Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौं: वायु सेवा सञ्चालक संघले हवाइ इन्धनको मूल्य घटाउन माग गरेको छ। संघले विज्ञप्ति जारी गर्दै कम भन्दा कम मुनाफा राखि (लिटरको १० रुपैयाँभन्दा कम) मूल्य समायोजन गर्न माग गरेको हो। हवाइ इन्धनको मूल्य घटेमा सर्वसाधारणको यात्रालाई सुलभ र सहुलियतपूर्ण हुने संघले विज्ञप्तिमा उल्लेख गरेको छ। यसबाट वायु सेवा कम्पनीहरुलाई पनि राहत पुग्न जाने संघको धारणा छ। हवाई इन्धनको मूल्यमा उतारचढाव हुँदा वायुसेवा उद्योगको सञ्चालन खर्च लगायत नाफाघाटा निकै प्रभावित हुने गरेको संघले जनाएको छ। वायु सेवाको कूल खर्चको ३५ देखि ४० प्रतिशत हवाई इन्धनको रहने गरेको छ। संघले विश्व बजारमा नै पेट्रोलियम पदार्थको मूल्य अप्रत्याशित ढंगले घटेको उल्लेख गर्दै…

Read More

काठमाडौँ: बागलुङमा ६ जनामा कोरोना संक्रमण पुष्टि भएको छ । तमानखोला गाउँपालिकाका ४ र बडिगार्ड गाउँपालिकाका २ जनामा कोरोना संक्रमण भएको हो । पीसीआर विधिबाट गरिएको परीक्षणमा बागलुङका ६ जनामा कोरोना संक्रमण देखिएको गण्डकी प्रदेश प्रगोलशालाका एक कर्मचारीले जानकारी दिए । संक्रमितबारे प्रदेश स्वास्थ्य निर्देशनालयमा जानकारी दिइएको उनले बताए । तमानखोला गाउँपालिकाका अध्यक्ष जोकलाल बुढामगरले आफ्नो गाउँपालिकाका ४ जनामा कोरोना पोजेटिभ पुष्टि भएको आफूले जानकारी पाएको बताए । अध्यक्ष बुढामगरका अनुसार, सुनौली नाकाबाट उद्धार गरिएकाहरूमा संक्रमण पुष्टि भएको हो । उनीहरूलाई बागलुङको आइसोलेसनमा पठाउने तयारी भएको उनले जानकारी दिए । बडिगार्ड गाउँपालिकामा भेटिएका कोरोना संक्रमितलाई पनि बागलुङकै…

Read More

कञ्चनपुर: क्वारेन्टिन व्यवस्थामा जुटेका कञ्चनपुरको कृष्णपुर नगरपालिका वडा नं ७ का वडाध्यक्ष ५८ वर्षीय कल्लु रानाको गएराति मृत्यु भएको छ । राष्ट्रिय माध्यमिक विद्यालयमा रहेको क्वारेन्टिनमा कुर्सीमा बसेर फोन गरिरहेका बेला एक्कासी बेहोस भएका रानाको मृत्यु भएको हो । राना साँझपख घरमा पुगी नुहाइ राना खाना खाएर क्वारेन्टिन पुगेका थिए । नयाँ क्वारेन्टिन स्थापना गरिएको थियो नगरप्रमुख कर्णबहादुर हमालले भन्नुभयो, “राति व्यवस्थापनबारे जानकारी लिनका लागि क्वारेन्टिनमा पुगेका उहाँको मृत्यु भएको छ । ” वडाध्यक्ष रानामा कुनै पनि रोगको लक्षण यसअघि नदेखिएकाले हृदयाघातका कारण उहाँको मृत्यु भएको हुनसक्ने उहाँले बताउनुभयो । मृत्यु भएका रानाको शव परीक्षणका लागि राति…

