Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: १५ हजार दिनुस्। आजै काम बन्छ।’ लेखा अधिकृतको आदेशअनुसार लेखापढी व्यवसायीले सेवाग्राहीसँग सिधै पैसा मागे। सेवाग्राहीले पैसा दिन मानेनन्। काम नबनेपछि व्यवसायी अधिकृतको नजिक गइ कानेखुसी गर्न थाले। ती व्यवसायी एकैछिनमा फेरि सेवाग्राही भएको ठाउँमा गए। १५ सयमा बन्ने कामको लागि १५ हजार तिर्न नसकिने भन्दै सेवाग्राही बाहिरिए। आइतबार अपरान्ह ४:१० बजे भक्तपुर मालपोत कार्यालयको भुँई तलामा देखिएको दृश्य हो यो। यो समाचार आजको अन्नपूर्ण पोस्ट दैनिकमा छ । विहान १२ बजे। कार्यालयमा भिड थियो। सेवाग्राही फाइल बोकेर दौडिरहेका थिए। व्यस्त समयमा खरदार चित्रप्रसाद खतिवडा भने पटकपटक कार्यकक्ष छाडेर कार्यालय परिसरमा निस्किरहे। एकजना चस्मा लगाएका व्यक्ति उनको प्रतिक्षामा थिए।…
काठमाडौँ: ‘तपस्वी’ रामबहादुर बम्जनको आश्रममा अनुयायीको हत्या भएको प्रमाण फेला परेको प्रहरीले दाबी गरेको छ । गत शुक्रबार र शनिबार केन्द्रीय अनुसन्धान ब्युरो (सीआईबी) , जिल्ला प्रहरी कार्यालय सिन्धुपाल्चोक र इलाका प्रहरी कार्यालय नवलपुरको संयुक्त टोलीले बम्जनको आश्रममा छापा मारेको थियो । यो समाचार आजको अन्नपूर्ण पोस्ट् दैनिकमा छ । फरेन्सिक विज्ञसहित काठमाडौँबाट पुगेको सीआईबीको टोलीले स्थानीय प्रहरीसँगको समन्वयमा सिन्धुपाल्चोकको इन्द्रावती गाउँपालिका–६ बाँडेगाउँस्थित बम्जनको आश्रममा अनुसन्धान गर्दा अनुयायी हत्यासम्बन्धी केही प्रमाण फेला परेको हो । अनुयायीका अनुसार खाडल उत्खननको क्रममा प्रहरीले आयोडिन नुनका नौ वटा खाली प्याकेट बरामद गरेको छ । तर, खाडलबाट शवको कुनै अवशेष भने प्रहरीले फेला पार्न…
काठमाडौं । राष्ट्रिय अनुसन्धान विभागका प्रमुख दिलिप रेग्मीलाई सरकारले बर्खास्त गरेको छ । सोमबार बसेको मन्त्रिपरिषद्को बैठकले रेग्मीलाई बर्खास्त गर्दै विभागको नयाँ प्रमुखमा एआईजी गणेश अधिकारीलाई नियुक्त गरेको छ । विभागका नवनियुक्त प्रमुख अधिकारीले पहिलोक्लिकसंग कुरा गर्दै भने, ‘सरकारले आफुलाई विभागको प्रमुखको रुपमा पत्र प्राप्त भएको र आजै पदवहाली गरिसकेको छु।’ ३० बर्षे सेवा अवधिका कारण आगामी जेठ १५ गते अनिवार्य अवकाश पाउने भएपनि सरकारले दिलिप रेग्मीलाई पदावधी नपुग्दै बर्खास्त गरेको छ । नवनियुक्त प्रमुख रेग्मीको पनि पदावधी आगामी जेठ १३ गते सकिन्छ ।
