Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- चेम्बरद्वारा उद्योगमन्त्रीलाई व्यापारिक उधारो असुलीसम्बन्धी विधेयकको प्रारम्भिक मस्यौदा हस्तान्तरण
- सुरक्षाकर्मीलाई जलविद्युत् आयोजनाको आईपीओमा २ प्रतिशत सहभागिता दिने तयारी
- आईपिओको तयारीमा रहेको चितवनको रोयल टुलिपले पायो पाँचतारे डिलक्स मान्यता
- न्यून चापीय क्षेत्र थप शक्तिशाली बन्दै, शुक्रबारदेखि अति भारी वर्षाको सम्भावना
- कांग्रेसको पालिका अधिवेशन सुरू
- प्रधानमन्त्री बालेनलाई उनकै कार्यकक्षबाट कार्यवाहक प्रधानमन्त्री वाग्लेले गरे बिदाइ
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: देशकै एकमात्र अन्तर्राष्ट्रिय दशरथ रङ्गशालामा खेलकुद गतिविधि नभएको चार वर्ष हुन लाग्यो । विसं २०७२ को विनाशकारी ‘गोरखा भूकम्प’का कारण क्षतिग्रस्त बनेपछि त्रिपुरेश्वरस्थित उक्त रङ्गशालामा कुनै पनि खेलकुदका गतिविधि हुन सकेका छैनन् । भूकम्प गएको आउँदो वैशाखमा चार वर्ष पूरा हुँदैछ । तर, रङ्गशाला पुनःनिर्माणको काम ७० प्रतिशत हाराहारीमा मात्र भएको छ । भूकम्प गएको करिब दुई वर्षसम्म रङ्गशाला पुनःनिर्माणको काम शुरु नै हुन सकेन । गत जेठदेखि मात्र पुनःनिर्माणले गति लिए पनि तोकिएको समयसीमा आगामी फागुन पहिलो सातासम्म पुनःनिर्माण नसकिने भएको छ । आगामी फागुन पहिलो सातासम्म रङ्गशाला निर्माण सम्पन्न गर्ने र फागुन अन्तिम साता हुने तय भएको…
काठमाडौँ: वन तथा वातावरण मन्त्रालयअन्तर्गतका द टिम्बर कर्पाेरेशन अफ नेपाल लिमिटेड र वन पैदावार विकास समिति गाभेर ‘नेपाल वन निगम’ बनाउने प्रक्रिया तीव्र गतिमा अघि बढेको छ । नेपाल सरकार, मन्त्रिपरिषद्ले गत साउन १८ गते दुवै संस्थालाई एकापसमा गाभ्ने निर्णय गरेको थियो । उक्त निर्णयअनुसार दुवै संस्थाका सञ्चालक समिति र कर्मचारीको संयुक्त बैठक बसेर गाभ्ने प्रक्रिया अघि बढाएका छन् । मन्त्रिपरिषद्को सो निर्णयलगत्तै मन्त्रालयले एकीकरण प्रक्रियाका सम्बन्धमा आवश्यक अध्ययन गर्न मन्त्रालयका सहसचिव चन्द्रमान श्रेष्ठको संयोजकत्वमा समिति गठन गरेको थियो । समितिले दुवै संस्थासँग आवश्यक परामर्श गरी प्रारम्भिक प्रतिवेदन तयार गर्नुका साथै सोहीअनुसार गृहकार्य अघि बढेको सहसचिव श्रेष्ठले जानकारी दिए। गत…
भोजपुर: जिल्लाको आमचोक गाउँपालिकाले ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति र असक्तलाई सवारीसाधनमा छुट गराएको छ । गाउँपालिकाले यातायात व्यावसायीसँग सहकार्य गरेर त्यस्ता व्यक्तिलाई ५० प्रतिशत छुट दिने व्यवस्था गरेको गाउँपालिका अध्यक्ष अशोक राईले जानकारी दिए। छुटको व्यवस्था कार्यान्वयनका लागि ज्येष्ठ नागरिक, अपाङ्गता भएका व्यक्ति तथा असक्तलाई तत्काल परिचयपत्र दिने गाउँपालिकाले जनाएको छ । साथै गाउँपालिकाले सवारी दुर्घटना न्यूनीनकरण गर्न सवारी चालक अनुमतिपत्र नबोक्ने, क्षमताभन्दा बढी यात्रु बोक्ने सवारीसाधनलाई कारवाही गर्ने भएको छ ।
