Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

बनेपा: नेकपाका अध्यक्ष एवं पूर्वप्रधानमन्त्री पुष्पकमल दाहाल (प्रचण्ड)ले सिंहदरबारको अधिकार गाउँगाउँमा आइसकेको बताएका छन् । शुक्रबार काभ्रेपलाञ्चोकको चौरीदेउराली गाउँपालिका–२स्थित खाँडादेवी माध्यमिक प्राविधिक धार बाली विज्ञान विद्यालयको स्वर्ण महोत्सवमा उनले हजारौँको बलिदानीपछि मात्रै सङ्घीय लोकतान्त्रिक गणतन्त्र आउनाका साथै स्थानीय, प्रदेश र सङ्घीय सरकार बनेको बताए । “संविधान र कानून बमोजिम सिंहदबारको अधिकार गाउँमा आइसकेको छ”, अध्यक्ष प्रचण्डले बताए, “अब त्यसलाई व्यवहारमा उतार्न हामी अगाडि बढिरहेका छौँ ।” स्थानीय तहले पनि सेवासम्बन्धी ऐन बनाएर कर्मचारी भर्ती गर्ने अधिकार पाउने उल्लेख उल्लेख गर्दै उहाँले राष्ट्रसेवक कर्मचारीले देशको कुनै पनि भागमा सरकारले खटाएअनुसार जानुपर्नेमा जोड दिए । “खटाएअनुसार जान तयार नहुने कर्मचारीलाई राज्यले बिदा…

Read More

सुर्खेत: कर्णाली प्रदेश सरकारले ‘परियोजना बैंक’ बनाउन गृहकार्य थालेको छ । प्रदेशस्तरीय नीति तथा योजना आयोगले त्यसका लागि आवश्यक कार्ययोजना बनाउन थालेको हो । ‘परियोजना बैंक’मा ठूला आयोजनाको पहिचान, प्राथमिकीकरण, प्रारम्भिक सम्भाव्यता अध्ययनलगायत विषय समावेश गरिने र यसको तयारीपछि प्रदेश सरकारले चैत महीनामा लगानी सम्मेलन गर्ने जनाएको छ । “कार्ययोजना बनाउँदैछौँ, सम्भाव्यता अध्ययनका लागि सम्बन्धित क्षेत्रका विज्ञको सूची तयार भइरहेको छ”, प्रदेश योजना आयोगका सदस्य योगेन्द्र शाहीले भने, “परियोजनाका सबै पक्षलाई अध्ययन गरेर सरकारलाई दिशानिर्देशन दिन्छौँ ।” प्रारम्भिक सम्भाव्यताका आधारमा सम्भव हुने आयोजना मात्र परियोजना बैंकमा समावेश गरिने उनको भनाइ छ । यसअघि प्रदेश सरकारले वैदेशिक सहायता प्राप्ति र लगानी…

Read More

भरतपुर: चितवनको सौराहामा जारी १५औँ हात्ती महोत्सवमा आज सम्पन्न हात्ती सुन्दरी प्रतियोगिताको उपाधि बिजुली कलीले जितेको छ । प्रतिस्पर्धामा सहभागी अन्य तीन हात्तीलाई पछि पार्दै १८ वर्षको बिजुलीकलीले उपाधि हात पारेको हो । प्रतिस्पर्धामा चम्पाकली, एलिसाकली र सेल्फीकली सहभागी थिए । फष्ट रनरअप २२ वर्ष उमेरकी चम्पाकली हुँदा सेकेण्ड रनरअप १९ वर्षकी अलिशाकली भएको छ । हात्तीको सरसफाइ, शृङ्गार, हिँडाइ, हात्ती र माउतेको व्यवहारलगायतको मूल्याङ्कन गरी उत्कृष्ट घोषित गरिएको नतिजा प्रकाशन समितिका संयोजक दामोदर रेग्मीले जानकारी दिए। यस्तै हात्ती फास्टवाकबाट छ वटा हात्ती फाइनलमा प्रवेश गरेका छन् । सेमिफाइनलमा सहभागिता १२ हात्तीमध्ये बिजुलीकली, बम्बोजकली, अनारकली, समृद्धिकली, लक्कीकली र आशाकली फाइनलमा…

