Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: कोरोना भाइरसको महामारी रोकथाम र नियन्त्रणका लागि मुलुकलाई पूर्णरुपमा लकडाउन घोषणा गरिएको अवस्थामा नेपाल टेलिकमका आफ्ना ग्राहकवर्गको सुविधाका लागि महशुल भुक्तानी, ब्यालेन्स टपअप र ब्यालेन्स ट्रान्सफर गर्नका लागि विभिन्न प्रविधि र विकल्पहरु अघि सारेको छ । टेलिकमका प्रवक्ता राजेश जोशीले आज एक विज्ञप्ती जारी गर्दै त्यस्तो सुविधा सञ्चालनमा ल्याइएको बारेमा जानकारी गराएका हुन । उनले जारी गरेको विज्ञप्तीमा टेलिकमका सेवाहरुको महशुल भुक्तानी तथा टपअप गर्न कम्पनीको रिचाज कार्ड, मोबाइल भुक्तानी सेवा (MPOS) तथा KIOSK मेसिन, विभिन्न भुक्तानी सेवाका APP हरु र अन्य विकल्पहरु सञ्चालनमा ल्याएको बताइएको छ । विज्ञप्तीमा बैंकका अनलाइन/मोबाइल बैंकिङ्ग सेवाहरु तथा विभिन्न बैंकका सुविधा पनि उपलब्ध…
काठमाडौँ: निजी क्षेत्रको मोबाइल सेवा प्रदायक कम्पनी एनसेलले सरकारलाई ४ अर्ब ६० करोड रुपैयाँ बुझाएको छ । एनसेलको स्वामित्व परिवर्तन भएको पूँजीगत लाभकर वापत बुझाउनुपर्ने बक्यौता रकम कम्पनीले ठूला करदाता कार्यालयमा बुझाएको हो । सर्बोच्च अदालतले एनसेलले २१ अर्ब १० करोड रुपैयाँ बुझाउनुपर्ने फैसला गरेको थियो । जसमा ४ अर्ब ५० करोड पुसमा बुझाएको थियो । कर कार्यालयले एनसेललाई किस्ताबन्दीमा लाभकर बुझाउने सुविधा दिएको थियो । कम्पनीले अब १४ अर्ब ४० करोड रुपैयाँ बुझाउनुपर्ने छ । असार मसान्तसम्ममा एनसेलले सो रकम बुझाउनुपर्छ । यसको लागि एनसेलले बैंकबाट ऋण लिने प्रक्रिया अगाडि बढाएको छ । लकडाउनको कारण आर्थिक गतिविधि ठप्प…
डा.युवराज खतिवडा हरेक विषयलाई प्रष्टसँग राख्न सक्ने खुबी भएका व्यक्तित्वका रुमपा परिचित छन् । पछिल्ला दिनमा उनले अर्थ, सञ्चार तथा सूचना प्रविधि मन्त्रालयसहित सरकारको प्रवक्ताको महत्वपूर्ण जिम्मेवारी निर्वाह गरिरहेका छन् । विश्वभर कोरोनाको त्रास र जोखिम बढिरहेका बेला आगामी आर्थिक वर्षको बजेट निर्माण र कोरोनासँग जुध्ने सरजाम जुटाउने कार्यमा उनी खटिरहेका छन् । अर्थतन्त्रमा कोरोनाको संक्रमण कम गर्ने महत्वपूर्ण कार्यमा अनवरतरुपमा खटिरहेका डा.खतिवडाले सरकारले चालेका कदमबारे थप प्रष्ट पारेका छन् । लकडाउनका कारण अर्थतन्त्रमा पर्न सक्ने प्रभाव न्यून गर्ने लक्ष्यका साथ सरकारले गरेका निर्णयबारे उनीसँग राष्ट्रिय समाचार समितिका प्रतिनिधिहरु रमेश लम्साल, हरि लामिछाने र अशोक घिमिरेले सञ्चार तथा सूचना प्रविधि…
