Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले नेपालको विकासका प्राथमिकता, नेपाली समाजको आर्थिक–सामाजिक रुपान्तरणका लक्ष्य र विदेशी लगानी भित्र्याउन वर्तमान सरकारले अङ्गीकार गरेका नीतिबारे विश्व समुदायलाई जानकारी गराउन आफ्नो स्वीट्जरल्याण्ड भ्रमण सफल रहेको बताउनुएको छ । डाभोस शहरमा आयोजित विश्व आर्थिक मञ्चको ४९ औँ बैठकमा सहभागी भई आज बिहान स्वदेश फर्कनुभएका प्रधानमन्त्री ओलीले त्रिभुवन अन्तर्राष्ट्रिय विमानस्थलमा पत्रकारसँग कुरा गर्दै नेपालको पछिल्लो राजनीतिक विकासक्रम, शान्तिप्रक्रिया, संविधान जारी भएपछिका परिवर्तन र उपलब्धिबारे विश्वका विभिन्न मुलुकका नेतालाई जानकारी गराउन तथा नेपाल र स्वीट्जरल्याण्डबीचको सम्बन्धलाई अझ प्रगाढ तुल्याउन पनि भ्रमण फलदायी भएको बताउनुभयो । मञ्चको पूर्णसत्र बैठकका साथै ‘दक्षिण एशियाको राजनीतिक परिदृश्य’ र ‘प्रजातन्त्रको भविष्य निर्धारण’…

Read More

काठमाडौँ: नेपाल प्रहरी अस्पताल पानीपोखरीले विशिष्ट तथा अतिविशिष्ट व्यक्तिको स्वास्थ्य उपचारका लागि विशेष उपचार कक्ष निर्माण गरेको छ । विसं २०७४ कात्तिक २६ देखि सर्वसाधारणलाई समेत उपचारका लागि खुला गरेको अस्पतालले राष्ट्रपति, प्रधानमन्त्री, मन्त्री र विशिष्ट व्यक्तिको उपचारका लागि विशेष कक्ष निर्माण गरेको हो । नेपाल प्रहरीका केन्द्रीय प्रवक्ता उत्तमराज सुवेदीले प्रहरी अस्पतालभित्र विशिष्ट व्यक्तिको लागि उपचार कक्षको खाँचो रहेकाले उक्त कक्ष निर्माण गरिएको जानकारी दिनुभयो । “सर्वसाधारणलाई उपचारका लागि खुला गरेपनि विशेष व्यक्तिका लागि उपचार कक्ष स्थापना नभएकाले हामीले उक्त कक्ष स्थापना गरेका हौँ,”–उहाँले भन्नुभयो । यसअघि त्रिभुवन शिक्षण अस्पताल महाराजगञ्ज, वीरअस्पताल, वीरेन्द्र सैनिक अस्पताल छाउनीलगायत अस्पतालले विशिष्ट व्यक्तिको…

Read More

काठमाडौँ: विसं २०७५ चैत मसान्तसम्म काठमाडौँ जिल्लालाई सहयोगापेक्षी (मगन्ते) रहित बनाउने अभियान शुरु भएको छ । गत वर्ष पशुपति क्षेत्रलाई मगन्तेरहित बनाई शुरु भएको अभियानलाई विस्तार गरेर यस वर्ष काठमाडौँ जिल्लाव्यापी बनाउन लागिएको पशुपति क्षेत्र विकास कोषले जनाएको छ । कोष, महानगरीय प्रहरी परिसर काठमाडौँ, काठमाडौँ महानगरपालिका, मानव सेवा आश्रम, रक्षा नेपाल, स्नेही काख नेपाल, आमाघरलगायत संस्थाको सहकार्यमा राजधानीलाई मगन्तेरहित बनाउन लागिएको हो । पशुपति क्षेत्रबाट शुरु भएको कामलाई काठमाडौँ जिल्लाभर विस्तार गरी नमूनाका रुपमा देशका प्रमुख शहर हुँदै देशभर विस्तार गर्न लागिएको कोषका सदस्य सचिव डा प्रदीप ढकालले राससलाई जानकारी दिए । “माग्नुलाई पेशाका रुपमा स्थापित गर्नेहरुलाई निरुत्साहित गर्न…

Read More

सुरुङ्गा: झापाको भद्रपुर नगरपालिका–९ मा रहेको मनषा सिमेन्ट उद्योगका व्यवस्थापक कमल दुगड शङ्कास्पद अवस्थामा मृत भेटिएका छन् । हातखुट्टा बाँधिएको अवस्थामा आज बिहान उनी मृत फेला परेको जिल्ला प्रहरी कार्यालय झापाका प्रहरी उपरीक्षक भीमप्रसाद ढकालले बताउनुभयो । उहाँका अनुसार भारत पटना घर भएका ६१ वर्षीय दुगड विगत तीन वर्षदेखि सो सिमेन्ट उद्योगमा काम गर्दै आएका थिए । पर्शुराम अग्रवालले सञ्चालन गरेको सिमेन्ट उद्योगमा व्यवस्थापक नै शङ्कास्पद अवस्थामा मृत भेटिएपछि नेपाल प्रहरीको कुकुर शाखा धरानबाट कुकुर ल्याएर अनुसन्धान थालिएको जिल्ला प्रहरी प्रमुख ढकालले बताउनुभयो ।

Read More

ठिनी: मुस्ताङमा पुनः हिमपातसँगै बढेको चिसोले जनजीवन प्रभावित भएको छ । वर्षा, हिमपात र चिसोका कारण सर्वसाधारणको दैनिकी, हवाई तथा सडक यातायात सेवा प्रभावित भएको हो । जोमसोम, मुक्तिनाथ, लोमान्थाङ, लेतेलगायत मुस्ताङका सबै क्षेत्रमा हिउँ परेको जिल्ला प्रहरी कार्यालयले जनाएको छ । सडकमा हिउँ जमेपछि बेनी–जोमसोम, जोमसोम–मुक्तिनाथ र जोमसोम–लोमान्थाङ सडकमा यातायात सेवा बन्द भएको छ । जोमसोममा एक फिटसम्म बाक्लो हिउँ र जोमसोम माथिको गाउँमा दुई फिटसम्म बाक्लो हिउँ जमेको छ । लोमानथाङ गाउपालिका, लो घेकर दामोदरकुन्ड गाउँपालिका र थासाङ गाउँपालिकामा सञ्चार अवरुद्ध भएको जिल्ला प्रहरी कार्यालय जोमसोमले जानकारी दिएको छ । चिसो बढेकाले सर्वसाधारण घर बाहिर निस्कन नसकेको जोमसोमका…

Read More

ज्ञानेन्द्र मल्ल ४४ रन बनाएर आउट हुँदा नेपालको दोश्रो विकेट झर्यो । १९ ओभरको खेल चलिरहँदा नेपालले ७० रनमा दुई विकेटको क्षेती व्यहोरेको छ । अहिले क्रिजमा कप्तान पारस खड्का र दिपेन्द्र सिङ्ग एरी छन् । काठमाडौँ:घरेलु टोली संयुक्त अरब इमिरेट्स (युएई) विरुद्धको दोस्रो एकदिवसीय क्रिकेटमा नेपालले टस जितेर पहिलो ब्याटिङ शुरु गरेको छ । दुबईस्थित आइसिसीको क्रिकेट एकेडेमीमा टस जितेर नेपालले पहिले ब्याटिङ रोजेको हो । यो समाचार तयार पार्दासम्म नेपालले विना विकेटको क्षतिमा नौ ओभरमा ३९ रन बनाएको छ । नेपालका लागि ओपनरद्वय उपकप्तान ज्ञानेन्द्र मल्लले २२ तथा विनोद भण्डारीले १६ रन बनाएर खेलिरहेका छन् । पहिलो खेलमा…

Read More

काठमाडौं : सरकारले चिकित्सा शिक्षा विधेयक पारित गरेकोमा आपत्ति जनाउँदै डा. केसीले अनशन जारी रहने बताएका छन्। उनले प्रधानमन्त्री केपी ओलीको राजीनामा मागेका छन्। नेपाली नागरिकमाथि सुनियोजित धोका भएको डा. केसीको भनाइ छ। आफैले गरेको सम्झौता कार्यान्वयन गर्ने नैतिकताबाट प्रधानमन्त्री ओली च्युत भएको उनले बताए। ‘आफ्नै विगतको निर्णयबाट विचलित प्रधानमन्त्री ओलीबाट तत्काल नैतिकताका आधारमा राजीनामा दिनुपर्ने अवस्था सिर्जना भएको छ,’ अनशनस्थलबाट डा. केसीले जारी गरेको विज्ञप्तिमा छ। पन्ध्रौं सत्याग्रहका क्रममा सरकारले डा. केसीसँग सम्झौता गरेको थियो। सम्झौताअनुसार विधेयक संशोधन गरी पारित गर्न माग गर्दै उनी सोह्रौं बसेका हुन्। उनी १७ दिन (पुस २५)देखि शिक्षण अस्पतालमा अनशनरत छन्। विधेयक पारित गर्ने…

Read More

काठमाडौं: नेपाल वायुसेवा निगमले दुई वाइड बडी विमान खरिदमा लिएको ऋणको पुस मसान्तमा साँवा व्याज गरी तिर्नुपर्ने ८० करोड रुपैयाँ किस्तामध्ये १० करोड मात्र बुझाएको छ। निगमले वाइड बडी जहाजलाई योजनाअनुसार उडाउन नसकेपछि आम्दानी नहुँदा किस्ताको ७० करोड रुपैयाँ तिर्न नसकेको हो। निगमले दुई वाइबडी विमान खरिद गर्न कर्मचारी सञ्चय कोष र नागरिक लगानी कोषबाट १२–१२ अर्ब रुपैयाँ ऋण लिएको थियो। यसमा सरकार जमानी बसेको छ। निगमले दुई वाइड बडीको ८० करोड ४२ लाख रुपैयाँका साथै अर्का दुई न्यारोबडीको पनि ३३ करोड नौ लाख रुपैयाँ किस्ता तिर्नुपर्नेछ। निगमले न्यारोबडीको सबै किस्ता भने बुझाएको छ। पुस मसान्तमा तिर्ने वाइड बडीको दोस्रो…

Read More

काठमाडौँ: स्मार्ट मोबाईल फोनको लागी नेपालकै उत्कृष्ट सुबिधा सम्पन्न मोबाईल हब सिटिसी मोबाईल हब सुन्धारामा यही माघ १२ गते शनिबार देखि एक हप्ताको लागी मेघा एक्सचेन्ज मोबाईल मेला सुरु हुने भएको छ । मोबाईल एक्सचेञ्ज अफरका साथै एउटा मोबाइल किन्दा अर्को एउटा मोबाइल सित्तैंमा अफर मेलाको आकर्षण रहेकोे छ । जहाँ सबै भन्दा घेरै भेरायटि र सबै भन्दा धेरै मोबाईल ब्राण्ड उपलब्ध रहेका छन् । मोबाइल मेलामा ग्याजेट पारखीहरुले आफुलाई मन परेको मोबाइल, ल्यापटप, क्यामेरा तथा एप्पलका आईफोन, आइप्याड, म्याक लगायतका सामाग्री किस्ताबन्दीमा किन्न पाउने छन् । त्यस्तै जस्तो सुकै पुरानो मोबाईल लगेर नयाँ मोबाइल साट्न पाइने पनि आयोकले जानकारी…

Read More

धनुषा: जन्ती बोकेको बसमा करेन्ट लाग्दा छ जनाको मृत्यु भएको छ । सबैला नगरपालिकाअन्तर्गत पर्ने बल्टिया कोठियामा ११ हजार भोल्ट विद्युत् प्रवाह भइरहेको तारमा ना५ख १७५२ नंको जन्ती बोकेको बसले छुँदा नौ जन्तीको मृत्यु भएको धनुषाका प्रहरी उपरीक्षक गोविन्द थपलियाले जानकारी दिए । सिन्धुलीको दुधौली नगरपालिकास्थित जितपुर टोलबाट धनुषाको बल्टिया कोठियातर्फ जन्ती बोकेर आउँदै गरेको सो बस दुर्घटनामा परेको हो । बसमा सवार अन्य जन्ती गम्भीर घाइते भएका छन् । घाइतेलाई उपचारका लागि जनकपुर अञ्चल अस्पताल लगिएको छ । बसभित्र करीब ४० जन्ती सवार रहेको बताइएको छ ।

Read More