Read More

दमौली: उनानसत्तरी मेगावाट क्षमताको मस्र्याङ्दी जलविद्युत् आयोजनाको विद्युत् उत्पादन घटेको छ । सुख्खायाम लागेका कारण तनहुँको आँबुखैरेनी गाउँपालिकामा रहेको उक्त आयोजनाको विद्युत् उत्पादन घटेको हो । आयोजनाका प्रमुख बद्रीप्रसाद फुँयालले आयोजनाबाट हाल ४० मेगावाट मात्रै विद्युत् उत्पादन भइरहेको जानकारी दिए । उनले भने, “सुख्खायाम लागेसँगै नदीमा पानीको बहाव कम भएकाले विद्युत् उत्पादन घटेको छ ।” आयोजना प्रमुख फुँयालका अनुसार कात्तिक महीनाको दोस्रो साताबाट विद्युत् उत्पादन कम हुनथालेको हो । आयोजनामा २३÷२३ मेगावाट क्षमताको तीन टर्वाइन रहे पनि ४० मेगावाट मात्रै विद्युत् उत्पादन भएको छ । ‘रन टु रिभर’ भएका कारणले नदीमा पानीको बहाव कम हुने बित्तिकै विद्युत् उत्पादन क्षमतामा कमी…

Read More

मनाङ: हिमाली जिल्ला मनाङ र मुस्ताङमा निकै चिसो बढेको छ। मनाङमा तापक्रम माइनस २१ डिग्रीसम्म झरेको छ। चिसो बढेपछि हिमाली जिल्लामा चहलपहल हराएको छ। बजार र गाउँ सबैतरि सुनसान भएको प्रशासनले जनाएको छ। मनाङका प्रमुख जिल्ला अधिकारी रुद्रनाथ देवकोटाका अनुुसार शुक्रबार बिहानको तापक्रम माइनस २१ डिग्री थियो। दिउँसो साढे ११ बजेपछि घाम लागेर तापक्रम केही घटे पनि बेलुकीपख उस्तै चिसो बढेको उनले बताए। ‘माइनस २१ डिग्रीको चिसोमा बसेका छौं। बाहिर चहलपहल पनि खासै छैन। मान्छेको आउजाउ नै छैन,’ उनले भने, ‘चिसो बढेकोले बाहिर हिँडडुल गर्न सकस छ।’ उनका अनुुसार सदरमुकाम चामे, माथिल्लो क्षेत्र खाङसार, हुम्दे, टंकी मनाङलगायतका क्षेत्रमा बिहीबार झन्डै…

Read More

बुटवल : खेती गर्न चाहनुहुन्छ तर जमिन छैन भने चिन्ता नगर्नुस्। माटोबिनै तरकारी खेती गर्न सकिने प्रविधि नेपालमै सुरु भइसकेको छ। बगर होस् या घरको छत। जहाँ पनि यो तरिकाबाट प्रशस्त खेती गर्न सकिन्छ। रूपन्देहीका किसान ईश्वर पौडेल यही प्रविधिबाट खेती गरिरहेका छन्। उनले विष्णुपुरामा हाइड्रोपोलिक नेपाल कृषि फर्म चलाएका छन्। आफूले गरिरहेको कामबारे उनले बुटवल मण्डपमा जारी लुम्बिनी एक्स्पोमा जानकारी दिइरहेका छन्। यो प्रविधिलाई उनले प्रदर्शनमा राखेका छन्। माटोबिनै तरकारी फलाउने तरिकाबारे जानकारी दिन उनलाई भ्याइनभ्याई छ। पौडेल वैदेशिक रोजगारीका लागि ओमन गएका थिए। त्यहाँ उनले १० वर्ष बिताए। होटल म्यानेजमेन्ट पढेका उनले पाँच तारे होटलमा काम गरेका थिए।…

Read More

डोटी: जिल्लास्थित दुर्गम स्थानीय तहका वासिन्दा ८० को विद्युत् महसुल तिर्न र दुई हजार भन्दा बढी रकम खर्च गर्न बाध्य भएका छन् । जिल्लाका ग्रामीण क्षेत्रमा विद्युत्् महसुल तिर्ने काउण्टर नभएका कारण सेवाग्राहीलाई न्यूनतम रकम तिर्न घण्टाँै टाढा हिँडेर र गाडीको यात्रा गरी जिल्ला सदरमुकाम सिलगढी तथा पुरानो क्षेत्रीय सदरमुकाम दिपायल पुग्नुपर्ने बाध्यता छ । शिखर नगरपालिका–१ कपल्लेकी सेवाग्राही दीर्घबहादुर ऐरले भने , “गाउँमा तीन महिनामा एक पटक विद्युत््को मिटर रिडिङ हुने गरेको छ । ती तीन महीनाको रू ८० देखि १०० मात्रै बिलको रकम आउने गरेको छ ।” त्यसरी आएको बिलको भुक्तानीका लागि ग्रामीण क्षेत्रबाट पुरानो क्षेत्रीय सदरमुकाम दिपायल…

