Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: नेपाली चेलीलाई ललाई फकाई भारतको बेश्यालयमा लागि मानव तस्करी गर्ने आरोप लागेका सन्तोष राईलाई प्रहरीले पक्राउ गरेको छ। भारतको नयाँ दिल्लीस्थित जी.वी रोडको बेश्यालयमा पुर्याई जबर्जस्ति बेश्यावृतिमा संलग्न गराउने गरेको पीडितहरुको जाहेरी अनुसार राईलाई प्रहरीले सोमबार धरानबाट पक्राउ गरेको हो, केन्द्रिय अनुसन्धान ब्युरोका प्रबक्ता तथा प्रहरी उपरीक्षक उमा प्रसाद चतुर्वेदीले बताए । राइ मानव बेचविखन तथा ओसारपसार दुवै कार्यमा संलग्न भएको प्रहरीको अभियोग छ । उनलाई प्रहरीले धरानको धरान न.पा.१७ स्थित धनकुटे रोडबाट पक्राउ गरी आबश्यक कारबाहीको लागि ई.प्र.का.धरान सुनसरीमा बुझाईएको छ, चतुर्वेदीले भने । उनी पनि धरानकै धरान-१७ कै स्थायी वासिन्दा हुन् । निज अभियुक्तले बिभिन्न बहानामा नेपालको…
काठमाडौँ: सभामुख कृष्णबहादुर महराले पर्यटन क्षेत्रको विकासमा आवश्यक कानूनी सुधारका लागि आफ्नो पूर्ण सहयोग रहने बताएका छन् । नेपाल एशोसियशन अफ टुर्र एण्ड ट्राभल एजेन्ट (नाट्टा)को ५२औँ वार्षिक साधारणसभाको अवसरमा आज यहाँ आयोजित कार्यक्रममा उनले मुलुकको समग्र आर्थिक विकासमा पर्यटन क्षेत्रको योगदान महत्वपूर्ण रहेको बताए । “विश्वभरका पर्यटकलाई नेपालका बारेमा प्रचारप्रसार गरी नेपाल आउन अभिप्रेरित गर्ने कार्यमा सक्रिय नाट्टाले खेलेको भूमिका सराहनीय छ,”–उनले भने । सभामुख महराले सम्भावना बोकेको देश नेपालको विकास गर्नका लागि नीतिगत, कानूनी क्षेत्रमा सुधार गर्नु जरुरी रहेको उनको भनाइ थियो । नेपाली काङ्ग्रेसका नेता ज्ञानेन्द्रबहादुर कार्कीले पर्यटन क्षेत्रलाई व्यवस्थित र मर्यादित बनाउन प्रतिनिधि सभाको सदस्यको हैसियतमा…
टीकापुर: माघीमा कैलालीका तीन स्थानीय तहले माघ २ गते सार्वजनिक बिदा दिएका छन् । टीकापुर नगरपालिका, लम्कीचुहा नगरपालिका र जानकी गाउँपालिकाले सार्वजनिक बिदा दिएका हुन् । ती तहले कार्यपालिका बैठकको निर्णयअनुसार माघीका लागि बिदा थप गरेका हुन् । टीकापुर नगरपालिकाका प्रशासकीय अधिकृत रञ्जु आचार्यले थारू समुदायको मुख्य पर्व अरु समुदायले पनि महत्व दिएर मनाउने भएकाले टीकापुर नगरपालिकामा माघ २ गते बिदा दिनुपरेको बताए । सार्वजनिक बिदाका दिन स्थानीय तहका कार्यपालिका कार्यालय, वडा कार्यालय र अन्य विषयगत कार्यालय बन्द रहने छन् ।