काठमाडौँ: मानव बेचबिखनको आरोप लागेपछि विवादमा परेकी अस्ट्रेलियाका लागि नेपाली राजदूत लक्की शेर्पालाई सरकारले बर्खास्त गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले शेर्पालाई पदबाट बर्खास्त गर्ने निर्णय गरेको हो । पूर्वचालक वाङ्छु शेर्पाले लक्कीलाई एकमहिनाअघि मानव बेचबिखनको आरोप लगाएका थिए । त्यसपछि उनी विवादमा परेकी थिइन् । विवादमा आएपछि नेपाली काँग्रेस र सत्ता पक्षका सांसदहरुले उनीमाथी छानविनको माग गरेका थिए । विवादमाथि छानबिन गर्दै परराष्ट्र मन्त्रालयले शेर्पालाई राजदूत कायमै राख्न उचित नहुने ठहर गरेको थियो । परराष्ट्रको ठहरपछि शेर्पालाई राजीनामा दिन निर्देशन दिएपनि उनले अटेरी गरेपछि उनी बर्खास्तमा परेकी हुन्।
काठमाडौं: नेपाल टेलिकमका नवनियुक्त प्रबन्ध निर्देशक (एमडी) डिल्लीराम अधिकारीले पदभार ग्रहण गरेका छन् । उनलाई नेपाल सरकारको २०७५ पुस १९ गतेको निर्णय वमोजिम ३ वर्षका लागि प्रबन्ध निर्देशक पदमा नियुक्त गरिएको हो । पदभार ग्रहण गर्दै नवनियुक्त प्रबन्ध निर्देशक अधिकारीले आफ्नो व्यावसायिक कार्य योजनाको मूल्यांकनको आधारमा नेपाल टेलिकमको प्रबन्ध निर्देशकको गहन जिम्मेवारी बहन गर्ने अवसर दिएकोमा नेपाल सरकार, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयप्रति आभार प्रकट गरेका छन्। उनले प्रविधिको विकास र बजारको प्रतिस्पर्धा तथा समयमा परियोजनाहरु अगाडि बढ्न नसक्दा कम्पनीको सेवा प्रवाह, गुणस्तर र राजस्व वृद्धिमा देखिएको चुनौतीलाई सामना गर्दै अगाडि बढ्न कर्मचारीहरुलाई आह्वान गरे । उनले काममा ढिलासुस्ती, अधिकारको…
काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशम्सेर जबराले न्यायापालिकाप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न सातै प्रदेशका मुख्य न्यायाधीशलाई निर्देशन दिनुभएको छ । सर्वोच्च अदालतमा आज आयोजित सातवटै उच्च अदालतका मुख्य न्यायाधीश र उच्च अदालत मातहतका इजलासमा मुख्य भई काम गर्ने न्यायाधीशसँगको छलफलमा न्यायापालिकाको सवालमा वर्तमान समयमा धेरै प्रश्न उठिरहेकाले न्यायालयप्रति जनआस्था वृद्धि गर्ने तरिकाले काम गर्न निर्देशन दिनुभएको हो । उहाँले भन्नुभयो, “स्वतन्त्र र सक्षम न्यायापालिकाको अवधारणालाई सही मार्गमा लैजानुपर्छ, अदालतप्रति ठडिएको औँलालाई सम्बोधन गर्न अधिकारभन्दा कर्तव्यलाई मुख्य न्यायाधीशले ध्यान दिनुपर्छ ।” उहाँले जनताको न्यायापालिकाप्रतिको गुनासो र आमजनतामा न्यायापालिकाप्रतिको धारणालाई परिवर्तन गर्न मुद्दा फछ्र्यौटले मात्रै नहुने उल्लेख गर्दै अदालतलाई सुदृढ बनाउने सवालमा कुनै…