Read More

सुर्खेत: भारतको गुजरातबाट वीरेन्द्रनगर आइपुगेका एक युवाको मङ्गलबार राति मृत्यु भएको छ । सुर्खेतको चिङ्गाड गाउँपालिका–५ का २२ वर्षीय वीरेन्द्र रोकायाको प्रदेश अस्पताल कालागाउँ पुग्ने क्रममै बाटोमा मृत्यु भएको हो । मङ्गलबार नेपालगञ्जबाट चिङ्गाड जाने बसमा चढेका ती युवालाई असजिलो भएपछि सुर्खेतको सुब्बाकुनाबाट एम्बुलेन्समार्फत प्रदेश अस्पताल पु¥याइएको थियो । अस्पतालका कोरोना फोकल पर्सन डा केएन पौडेलले अस्पतालमा भर्ना हुनेबित्तिकै आफूहरुले जाँच गर्दा उनी मृतावस्थामा रहेको बताउनुभयो । “राति साढे १२ बजेतिर खबर पाउनेबित्तिकै हामी जाँच गर्न गयौँ, उनको मृत्यु भइसकेको रहेछ”, डा पौडेलले भन्नुभयो । अस्पतालका निर्देशक डा डम्बर खड्काले मृतक युवकका साथै उनको साथमा एम्बुलेन्समा आएकाहरुको…

Read More

सप्तरी: होम क्वारेन्टिनमा मुत्यु भएकी सप्तरीको कञ्चनरुप नगरपालिका–११ गोरपारकी २४ वर्षीया महिलाको शवलाई व्यवस्थापन गरिएको छ । कोरोनाको लक्षण देखिएकी गर्भवतीको चार जना परिवारका सदस्यको उपस्थितिमा कञ्चनरुपस्थित सुन्दरीखोलाभित्रको जङ्गलमा लगेर सतर्कताका साथ शव व्यवस्थापन गरिएको इलाका प्रहरी कार्यालय कञ्चनरुपका प्रहरी नायब उपरीक्षक मकेन्द्रकुमार मिश्रले जानकारी दिनुभयो । सप्तरीको कञ्चनरुप नगरपालिकाले उपलब्ध गराएको व्यक्तिगत सुरक्षा सामग्री (पिपिइ) लगाएका परिवारका सदस्यले स्वास्थ्यकर्मीको निगरानीमा शवको दाहसंस्कार गरेका छन् । स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले बनाएको ‘कोभिड–१९ का कारण मृत्यु भएका व्यक्तिहरूको शव व्यवस्थापनसम्बन्धी संक्षिप्त कार्यविधि २०७६’ बमोजिम पिपिइलगायत सुरक्षा सामग्री उपलब्ध गराएर सतर्कताका साथ शव व्यवस्थापन गरिएको नगरप्रमुख वसन्त मिश्रले बताउनुभयो । कार्यविधिमा…

Read More

काठमाडौं: यो वर्ष थप १२ प्रतिशतमा पहुँच वृद्धि भइ विद्युत पहुँच पुगेको मुलुकको जनसंख्या ९० प्रतिशत पुगेको छ। आर्थिक सर्वेक्षण २०७६/७७ मा विद्युत पहुँच ९० प्रतिशत जनसंख्यामा पुगेको उल्लेख छ। गत वर्षसम्म ७८ प्रतिशत जनसंख्यामा मात्रै विद्युत पहुँच पुगेको थियो। अहिले विद्युत जडित क्षमता १३ सय ५५ मेगावाट पुगेको उल्लेख छ। गत वर्ष यही अवधिमा ११ सय ४२ मेगावाट विद्युत उत्पादनको जडित क्षमता थियो। यो वर्ष २१३ मेगावाट मात्रै विद्युत थप भएको छ।

Read More

काठमाडौं: आर्थिक वृद्धिदरमा उल्लेख्य गिरावट आएपनि नेपालीको प्रतिव्यक्ति आयमा भने सुधार भएको छ। वर्षदिनमा नेपालीको आय ८५६३ रुपैयाँ हाराहारीले बढेको छ। अहिलेको विनिमय दरअनुसार एक नेपालकी औसत आय १ लाख २६ हजार १८ रुपैयाँ पुगेको छ। आज एक डलरको भाउ १२१ रुपैयाँ ८३ पैसा छ। अर्थमन्त्री डा. युवराज खतिवडाले मंगलबार प्रतिनिधि र राष्ट्रियसभा दुवैमा चालु वर्षको आर्थिक सर्वेक्षण सार्वजनिक गर्दै आय ५१ अमेरिकी डलरले बढेर १०८५ डलर पुगेको बताए। सरकारले आगामी २५ वर्षमा प्रत्येक नेपालीको आम्दानी साढे १२ हजार डलर पुर्‍याउने लक्ष्य राखेको छ। पछिल्लो १० वर्षको आय वृद्धिलाई हेर्दा त्यो लक्ष्य भेट्टाउन असम्भवै जस्तो देखिन्छ। पछिल्लो २० वर्षको…