भतरपुर: त्रिशूली र कालीगण्डकीको सङ्गम देवघाट बेणिमा पौडी खेल्ने क्रममा एकजना युवा बेपत्ता भएका छन् । आज बिहान ९.३० बजे नदीमा पौडी खेल्न गएका नवलपुर गँैडाकोटका २४ वर्षीय अमृत भनिने चित्रबहादुर गुरुङ बेपत्ता भएको जिल्ला प्रहरी कार्यालय तनहुँका प्रहरी नायब उपरीक्षक श्याम अर्यालले जानकारी दिए। तनहुँतर्फबाट पोडी खेल्दै नवलपुरतर्फको भागमा पुगेका गुरुङ फर्कने क्रममा नदीको छालमा परेर बेपत्ता भएको अर्यालले बताए । उनी कान्तिपुर पब्लिकेशनको भरतपुर कार्यालयमा सहयोगीका रुपमा काम गर्दै आएका थिए । बेपत्ता अर्यालको सशस्त्र प्रहरीको विपत् व्यवस्थापन केन्द्र कुरिनटार चितवनबाट खटिएको टोलीले खोजी गरिरहेको छ ।
काभ्रेपलाञ्चोक: मण्डन देउपुर नगरपालिका–११ गैराथोकस्थित उमा सहशिक्षालय उच्च माध्यमिक विद्यालयबाट शैक्षिक भ्रमण गएकी बालिका चार दिनदेखि बेपत्ता भएकी छिन् । कक्षा ५ मा अध्ययनरत ११ वर्षीया सुनमाया तामाङ गत पुस २७ गतेदेखि भक्तपुरबाट हराएकी हुन् । उक्त विद्यालयले आयोजना गरेको शैक्षिक भ्रमणका बेला भक्तपुरस्थित दरबार क्षेत्रबाट हराएकी प्रधानाध्यापक शालिकराम श्रेष्ठले जानकारी दिए। नगरकोट, काठमाडौँ, मेलम्ची तथा दोलखामा समेत खोजी गर्दा भेट्न नसकिएको उनले बताए । शिक्षक र व्यवस्थापन समितिका पदाधिकारीको टोलीले उनको खोजी गर्दै आएको छ । बेपत्ता सुनमायाको खोजीका लागि विभिन्न स्थानका प्रहरी चौकीमा खबर गरिएको श्रेष्ठले बताए ।
गलेश्वर: माघेसङ्क्रान्ति तरुल, सखरखण्ड, चाकु, खिचडी र कन्दमूल खाएर मनाइने पर्व हो । पछिल्लो समय म्याग्दीका ग्रामीण क्षेत्रमा तरुल र कन्दमूल पाइन छोडेपछि गाउँलेले ब्रोइलर कुखुराको मासु र भात खाएर माघेसङ्क्रान्ति मनाउन थालेका छन् । शहरमुखी प्रवृत्तिका कारण खेती गर्ने, बारी, कान्ला र खोरियामा तरुल, सखरखण्डलगायत कन्दमूल लगाउने जनशक्ति अहिले गाउँमा छैन । अध्ययन, जागिर र वैदेशिक रोजगारीको बहानामा युवाले धमाधम गाउँ छोड्दैछन् भने पाको पुस्तासँग पनि पहिलेको जस्तो खेतबारीमा खनीखोस्री गर्ने, कन्दमूल लगाउने, खेतबारीका गह्रा र कान्ला मिलाउने, उकास्ने जाँगर मर्दै गएका कारण ग्रामीण भेगमा पहिलेदेखि हुने र पाइने गरेका फलफूल र कन्दमूल लोप हुँदै गएका छन् । “गाउँगाउँमा…
काठमाडौं : तरुलमा पनि नेपाल परनिर्भर छ । माघे संक्रान्ति मान्नसमेत तरुल आयात गर्नुपर्छ । कन्दमुल समूहमा पर्ने तरुलको माग यो चाडमा अत्यधिक हुन्छ । यसलाई चाकु र घिउसँगै खाइन्छ । उपत्यकामा मात्र एक सातामा झण्डै २० करोड रुपैयाँको तरुल बिक्री भएको छ । त्यसमध्ये १० प्रतिशत (करिब दुई करोड रुपैयाँको) सिम्मल (तराई जातको) तरुल भारतको उत्तर प्रदेशबाट आयात भएको छ । ‘अहिले आयात दर भने विस्तारै घट्दो क्रममा छ,’ नेपाल फलफूल तथा तरकारी व्यवसायी महासंघका अध्यक्ष खेमप्रसाद घिमिरेले भने, ‘स्वदेशमै ठूलो परिमाणमा उत्पादन हुन थालेकाले आयात दर घटेको छ ।’ महासंघका अनुसार यो वर्षको ६ दिन (पुस २५ गतेदेखि…
