो। मन्त्रीहरुले यसअघि तलब, सुविधा प्रधानमन्त्री कार्यालयबाट लिँदै आएका थिए। प्रधानमन्त्री कार्यालयबाट तलबभत्तालगायत सुविधा दिँदा पनि मन्त्रीहरुले दोहोरो सुविधा लिने गरेका थिए। यसले राज्यकोषमा थप व्ययभार परेको भन्दै सम्बन्धित मन्त्रालयबाटै लिने व्यवस्था गरिएको हो। तर सम्बन्धित मन्त्रालयबाट तलबसुविधा लिँदा झन् मनपरी हुने देखिएको छ। मन्त्रीले आफ्नो सेवासुविधाबारे आफै निर्णय गर्न पाउने छन्, जसले गर्दा मन्त्रीले आफूअनुकुलको…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले रु पाँच अर्ब बराबरको रिपो बोलकबोलमा बिक्री गर्ने भएको छ । बैंकले शुक्रवार एक सूचनामार्फत यही माघ ६ गते बोलकबोलमार्फत एक हप्ता अवधिको लागि रिपो बिक्री गर्न लागेको हो । उक्त रिपो यही माघ १३ गतेसम्मका लागि अर्थात् सात दिनका लागि मात्रै उपलब्ध गराइनेछ । बैंकले ‘क’, ‘ख’, ‘ग’ वर्गका बैंक तथा वित्तीय संस्थाले बोलकबोल प्रक्रियामा सहभागी हुनसक्ने राष्ट्र बैंकले जनाएको छ ।

Read More

काठमाडौँ : प्रधानमन्त्री केपी शर्मा ओली स्वीट्जरल्याण्डको डाभोसमा हुने विश्व आर्थिक मञ्चको ४९ औँ वार्षिक बैठकमा सहभागी हुन नेपाली प्रतिनिधिमण्डलको नेतृत्व गर्दै आइतबार त्यसतर्फ प्रस्थान गर्ने भएका छन् । यही माघ ८ देखि ११ गतेसम्म हुने उक्त वार्षिक बैठकका दुई वटा सत्रलाई प्रधानमन्त्रीले सम्बोधन गर्ने परराष्ट्र मन्त्रालयद्वारा आज जारी विज्ञप्तिमा जनाइएको छ । पहिलोपटक प्रधानमन्त्री ओलीले सो बैठकमा सहभागिता जनाउन लागेका हुन् । स्वीट्जरल्याण्ड भ्रमणका क्रममा प्रधानमन्त्री ओलीले विभिन्न देशका राजनीतिक नेतृत्व तथा व्यवसायीसँग भेटवार्ता गर्नुहुने छ । भ्रमण टोलीमा उनकी धर्मपत्नी राधिका शाक्य, परराष्ट्रमन्त्री प्रदीपकुमार ज्ञवाली, अर्थमन्त्री डा.युवराज खतिवडा र उच्चअधिकारी रहने छन् । प्रधानमन्त्रीसहितको नेपाली प्रतिनिधिमण्डल यही माघ…

Read More

काठमाडौँ: चालू आर्थिक वर्षको पहिलो पाँच महिनामा बैंक तथा वित्तीय संस्थाहरूमा रहेको निक्षेप ६.२ प्रतिशतले बढेको छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो निक्षेप ५.६ प्रतिशतले बढेको थियो । वार्षिक बिन्दुगत आधारमा २०७५ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरूको निक्षेप १९.८ प्रतिशतले बढेको छ । २०७५ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा चल्ती, बचत र मुद्दतीको अंश क्रमशः ८.८ प्रतिशत, ३३.४ प्रतिशत र ४७.५ प्रतिशत रहेको छ । अघिल्लो वर्षको सोही महिनामा यस्तो अंश क्रमशः ८.२ प्रतिशत, ३६.४ प्रतिशत र ४१.९ प्रतिशत रहेको थियो । २०७५ मंसिर मसान्तमा बैंक तथा वित्तीय संस्थाहरुको कुल निक्षेपमा संस्थागत निक्षेपको अंश ४५.१…

Read More

ताप्लेजुङ: शिकार खेल्न सँगै गएका साथीले बोकेको बन्दुक पड्किँदा एक युवकको ज्यान गएको छ । फक्ताङलुङ गाउँपालिका–४ इखाबुका ३७ वर्षीय देवीबहादुर लिम्बूको शिकार खेल्ने क्रममा साथीले बोकेको बन्दुक पड्किएर मृत्यु भएको प्रहरी नायब उपरीक्षक सञ्जयसिंह थापाले जानकारी दिए । लिम्बूको बन्दुकको छर्रा लागेर घटनास्थलमै ज्यान गएको हो । शिकार खेल्न सँगै निस्किएका सुरेन्द्र तामाङले लोड गरेर बोकेको बन्दुक हातबाट झरेर पहरामा ठोक्ँिकदा पड्किएर छर्राले लागेर लिम्बूको मृत्यु भएको थापाले बताए । तामाङलाई आज जिल्ला अदालतबाट म्याद थप गरी आवश्यक अनुसन्धान थालिएको थापाले बताए ।

Read More

काठमाडौँ: नेपाल आयल निगमले अन्तर्राष्ट्रिय बजारमा कच्चा तेलको मूल्य बढेपनि तत्कालका लागि पेट्रोलियम पदार्थको मूल्य नबढाउने भएको छ । इन्डियन आयल कर्पोरेशन (आइओसी)ले पछिल्लो पटक इन्धनको बढेको मूल्यसूची पठाएपनि आम सर्वसाधारण उपभोक्ता तथा देशको आर्थिक वृद्धिदरलाई ध्यानमा राखी अर्को मूल्य प्राप्त नहुन्जेलसम्म पेट्रोलियम पदार्थको मूल्य हाललाई यथावत राखिएको निगमले जनाएको छ । आइओसीले १५÷१५ दिनमा पठाएको नयाँ मूल्यअनुसार निगमले पेट्रोलियम पदार्थको मूल्य समायोजन गर्दै आएको छ । आइओसीले यही माघ २ गते पठाएको पछिल्लो मूल्यसूचीअनुसार प्रतिलिटर पेट्रोलमा ०.६१ पैसा र डिजेलमा ०.४५ पैसा वृद्धि भएको निगमका प्रवक्ता इन्जिनियर वीरेन्द्र गोइतले जानकारी दिए । उक्त मितिमा निगमको नाफा ऋणात्मक रहेको छ…

Read More