Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

दक्षिण कोरिया (एजेन्सी) : चीनबाट शुरु भएको कोविड १९ अर्थात् कोरोना भाइरसको संक्रमणबाट दक्षिण कोरियामा आज सोमबार विहानसम्ममा ७ जनाको ज्यान गइसकेको छ । कोरियामा मात्रै यतिबेला ७ सय ६३ जना यस भाइरसबाट संक्रमित रहेको अन्तर्राष्ट्रिय समाचार माध्यमहरुले जनाएका छन् । कारियामा नेपाली कामदारहरु धेरै संख्यामा रहेकाले त्यहाका काम गर्ने अन्य कामदारबाट नेपालीहरुको स्वास्थ्य जोखिममा छ । दक्षिण कोरिया वैदेशिक रोजगारीका लागि नेपालीको आकर्षक गन्तव्य मुलुक हो । ‘कमाउन’ का लागि भन्दै कोरियामा रहेका उनीहरु यतिवेला कोराना संक्रमणको त्रासमा काममा गइरहेका छन् । थेंगु क्षेत्रमा पाँच सय भन्दा बढी व्यक्तिमा संक्रमण फैलिएको समाचार आएपछि त्यस क्षेत्रमा विवाह लगायतका समारोहमा…

Read More

कटारी (उदयपुर): नेपाल विद्युत प्राधिकरणले सोलु करिडोर १३२ केभी डबल सर्किट प्रसारण लाइन आयोजनाअन्तर्गत उदयपुरको कटारी नगरपालिका—४ मरुवामा भइरहेको निर्माण अवरोध हटाउन पहल गरिरहेको छ । स्थानीय बासिन्दाले प्रसारण लाइनको रुट सार्न माग राख्दै झण्डै दुई वर्षअघिदेखि निर्माणमा अवरोध गरिरहेका छन् । त्यस क्षेत्रमा नौ वटा टावर निर्माण गर्नु पर्ने छ । जारी अवरोधले निर्माण ढिलाइ हुँदा सोलुखुम्बुमा निर्माणाधीन निजी क्षेत्रका जलविद्युत आयोजनाहरुको विद्युत् खेर जाने अवस्था आउन नदिन प्राधिकरण उच्च व्यवस्थापनले अवरोध हटाउन पहल गरेको हो । प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङ,कटारी नगरपालिकाका मेयर ज्ञानेन्द्र श्रेष्ठ, सम्बन्धित वडाका वडाध्यक्षहरु, प्रसारण निर्देशनालयका उपकार्यकारी निर्देशक बज्रभूषण चौधरीलगायतको टोलीले आइतबार अवरोधस्थलको निरीक्षण…

Read More

काठमाडौँ : काठमाडौँ उपत्यकामा रहेका पुराना पाइपहरु क्रमशः विस्थापित हुने भएका छन् । मेलम्ची खानेपानी आयोजनाका लागि आयोजना कार्यान्वयन निर्देशनालयले निर्माण गरेकै पाइपबाट सबै पानी वितरण गर्ने हुँदा पुराना पाइप अब प्रयोगमा नआउने भएको छ । हालका लागि पुरानै पाइपबाट पानी वितरण भए पनि आगामी वर्षबाट निर्देशनालयले निर्माण गरेकै पाइपबाट पानी वितरण गरिने काठमाडौँ उपत्यका खानेपानी लिमिटेड (केयुकेएल० का प्रमुख कार्यकारी अधिकृत मिलन शाक्यले बताए । उनका अनुसार पुराना पाइप प्रयोगमा नआउँदा अहिले रहेकै स्थानमा छाडिनेछ । सय वर्षभन्दा पुराना पाइप पुनः प्रयोगमा आउन सक्ने सम्भावना कम रहेको छ । उनले भने, “ती पाइप निकाल्दा खर्च लाग्ने र सडक…

