Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- मन्त्री लम्सालसँग ट्रक व्यवसायीको भेट, भोटेकोसी बाढीबाट करिब ४०० ट्रक तथा कन्टेनर हराएको जानकारी
- सुस्त पुँजी बजार उकास्न सरकारको २१ बुँदे योजना, यस्ता छन् व्यवस्था
- बाढीले क्षतिग्रस्त जहरे सबस्टेसन पुनः सञ्चालनमा
- एमसिए–नेपालद्वारा सीमापार प्रसारण लाइनको नेपालतर्फको १८ किमि खण्डको निर्माण सम्पन्न
- ७७ लाख ५० हजारमै घर र जग्गामा २५ प्रतिशतसम्म छुट अफरसहित ‘सिजी प्रोपर्टिज नवौँ नेपाल जग्गा तथा आवास एक्स्पो’ हुँदै
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: सरकारले नेपाल र संयुक्तराज्य अमेरिकाबीच पर्यटक प्रवेशाज्ञामा देखिएको शुल्कको असामनजस्यता हटाउने निर्णय गरेको छ। सराकारको यहि पुस ६ र ९ गते बसेको मन्त्रिपरिषद्को बैठकले नेपाल र अमेरिकाबीच पारस्पारिकतासम्बन्धी प्रस्तावलाई समेत सरकारले स्वीकृत गर्दै यो निर्णय गरेको हो। नयाँ व्यवस्थाअनुसार पर्यटक प्रवेशाज्ञा लिँदा बुझाउनुपर्ने दस्तुरमा सन् २०१९ जनवरी १ देखि पर्यटक प्रवेशाज्ञामा पाँच वर्षे (१८० दिन प्रति वर्ष) बहुप्रवेशी प्रवेशाज्ञा लिँदा अमेरिकी र नेपाली पर्यटक दुवैले अमेरिकी डलर १६० दस्तुर तिर्नुपर्नेछ । हाल अमेरिकी नागरिकले अमेरिकी डलर १६० र नेपाली नगारिकले अमेरिकी डलर १०० दस्तुर तिर्ने व्यवस्था छ । नेपाली नागरिकले अध्ययन प्रवेशाज्ञा आवेदन गर्दा अमेरिकी दूतावासले लिने गरेको अतिरिक्त…
काठमाडौँ: विभिन्न देशमा रिक्त रहेका राजदूत पदमा पाँच सहसचिवलाई नियुक्तिका लागि सरकारले सिफारिश गरेको छ । मन्त्रिपरिषद्को यही पुस ६ र ९ गते बसेको बैठकका निर्णय सार्वजनिक गर्न आज यहाँ आयोजित पत्रकार सम्मेलनमा सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले सो जानकारी दिनुभएको हो । सरकारले परराष्ट्र मन्त्रालयका सहसचिव गणेशप्रसाद ढकाललाई थाइल्याण्डका लागि आवासीय तथा क्याम्बोडिया, लाओस, भियतनाम र सिङ्गापुरका लागि गैरआवासीय नेपाली राजदूतमा नियुक्तिका लागि सिफारिश गरेको सरकारका प्रवक्तासमेत रहनुभएका मन्त्री बाँस्कोटाले जानकारी दिनुभयो । साथै उहाँलाई एशिया तथा प्रशान्त क्षेत्रका लागि संयुक्त राष्ट्रसङ्घीय आर्थिक र सामाजिक आयोग र एशिया इन्स्टिच्युट अफ टेक्नोलोजीका लागि स्थायी प्रतिनिधिसमेत तोक्ने निर्णय गरेको सरकारका…
वासिङटन: संयुक्तराज्य अमेरिकाका राष्ट्रपति डोनाल्ड ट्रम्पले बजेटमा हस्ताक्षर नगरेका कारण सङ्घीय कार्यालयहरु अझै केही दिन आंशिक बन्द हुने सम्भावना देखिएको छ । अमेरिकी संसदले मेक्सिकोको सिमानामा पर्खाल निर्माण गर्न राष्ट्रपतिले आग्रह गर्नुभएको पाँच अर्ब डलर बाहेकको बजेटमात्र पारित गर्ने जानकारी गराएसँगै राष्ट्रपति ट्रम्पले बजेट स्वीकृत नगर्ने अडान लिनुभएको छ । फेरि, सांसदहरु बजेट छलफल बीचमै छाडेर क्रिसमस र नयाँ वर्षको छुट्टी मनाउन वासिङटनबाट अन्यत्र हिँडिसकेका छन् । उनीहरुको भनाईमा मतदानका लागि वासिङटन फर्किन अरु २४ घण्टाको समय दिनु पर्दछ । अमेरिकी संसदको माथिल्लो सदन सिनेटको बैठक बिहीबार अपराह्नका लागि बोलाइएको छ, तर बैठकमा थोरै संख्यामा मात्र सिनेटरहरु उपस्थित हुने सम्भावना…
