Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
- रविले बोलाए सर्वदलीय बैठक
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयअन्तर्गतका आयुर्वेद तथा वैकल्पिक चिकित्सा सेवालाई सङ्घीय संरचनामा थप प्रवद्र्धन गर्न र ती सेवाका कर्मचारी समायोजन गर्दा तहगत दरबन्दीमा मिलान गर्न तीन सङ्घ÷सङ्गठनले मन्त्रालयको ध्यानाकर्षण गराएका छन् । योग, आयुर्वेद, पञ्चकर्म, स्वस्थवृतसम्बन्धी सेवा प्रदान गर्न तथा जडीबुटीसम्बन्धी नीति निर्माण एवं कार्यान्वयन गर्न गाउँपालिका, नगरपालिका, उपमहानगरपालिका र महानगरपालिका सबै स्थानीय निकायमा कविराज, आयुर्वेद सहायक तथा आयुर्वेद चिकित्सक पु¥याउन माग गरेका छन् । हाल ७५३ स्थानीय तहमध्ये २५४ तहमा मात्र आयुर्वेद सेवा रहेको छ । सबै जिल्लामा आयुर्वेद स्वास्थ्य केन्द्र स्थापना गर्नुपर्ने, प्रदेश संरचनामा कामकाज गर्न खटाइएका कविराज ५, ६ र ७ तहको दरबन्दी कटौती नगरी पुनः कायम…
काठमाडौं : ‘सेनाले विस्तृत सम्भाव्यता अध्ययन (डीपीआर) बिना द्रुतमार्ग निर्माण गरिरहेको छ। डिजाइन तयार नगरी काम सुरु गरिएकाले द्रुतमार्ग निर्माणमा त्रुटि देखिएको हो। ‘सडकको अनुगमन पनि गर्न पाएका छैनौं। सेनाको स्वीकृतिबिना निर्माणस्थल जान सकिँदैन। सेनाले आफ्नै हिसाबले निर्माण गरिरहेको आयोजनाको जिम्मा मन्त्रालयले लिन बाध्य हुँदैन’, भौतिक पूर्वाधार तथा यातायातमन्त्री रघुवीर महासेठले मंसिर १४ गतेको विकास तथा प्रविधि समितिमा भनेका थिए। सेनाका प्राविधिक योगेन्द्र खाँणले एडीबीले तयार पारेको सम्भाव्यता अध्ययनअनुसार रेखांकन तथा माटो काट्ने र भर्ने काम गरिएको बताएका थिए। सम्भाव्यता अध्ययनकै आधारमा डीपीआर तयार हुने हो, अहिले गरिएको कामबाट डीपीआर डिजाइनमा प्रभाव पर्दैन। द्रुतमार्ग आर्थिक रूपमा मुलुकको महत्त्वपूर्ण सडक सञ्जाल…
काठमाडौं : संसदीय उपसमितिले नेपाल वायुसेवा निगमको वाइडबडीमा भ्रष्टाचार भएको ठहर गरेको छ। उपसमितिले विमानको लागत मूल्य, बोलपत्र सिफारिस तथा स्वीकृत गर्ने पदाधिकारीलाई निलम्बन गरी कारवाही गर्न सिफारिससमेत गरेको छ। विमानबारे अध्ययन गर्न गठित प्रतिनिधिसभाको सार्वजनिक लेखा समितिअन्तर्गतको उपसमितिले वाइडबडीमा ‘गम्भीर त्रुटी’ औंल्याउँदै आइतबार प्रतिवेदन तयार गरेको हो। कांग्रेस सांसद राजन केसी संयोजकत्वको ‘खरिद प्रक्रियामा गम्भीर त्रुटी औंल्याएको अनुसन्धानबाट भ्रष्टाचार भएको र निगमलाई ठूलो आर्थिक क्षति पुर्याएको उपसमितिले ठहर्याएको छ’, प्रतिवेदनमा भनिएको छ, ‘जनताको स्वामित्व भएको सार्वजनिक संस्था भएकाले सरोकार राख्ने सबैसमक्ष विमान खरिद प्रक्रिया सम्बन्धमा सत्यतथ्य सार्वजनिक गर्न, भ्रष्टाचार गरी निगमलाई आर्थिक हानी नोक्सानी पुर्याउनेउपर थप छानबिन गरी कारवाही…
