Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

ललितपुर: प्रधानमन्त्री केपी शर्मा ओलीले बालकुमारीस्थित फोहरपानी प्रशोधन केन्द्रको शिलान्यास गरेका छन्। खानेपानी तथा सरसफाइ मन्त्रालयले आगामी पाँच वर्षमा सो योजना सक्ने लक्ष्य राखेको छ । काठमाडौँ उपत्यकामा गुह्ेश्वरी, सल्लाघारी, बालकुमारी (कोड्कु) र सुन्दरीघाटमा प्रशोधन केन्द्र छन् । सो अवसरमा प्रधानमन्त्री ओलीले साता दुई साता लम्बिए पनि मेलम्चीको पानी सक्दो चाँडो काठमाडौँ ल्याउन सरकार लागिपरेको जानकारी दिए। उनले भने, “२७ वर्षसम्म चिप्लेकीराको गतिमा काम भए पनि अहिले गति लिएको छ ।” एक प्रसङ्गमा उनले भारतमा बग्ने गङ्गा नदीमा हिउँदमा ७२ प्रतिशत नेपालबाट बगेका पानी भएको र त्यसले विहार र उत्तर प्रदेशलाई समेत मरुभूमि हुनबाट बचाएको बताए । सो अवसरमा खानेपानी…

Read More

काठमाडौँ: सरकारले थप १३ दिन सार्वजनिक बिदा थप गर्ने तयारी गरेको छ। सोमबार बसेको मन्त्रिपरिषद् बैठकले गठन गरेको मन्त्रीस्तरीय समितिले १३ दिन सार्वजनिक बिदा थप गर्ने प्रस्ताव गरेको हो। गृहमन्त्री रामबहादुर थापा, शहरी विकासमन्त्री मोहम्मद इश्तियाक राई र संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रविन्द्रप्रसाद अधिकारीले १३ दिन बिदा थप गर्ने प्रस्ताव गरेका हुन्। प्रस्तावित विवरण अनुसार किराँत चार्ड उभौली र उधौलीका लागि दुई दिन, इदुल फित्र, बकरइद र मोहम्मद जयन्ती तीन दिन, क्रिसमस एक दिन, तमु ल्होसार, सोनाम ल्होसार र ग्याल्वे ल्होसारमा तीन दिन, छठ, ऋषि पञ्चमी, माघी पर्व, र जनै पूर्णिमामा एकएक दिन बिदा दिने प्रस्ताव समितिले गरेको छ।…

Read More

काठमाडौं : नेपाल टेलिकमको फोरजी सेवा विस्तारले बाटो लिएको छ। यसका लागि टेलिकमले हुवावेलाई जिम्मा दिएको छ। टेलिकमले सञ्चार तथा सूचना मन्त्रालयको निर्देशनअनुसार टेन्डरमा आएका कम्पनीअन्तर्गत नै हुवावेलाई जिम्मा दिएको टेलिकम स्रोतले जानकारी दिएको छ। यसअघि मन्त्रालयले फोरजी सेवा विस्तारका लागि टेन्डरमा परेका भेन्डरसँग छलफल गरेको थियो। उक्त छलफल काम छिटो सक्ने र टेन्डरको काम अगाडि बढाउने विषयमा भएको थियो। त्यसैका आधारमा सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमलाई निर्देशन दिएको मन्त्री गोकुल बास्कोटाले बताए। मन्त्री बास्कोटाले टेलिकमलाई १२ महिनामै सेवा विस्तार गरिसक्ने गरी सम्झैता गर्न निर्देशन दिएको बताए। उक्त निर्देशनकै आधारमा टेलिकमले फोरजी सेवा विस्तारका लागि कोरतर्फ जेडटीई र र्‍यानतर्फ…