काठमाडौँ: नेपाली राष्ट्रिय टोलीका युवा बलर सन्दीप लामिछाने बङ्गलादेश प्रिमियर लिग (बिपिएल) क्रिकेट खेल्न आज बिहान बङ्गलादेश पुगेका छन्। अष्ट्रेलियामा जारी ‘बिग बास लिग’ खेलेर सन्दीप अष्ट्रेलियाबाटै बङ्गलादेश प्रस्थान गरेका हुन् । सन्दीपले सामाजिक सञ्जाल ट्वीटरमार्फत आफू बङ्गलादेश प्रस्थान गरेको बताएका छन् । अष्ट्रेलियामा मेलबर्न स्टार्स क्लबबाट त्यहाँको लिग खेलिरहेका सन्दीपले लगातार चार खेल खेल्दै आठ विकेट लिएका थिए । सन्दीपले स्यलहेट सिक्सर्सबाट बङ्गलादेश प्रिमियर लिग खेल्ने छन् । बिपिएल क्रिकेट आगामी शनिबारदेखि शुरु हुनेछ । बङ्गलादेश प्रिमियर लिगपछि सन्दीप नेपाली टोलीमा सामेल हुनेछन् । नेपालले माघको दोस्रो साताबाट युएईसँग उसैको मैदानमा एक दिवसीय र टी–२० शृङ्खला खेल्नेछ । बिग…
काठमाडौँ: राष्ट्रपति विद्यादेवी भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर राणालाई पद तथा गोपनीयताको शपथ ग्रहण गराएकी छिन्। शीतलनिवासस्थित राष्ट्रपति कार्यालयमा आज आयोजना गरिएको विशेष समारोहका बीच राष्ट्रपति भण्डारीले नवनियुक्त प्रधानन्यायाधीश राणालाई पद तथा गोपनीयताको शपथ गराएकी हुन् । समारोहमा उपराष्ट्रपति नन्दबहादुर पुन, प्रधानमन्त्री केपी शर्मा ओली, सभामुख कृष्णबहादुर महरा, कानून, न्याय तथा संसदीय मामिलामन्त्री भानुभक्त ढकाल, सर्वोच्च अदालतका न्यायाधीशलगायतको उपस्थिति रहेको थियो । राणालाई मङ्गलबार संसदीय सुनुवाइ समितिबाट सर्वसम्मत अनुमोदन गरिएको थियो । उमेरहदका कारण प्रधानन्यायाधीश ओमप्रकाश मिश्रले मङ्गलबारबाट अवकाश लिएपछि नेपालको २९औँ प्रधानन्यायाधीशको कार्यभार सम्हाल्ने अवसर राणालाई मिलेको हो । पिता युवराजशम्शेर र माता उमा राज्यलक्ष्मीका सन्तानका रुपमा विसं २०१४ मङ्सिर…
काठमाडौँ: नेपाल वायुसेवा निगमका लागि वाइडबडी विमान खरिदमा अनियमितता भएको ठहर गर्दै संसद्को सार्वजनिक लेखा समितअन्तर्गत गठित छानबिन उपसमितिले बहालवाला मन्त्री, पूर्वमन्त्री, सचिव र निगमका महाप्रबन्धक समेतलाई कारवाहीका लागि निर्देशन दिन समितिलाई सिफारिस गरेको छ । सांसद राजेन्द्र केसीको संयोजकत्वमा गठित उपसमितिले समितिलाई ५२ पृष्ठ लामो प्रतिवेदन बुझाउँदै बहालवाला संस्कृति पर्यटन तथा नागरिक उड्यन मन्त्री रविन्द्र अधिकारी, पूर्वमन्त्रीद्वय जीवनबहादुर शाही र जितेन्द्रनारायण देव, पर्यटन मन्त्रालयका बहालवाला सचिव कृष्णप्रसाद देवकोटा र पूर्वपर्यटन सचिव समेत रहेका गृहसचिव प्रेमकुमार राई तथा निगमका महाप्रबन्धक सुगतरत्न कंसाकारलाई कारवाहीका सरकार र अख्तियार दुरूपयोग अनुसन्धान आयोगलाई निर्देशन दिन समितिलाई सिफारिस गरेको हो । उपसमितिले निगमका महाप्रबन्धक कंसकारलाई…