काठमाडौँ: काठमाडौं महानगरपालिकाले निम्न आय भएका ज्यालादारी परिवारको निम्ति राहतको कार्यविधि पास गरेको छ। ठूला वडालाई चार लाख, मझौलालाई तीन र साना वडालाई दुई लाख रूपैयाँ निकासा गरिएको महानगरले जनाएको छ। आवश्यक परे रकम थप्ने निर्णयसमेत भएको छ। महानगरपालिकाको सोमबार बसेको ४३औं बैठकले कोरोना भाइरसका कारण मर्कामा परेका नागरिकलाई राहत उपलब्ध गराउन यो कार्यविधि ल्याएको हो। यसमा महानगरका पशु चौपायासम्म कोही भोको नराख्ने कार्यक्रम छन्। काठमाडौंका मेयर विद्यासुन्दर शाक्यले असहाय, अतिविपन्न र दैनिक ज्यालदारी गर्ने व्यक्ति पहिचान गरी उनीहरूलाई तत्काल राहत उपलब्ध गराउन निर्देशन दिएको बताएका छन्। बैठकले पारित गरेको कार्यविधिमा अनाथाश्रम, वृद्धाश्रम, संरक्षण गृह, मन्दिर, गुम्बा, मस्जिदमा आश्रित व्यक्तिलाई…
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्यामन्त्री भानुभक्त ढकालले सरकारले कोभिड–१९ को रोकथाम र नियन्त्रणका लागि चीनबाट ल्याएका औषधिजन्य सामग्री व्यावसायीसंँग प्रतिस्पर्धा गराएर ल्याइएको हुनाले कुनै अनियमिता नभएको स्पष्ट पार्नु भएको छ । मन्त्रालयमा आज रासस र गोरखापत्रसँग कुरा गर्दै उहाँले रीतपूर्वक बोलपत्र आह्वान गरेर चीनबाट सामग्री ल्याइएको हो भन्नुभयो । हिजो र आजको दर देखाएर अनियमिता ग¥यो भन्ने कुरा जायज नभएको उहाँको भनाइ थियो । उहाँले आफूले राजनीतिक पदमा रहेसम्म पदको दुरुपयोग गरेर एक पैसा पनि नकमाउने दृढता व्यक्त गर्नुभयो । ‘‘महामारीको काराणले सामग्री किन्ने क्रममा केही महँगो हुनसक्छ’’, उहाँले भन्नुभयो, ‘‘यसमा एक इञ्च पनि सरकार, मन्त्रालय र मन्त्रीको तर्फबाट…
बुटवल: बुटवलस्थित कोरोना भाइरस विशेष अस्थायी अस्पताल आइसोलेशनमा आइतबार अपराह्न मृत्यु भएका बिरामीको प्रयोगशाला रिपोर्टमा कोरोना भाइरस ‘नेगेटिभ’ देखिएको छ । पाल्पा स्थायी घर भएका ३४ वर्षीय बाबुराम थापा क्षेत्रीको केन्द्रीय राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा गरिएको स्वाब परीक्षणमा आज आएको अन्तिम रिपोर्टमा कोरोना नेगेटिभ देखिएको लुम्बिनी प्रादेशिक अस्पतालका मेडिकल सुपरिटेन्डेन्ट डा राजेन्द्र खनालले जानकारी दिनुभयो । उनी वैदेशिक रोजगारीका लागि दुबईबाट यही चैत ६ गते मात्र स्वदेश फर्किएका थिए । घर फर्किंदाकोे अवस्थामा नै सामान्य ज्वरो आएकाले रुपन्देहीको सैनामैना नगरपालिका–४ सिसौडाँडास्थित भाडाको निवासमा आराम गर्दै बसेका थिए । वैदेशिक रोजगारीमा दुबई रहँदादेखि नै सामान्य ज्वरो आएका क्षेत्री घर आइसकेपछि पनि स्थानीय…
काठमाडौँ: सरकारले कोभिड १९ रोकथामत था नियन्त्रण गर्न चीनबाट ल्याएका औषधिजन्य सामग्री सातै प्रदेशमा पठाइएको छ । स्वास्थ्य तथा जनसंख्या मन्त्रालय, स्वास्थ्य सेवाविभागका महानिर्देशक महेन्द्रप्रसाद श्रेष्ठले सातवटै प्रदेशमा कोरोना भाइरसको नमूना परीक्षण र स्वाथ्यकर्मीका लागि आवश्यक उपकरण समेत पठाइएको जानकारी दिनुभयो । उहाँका अनुसार कर्णाली र