Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
भक्तपुर: काठमाडौँ कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कूल रु छ करोड ५० लाख लगनीमा शुरु हुनलागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोटमा आफ्नै कृषक बाबु श्यामबहादुर र आमाले अथक मेहनतले उब्जाएको एक मुठा फर्सीको मुन्टा बिचौलियाले रु १० मा किनेर एक किलोमिटर पर गठ्ठाघरमा रु ३० मा बिक्री गरेको देखेपछि बिचौलियाको दलाली अन्त्य गर्ने अठोटका साथ तरकारी बजार निर्माण गर्न आफू जुटेको नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य एवं युवानेता श्यामसुन्दर बस्नेतले बताए…
काठमाडौं: नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदका लागि अन्तिम तीन जनाको नाम सिफारिस गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रवन्ध निर्देशकका लागि अन्तिम तीन जना डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेर मन्त्रिपरिषद लगिने छ। यस पदका लागि जम्मा ११ जनाले आवेदन दिएका थिए । टेलिकममा प्रवन्ध निर्देशक बन्न ९ जनाले आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राखेका थिए । प्रतिस्पर्धामा सानउल्लाह खान, विमल आचार्य, गोकर्णप्रसाद सिटौला, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले पनि आवेदन दिएका थिए । सरकारले पूर्व प्रवन्ध निर्देशक कामिनी राज भण्डारीलाई बर्खास्त गरेपछि उक्त पद रिता रहेको थियो ।…
काठमाडौँ: तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच अक्सन हुने जानकारी दिनुभयो । यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता गत मङ्गलबारसम्मका लागि तोकिएको थियो । यस पटक खेलाडीको वर्गीकरण गरिएको छैन । खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन् । जसअनुसार प्रतियोगितामा सहभागी टोलीले खेलाडी किन्नेछन् । अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ । छ टोली सहभागी हुने…
सोलुखुम्बु: नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ । फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको निगमले जनाएको छ । गत कात्तिक ९ गतेदेखि प्रत्येक हप्ताको शुक्रबारका लागि सो उडान तालिका राखिएको थियो । विमानले उडान भर्न तयार भए पनि यात्रु नपाएको भन्दै तालिका रद्द गरेको निगमको फाप्लुका इन्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार वायुसेवा निगमले यही पुस २४ गते ८ तारिखदेखि लागू हुने गरी उडान तालिका रद्द गरेको हो । अब यात्रु भए पनि उडान नहुने इन्चार्ज श्रेष्ठले बताए । सोलुखुम्बुका नागरिक भने सल्लेरी विराटनगर सिधा सडक सञ्जाल जोडिएकाले सडक मार्गहँुदै जाने गरेका छन्…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई रु १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बार्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गरिने छ । कम्पनीको कूल चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर बिक्री गरेपछि सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले दोलखामा खानीखोला एक जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने तयारी गरेको छ । सो आयोजनाको क्षमता ४० मेगावाट रहेको छ तर हाल सो आयोजनाले २५ मेगावाट क्षमताको आयोजना मात्रै सञ्चालनमा ल्याउने तयारी गरेको…
