Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मोटरसाइकलमा यात्रु ओसार्ने सेवाका लागि मध्यस्थता गर्ने ‘टुटल’ र ‘पठाओ’लाई रोक नलगाउन निर्देशन दिएका छन् । उनले यस्ता सेवालाई व्यवस्थापनको बाटो अपनाउन सकिने तर अहिले जे अवस्थामा छ, चलिरहेको छ, त्यस्तै छोडिदिन भौतिक योजना तथा यातायातमन्त्री रघुवीर महासेठलाई निर्देशन गरेका हुन् । यो समाचार आजको कान्तिपुर दैनिकमा छ । मन्त्री महासेठकै निर्देशनअनुसार ट्राफिक प्रहरीले यस्ता सेवामा रोक लगाएको थियो । तर, यो सेवा रोकेकामा सर्वसाधारणबाट समेत सरकारको आलोचना भएपछि प्रधानमन्त्री ओलीले महासेठलाई यस्ता विषयहरुमा ‘ह्याभोक क्रिएट’ नगर्न भनेका हुन् ।
काठमाडौँ: पञ्चाङ्ग निर्णायक समितिले २०७६ सालको पात्रो तयार गरेको छ । समितिको ६ दिनअघि बसेको बैठकले पात्रो तयार गर्ने निर्णय गरेको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । पात्रोअनुसार २०७६ सालको दशैँ असोज १२ गतेदेखि शुरु हुने भएको छ । विसं २०७५ सालको तुलनामा आगामी वर्षको दशैँ १२ दिन अघि परेको छ । पात्रोअनुसार फुलपाती १८ गते, १९ गते महाअष्टमी, २० गते महानवमी र असोज २१ गते विजयादशमी परेको छ । तिहार कात्तिक १० गतेदेखि शुरु हुने भएको छ ।
काठमाडौं : नयाँ शक्तिका संयोजक बाबुराम भट्टराईले नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खदिरमा भएको अनियमितता छानबिनका लागि संसदीय समिति बनाउन माग गरेका छन्। निगमले खरिद गरेको एयर बसको ए ३३०-२४३ नामक २७४ सिट क्षमताका वाइडबडी खरिदमा भएको अनियमिता प्रमुख दलका ठूला नेताको संग्लग्नता रहेको दाबी गर्दै भट्टराईले समिति बनाउन माग गरेका हुन्। उनले बुधबार राजधानीमा आयोजित एक कार्यक्रमलाई सम्बोधन गर्दै भने, ‘प्रमुख दलका ठूला नेताको संग्लग्नता बिना बाइडबडीमा यति ठूलो अनियमितता हुनै नसक्ने भएकाले पनि आवश्यक छानबिनका लागि संसदीय समिति चाहिन्छ।’ पूर्वप्रधानमन्त्रीसमेत रहेका भट्टराईले अदालतको विषयमा बोल्दा मानहानी हुने भन्दै आफूहरुको प्रश्न गर्ने ठाउँ नै नभएको बताए। ‘अनियमितताको विषयमा धारणा…
काठमाडौँ: खोज पत्रकारिता केन्द्र (खोपके) को टीमले खोज पत्रकारहरूको अन्तर्राष्ट्रिय संयन्त्र ‘दी इन्टरनेशनल कन्सोर्टियम अफ इन्भेष्टिगेटिभ जर्नालिष्टस्’ (आईसीआईजे) सँगको सहकार्यमा एक वर्ष लगाएर गरेको खोजको खुलासा हो- नेपाललिक्स २०१९ । यो खोजले अवैध धनको ओसारपसार कसरी भइरहेको छ र यसमा को को छन् भन्ने देखाउँछ । नेपालीको विदेशमा लगानी हाम्रो प्रमुख खोज हो । कानूनतः गैरआवासीय नेपालीले विदेशमा लगानी गर्न पाउने भए पनि कर प्रणाली र सुशासनका दृष्टिले कमजोर मानिने ब्रिटिश भर्जिन आइल्याण्डस् जस्ता मुलुकमा कम्पनी खोल्ने र त्यहाँबाट नेपालमा लगानी भित्र्याउनेहरूलाई पनि हामीले खोजको दायरामा राखेका छौं । तर, कर सुशासन र राम्रो आर्थिक प्रणाली भएको मुलुकमा गैरआवासीय नेपालीले…
