Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: नेपालि सेनाको सैनिक कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँ महानगरपालिका वडा नं.१३ स्थित वाहिटी, सितापाइलामा निर्माण सम्पन्न भएको रिपुमर्दिनी पेट्रोल स्टेसन श्रावण ४ गते अर्थात शुक्रबारबाट संचालनमा आएको छ। पेट्रोल पम्पको उद्धघाटन प्रधान सेनापति महारथी प्रभुराम शर्माले एक समारोहकाबीच समुद्‍घाटन गरेका थिए ।यसैगरी आजै प्रधान सेनापतिले काठमाडौँको छाउनीमा निर्मित २० परिवार क्षमताको अधिकृत परिवार आवास गृहकोसमेत समुद्‍घाटन गरेका छन्।पचास हजार लिटर पेट्रोल तथा पचास हजार लिटर डिजेल भण्डारण क्षमता रहेको उक्त फ्युल स्टेसन सर्वसाधारणले समेत उपभोग गर्न पाउने छन् । नेपाली सेना, कल्याणकारी कोषको व्यवस्थापनमा काठमाडौँको भद्रकाली, ललितपुरको लगनखेल, सुनसरीको इटहरी, रुपन्देहीको बुटवल र तनहुँको खैरेनीटारमा फ्युल स्टेसनहरू सञ्चालनमा छन् ।…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले मुलुकमा देखिएका समस्या समाधान र केही परिवर्तन गर्नकै लागि नयाँ सरकार गठन भएको बताएका छन्। आज नेपाल उद्योग परिसंघसँगका पदाधिकारीसँगको छलफलमा उनले आफू यसअघि नै प्रधानमन्त्री बनिसकेकाले पदका लागि मात्रै पुन जिम्मेवारीमा नआएको स्पष्ट पारे। ‘विद्यमान समस्या समाधान तथा अर्थतन्त्रलाई सुदृढ बनाउनु नै वर्तमान सरकारको प्रमुख ध्येय हो। म प्रधानमन्त्री बन्नका लागि मात्र आएको होइन, देशमा रहेका समस्याको समाधान गर्न र परिवर्तनका लागि काम गर्नैपर्छ भन्ने दृढतासहित आएको हुँ। त्यसैले निजी क्षेत्रले यो सरकारप्रति आशा, भरोसा राखेर सँगससँगै मिलेर काम गर्नुपर्छ,’ उनले भने। करका दर अनुहार हेरेर परिवर्तन गर्न नहुने र गलत नीति लिएका बेला…

Read More

काठमाडौँ: चितवनको भरतपुर महानगरपालिका–२९ सिमलतालमा पहिरोसँगै त्रिशूलीमा खसेका दुई बस बेपत्ता भएको शुक्रबार (आज) एक हप्ता पुगेको छ। अघिल्लो शुक्रबार बिहान वीरगन्जबाट काठमाडौँ जाँदै गरेको बागमती प्रदेश ०३–००६ ख १५१६ नम्बरको बस र काठमाडौँबाट गौरतर्फ जाँदै गरेको बागमती प्रदेश ०३२४९५ ख ००१ नम्बरको गणपति डिलक्सको बस नारायणगढ-मुग्लिन सडकअन्तर्गत सिमलतालमा सँगै भएका बेला पहिरोले बगाउँदा त्रिशूली नदीमा खसी बेपत्ता छन्। दुवै बसमा गरी ६५ यात्रु थिए। तीमध्ये ३ जनाले तत्काल पौडिएर ज्यान जोगाए पनि बाँकी यात्रु बेपत्ता भएका थिए। नदीमा बेपत्तामध्ये हालसम्म २२ जनाको शव फेला परेको छ। बससँगै त्रिशूली नदीमा बगेका यात्रुका शव नारायण नदी हुँदै भारतसम्म पनि पुगेको पाइएको…