काठमाडौँ: नेपालले जापानमा कामदार पठाउँदा भर्ना र छनोट प्रणालीलाई पारदर्शी तथा भरपर्दो बनाइनुपर्नेमा जोड दिएको छ । श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री गोकर्ण विष्टसँग नेपालका लागि जापानी राजदूत मासामिची साइगोले गरेको शिष्टाचार भेटमा उनले कामदारको योग्यता, क्षमता, सीप र दक्षताका आधारमा प्रतिस्पर्धात्मक प्रक्रियाद्वारा कामदारको छनोट पारदर्शी रुपमा हुनुपर्ने बताए। नेपाली युवा कामका लागि जापान जाँदा कुनै मध्यस्थता वा विचौलियाको ठगीमा नपरून् भन्ने विषयमा सरकार सजग रहेको समेत उनले बताए। सो अवसरमा उहाँहरुबीच दुवै देशको पारस्पारिक हित अनकूल उपयुक्त विधि, प्रक्रिया र संयन्त्र तयार गरी अपेक्षित समयमा नै जापान कामदार पठाउने प्रक्रिया अगाडि बढाउने विषयमा समेत छलफल भएको थियो । भेटमा…
भक्तपुर: भक्तपुर सूर्यविनायक नपा–७ स्थित सानिमा बैंकको एटिएम मेशिन फोरी चोरी गरेको आरोपमा प्रहरीले आज दुई जनालाई पक्राउ गरेको छ । पक्राउ पर्नेमा काभ्रे तेमाल गाउँपालिका–२ सस्र्युखर्क घर भई हाल काभ्रे बनेपा बस्ने ३९ वर्षीय रमेश पाण्डे र सूर्यविनायक नगरपालिका–६ का २६ वर्षीय दिनेश सुकुभुटू रहेको महानगरीय प्रहरी वृत्त जगाती भक्तपुरले जनाएको छ । बैंकले दिएको उजुरीका आधारमा दुबै जनालाई पक्राउ गरी आवश्यक अनुसन्धान शुरु गरेको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रहरी नायब उपरीक्षक रेवतीरमण पोखरेलले जानकारी दिनुभयो ।
भोजपुर: जिल्ला अदालत भोजपुरले आफ्नै श्रीमतीलाई जबर्जस्ती करणी गर्ने एक जनालाई ६ महीना कैद सजाएको फैसला गरेको छ । अदालतले भोजपुर नगरपालिका–९ पानीट्याङ्की बस्दै आएका हेटौँडा उपमहानगरपालिका–३ मकवानपुरका ३० वर्षीय अजय भन्ने अनिल तामाङलाई ६ महीना कैद र रु ५० हजार क्षतिपूर्तिको फैसला गरेको हो । न्यायाधीश हरिश्चन्द्र इङनामको एकल इजालसले मुलुकी अपराध संहिता ऐन, २०७४ को उपदफा ४ मा उल्लेखित २२८ बमोजिम कैद र क्षतिपूर्तिको फैसला गरेको अदालतले जनाएको छ । तामाङले गत असोज २४ गते आफ्नो इच्छा विपरीत करणी गरेको भन्दै श्रीमतीले प्रहरीमा उजुरी दिएपछि गत असोज २५ गते प्रहरीले उनलाई पक्राउ गरेको थियो ।
बाँके: सवारी चालक अनुमतिपत्र (लाइसेन्स) परीक्षामा अनियमितता गर्ने यातायात व्यवस्था कार्यालय भेरीका प्रमुखसहित ११ कर्मचारीलाई तीन महीनाको कारागार सजाय तोकिएको छ । विशेष अदालतका न्यायाधीश बाबुराम रेग्मी, द्वारिकामान जोशी र रत्नबहादुर बागचन्दको संयुक्त इजलासले भ्रष्टाचार गरेको ठहर गर्दै उनीहरुलाई तीन महीनाको कारागार सजाय तोकिएको हो । कार्यालय प्रमुख पवन सुवेदी र अधिकृत सीताराम खनाललाई जनही रु आठ हजार जरिवानासहित तीन महीना कारागार सजाय तोकिएको छ । त्यस्तै, कार्यालयका अधिकृत डेकराज पोखरेल, नायब सुब्बा डिलाराम खरेल, सतानन्द उपाध्याय, हुतराज पौडेल, अरुणकुमार गौतम, केशवराज डाँगी, गणेशमान आचार्य, ललितबहादुर वली र दीपेन्द्रबहादुर सिंहलाई जनही रु पाँच हजार जरिवानासहित तीन महीना कारागार सजायको फैसला…