काठमाडौँ: वर्षाको समयमा नेपालमा बढी हुने विद्युत् उपयोग गर्ने गरी ‘इनर्जी बैंकिङ’ गर्न भारत सहमत भएको छ । भारतको राजधानी नयाँ दिल्लीमा बुधबार सम्पन्न विद्युत् आदानप्रदान समिति (पावर एक्सचेञ्ज कमिटी (पिइसी) को १३औँ बैठकले नेपाल र भारतबीच इनर्जी बैकिङ गर्ने निर्णय गरेको हो । नेपालले लामो समयदेखि बर्खायाममा उत्पादित बिजुली भारत निर्यात गर्ने र हिउँदमा उताबाट लिने गरी भारतसँग इनर्जी बैकिङ गर्ने प्रस्ताव अगाडि बढाएको थियो । आगामी वर्षदेखि माथिल्लो तामाकोशीलगायत केही आयोजना निर्माण सम्पन्न हुने र बर्खायामको विद्युत् नेपाललाई बढी हुने भएकाले त्यसको विकल्पका रुपमा भारत पठाएर इनर्जी बैंकिङ गर्न सकिने विषयमा छलफल हुँदै आएको थियो । नेपालतबाट बैठकको…
काठमाडौं: धरहरा भत्तिएको चार बर्षपछी प्रधानमन्त्री केपी शर्मा ओलीले विहिबार धरहरा पुनर्निर्माणको शिलान्यास गरेका छन्। सुन्धारामा आज बिहान आयोजित विशेष कार्यक्रममा प्रधानमन्त्री ओलीले धरहरा पुनर्निर्माणको शिलान्यास गरेका हुन् । भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो । प्रधानमन्त्री ओलीले अघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेका थिए । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी-रमन जेभीलाई दिएको छ । भूकम्पले भत्किएको धरहरालाई सिसाभित्र राखेर संरक्षण गर्ने र त्यसकै छेउँमा पुरानै शैलीमा अत्याधुनिक सुविधासहित नयाँ धरहरा निर्माण हुने प्राधिकरणको सम्पदा विभाग प्रमुख राजुमान मानन्धरले जानकारी दिए । नयाँ बन्ने धरहरा २२…
काठमाडौँ: विदेशमा २०/२१ घण्टासम्म काम गरेर फर्किएकी करिब ३० वर्षीया महिलाको केही दिन पहिले मिर्गौलाको शल्यक्रिया भयो । आर्थिक अवस्था कमजोर भएकाले पैसा कमाउने उद्देश्यले मलेसिया पुग्नुभएकी उहाँ फर्कँदा पैसा त कमाउनुभयो तर पैसासँग रोग पनि ल्याउनुभयो । घरेलु कामदारका रूपमा कतारमा काम गर्दा उहाँ धेरै खट्नुभयो । बिहान १/२ बजेदेखि काम गर्ने र राति पनि १२ बजेसम्म काम गर्नुपर्ने बाध्यता थियो । दलालले यहाँ भनेर लगेको भन्दा धेरै समयसम्म काम गर्नुपर्ने र काम गरेअनुरूपको तलब नपाउँदा उहाँ स्वदेश फर्कनुभयो । उहाँले भन्नुभयो, “बैंकमा दुईचार पैसा बचत भएर मात्रै के गर्नु र ? अनेक रोगले गर्दा अब काम गर्न नसक्ने…