Read More

काठमाडौं : आइपिओ निष्काशनको ८ महिनापछि हिमाल दोलखाको शेयर नेप्सेमा सुचिकृत भएको छ । आज सोमबार नेप्सेमा कम्पनीको १ करोड ६० लाख कित्ता शेयर सुचिकृत भएको हो । शेयर सुचिकृत भएसंगै भोली मंगलबारबाट कम्पनीको कारोबार सुरु हुने छ । नेप्सेले पहिलो कारोबारको लागि ६५।३३ देखि १९५।९९ सम्मको रेन्ज तोकेको छ । नेप्सेले पहिलो कारोबारको लागि कम्पनीइको नेटवर्थको आधारमा ३ गुणासम्म सुरुवाती रेन्ज तोक्ने गरेको छ । शेयर प्रत्याभूतकर्तासँगको विवाद भएपछि ढिलो गरी कम्पनीको आईपिओ सुचिकृत भएको हो । कम्पनीले गत असार २५ गतेदेखि आईपिओ निष्काशन गरेकोमा फागुन महिनामा बल्ल शेयर सूचीकरण भएको हो ।

Read More

काठमाडौं : प्रिमियर इन्स्योरेन्स कम्पनीले यो वर्ष लगानीकर्तालाई कुनै लाभांश/बोनस शेयर नदिने घोषणा गरेको छ । फागुन ८ गते साँझ बसेको २७७ औं बोर्ड बैठकले नेपाल वित्तीय प्रतिवेदन मान (एनएफआरएस)को आधारमा आर्थिक वर्ष २०७५र७६ को वित्तीय विवरण तयार पार्दा मुनाफाबाट लाभांश तथा बोनस सेयर वितरण गर्न नमिल्ने भएको उल्लेख गर्दै सो आर्थिक वर्षका लागि लाभांश वितरण नगर्ने निर्णय भएको कम्पनीले जनाएको छ । लाभांशकै आशामा यो कम्पनीको सेयर मूल्य दोश्रो बजारमा एक महिनाको अवधिमा प्रतिकित्ता ५०० रुपैयाँबाट बढेर ७०० माथि पुगिसकेको छ । यद्यपि यो घोषणापछि प्रिमियर इन्स्योरेन्सको शेयरमा भारी गिरावट आएको छ । यो समाचार तयार…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको पहिलो सात महिनामा वस्तु आयात घटेको छ भने निर्यात व्यापार उल्लेख्य बढेको छ । भन्सार विभागको तथ्यांकअनुसार सात महिनामा कूल ८ खर्ब 3 अर्ब ६० करोड रुपैयाँ बराबरको आयात भएको छ । यो रकम अघिल्लो आर्थिक वर्ष २०७५÷७६ को सोही अवधिको तुलनामा ३.५६ प्रतिशतले कम हो । अघिल्लो आर्थिक वर्षमा ८ खर्ब ३३ अर्ब २६ करोड रुपैयाँ बराबरको वस्तु आयात भएको थियो । यस अवधिमा निर्यात व्यापारमा भने उल्लेख्य वृद्धि भएको छ । तथ्यांक अनुसार चालु आवको सात महिनामा ६४ अर्ब ५७ करोड रुपैयाँ बराबरको वस्तु निर्यात भएको छ । यो रकम अघिल्लो आवको सोही अवधिको…

Read More

भक्तपुर : भक्तपुर नगरपालिका–९ च्यामासिंहबाट ब्रम्हायणीतर्फ जाँदै गरेको बा३क ३५८८ नंको मिनी ट्रकले ठक्कर दिँदा एक पैदल यात्री बालकको मृत्यु भएको छ । ठक्करबाट भक्तपुर–१० कमलविनायक बस्ने ११ वर्षीय तिलक मकाजूको मृत्यु भएको महानगरीय प्रहरी परिसर भक्तपुरका प्रवक्ता दीपक गिरीले जानकारी दिए । मिनी ट्रकको ठक्करबाट घाइते भएका मकाजूको जनस्वास्थ्य सेवा केन्द्र भक्तपुरमा उपचार हुन नसकेपछि बी एन्ड बी अस्पताल ग्वार्को ललितपुर लगिएकामा उपचारकै क्रममा गए राति मृत्यु भएको प्रहरीले जानकारी दिएको छ । ठक्कर दिने सवारीसाधन र सवारी चालक रोल्पा रुम्तीगढी गाउँपालिका–१ घर भई हाल सूर्यविनायक–१० भातेढिकुर बस्ने २६ वर्षीय सुरेश मगरलाई पक्राउ गरी कारवाही अगाडि बढाइएको प्रहरीले जानकारी…