Read More

काठमाडौं : सरकारले म्यानपावर व्यवसायीको धरौटी रकम बढाउने तयारी गरेको छ। वैदेशिक रोजगारीमा ठगी बढेको र व्यवसायी जिम्मेवार हुन नसकेको भन्दै सरकारले धरौटी रकम बढाएर ६ करोड रुपैयाँ पुर्‍याउने प्रस्ताव संसद्मा लगेको हो। अहिले उक्त धरौटी रकम ३० लाख छ। संघीय संसद्ले केही नेपाल कानुन पारित गरेमा यो व्यवस्था लागू हुनेछ। धरौटी बढेमा बिचल्लीमा परेका कामदार उद्धार गर्न, क्षतिपूर्ति भराउन सजिलो हुने मन्त्रालयको अपेक्षा छ। केही महिनाअघि मन्त्रिपरिषद्ले गरेको निर्णयअनुसार पाँच हजारसम्म कामदार पठाउने म्यानपावरले एक करोड रुपैयाँ नगद धरौटी र दुई करोड रुपैयाँ बैंक ग्यारेन्टी राख्नुपर्नेछ। पाँच हजारभन्दा बढी कामदार पठाउने म्यानपावरले दुई करोड नगद र चार करोड रुपैयाँ…

Read More

काठमाडौँ: सरकारले वैदेशिक रोजगारीमा जाने कामदारको सहजताका लागि आइतबारदेखि प्रदेशबाटै पुनः श्रम स्वीकति जारी गर्ने भएको छ । वैदेशिक रोजगारीसँग सम्बन्धित सेवालाई विकेन्द्रित गरी सरल र सहजरुपमा उपलब्ध गराउने उद्देश्यले सरकारले प्रदेशबाट नै पुनः श्रम स्वीकृति जारी गर्न लागेको हो । आइतबारदेखि पहिलो चरणमा प्रदेश नं २ को श्रम तथा रोजगार कार्यालय जनकपुर र प्रदेश नं ५ को बुटवलबाट श्रम स्वीकृतिलगायत वैदेशिक रोजगारसँग सम्बन्धित सेवा उपलब्ध गराइने श्रम, रोजगार तथा सामाजिक सुरक्षा मन्त्रालयले जनाएको छ । ती कार्यालयबाट प्रारम्भिक चरणमा पुनः श्रम स्वीकृति प्रदान गर्ने, वैदेशिक रोजगारीसम्बन्धी इजाजत पाएका संस्था र तालीम एवं अभिमुखीकरण संस्थाको अनुगमन तथा नियमनको कार्य गरिनेछ…

Read More

काठमाडौँ: नेपाली काङ्ग्रेसका नेता कृष्णप्रसाद सिटौलाले संसद् र पार्टीभित्र व्यक्तिगत स्वार्थ हावी हुँदै गएको बताएका छन् । नेपाल विद्यार्थी सङ्घ प्रदेश नं ३ ले ४३औँ राष्ट्रिय मेलमिलाप दिवसका अवसरमा आज यहाँ आयोजना गरेको ‘वर्तमान राजनीति परिस्थितीमा नेपाली काङ्ग्रेस र युवाको भूमिका’ विषयक विचार गोष्ठीमा उनले संसद् र नेपाली काङ्ग्रेसमा व्यक्तिगत स्वार्थ हावी हुँदै गएकाले मुलुकले विकासको गति लिन नसकेको बताए । “व्यक्ति र राजनीतिक दलभित्र व्यक्तिगत स्वार्थ हावी हुनु मुलुकका लागि राम्रो होइन”,उनले भने। नेता सिटौलाले काङ्ग्रेसले यसअघि धेरै समय सत्ता चलाएको छ भन्दै अहिले सत्ताको ‘ह्याङओभर’ छाडेर सङ्घर्षको मैदानमा जानुपर्ने बेला आएको बताए । नेपालको राजनीतिमा स्वाधीनता र स्वाभिमान…

Read More