काठमाडौँ: महानगरीय ट्राफिक प्रहरी महाशाखाले पाँच पटकभन्दा बढी मादक पदार्थ सेवन गरेर सवारीसाधन चलाउने ४२३ चालकको सवारी अनुमतिपत्र (लाइसेन्स) खारेज गरेको छ । महाशाखाले पटक÷पटक मापसे सेवन गरेर सवारीसाधन चलाएपछि लाइसेन्समा प्वाल पार्दै आएको थियो । विसं २०६८ मङ्सिर १७ देखि मापसे जाँच अभियान थालिएको हो । महाशाखाले २०६९ मङ्सिर २२ गतेदेखि मापसे गरी सवारीसाधन चलाउने चालकको लाइसेन्समा प्वाल पार्न थालेको हो । हालसम्म विभिन्न चरणमा गरी एक लाख ७८ हजार १९८ चालकको लाइसेन्समा प्वाल पारिएको महाशाखाका प्रमुख एवं प्रहरी वरिष्ठ उपरीक्षक बसन्तकुमार पन्तले जानकारी दिए । पहिलोपटक एक लाख ३७ हजार ९५२, दोस्रो पटक २६ हजार ७२७, तेस्रो पटक…
काठमाडौँ: प्रधानसेनापति पूर्णचन्द्र थापाले उपरथी सरदकुमार गिरीलाई आज जंगी अड्डामा आयोजित विशेष कार्यक्रममा रथी दर्जाको दज्र्यानी चिन्ह प्रदान गरेका छन्। मन्त्रिपरिषद्को यही पुस १३ गतेको निर्णयअनुसार उपरथी गिरी रथी दर्जामा पदोन्नति हुनुभएको हो । रथी दर्जामा पदोन्नति हुनुभएका रथी गिरीलाई बलाध्यक्षको जिम्मेवारी दिइएको सैनिक जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । कार्यक्रममा नेपाली सेनाका रथीवृन्द तथा अधिकृतको उपस्थिति थियो । प्रधानसेनापति थापाले आजै बाराको जितपुरस्थित श्री नं २८ बाहिनी अड्डा र महोत्तरी किसाननगरस्थित राष्ट्रिय सेवादल मध्यपूर्वी तालीम शिक्षालयको निरीक्षण भ्रमण गरी स्थलगत वस्तुस्थिति, तालीम, बन्दोबस्तीलगायत अन्य विविध पक्षबारे जानकारी लिएको नेपाली सेनाले जनाएको छ ।
काठमाडौँ: करिव तीन अर्व रुपैयाँ राजस्व नबुझाउने दूरसञ्चार कम्पनीहरुमाथि संसद्को अर्थ समितिलेल अध्ययन थालेको छ। संचार तथा सूचना प्रविधि मन्त्रलाय र अर्थ मन्त्रालयसंग बक्यौताको विवरण माग गर्दै अध्ययन सुरु गरेको हो। समितिले आइतबार दुवै मन्त्रालयलाई पत्र पठाएर सात दिनभित्र बक्यौता सम्बन्धि विवरण पेस गर्न भनेको छ। ‘दूरसञ्चार सेवा प्रदायकहरुले तिर्नुपर्ने रोयल्टी, आयाकर्लागायतका कारहरु समयमा भुक्तानी गरे नगरेको, नगरेको भए कमपनीहरुको बक्यौता रकम र अवधिसमबन्धि विस्तृत विवरण सात दिनभित्र सिमितिमा आइपुग्ने गरी उपलब्ध गराउनु’, समितिले पठाएको पत्रमा भनिएको छ। समितिका सचिव सुरेन्द्र अर्यालले दूरसंचार कम्पनीबाट सरकाले प्राप्त गर्नुपर्ने बक्यौता नउठेको विषयमा बृहत छलफल गर्न विवरण माग गरेको बताए। कम्पनीहरुले किन बक्यौता…
काठमाडौं : चिकित्सा शिक्षा ऐन तत्काल पारित गर्नुपर्नेलगायतका माग राखेका डा. गोविन्द केसीले इलामबाट अनशन सुरु गर्ने भएका छन। सोहौं पटकको अनशनका लागि उनी मंगलबार बिहान सुटुक्क इलाम पुगेका हुन्। डा. अभिषेक राज सिंहले ट्विट गर्दै यसपटकको लडाईं इलामबाट लड्ने जनाएका छन्। ट्वीटमा उनले लेखेका छन्, ‘आशा छ, सरकार समयमै गम्भीर बन्ने छ र माग सम्बोधन हुने छ।’ १५ औं सत्याग्रहका बेला गत साउन १० गते सरकार र डा. केसीबीच सम्झौता भएको थियो। चिकित्सा शिक्षा विधेयक अगाडि बढाउने क्रममा विगतमा गरिएका सम्झौता उल्लंघन गर्ने चलखेल भए कुनै पनि बेला अनशन बस्ने चेतावनी यस अघि दिएका थिए। डा. केसीले संसदको शिक्षा…