काठमाडौँ: नेपाली काङ्ग्रेसले आजदेखि पदावधि समाप्त भएको भ्रातृ संस्था नेपाल विद्यार्थी सङ्घ केन्द्रीय कार्यसमितिलाई दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको छ । काङ्ग्रेस केन्द्रीय कार्यसमितिको गत मङ्सिर २ गतेको बैठकको निर्णयबाट नेविसङ्घ केन्द्रीय समितिको थप गरिएको दुई महीनाको पदावधि आज माघ २ गतेसम्म कायम थियो । काङ्ग्रेसले सङ्घ केन्द्रीय समिति तथा मातहतका निकायको पदावधि आजसम्म मात्र भए पनि अब उप्रान्तका लागि काङ्ग्रेस केन्द्रीय कार्यसमितिको आगामी माघ १० गते बस्ने बैठकले निर्णय गरेअनुसार हुने गरी दैनिक कार्य सञ्चालन गर्न गराउन निर्देशन दिएको हो । काङ्ग्रेस केन्द्रीय समितिको बैठक माघ १० गतेका लागि बोलाइएको छ । यस अघि नेविसङ्घको केन्द्रीय नेतृत्वले…
इलाम: नेपाल कम्युनिष्ट पार्टी (नेकपा)का नेता योगेश भट्टराईले इलाममा अनशनरत डा गोविन्द केसी कम्युनिष्टको विरुद्धमा लागेको बताउनुभएको छ । प्रेस चौतारी र प्रेस सेन्टरले यहाँ आज आयोजना गरेको अन्तरक्रियामा उहाँले डा गोविन्द केसीलाई ‘कम्युनिष्ट फोबिया’को सङ्ज्ञा दिनुभयो । नेता भट्टराईले विगतमा डा केसीसँग भएका अधिकांश सम्झौता कार्यान्वयन भएको उल्लेख गर्दै संसद्मा रहेको विधेयक सबै पार्टीसँग लामो समय छलफल भएर समितिबाट पारित भएको बताउनुभयो । “राजतन्त्र फ्याँक्ने बेलामा राजा ज्ञानेन्द्रलाई पनि संसद्को निर्णय मान्य भयो भने अहिले डा गोविन्द केसीलाई चाहिँ त्यही संसद्ले गरेको निर्णय किन मान्य हँुदैन ?” उहाँले प्रश्न गर्नुभयो । प्रतिनिधिसभा, चिकित्सा शिक्षा तथा स्वास्थ्य विधेयक समितिका सदस्यसमेत…
काठमाडौँ : अगरबत्तीको प्याकेटभित्र हालेर चरेसको व्यापार हुने गरेको तथ्य आज सार्वजनिक गरिएको छ । नेपाल प्रहरीको लागुऔषध नियन्त्रण ब्युरोले लामा अगरबत्तीको प्याकेटभित्र लुकाएर हङ्कङ पठाउन लागिएको अवस्थामा १५ किलो ५०० ग्राम चरेससहित एक महिलालाई पक्राउ गरेपछि उक्त तथ्य बाहिर आएको छ । पक्राउपर्नेमा नुवाकोटकी २९ वर्षीय कान्छीमाया घले रहेको ब्यूरोका प्रहरी नायब उपरीक्षक चक्रराज जोशीले जानकारी दिए । दुई वटा ठूलो प्याकेटमा अगरबत्ती राखेर वैदेशिक भन्सार हुलाक कार्यालय सुन्धाराबाट हङ्कङ पठाउने क्रममा आज सोे चरेस फेला परेको हो । “प्याकेट जोख्दा अस्वभाविक तौल फेला परेपछि कर्मचारीले खबर गर्नुभयो, तत्कालै गएर अनुसन्धान गर्दा प्याकेटभित्र कागजमा बेरेर भित्र चरेस र बाहिर…