सङ्खुवासभा: सङ्खुवासभा जिल्ला विद्युत्मा आत्मनिर्भर बनेको छ । स्थानीय खोलानालाबाट पेल्ट्रीसेट, माइक्रोहाइड्रो र हाइड्रोपावर सञ्चालनले जिल्लामा लोडसेडिङ अन्त्य भएको छ । बर्खायामको समय आफ्नै जिल्लामा उत्पादन भएको विद्युत् बढी हुने नेपाल विद्युत् प्राधिकरण शाखा कार्यालय खाँदबारीका प्रमुख ध्रुव अधिकारीले जानकारी दिए । सङ्खुवासभामा हाल ११.८५ मेगावाट आन्तरिक उत्पादन रहेको छ । जिल्लामा सभाखोलाबाट ४.४ मेगावाट, हेवाखोलाबाट ३.२ मेगावाट, पिलुवा–१ बाट तीन मेगावाट र लोवर पिलुवाबाट एक मेगावाट विद्युत् उत्पादन हुँदै आएको छ । जिल्लामा हिउँदको समयमा भने आधाभन्दा बढी उत्पादन घट्ने गरेको विद्युत् प्राधिकरण सङ्खुवासभा वितरण केन्द्रका प्रमुख अधिकारीले जानकारी दिए । जिल्लामा १० भन्दा बढी साना खोलाबाट ‘माइक्रोहाइड्रो’ सञ्चालन…
काठमाडौँ: सन् हियुंङ मिनको गति र बेजोडको लयले दक्षिण कोरिया एसियन कप फुटबलमा ५९ वर्षे प्रतीक्षा समाप्त गरी महादेशीय बादशाहको रुपमा ताज जित उत्सुक छ । यसपल्टदेखि विस्तार गरेर २४ टोली सहभागी हुने एसिया कप शनिबार युएईमा शुरु हुँदै छ। साविक विजेता अस्ट्रेलिया, चारपल्टको विजेता जापान, कार्लोस क्विरोजको प्रशिक्षणलमा रहेको इरान र आयोजक युएई प्रतियोगिताका स्वाभाविक दावेदार हुन्। तर सबै टोली पाउलो बेन्टोको प्रशिक्षणमा रहेको कोरियालीलाई छल्न चाहन्छन्। सन् २०१५ को उपविजेता दक्षिण कोरियाले हालैका दिनमा अन्तर्राष्ट्रियस्तरमा अलग पहिचान बनाएको छ। विश्वकपमा साविक विजेता जर्मनीलाई समुहा चरणबाटै घर पठाएको कोरियाले त्यसको दुई महिनापछि १८ औं एशियाली खेलकुदमा स्वर्ण जितेको थियो।…
खोटाङ: आगामी माघ तेस्रो साता खोटाङमा आठौँ लाटोकोसेरो तथा हुचिल महोत्सव गरिने भएको छ । अन्तर्राष्ट्रिय लाटोकोसेरो दिवसको अवसर पारेर दिक्तेल रुपाकोट मझुवागढी नगरपालिका–१२ जालपामा नेपाल लाटोकोसेरो तथा हुचिल उत्सव गर्न लागिएको हो । लाटोकोसेरो तथा हुचिल संरक्षणमा टेवा पु¥याउने उद्देश्यले प्रकृतिका साथीहरु नामक संस्था र वडा कार्यालय जालपाको सहकार्यमा माघ १८ र १९ गते उत्सव आयोजना गरिएको मूल आयोजक समितिका संयोजक एवं वडाध्यक्ष विकास राईले बताउनुभयो । उत्सवको पहिलो दिन लाटोकोसेरोसम्बन्धी लघु म्युजियम प्रदर्शनी, विभिन्न प्रजातिको चरा अवलोकन, प्रकृतिको तस्वीर खिच्ने, घिर गाडे, झुलो चकमक र लाथ्रोलगायत लोपोन्मुख खेल प्रदर्शनी गरिने शुक्रबार दिक्तेलमा आयोजित पत्रकार सम्मेलनमा जनाइएको छ ।…
भरतपुर: चितवनको इच्छाकामना गाँउपालिकाले राजमार्ग क्षेत्र र मुख्य बजारमा निस्कने फोहर ब्यवस्थापन गर्न फोहर संकलन तथा ब्यवस्थापन केन्द्र स्थापना गरेको छ । फोहरलाई सुरक्षित रूपमा व्यवस्थापन गरी त्यसलाई आम्दानीको रूपमा विकास गर्ने उद्देश्यले इच्छाकामना गाँउपालिका ४ कुरिनटारमा केन्द्र निर्माण गरेको हो । फोहर ब्यवस्थापन केन्द्र निर्माणको काम सकिएको र पुस महिना भित्रै संचालनमा आउने इच्छाकामना गाँउपालिकाकी अध्यक्ष गीता गुरुङले जानकारी दिए । “फोहर ब्यवस्थापन केन्द्र संचालन पश्चात त्रिशुली नदी र राजमार्ग आसपासको क्षेत्र प्रदुषित हुनबाट रोकिनेछ, अध्यक्ष गुरुङले भने’, सुन्दर गाँउपालिका निर्माणका लागी फोहर ब्यवस्थापनलाई बिशेष प्राथमिकतामा राखेका हौं ।” रु १३ लाखको लागतमा फोहर ब्यवस्थापन केन्द्र निर्माण गरिएको उनले…
काठमाडौं: साढे तीन महिनादेखि खाली नेपाल प्रहरीका १५ एसएसपीको पदपूर्ति तत्काल गर्न प्रहरी नियमावली संशोधन गर्न लागिएकोमा लोकसेवा आयोगले अस्वीकार गरेको छ । लोकसेवाले प्रहरी नियमावली संशोधन गर्न नमिल्ने राय गृह मन्त्रालयलाई दिएको हो । यो खबर आजको नयाँपत्रिका दैनिकमा छापिएको छ । एसपीबाट एसएसपी हुन चार वर्ष पदावधि पुग्नुपर्ने प्रावधान हेरफेर गरेर तीनवर्षे पदावधि कायम गर्दै बढुवा प्रक्रिया बढाउने तयारीमा मन्त्रालय थियो । तर, लोकसेवाले प्रावधान फेर्न सहमति नदिएपछि अब आगामी फागुनमा मात्रै एसएसपीमा बढुवा हुने भएको छ । अहिलेका एसपीहरूको पदावधि १० फागुनमा चार वर्ष पुग्छ । लोकसेवाले नियमावली परिवर्तन गर्नुभन्दा संघीय प्रहरी ऐनमै एसपी बढुवाका लागि तीनवर्षे…