Read More

काठमाडौँ: सरकारले नेपाल वायुसेवा निगमको वाइडबडी प्रकरणको छानविनका लागि पूर्वन्यायाधीश गोविन्दप्रसाद पराजुलीको संयोजकत्वमा तीन सदस्यीय उच्चस्तरीय न्यायिक छानविन समिति गठन गरेको छ । संसदीय उपसमितिले वाइडबडीसम्बन्धी छानविन प्रतिवेदन सार्वजनिक गरेपछि सरकारले गठन गरेको समितिको सदस्यमा पूर्वनायब महान्यायाधिवक्ता नरेन्द्रप्रसाद पाठक र चाटर एकाउन्टेट मदन शर्मा छन् । उक्त प्रकरणमा खरीद गरिएका दुई वटा एयरबस विमानका विषयमा जाँभबुझ गर्ने क्षेत्राधिकारसहितको समिति मन्त्रिपरिषद्ले गठन गरेको सञ्चारमन्त्री गोकुल बाँस्कोटाले जानकारी दिए । समितिले ४५ दिनभित्र प्रतिवेदन सरकारलाई बुझाउने बझाउनेछ । संसदीय उपसमितिले पर्यटनमन्त्री रवीन्द्रप्रसाद अधिकारी, सचिवहरु कृष्णप्रसाद देवकोटा, प्रेमकुमार राई र शङ्करप्रसाद अधिकारी, नेपाल वायुसेवा निगमका महाप्रवन्धक सुगतरत्न कंसाकारलगायतलाई दोषी ठहर गरेको थियो ।…

Read More

काठमाडौँ: विशेष अदालतले सशस्त्र प्रहरीका पूर्व प्रहरी अतिरिक्त महानिरीक्षक ऋषभदेव भट्टराईलाई भ्रष्टाचार गरेको ठहर गर्दै नौ महीना कैद र रु ७९ लाख ८७ हजार २२५ बिगो जरिवाना हुने फैसला गरेको छ । न्यायाधीश चण्डीराज ढकाल, प्रमोदकुमार श्रेष्ठ वैद्य र नारायणप्रसाद पोखरेलको इजलासले आज भट्टरार्ईलाई दोषी ठहर गर्दै सो फैसला गरेको हो । अदालतको आदेशमा भट्टराईले पदमा हुँदा रु एक करोड २१ लाख ४९ हजार ६५६ बराबर सम्पत्तिको स्रोत उल्लेख नखुलेको हुँदा भ्रष्टाचारी ठहर भएको उल्लेख छ । अदालतले भट्टराईको कूल सम्पत्ति रु तीन करोड १७ लाख ६७ हजारमध्ये रु एक करोड २६ लाख ३० हजार २४९ स्रोत खुलेको सम्पत्ति भएको…

Read More

काठमाडौँ: प्रधानन्यायाधीश चोलेन्द्रशम्शेर जबराले अदालतको सूक्ष्म निगरानी गर्ने क्रममा आज काठमाडौँ जिल्ला अदालत निगरानी गरेका छन् । राणाले आफ्नो सुनुवाइ तथा पदभार ग्रहण गर्ने क्रममा आफूले सबै अदालतको सूक्ष्म अनुगमन, निगरानी र गुनासामाथि जाँचबुझ समिति निर्माण गर्ने प्रतिबद्धता व्यक्त गरे अनुसार आजदेखि नै अदालतको निगरानी शुरु गरेका हुन्। न्यायलयलाई भ्रष्टाचार र विचौलियाबाट मुक्त बनाउन आफूले काम गर्ने उनको कार्ययोजना छ । न्यायपरिषद् बैठकः जोशीलाई जिम्मेवारीमुक्त न्यायपरिषद्को आजको बैठकले संवैधानिक इजलासमा रहेका न्यायाधीशहरुको हेरफेर गरेको छ । प्रधानन्यायाधीश राणा, न्यायाधीशहरु दीपककुमार कार्की, केदारप्रसाद चालिसे, मीरा खड्का र हरिकृष्ण कार्कीको संवैधानिक इजलास रहने निर्णय गरेको छ । संवैधानिक इजलासमा प्रधानन्यायाधीशसहित पाँच जना…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले ५१ प्रतिशतभन्दा बढी संस्थापक समूहको शेयर स्वामित्व रहेको बैंक तथा वित्तीय संस्थाले सो सीमाभन्दा माथिको शेयर दुईपटक गरेर सर्वसाधारण शेयरमा परिवर्तन गर्नसक्ने व्यवस्था गरेको छ । बैंकले आज निर्देशन जारी गर्दै एकै बजारमा साधारण शेयरको मात्रा बढी नहोस् भनेर कम्तीमा दुईपटक गरेर संस्थापक शेयर ५१ प्रतिशतमा झार्न सकिने व्यवस्था गरेको छ । बैंक तथा वित्तीय संस्था स्थापना भएको १० वर्ष पूरा गरेको हकमा धितोपत्र विनिमय बजार लिमिटेडमार्फत खरीद, बिक्री गर्ने प्रयोजनाका लागि संस्थापकको शेयर लगानी अनुपात समानुपातिकरुपमा बढी हुने शेयर सर्वसाधारणमा परिणत गर्नसक्ने व्यवस्था मिलाइएको छ । कुनै संस्थापक समूहले अर्को समूहमा परिणत गर्न नचाहेको भनी…