Read More

काठमाडौँ महानगरपालिकास्थित न्युरोडमा थालिएको फुटपाथ विस्तारमा स्थानीय र व्यवसायीले अवरोध गरेका छन्। उच्च अदालत पाटनले न्यूरोडमा फुटपाथ विस्तार गर्न बाटो खोलिदिएपछि महानगरले बुधबारदेखि विस्तारको काम सुरु गरेको थियो। तर, फुटपाथ बढाउन नहुने उनीहरूको माग थियो। न्युुरोडमा अहिले ठूलो संख्यामा नगर प्रहरी र नेपाल प्रहरी परिचालन गरिएको छ। बिहानैदेखि स्थानीय र व्यवसायीहरूले विरोध प्रदर्शन थालेका हुन्। यसअघि पनि न्युरोडमा पार्किङ खाली गराएर सडक विस्तारको काम भएको थियो। त्यतिबेला पनि स्थानीयले अवरोध गरेपछि अवस्था तनावपूर्ण बनेको थियो। सडठक डिभिजन काठमाडौँले अनुमति नलिइ काम गरेको भन्दै फुटपाथ विस्तार रोकेको थियो। महानगरले फुटपाथका लागि काटेको सडकमा सडक डिभिजनले पुनः पिच गरेपछि उक्त विवाद अदालतसम्म…

Read More

काठमाडौँ: मन्त्रिपरिषद् मातहतका पाँच समिति र संयोजक तय भएका छन् । मन्त्रिपरिषद्को बिहीबारको बैठकले मन्त्रिपरिषद्का विभिन्न समिति गठन गरी तिनका संयोजक तोकेको हो । सरकारका प्रवक्ता एवं सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङले सरकारले मन्त्रिपरिषद्का राजनीतिक, प्रशासन, आर्थिक पूर्वाधार, विधेयक र सामाजिक समितिको संयोजक तोकेको जानकारी दिएका छन् । जसमा राजनीतिक समितिको संयोजकमा उपप्रधानमन्त्री एवं सहरी विकासमन्त्री प्रकाशमान सिंह, आर्थिक पूर्वाधार समितिको संयोजकमा अर्थमन्त्री विष्णु पौडेललाई जिम्मेवारी दिइएको छ । विधेयक समितिको संयोजक गृहमन्त्री रमेश लेखकलाई बनाइएको छ भने प्रशासन समितिको संयोजकमा सञ्चार तथा सूचना प्रविधिमन्त्री पृथ्वीसुब्बा गुरुङ रहेका छन् । सामाजिक समितिको संयोजकमा श्रम, रोजगार तथा सामाजिक सुरक्षामन्त्री शरतसिंह…

Read More

काठमाडौँ: मन्त्रिपरिषदकाे बैठकले प्रधानमन्त्री केपी शर्मा ओलीको प्रमुख राजनीतिक सल्लाहकारमा विष्णु रिमाल र आर्थिक सल्लाहकारमा डा. युवराज खतिवडा नियुक्त गरेकाे छ। बिहीबार बसेको मन्त्रिपरिषद बैठकले यी दुई नियुक्ति गर्ने निर्णय गरेको हाे। यसअघि पनि ओली प्रधानमन्त्री हुँदा नै नेकपा एमालेका उपमहासचिव रिमाल प्रमुख राजनीतिक सल्लाहकार भएका थिए । यसैगरी, प्रधानमन्त्रीका आर्थिक सल्लाहकार डा. खतिवडा २०७४ सालमा ओलीकै मन्त्रिपरिषदमा अर्थमन्त्री नियुक्त भएका थिए । त्यसपछि, उनी राष्ट्रिय सभा सदस्यबाट पदमुक्त भएका थिए । जसपश्चात केही समय प्रधानमन्त्रीको आर्थिक सल्लाहकारको रूपमा खतिवडाले जिम्मेवारी सम्हालेका थिए ।

Read More

काठमाण्डौं: उपप्रधानमन्त्री एवं अर्थमन्त्री विष्णु पौडेल र नेपाल उद्योग परिसंघ (सीएनआई) बीच छलफल भएको छ । विहिबार मन्त्री पौडेललाई बधाइ तथा शुभकामना व्यक्त गर्दै सीएनआईले आर्थिक अवस्था र सुधारका विषयमा आफ्ना सुझाव दिएको हो ।परिसंघको तर्फबाट सफल कार्यकालको शुभकामना दिनुहुँदै सीएनआई अध्यक्ष राजेश कुमार अग्रवालले विगत तीन वर्षदेखि शिथिल अर्थतन्त्रलाई चलायमान बनाउन निजी क्षेत्रको बनोबल बढाउनुपर्नेमा जोड दिनुभयो । उत्पादनशील र निर्माण क्षेत्र बढी प्रभावित हुँदा बाह्य क्षेत्र उत्साहजनक भएपनि आन्तरिक अर्थतन्त्र अझै समस्यामा रहेको बताउनुभयो । विगत तीन वर्षदेखि उद्योगहरु ३०÷४० प्रतिशत क्षमतामा संचालन भईरहेको र समग्र बजार मागमा संकुचन आउँदा अर्थतन्त्र चलायमान हुन नसकेको बताउनुभयो । उहाँले विगतका…

