Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 30
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » तिङ्कर नाका: नेपाली सुरक्षाकर्मीविहीन त्रिदेशीय नाका, स्थानीयले पनि छाडे बस्ती

    तिङ्कर नाका: नेपाली सुरक्षाकर्मीविहीन त्रिदेशीय नाका, स्थानीयले पनि छाडे बस्ती

    पहिलोक्लिकपहिलोक्लिकJanuary 19, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    दार्चुला:  दार्चुलाको उत्तरी क्षेत्रस्थित नेपाल–भारत र चीनको त्रीदेशीय सीमाक्षेत्र व्यास गाउँपालिकाको वडा नं १ छाङ्गरु–तिङ्कर अहिले चिसो र सुरक्षाविहीन हुँदा पुरै बस्ती बसाइँसराइका लागि सदरमुकाम खलङ्गा झरिसकेको छ ।

    स्थानीय सरकारले कायान्वयन गर्ने केही योजना व्यास गाउँपालिका वडा नं १ को त्यही मावनविहीन बस्तीमा परेको छ तर अहिले स्थानीय मात्र होइन, सुरक्षाकर्मीको उपस्थिति पनि त्यहाँ छैन । भारत र चीनका तर्फबाट सीमाक्षेत्रमा पर्याप्त कडाइका साथ सुरक्षाकर्मीको उपस्थिति हुँदा पनि नेपालका प्रहरी भने स्थानीवासीसँगै व्यासकै वडा नं २ दुम्लिङ झरेपछि छाङ्गरु र तिङ्कर सुरक्षाविहीन भएको हो ।

    समुद्री सतहबाट १२ हजार फिट उचाइमा रहेको तिङ्करमा ६५ तथा छाङ्गरुमा १०५ घरधुरीको बसोबास छ । उनीहरु अहिले सदरमुकाम खलङ्गामा बसाइँ सरेकाले यहाँ अहिले सुनसान छ । गाउँ पूरै हिउँले पुरिएको छ । गाउँको सुरक्षा हिमपात र भगवान् भरोसामा छोडिएको छ, व्यास–१ तिङ्करका अगुवा महिला यशोदा तिङ्करीले भन्नुभयो, “हाम्रो सुरक्षाकर्मी भनेकै हिउँ हो, अत्यधिक चिसोका कारण सबै बसाइँ सारेपछि गाउँ पूरै भगवान् भरोसा चलेको छ ।”

    छिमेकी राष्ट्र भारत र चीन युद्ध हुँदादेखि नै अर्थात् २०२८ सालबाटै उनीहरुको सुरक्षाफौज त्यही रहँदै आएको छ । हाम्रोतिर भने मानवविहीन हुँदा पनि राज्यले सुरक्षा दिन नसकेको तिङ्करीले भनाई थियो । साविकको पूरैै गाविस तथा अहिलेको पूरै वडा भएको ठाउँमा सुरक्षा उपस्थिति छैन । झण्डै बासिन्दा एक हजार उक्त क्षेत्रमा बसोबास गर्दै आएका छन् ।

    विसं २०३१ भदौमा खम्पा विद्रोह हुँदा उक्त क्षेत्रमा भारतले केही सुरक्षाफौज थप गर्नाका साथै आइटीबिपी (इन्डिया तिब्बत बोर्डर पुलिस) परिचालन गर्दै आएको छ । हाल सीमावर्ती बजार धार्चुलादेखि कालापानीसम्म आइटिबिपीका एक ठाउँमा हतियार भण्डारसहित पाँच पोष्ट राखिएका छन् । भारतीय बजार धार्चुलादेखि लिपुलेकसम्मको झण्डै ५० किलोमिटर क्षेत्रमा पाँच क्याम्प छन् । आइटिबीपीले घट्टबगरमा हतियार भण्डारसहितको क्याम्प राखेको छ भने गव्र्याङ, छ्यालेक, गुन्जीमा क्याम्प तथा कालापानीमा सेना परिचालन गरिएको छ ।

    नेपालतर्फ भने दार्चुलाको उत्तरमा एउटा मात्र तिङ्कर नाका छ, त्यसमा पनि वर्षको छ महीनामात्रै सुरक्षाफौज खटिन्छन् । सीमा प्रहरी चौकीमा छ महीना मात्रै प्रहरी बस्छन् । प्रतिकूल मौसमका कारण छ महीना तिङ्करमा प्रहरी राख्न सकिँदैन, दार्चुलाका निमित्त प्रहरी प्रमुख हिक्मत बोहराले भन्नुभयो, “व्यासीका बासिन्दा कुञ्चा सरेसँगै हाम्रो प्रहरी पनि वडा नं २ दुम्लिङ आएर बसेको छ । सामान्य अवस्थामा तिङ्करमा बस्न नसकिने र उच्च भूभाग तथा हिमपातमा बस्ने बन्दोबस्त नेपाल सरकारले गर्न नसक्दा सीमालाई छ महीना खुला छोड्नुपर्ने बाध्यता प्रहरीमा छ ।”

    स्थानीय सरकारले पनि योजनाहरु अहिले सदरमुकाम खलङ्गामै गर्नुबाहेक अरु काम गर्न सकेको छैन । वडा नं १ का वडाअध्यक्ष अशोक बोहराले भन्नुभयो “काम गर्ने स्थानीयका सबै कार्यालय खलङ्गामै छ, अहिले योजना सम्झौताको काम चलिरहेको छ । वडा तहबाटै मात्रै सो वडामा रु ५० लाख बजेट विनियोजन गरिएको छ ।

    “काम गर्ने जनशक्ति छैन, काम स्थानीयवासी कुञ्चामा सरेपछि मात्रै काम हुन्छ”, उहाँले भन्नुभयो, “गत वर्ष साउनसम्म काम गराइयो । अहिले व्यासको कालापानीसम्म जाने बाटो निर्माण गर्ने स्थानीय सरकारको योजना छ तर काम गर्ने जनशक्ति नहुँदा समस्या छ ।”

    अहिले पनि व्यासीबासी गाउँ आउजाउ गर्न भारतीय बाटो प्रयोग गर्न बाध्य छन् । आफ्नो भूमि जान भारतीय बाटो प्रयोग गर्नुपर्दा व्यासीहरु जहिल्यै निराश हुने गरेका छन् । तिङ्करमा सुरक्षा संयन्त्रको उपस्थिति बाह्रै महीना अनिवार्य रहे पनि पु¥याउन सकिएको छैन । सरकारले सीमाक्षेत्रका लागि सशस्त्र प्रहरीको बोर्डर आउटपोष्ट (बिओपी) राख्ने तयारी थालेको छ । नेपाल सरकारले सशस्त्र प्रहरी राख्ने निर्णय गरेकाले प्रक्रियागत रूपमा काम अघि बढाउने तयारी सुरक्षा निकायले गरेको छ । सशस्त्र प्रहरी दार्चुलाका प्रमुख भीमबहादुर चन्दले अहिले नै बिओपी राख्ने बारेमा तयारी नभएको जानकारी दिनुभयो ।

    Facebook Comments Box

    तिङ्कर नाका
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.