सुदूर पश्चिमबाहेक हेलिकप्टरबाट विराटनगरमा सामान गइसकेको छ भने अन्य प्रदेशमा आज स्थलमार्गबाट सामान लिएर गाडी हिँडिसकेका छन् । आइतबार बिहान चीनबाट कोराना रोकथामका लागि औषषिजन्य सामग्री आएको थियो । कर्णाली प्रदेशको सुर्खेतमा नेपाली सेनाको हेलिकप्टरमार्फत सामान पुगिसकेको छ । सोही हेलिकप्टरले सुदूरपश्चिम प्रदेशको धनगढी पनि सामान लगेको छ । सरकारले…
काठमाडौँ: कोरोना संक्रमणको आशंका गरिएका दुई बिरामीको काठमाडौंको वीर अस्पतालमा मृत्यु भएको छ । मृत्यु हुनेमा भारतबाट हालै फर्किएका ५० वर्षका पुरुष र चन्द्रागिरि नगरपालिका सतुंगलकी ३४ वर्षकी महिला छन् । वीर अस्पतालका अनुसार दुबै जनाको कोरोना संक्रमण परीक्षणका लागि राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालामा नमुना पठाइएको छ । तर रिपोर्ट आएको छैन । निमोनियाको समस्या देखिएकी महिलालाई आइतबार साँझ अस्पताल ल्याइएको थियो । उनको सोमबार विहान मृत्यु भएको हो । ज्वरो आएर अस्पताल उपचारका लागि आएका पुरुषको सोमबार दिउँसो मृत्यु भएको अस्पतालले जानकारी दिएको छ ।
काठमाडौँ: नेपाल उद्योग परिसंघले सरकार र राष्ट्र बैंकले ल्याएको रिलिफ योजनाको स्वागत गरेको छ। विश्वव्यापी महामारीको रुपमा फैलिएको कोरोना भाईरसले नेपालको अर्थतन्त्रलाई प्रभावित पार्न थालेका बेला आइतबार साँझ सरकार र राष्ट्र बैंकले आर्थिक तथा नीतिगत सहुलियत घोषणा गरेको थियो। मैद्रिक नीतिमा गरिएका निश्चित परिवर्तनले अर्थतन्त्रमा तरलता बचाई राख्न सहयोग पुग्ने परिसंघको ठहर छ। ‘विभिन्न समयमा परिसंघले उठाउँदै आएका विभिन्न विषयहरुलाई केन्द्रिय बैंकले मनन गरेको छ,’ परिसंघको विज्ञप्तिमा उल्लेख छ, ‘यसले निश्चितरुपम निजी क्षेत्रको मनोवललाई जोगाई राख्न मद्दत पुग्ने हाम्रो विश्वास छ।’ सरकारले वित्तीय क्षेत्रका समेत केही महत्वपूर्ण निर्णय लिएको छ। अर्थव्यवस्थालाई जोगाई राख्न निजी क्षेत्रलेले सरकारसँग अपेक्षा गरिरहेका बेला राहतको…
काठमाडौँ: लतिलपुरस्थित पाटन अस्पतालको आइसीयूमा राखिएका कोरोना आशंका गरिएका एक व्यक्तिको मृत्यु भएको छ । धादिङ खनियाँपानी घर भएका ३५ वर्षीय युवकको मृत्यु भएको हो । तामाङ थरका ती युवक चैत १४ गते मात्रै भारतबाट नेपाल फर्किएका थिए । तामाङको सोमबार मृत्यु भएको महानगरीय प्रहरी परिसर ललितपुरका प्रवक्ता एसपी दुर्गा सिंहले पुष्टि गरिन् । यसैबीच पाटन अस्पतालका निर्देशक डा विष्णु शर्माले उनको मृत्यु कोरोनाकै कारण भएको पुष्टि नभइसकेको बताए । उनका कोरोनाको संक्रमण भएको आशंका गरेर नमुना परीक्षणका लागि टेकुस्थित केन्द्रीय प्रयोगशालामा पठाइएको भएपनि रिपोर्ट भने आइसकेको उनको भनाइ छ । ती पुरुषमा ज्वरो अत्यधिक रहेपछि कोरोना भएको हो कि…