काठमाडौँ: राष्ट्र बैंकको बाध्यकारी नियम अनुसार देशका ७५३ स्थानिय तहमा कम्तिमा एक बाणिज्य बैंक पूग्ने पर्ने भने पनि हालसम्म ६८७ स्थानीय तहमा मात्रै जानता वित्तिय पहुँच पुगेको तथ्याङ्क सार्वजनिक भएको छ। यस्तै राष्ट्र बैंकले दिएको एक जानकारी अनुसार अझै पनि ६० प्रतिशत जनताको बैंकसम्म पहुँच पुग्न सकियेरहेको छैन। नेपाल राष्ट्र बैंकले चालू आवको अन्त्यसम्ममा ७५३ वटै स्थानीय तहका सदरमुकामसम्म कम्तीमा एकवटा वाणिज्य बैंक पुग्ने जनाएको छ । सबै स्थानीय निकायमा वित्तीय पहुँच तथा साक्षरता पुर्याउने नीतिअनुरुप हाल ६८७ स्थानीय निकायमा वित्तीय पहुँच पुगेको राष्ट्र बैंकका गभर्नर चिरञ्जीवी नेपालले बताएका हुन् । प्रतिनिधिसभा, अर्थ समितिको बैठकमा बोल्दै नेपाल राष्ट्र बैंकका गभर्न…
काठमाडौं: उपत्यकामा चल्ने सार्वजनिक सवारी साधनहरुको बस स्टप परिवर्तन भएको छ । राजधानीको रत्नपार्क क्षेत्रमा सवारी साधन रोक्न नदिएको विरोधमा यात्रुहरु उत्रिएपछि महानगरीय ट्राफिक प्रहरी महाशाखाले बस स्टप परिवर्तन गरेको हो । यात्रुहरुले मंगलबार र बुधबार विरोधमा उत्रिएपछि महाशाखाले एउटा सवारी साधनले टुँडिखेल वरिपरि एक स्थानमा मात्रै यात्रु चढाउने र ओराल्ने स्थानको नयाँ व्यवस्था गरेको छ । महाशाखाले सामाखुसी यातायात व्यवसायी संघ, नेपाल सार्वजनिक माइक्रो व्यवसायी संघ, बालाजु मिनिवस समिति र तारकेश्वर यातायातका सवारी साधनको लागि बस स्टप १ (काठमाडौं मल/एनएसी अगाडि) तोकेको छ । यस्तै दिगो सार्वजनिक यातायात, संयुक्त यातायात, कपन वंगलामुखी यातायत, सिटी यातायात र अन्नपूर्ण सेवाका सवारी…
काठमाडौं: प्रधानमन्त्री केपी शर्मा ओलीले धरहरा पुनर्निर्माणको औपचारिक निर्माण कार्य अघि बढाउन अहिले बिहान ११ बजे पुनर्निर्माणको शिलान्यास गर्दैछन्। भिमसेन थापाको पालामा बनेको धरहरा पछिल्लो पटक २०७२ वैशाख १२ को गोरखा भूकम्पमा भत्किएको थियो । ओलीले आफ्नो आघिल्लो कार्यकालमा मेरो धरहरा मै बनाउँछु अभियान सुरु गरेका थिए जसका लागि उनले जन श्रमदानबाट धरहराको पुनर्निर्माण गर्ने घोषणा गरेका थिए। त्यसको झण्डै चार वर्षपछि प्रधानमन्त्री ओलीले नै पुनर्निर्माणको शिलान्यास गर्न लागेका हुन् । राष्ट्रिय पुनर्निर्माण प्राधिकरणले धरहरा पुनर्निर्माणको जिम्मा जीआईईटीसी-रमन जेभीलाई दिएको छ । भूकम्पले भत्किएको धरहरालाई भने सिसाभित्र राखेर संरक्षण गरिने प्राधिकरणले जनाएको छ । त्यसकै छेउँमा पुरानो स्वरुपमा आधुनिक सुविधा…
काठमाडौं: लिग लिडर मनाङ मर्स्याङ्दी क्लब आज हुने शहिद स्मारक ए डिभिजन लिग फुटबल खेलमा संकटा क्लब हराउंदै आफुले खेल्न बाँकी दुई खेल अगावै उपाधि जित्ने दाउमा छ । ललितपुरको सातदोबोटोस्थित एन्फा कम्प्लेक्समा आज लिगको शीर्ष स्थानमा रहेको मनाङ र लिगको दोस्रो स्थानमा रहेको संकटा क्लबबीच २:३० बजे प्रतिस्पर्धा हुन लागेको हो । यो खेलमा मनाङले जित हात पारे कीर्तिमानी जितसँगै मनाङले उपाधि उचाल्ने छ । यदि मनाङ संकटा क्लबसँग बराबरी वा पराजित भएमा संकटा र थ्रीस्टारको उपाधि यात्रा कायमै रहने छन् । १०औं खेलसम्म लगातार जित हात पारेको मनाङले ११औं खेलमा पनि शतप्रतिशत जित हात पार्ने लक्ष्यमा रहेको छ…