Read More

काठमाडौं: कमाइको अधिकांश हिस्सा खर्च गरेर सिध्याउने नेपालीहरुको बचत यो वर्ष अझ खुम्चिएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा प्रस्तुत गरेको चालु वर्षको आर्थिक सर्वेक्षणको तथ्यांकले यस्तो देखाएको हो। सर्वेक्षणअनुसार आम्दानीमध्येबाट नेपालीले गर्ने बचतको दर पोहोरभन्दा अहिले दुई प्रतिशतभन्दा बढीले घटेको छ। गत वर्ष सय रुपैयाँ आम्दानी गर्दा त्यसबाट २० रुपैयाँभन्दा बढी बचत रहेकोमा यस वर्ष यो १८ रुपैयाँमा ओर्लिएको छ। अर्थमन्त्री खतिवडाले गत फागुनसम्मको आर्थिक गतिविधिका आधारमा प्रस्तुत गरेको आर्थिक सर्वेक्षणअनुसार, कुल गार्हस्थ उत्पादन (जीडीपी) को ८१.९ प्रतिशत उपभोगमै खर्च हुने देखिएको हो। बचत १८.१ प्रतिशत मात्र हुने सर्वेक्षणमा उल्लेख छ । गत वर्ष उपभोग र बचतको दर…

Read More

काठमाडौँ: चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा झर्ने भएको छ । अर्थमन्त्री डा. युवराज खतिवडाले संसदमा आर्थिक सर्वेक्षण प्रतिवेदन-२०७६/७७ सार्वजनिक गर्दै चालु आर्थिक वर्षको आर्थिक वृद्धिदर २.३ प्रतिशतमा खुम्चिने अनुमान रहेको जानकारी दिए । यसअघि वैशाख १७ मा केन्द्रीय तथ्यांक विभागले यो वर्षको आर्थिक वृद्धिदर २.२७ प्रतिशत हुने अनुमान सार्वजनिक गरेको थियो । सरकारले भने विभागको भन्दा ०.०३ प्रतिशत बढाएर अनुमान सार्वजनिक गरेको छ । सरकारले चालु आर्थिक वर्षको बजेटले आर्थिक वृद्धिदर ८.५ प्रतिशतको लक्ष्य राखेको थियो । तर, गत फागुनपछि सुरु भएको कोरोना भाइरसको संक्रमण र त्यसले अर्थतन्त्रमा पारेको प्रभावका कारण अर्थतन्त्रको वृद्धिदर नराम्रोसँग खुम्चिने भएको अर्थमन्त्री खतिवडाले…

Read More

काभ्रे: नेपाली काँग्रेसको केन्द्रीय सदस्य एवम केन्द्रीय ट्रेड युनियन विभागका संयोजक शिवप्रसाद हुमागाईले बन्दाबन्दीका कारण १२ लाख मजदुर बेरोजगार भएको बताएका छन् । काभ्रेपलाञ्चोक जिल्लामा कार्यरत सञ्चारकर्मीलाई बनेपामा प्रेस जाकेट र माक्स वितरण कार्यक्रममा उनले भने– बन्दाबन्दीका कारण बढी मजदुर समस्यामा परेकोले उनीहरुका लागि राज्यले ध्यानदिन सक्नुपर्छ । उनले कोरोना सङक्रमण बढ्ने क्रम बढेको भन्दै त्यसका लागि सबै एक हुन आवश्यक रहेको बताए । अर्थतन्त्र ठप्प छ, बेरोजगारको संख्या दिनानुदिन बढ्दो छ, यस्तो अवस्थामा तीन तहका सरकारले सबैलाई लिएर हिड्न सक्नुपर्छ, भने । उनले स्थानीय तहमा बजेट सकिदैँ गएकाले राज्यले उनीहरुलाई छिटो सहयोग उपलब्ध गराएर रोग नियन्त्रणमा लगाउनुपर्नेमा जोड्दिए ।…

Read More