Read More

भारत ( एएफपी) : अमेरिकी राष्ट्रपति डोनाल्ड ट्रम्प दुई दिने औपचारिक भ्रमणको क्रममा आज फागुन १२ गते सोमबार भारत पुगेका छन । राष्ट्रपति ट्रम्पलाई भारतीय संस्कृति झल्कने विभिन्न झाँकीका साथ भव्य स्वागत गरिएको छ । ट्रम्प सवारी हुने सडकका दायाँबायाँ ठूलो संख्यामा मानिसहरु ट्रम्पलाई स्वागत गर्न भेला भएका छन् । राष्ट्रपति ट्रम्पलाई भारतीय प्रधानमन्त्री नरेन्द्र मोदीले अहमदाबाद विमानस्थलमा स्वागत गरेका थिए । मोदीको गृहराज्य गुजरातमा निर्माण भएको विश्वकै सबैभन्दा ठूलो क्रिकेट रङ्गशालामा आयोजना हुने विशाल सभालाई राष्ट्रपति ट्रम्प र प्रधानमन्त्री नरेन्द्र मोदीले सम्बोधन गर्ने कार्यक्रम छ । त्यहाँ करिब १ लाख व्यक्ति सहभागी भएको अनुमान गरिएको…

Read More

सिन्धुली : बिपी राजमार्गअन्तर्गत सिन्धुलीको गोलन्जोर गाउँपालिका–७ खुर्कोटमा गाडीको ठक्करबाट एक जनाको मृत्यु भएपछि स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका छन् । गाडीको ठक्करबाट आज बिहान स्थानीयवासी ५० वर्षीय नन्दलाल श्रेष्ठको मृत्यु भएको थियो । ठक्कर दिने गाडीको पत्ता लगाएर आवश्यक कानुनी कारवाहीको माग गर्दै स्थानीयवासीले राजमार्ग अवरुद्ध पारेका हुन् । ठक्कर दिने सवारीको खोजी भइरहेको र अवरुद्ध राजमार्ग सञ्चालन गर्ने प्रयास भइरहेको जिल्ला प्रहरी कार्यालय सिन्धुलीका प्रहरी उपरीक्षक रञ्जु सिग्देलले जानकारी दिए । राजमार्ग अवरुद्ध भएपछि बिपी राजमार्ग तथा मध्यपहाडी लोकमार्ग हुँदै काठमाडौं र काठमाडौँदेखि अन्यत्र हिँडेका यात्रुहरु बिचल्लीमा परेका छन् ।

Read More

काठमाडौं : प्रत्येक वर्ष फागुन शुक्ल प्रतिपदाका दिन शेर्पा समुदायले मनाउने सांस्कृतिक पर्व ग्याल्पो ल्होसार आज सोमबार मनाईँदै छ । नयाँ वर्षका रूपमा शेर्पा समुदायले २१४७ औँ ग्याल्पो ल्होसार मनाउन लागेका हुन् । मुसा, गाई, बाघ, खरायो, ड्रागन ९मेघ०, सर्प, घोडा, भेडा, बाँदर, चरा, कुकुर र बराह गरी १२ वर्गमा ग्याल्पो ल्होसारलाई विभाजन गरिएको छ । बराह वर्ष पूरा भई सोमबारदेखि मुसा वर्ष सुरु हुने शेर्पा जातिको संस्कृतिका सम्बन्धमा खोज गरिरहेका टीका शेर्पाले जानकारी दिए । ग्याल्पो ल्होसार फागुन शुक्ल प्रतिपदादेखि पूर्णिमासम्म विविध कार्यक्रम आयोजना गरी भव्यरूपमा मनाइन्छ । ग्याल्पो ल्होसार भोटका नवौँ राजा उदे गुङ्ग्यालका पालादेखि वसन्त…

Read More