बुटवल: सरकारले वैदेशिक रोजगारीमा जानेका लागि श्रम स्वीकृति लिन राजधानी बाहिर बुटवलमा आजदेखि सेवा प्रारम्भ गरेको छ । सामाजिक सुरक्षा मन्त्रालय, श्रम तथा व्यवसायजन्य सुरक्षा विभाग श्रम तथा रोजगार कार्यालयले श्रम स्वीकृतिका लागि बुटवलमा प्रदेश ५ कार्यालय स्थापना गरी श्रम स्वीकृतिको सेवा शुरू गरेको हो । श्रमिक फेरि फर्केर त्यही कम्पनी र त्यही देशमा जानका लागि मात्र यो सेवा यहाँबाट शुरू गरिएको वैदेशिक रोजगार विभागले जनाएको छ । यस अगाडि श्रम स्वीकृतिको काम वैदेशिक विभागबाट मात्र हुन्थ्यो । उक्त सेवाको विभागका महानिर्देशक दिलीपकुमार चापागाईंले आज बुटवलमा उद्घाटन गरे । चापागाईंले वैदेशिक रोजगारमा जाने कामदारको चाप धेरै भएर विभागले आफ्नो सेवा…
काठमाडौँ: काठमाडौँका दुई छुट्टाछुट्टै स्थानमा रहस्यमयरुपमा दुई जनाको मृत्यु भएको छ । काठमाडौँ महानगरपालिका–३० भीमसेनस्थानस्थित शोभादेवी मानन्धरको घरमा बस्दै आएका झापा भद्रपुर नगरपालिका– १४ का ५० वर्षीय विजय वर्मा आज बिहान मृत अवस्थामा फेला परेको प्रहरीले जनाएको छ । काठमाडौँ शङ्करापुर नगरपालिका– ९ का ४५ वर्षीया शोभा केसीको पनि आजै रहस्यमयरुपमा मृत्यु भएको छ । आफ्नै घरमा अचेत अवस्थामा भेटिएकी केसीलाई उपचारका लागि नेपाल मेडिकल कलेज अत्तरखेल लैजाने क्रममा बाटोमा नै मृत्यु भएको प्रहरी प्रधान कार्यालयले जनाएको छ । दुवै घटनाका विषयमा अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ । यसैबीच काठमाडौँ महानगरपालिका– ३२ जडीबुटीस्थित गणेशमाया श्रेष्ठको घरमा चाइनिज पेस्तोल देखाइ लुटपाट…
काठमाडौँ: प्रस्तावित प्रधानन्यायाधीश चोलेन्द्र शम्शेर जबराले आफ्नो कार्यकालमा न्यायलयमा देखिएका अनियमितता र भ्रष्टाचारको अन्त्य गर्न प्रयास गर्ने प्रतिबद्धता व्यक्त गरेका छन् । सङ्घीय संसद् मातहतको संसदीय सुनवाइ समितिमा आज सुनुवाइका क्रममा उनले नागरिकलाई न्यायमा ढिलाइ भएमा प्रभावकारी अनुगमन गर्ने उल्लेख गर्दै भने, “न्यायालयको विकृति र विसङ्गतिको अन्त्य गर्न र विचौलिया रोक्न मेरो प्रयास हुनेछ ।” प्रस्तावित प्रधानन्यायाधीश जबराले न्याय दिनमा ढिलासुस्ती भएमा न्यायाधीशको आचारसंहिताको कडाइका साथ पालना गरिने र सोअनुसार भए नभएको अनुगमन गर्ने कार्ययोजना सुनाए । संवैधानिक इजलासमा रहेका मुद्दालाई प्राथमिकता दिनेलगायतका १५ बुँद्धे कार्ययोजना सार्वजनिक गर्दै उनले थपे, “पूराना मुद्दालाई प्राथमिकताका साथ हेरिने छ, वृद्धा र थुनुवा मुद्दालाई…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले पाँचथर पावर कम्पनीलाई साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बोर्डले सो कम्पनीलाई आयोजना प्रभावित पाँचथर जिल्लाका लागि नौ लाख ६२ हजार ५०० कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको हो । सो कम्पनीले १४ दशमलव ९ मेगावाट क्षमताको हेवा खोला जलविद्युत् आयोजना निर्माण गरेको छ । कम्पनीले पहिलो चरणमा आयोजना प्रभावित पाँचथरवासीलाई शेयर बिक्री गर्नेछ । दोस्रो चरणमा आम सर्वसाधारणलाई शेयर बिक्री गर्ने तयारी गरेको छ । इक्रा नेपालले सो कम्पनीको वित्तीय अवस्था सन्तोषजनक नभएको भन्दै ग्रेड चार रेटिङ दिएको छ ।
काठमाडौँ: भौतिक पूर्वाधार तथा यातायात मन्त्रालयले चालू आर्थिक वर्षको पहिलो चार महीनामा सडक विभागअन्तर्गतका आयोजनामध्ये २३ वटामा ८० प्रतिशतभन्दा बढी काम भएको जनाएको छ । मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा मन्त्री रघुवीर महासेठले ५० देखि ८० प्रतिशत प्रगति भएका सडक आयोजनाको सङ्ख्या सात र ५० प्रतिशतभन्दा कम प्रगति भएका आयोजनाको सङ्ख्या पाँच रहेको जानकारी दिए। त्यस्तै ६ आयोजनाको काम पहिलो चार महीनामा शुरु हुन सकेको छैन । “रेल विभागतर्फ जयनगर–जनकपुर–कुर्था ३५ किमीमा केही महीनामा रेल सेवा शुरु हुनेछ, एक वर्षमा थप १७ किमी रेलमार्ग तयार गरी बिजुलपुरासम्म ५२ किमी दूरीमा रेल गुड्नेछ, दुई वर्षभित्र बर्दिवास र चार वर्षसम्म निजगढसम्म रेल…
काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले राष्ट्रिय एकता विथोल्ने प्रयास विगतमा असफल पारेकाले अहिले पनि त्यस्ता प्रयास असफल पार्न सबै जातजाति मिलेर लाग्नुपर्ने बताएका छन्। तमु ल्होसार (गुरुङ समुदायको नयाँ वर्ष) का अवसरमा आज टुँडिखेलमा आयोजित कार्यक्रममा उनले देश समृद्धिको बाटोमा अगाडि बढिसकेकाले कसैले चाहेर पनि पछाडि नधकेलिने बताए । जनतामा सुशासन र विकासको तीव्र आकाङ्क्षा रहेको उल्लेख गर्दै उहाँले भन्नुभयो, “समृद्ध नेपाल, सुखी नेपालीको नारा सफल बनाउन सबै मिलेर लाग्नुपर्छ ।” नेपालका विभिन्न जातजातिले मनाउने चाडपर्वमा सार्वजनिक बिदा दिने विषयमा आफूले विधिवत्रुपमा निर्णय गर्ने प्रधानमन्त्री ओलीले बताए । गुरुङ समुदायका प्रतिनिधिले ‘तमु ल्होसारको बिदा कटौतीे’ भएको सम्बन्धी राखेको जिज्ञासामा उनले…
काठमाडौँ: सार्वजनिक ट्याक्सी चालकले वैज्ञानिक भाडादर कायम गर्न सरकारसँग माग गरेका छन् । यहाँ आज आयोजित पत्रकार सम्मेलनमा सरकार, यात्रु तथा ट्याक्सी चालकबीच ट्याक्सीको भाडाको विषयमा लिएर भइरहेको द्वन्द्वलाई निमिट्यान्न गर्न सबैको सहयोग आवश्यक रहेको उनीहरुले बताए । अखिल नेपाल यातायात मजदुर सङ्घका उपाध्यक्ष राजेन्द्र शर्माले सरकारले ट्याक्सी व्यवसायीमाथि दण्डित गरेर यस क्षेत्रको सुधार गर्न खोजेको आरोप लगाए। लोकतान्त्रिक यातायात मजदुर सङ्गठनका अध्यक्ष भरत गुरुङले विसं २०६९ को ट्याक्सी भाडादरलाई परिमार्जन गर्न सरकारलाई आग्रह गरे । अखिल नेपाल मजदूर सङ्घका केन्द्रीय उपाध्यक्ष अशोक थापा, अखिल नेपाल यातायात मजदूर सङ्घका ट्याक्सी विशेष जिल्ला कमिटीका अध्यक्ष दुर्गा श्रेष्ठ, अभियानका सदस्य कमल पोखरेल,…