Read More

काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडको ग्राहक संख्या ५० लाख नाघेको छ । वि.सं. २०६३ सालमा स्थापना भएको यो बैंकले स्थापनाको १७ वर्षमै विभिन्न २१ वटा बैंक तथा वित्तीय संस्थाहरुसँग मर्जर तथा अक्विजिसन गर्दै अधिकांश वित्तीय सूचकहरुमा मुलुककै सबै भन्दा ठूलो वाणिज्य बैंक बन्न सफल भएको छ ।साथै, हालैमात्र बैंककोे निक्षेप ५ खर्ब रुपैयाँ भन्दा बढि पुगेको छ । पुँजी, शाखा सञ्जालका साथसाथै कुल निक्षेप र ग्राहक संख्यामा पनि ग्लोबल आइएमई बैंक नेपालका बैंक तथा वित्तीय संस्थाहरुमध्य पहिलो नम्बरमा रहेको छ ।ग्राहकमैत्री सेवाहरु, साना तथा मझौला ब्यवसायमा जोड, प्रविधीमैत्री सेवाहरुका साथै उत्तरदायी बैंकिङ्गको अभ्यास गर्दै बैंकले आम नागरिकको विश्वास जित्दै आएको…

Read More

काठमाडौँ: गत आर्थिक वर्षको चौथो त्रैमासमा मात्र नियमविपरीत काम गर्ने ६ वटा विकास बैंक र ३ वटा फाइनान्स कम्पनी नेपाल राष्ट्र बैंकको कारबाहीमा परेका छन् । राष्ट्र बैंकले बिहीबार सार्वजनिक गरेको विवरणअनुसार कर्णाली विकास बैंक, नारायणी डेभलपमेन्ट बैंक, कर्पोरेट, सिन्धु विकास र एक्सेल डेभलपमेन्ट बैंकलाई कारबाही गरेको हो । यी संस्थाको सञ्चालक समिति, प्रमुख कार्यकारी अधिकृतहरुलाई कारबाही तथा सचेत गराउने काम पनि भएको छ । राष्ट्र बैंकले सिन्धु विकास बैंकका अध्यक्ष राजेन्द्रकुमार श्रेष्ठलाई कारबाही गरेको हो । राष्ट्र बैंकबाट जारी भएको एकीकृत निर्देशनविपरीत काम गरेको भन्दै अध्यक्षलाई ५ लाख रुपैयाँ नगद जरिवाना गरेको छ । पुँजी कोषको अनुपात ३२.०९ प्रतिशत…

Read More

काठमाडौँ: जनताको घर तथा बस्ती डुबानमा पर्दा जोखिममुक्त बनाउने स्थानीय सरकार काठमाडौँ महानगरपालिका आफैँ डुबानमा परेको छ। बुधबार रातिको अविरल वर्षाका कारण राष्ट्रिय सभा गृह डुबानमा परेको हो। राष्ट्रिय सभा गृहमा काठमाडौं महानगरपालिकाका प्रमुख र उपप्रमुखको कार्यालय रहेको छ। सभागृहभित्र राष्ट्रिय परिचयपत्रका लागि फोटो खिचाउने स्थान, मेट्रो एफएम, नगर प्रहरी सुरक्षा कक्ष जलमग्न भएका छन्। केही दिनअघि वर्षाका कारण काठमाडौंको बागमती, विष्णुमती तथा धोबीखोला आसपासका क्षेत्र डुबेका थिए। त्यसबेला महानगर प्रमुख बालेन्द्र शाहले एमाले अध्यक्ष केपी शर्मा ओलीका बिरुद्ध सामाजिक सञ्जालमा आक्रोश पोखेका थिए। हरेक वर्षायाममा घण्टाघर र रत्नपार्कदेखिको पानीको भेल प्रदर्शनीमार्गको नाला हुँदै टुकुचा खोलामा जाने गर्थ्यो। तर यस…

Read More