Read More

काठमाडौँ: गोरखापत्र संस्थानको सल्लाहकार सम्पादकमा गोपाल खनाललाई नियुक्त गरिएको छ । सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले यही पुस महीनामा बसेको मन्त्रिपरिषद् बैठकले खनाललाई नियुक्त गरेको जानकारी गराए । पाँचथरको थाक्लेमा जन्मिनुभएका खनाल परराष्ट्र र वैदेशिक मामिलाका जानकारी हुन् । पहिलोपटक केपी शर्मा ओली प्रधानमन्त्री भएका बेला परराष्ट्र मामिला विज्ञका रुपमा नियुक्त भएका उनले ‘भू–राजनीति’ पुस्तकसमेत लेख्नुभएको छ । ‘सगरमाथा दैनिक’ पत्रिकाबाट पत्रकारिता आरम्भ गरेका खनालले रेडियो नेपाल, कान्तिपुर दैनिकको सहायक सम्पादकका रुपमा समेत काम गरिसकेका छन् । अङ्ग्रेजी, पत्रकारिता र राजनीतिक शास्त्रमा स्नातकोत्तर तह उत्तीर्ण गरेका उनले अहिले त्रिभुवन विश्वविद्यालयबाट राजनीतिक शास्त्रमा विद्यावारिधि गर्दै छन्। नवनियुक्त सल्लाहकार सम्पादक खनालले…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा रु एक अर्ब ४८ करोड ३५ लाख रकम मुद्दती निक्षेपमा राख्ने भएको छ । बैंकले आज एक सूचनामार्फत आगामी माघ २ गतेदेखि आगामी पुस २९ सम्म ३६४ दिनको मुद्दती निक्षेपमा त्रैमासिकरुपमा ब्याज भुक्तानी हुने गरी लगानी गर्नुपर्ने भएको प्रस्ताव पेश गर्न आग्रह गरेको छ । केन्द्रीय बैंकले क, ख र ग वर्गका बैंक तथा वित्तीय संस्थालाई आफूले लिन चाहेको रकम र ब्याजसमेत उल्लेख गरी प्रस्ताव पेश गर्न आग्रह गरेको छ । बैंकले ‘क’ वर्गका बाणिज्य बैंकमा रु एक अर्ब १८ करोड ६८ लाख ‘ख’ वर्गका राष्ट्रिय स्तरका विकास बैंकहरुमा रु २२…

Read More

काठमाडौँ: प्रतिनिधिसभाका निर्वाचित सदस्य रेशमलाल चौधरीले आज सांसद पदको शपथग्रहण गरेका छन्। सिंहदरबारमा आज आयोजित कार्यक्रममासभामुख कृष्णबहादुर महराले उनलाई शपथ खुवाउनुभएको हो । चौधरी गत २०७४ को निर्वाचनमा कैलाली क्षेत्र नं १ बाट राष्ट्रिय जनता पार्टी नेपाल(राजपा)तर्फबाट प्रत्यक्ष निर्वाचित सङ्घीय सांसद हुनुहुन्छ । शपथपछि सभामुख महराले सांसद चौधरीलाई माला लगाएर स्वागत गरेका थिए । उनलाई संसद् सचिवालयका महासचिव मनोहरप्रसाद भट्टराईले संसद्को प्रतीकचिह्न हस्तान्तरण गरेका थिए । सञ्चारकर्मीसँग कुरा गर्दै सांसद चौधरीले टीकापुर घटनाको सरकारले निष्पक्ष छानबिन गरी चाँडोभन्दा चाँडो कानूनी निराकरण गर्नुपर्ने बताए । शपथ कार्यक्रममा उपसभामुख डा शिवमाया तुम्बाहाम्फे, नेपाल कम्युनिष्ट पार्टी (नेकपा) संसदीय दलका उपनेता सुवास नेम्वाङ, प्रमुख…

Read More