काठमाडौँ: नेपाल दूरसञ्चार कम्पनी लिमिटेडले आर्थिक वर्ष २०७४÷७५ को मुनाफा रकममध्येबाट प्रति शेयर रु ५५ का दरले शेयरधनीलाई नगद लाभांश वितरण गर्ने भएको छ । कम्पनीको सोमबार सम्पन्न ११औँ वार्षिक साधारणसभाले उक्त नगद लाभांश प्रस्ताव सर्वसम्मतले पारित गरेको टेलिकमका प्रवक्ता प्रतिभा वैद्यले जानकारी दिए । लाभांश रकम आजदेखि एनएमबी बैंकमार्फत शेयरधनीलाई वितरण गर्ने व्यवस्था गरिएको छ । एकानब्बे प्रतिशतभन्दा बढी शेयरधनीको उपस्थिति रहेको सभाले आव २०७४÷७५ का लागि विभिन्न प्रतिवेदन पारित गरेको छ । सञ्चालक समितिको प्रतिवेदन र लेखापरीक्षकको प्रतिवेदनसहितको २०७५ असार मसान्तको वासलात तथा सोही मितिमा समाप्त हुने आव २०७४÷७५ को नाफा नोक्सान हिसाब तथा सोही अवधिको नगद प्रवाह…
नेपालगंज: भारतका केन्द्रिय गृहमन्त्री राजनाथ सिंहले नेपालगञ्ज नाकामा निर्माणाधीन सुक्खा बन्दर्गाहाको लागि एकिकृत जांच चौकी (आइसीपी) को शिलान्यास गरेका छन् । चौकी निर्माणपाछी नेपाल-भारत सीमामा सुरक्षा सहजता हुने उनले दावी गरे । यसका लागि भारतले दुई सय करोड भारु खर्च गर्दैछ । करिव डेढ दशकदेखि नेपालगंजमा सुक्खा बन्दरगाहाका रुपमा आइसीपी निर्माण पहाल थालिएको थियो । तर सोमबारमात्रै भारतीय अधिकारीले औपचारिक रुपमा यसको शिलान्यास गरेका हुन् ।भारतीय गृहमन्त्री सिंहले छिमेकी मुलुकसंग सौहार्दपूर्ण व्यवहार गरिरहेको दावी गरे। उनले साथि हरु बदलिन सक्ने तर छिमेकी कहिल्यै बदलिन नसक्ने बताए। नेपाल सरकारले बन्दरगाहा सुरक्षा लक्षित गरी सशस्त्र प्रहरी बस्ने घर निर्माण गरिसकेको छ। तर…
चितवन: पवीत्र तीर्थस्थल देवघाटधामको वेणीमा आज बिहान ध्वजाले सजिएको बाँसको लिङ्गो ठड्याएर माघे सङ्क्रान्ति मेलाको विधिवत् शुभारम्भ गरिएको छ । हरिहर सन्यास आश्रमका पीठाधीस्श ज्ञानानन्द सरस्वती, महेश सन्ध्यास आश्रमका मधुसुधानन्द गिरी, गलेश्वर आश्रमका अद्योतानन्द गिरी लगायतको उपस्थितिमा लिङ्गो ठड्याइएको हो । देवघाट क्षेत्र विकास समितिका अध्यक्ष शिवराज पौडेलका अनुसार सो अवसरमा शालिग्रामवाहिनी कृष्णागण्डकी र त्रिशूली नदीको सङ्गममा गङ्गाजीको विधिवत् पूजाआजा गरी बटुकहरुले स्वस्तिवाचन गरेका थिए । सन्त, महन्थ, तीर्थालु भक्तजन, विभिन्न गुरुकुलका विद्यार्थी, देवघाट क्षेत्र विकास समितिका पदाधिकारी तथा सदस्यलगायतको सो अवसरमा उपस्थिति थियो । लिङ्गो ठड्याएसँगै आजदेखि औपचारिक रुपमा माघे सङ्क्रान्ति मेला अर्थात मकर मेला शुरु भएको हो ।…