काठमाडौँ: काठमाडौँको गोङ्गबुमा ग्याँस सिलिण्डर पड्किँदा आज एक जनाको मृत्यु भएको छ । आज दिउँसो करीब १२ः३० बजेको समयमा श्याम ढुङ्गानाले सञ्चालन गरेको पिस नेपाल ह्याण्डीक्राफ्ट उद्योगमा सिलिण्डर पड्किँदा नुवाकोटको बेलकोट बस्ने ३२ वर्षीय मजदुर काजी तामाङ्को मृत्यु भएको प्रहरी परिसर काठमाडौँका प्रवक्ता होविन्द्र बोगटीले जानकारी दिए । दुर्घटनामा गम्भीर घाइते भएका तामाङ्को उपचारका क्रममा अपरान्ह ३ः३० बजे महाराजगञ्जस्थित शिक्षण अस्पतालमा मृत्यु भएको प्रहरीले जनाएको छ । सो क्रममा उद्योगका मजदुर कैलाश श्रेष्ठ, राजकुमार विसी, रोशन तामाङ र अनिल पोखरेल घाइते भएका छन् । घाइतेको बयोधा अस्पतालमा उपचार भैरहेको छ । दुर्घटनाको यकिन कारण भने नखुलेको र अनुसन्धान भैरहेको प्रहरीले…
काठमाडौँ: पूर्वमन्त्री तथा कालिका कन्स्ट्रक्सनका प्रमुख विक्रम पाण्डे ४ करोड धरौटी बुझाएर छुटेका छन्। सिक्टा सिञ्चाइ आयोजनामा भ्रष्टाचार गरेको भन्दै अख्तियार दुरुपयोग अनुसन्धान आयोगले दायर गरेको भ्रष्टाचार मुद्दामा पाण्डे ४ धरौटी बुझाएर रिहा भएका हुन् । विशेष अदालतका अध्यक्ष न्यायाधीश बाबुराम रेग्मी, सदस्य न्यायाधीशहरू चण्डीराज ढकाल र नारायणप्रसाद पोखरेलको इजलासले मागेको उक्त रकम धरौटी बुझाएर पाण्डे तारेखमा छुटेको रजिष्ट्रार भिमकुमार श्रेष्ठले बताए। ‘उहाँले ग्लोबल बैंकबाट ४ करोडको बैंक ग्यारेण्टी ल्याउनु भयो र तारेख लिएर जानुभयो,’ उनले भने। पाण्डे आजै विशेष अदालतमा हाजिर हुन आएका थिए। उनको थुनछेक बयान र थुनछेक बहसपछि विशेषले ४ करोड धरौटी मागेको हो। अख्तियारले पाण्डेविरूद्ध २…
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले नेपाल विद्युत् प्राधिकरण नोलाइट शाखा मूलपानीमा कार्यरत तीन कर्मचारी विरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । प्राधिकरणको तार एक सेवाग्राहीको जग्गाबाट हटाइदिने भन्दै उनीहरुमाथि रु १५ हजार घुस लिएको अभियोग लागेको छ । आयोगले केही दिन पहिले इलेक्ट्रिकल सुपरभाइजर बद्रीनाथ न्यौपाने, हेल्पर काले थापामागर र ज्यालादारीमा काम गर्ने विदुर पुडासैनीलाई घुस माग्दा माग्दै गरेको अवस्थामा पक्राउ गरेको थियो । उनीहरुलाई बिगो बमोजिमको जरिवाना र कैद सजायको माग गर्दै मुद्दा दायर गरिएको प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिनुभयो ।