Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- ‘कान खोलेर सुने हुन्छ, एमाले फेरि सरकारमा आउँछ’ : केपी ओली
- मोदीसँग भेट्नुअघि प्रधानमन्त्री बालेन्द्रलाई भारतीय राजदूतको यस्तो सन्देश, भ्रमणको तयारी पूरा ।
- आईजीपीबाट हटाइएका दानबहादुर कार्कीको मुद्दा सर्वोच्चमा, सरकारको निर्णय उल्टिएला ?
- यो कार्कीमाथिको कारवाही होइन जिम्मेवारी हेरफेर मात्रै हो: मन्त्री पोखरेल
- अन्तत: कार्कीलाई हटाएर केसी प्रहरीको महानिरीक्षक नियुक्त
- पहिलो पटक ‘कुकुर तिहार’ रिल प्रतियोगिता
- राष्ट्रिय गौरवका सिँचाइ आयोजनाबाट नयाँ खेतमा पानी
- बैंककमा ऊर्जामन्त्री श्रेष्ठको सम्बोधन: ‘हाम्रा हिमाल जोगाउन विश्वले सहकार्य गरोस्’
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
सुर्खेत: कोरोनाभाइरस (कोभिड–१९) को संक्रमणको जोखिमलाई मध्यनजर गर्दै कर्णाली प्रदेश सरकाले एक हजार बेडसहितको क्वारेन्टाइन स्थापना गर्न लागेको छ। शुक्रबार बसेको कर्णाली प्रदेशस्तरीय विपद् व्यवस्थापन परिषद र विपद व्यवस्थापन कार्यान्वयन समितिको बैठकले क्वारेन्टाइन स्थापना गर्ने निर्णय गरेको हो। मुख्यमन्त्री महेन्द्र बहादुर शाहीको अध्यक्षतामा रहेको विपद व्यवस्थापन परिषदको बैठकले कोरोनाभाइरस संक्रमणको लक्षण देखिएमा मानिसलाई राख्नका लागि पूर्वा तयारीस्वरूप क्वारेन्टाइन निर्माण गर्ने निर्णय गरेको हो। तत्काल नेपाली सेनाको सहयोगमा मध्यपश्चिमाञ्चल विश्वविद्यालय प्रांगणमा ६०० बेड र रेडियो नेपालको प्रांगणमा ४०० बेड राखेर क्वारेन्टाइन स्थापना गर्न लागेको कर्णाली प्रदेश सरकारका प्रवक्ता एवम् भूमि व्यवस्था कृषि तथा सहकारी मन्त्री विमला केसीले जानकारी दिइन्। मन्त्री केसीका…
काठमाडौँ; कोरोना भाइरस (कोभिड १९) को संक्रमणको मृत्यु भएको भन्दै झुटो प्रचार गरेको अभियोगमा एक युवक पक्राउ परेका छन् । रामेछाप घर भई भक्तपुरको सिपाडोल बस्ने २० वर्षका विवेक थापा मगरलाई नेपाल प्रहरीको साइबर ब्यूरोले शनिबार दिउँसो पक्राउ गरेको हो । उनले कोरोनाका कारण एक नेपालीको मृत्यु भएको तर अस्पतालले घटना लुकाएको भन्दै सामाजिक सञ्जालमा अडियो सन्देश पोष्ट गरेका छन् । कोरोना भाइरसको महामारी विश्वभर फैलिएको छ भने नेपालमा पनि उच्च जोखिममा छ । तर कोरोना संक्रमणको पुष्टि भएको, मृत्यु भएको भन्दै सामाजिक सञ्जालमा भ्रम फैलाउनेहरु पनि सक्रिय भएको पाइएको छ । यस्ता अनर्गल प्रचारबारे नेपाल प्रहरीको ध्यानाकर्षण भएको र…
काठमाडौँ: शनिबार अनुमतिबिना मलेसिया, युएई र जापानबाट आएका ६३ नेपालीलाई सरकारले भक्तपुरस्थित खरिपाटी क्वारेन्टाइनमा राखेको छ। नेपाली सेनाका प्रवक्ता विज्ञानदेव पाण्डेका अनुसार उनीहरूलाई नेपाली सेनाको बसमा साँझ क्वारेन्टाइनस्थल पुर्याइएको हो। सुरूमा ६२ जनालाई क्वारेन्टाइनको लागि पठाइएकोमा फेरि एक जना थपिएको विमानस्थल अध्यागमन कार्यालय प्रमुख सागर आचार्यले जानकारी दिए। यसपटक भने क्वारेन्टाइनमा बस्नेले खानाको खर्च आफैं व्यहोर्नुपर्ने भएको छ। अध्यागमन विभागका निर्देशक ईश्वरराज पौडेलले भने, ‘यो कुरा उहाँहरू आफैंले बुझ्नुपर्ने हो। बसाइँको खर्च लाग्दैन तर खाना र उहाँहरूलाई चाहिने कुरा आफैंले व्यवस्था गर्नुपर्छ।’ उनले खानाको सप्लाइ त्यहाँ खटिएका कर्मचारीले गरिदिने र त्यसको खर्च क्वारेन्टाइनमा बस्ने आफैंले व्यहोर्नुपर्ने बताए। नेपाली सेनाका अनुसार…
काठमाडौं: वायु सेवा सञ्चालकहरुले हवाई भाडादरमा पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका छन्। शनिबार संस्कृति पर्यटन तथा नागरिक उड्डयन मन्त्री योगेश भट्टराईसँगको छलफलमा वायु सेवा सञ्चालकले तत्काल भाडादर पुनर्विचार गर्ने प्रतिबद्धता जनाएका हुन्। कोरोना भाइरस संक्रमणको सम्भावित जोखिमलाई मध्यनजर गर्दै सरकारले चैत १० गतेबाट नेपालभर चल्ने सबै प्रकारका लामो दुरीका सबै यात्रुवाहक सवारी सञ्चालनमा रोक लगाएपछि एयरलाइन्स कम्पनीहरुले तेब्बरसम्म हवाई भाडादर बढाएका छन्। अचाक्ली भाडा बढाएपछि नागरिकस्तरबाट चर्को विरोध भइरहेका बेला शनिबार पर्यटन मन्त्री भट्टराईले वायु सेवा सञ्चालकलाई मन्त्रालयमा बोलाएर छलफल गरे। छलफलमा मन्त्री भट्टराईले हवाई सेवा प्रदायक संस्थाहरुले हालको विषम परिस्थितिलाई ध्यानमा राखेर आन्तरिक ट्रङ्क रुटमा लिँदै आएको अधिकतम सीमाका २…
काठमाडौँ: कोरोना भाइरस सङ्क्रमण (कोभिड–१९) को उच्च जोखिम रहेको नेपालमा तीनै तहका सुरक्षा निकाय उच्च सतर्कताका साथ तयारीमा जुटेका छन् । सीमा जोडिएका देश चीन र भारतमासमेत सङ्क्रमण फैलिएका बेला नेपालमा रोगको प्रवेश हुन नदिन र प्रवेश भइहाले तत्कालै काम गर्न सक्ने गरी सुरक्षा निकायले एकल तथा संयुक्त प्रयासमा आइसोलेसन वार्ड, क्वारेन्टाइन भवन बनाउनेदेखि हेल्थ डेस्क स्थापना गर्ने र सीमाक्षेत्रको निगरानी गरिरहेका छन् । नेपाल प्रहरीले अहिले १३ हजारभन्दा बढी जनशक्ति कोभिड–१९ कै लागि प्रशिक्षण दिएर तयारीमा राखेको केन्द्रीय प्रहरी प्रवक्ता प्रहरी नायब महानिरीक्षक शैलेश थापा क्षेत्रीले जानकारी दिनुभयो । “आवश्यक पर्दा जनशक्ति जुनसुकै बेला ‘मुभ’ हुनेछन्, त्यसमा प्रहरीले पूर्ण…
काठमाडौं: काठमाडौंका पाँचतारे होटलहरु धमाधम बन्द हुन थालेका छन् । कोरोना भाइरसको संक्रमणसँगै पर्यटन आवागमन घट्दा होटेलमा ग्राहकको चाप घट्दै गएका होटलहरुले धमाधम होटल बन्द गर्न थालेका हुन् । काठमाडौंको दरबारमागस्थित होटल याक एण्ड यतिले शनिबारमात्रै सूचना टाँस गरेर अनिश्चितकालीन रुपमा होटल बन्द गर्न आह्वान गरेको छ । होटल व्यवस्थापनले आधिकारिक ट्रेड युनियनसँग छलफल समेत नगरी मजदुरलाई २५ प्रतिशत मात्रै सुविधा दिने र त्यसमध्ये पनि १२.५ प्रतिशत सरकारले व्यहोर्ने एकतर्फी सूचना टाँस गरेर होटल बन्द गरेको हो । शुक्रबार १३ वटा कोठामा ३५ जना गेष्ट रहेको होटेलले शनिबार बिहान ब्रेकफास्ट खुवाएर उनीहरुको बिदाई गर्दै होटल बन्द गरेको एकतर्फी सूचना टाँस…
काठमाडौँ: स्वास्थ्य तथा जनसङ्ख्या मन्त्रालयले आफ्नो मातहतका स्वास्थ्यकर्मी तथा कर्मचारीलाई सार्वजनिक बिदाका दिन पनि कार्यालयमा उपस्थित हुन र उपत्यका नछाड्न निर्देशन दिएको छ । मन्त्रालयका उपसचिव प्रमोद सिंखडाले विश्वभर महामारीका रूपमा फैलिएको कोभिड–१९ रोगको सङ्क्रमण नेपालभित्र रोक्ने कार्यमा व्यवस्थापन तथा परिचालन गर्नुपर्ने भएकाले उपत्यकाभित्रका मन्त्रालयअन्तर्गतका विभाग÷कार्यालयमा कार्यरत सबै कर्मचारीलाई बिदाका दिनमा समेत कार्यालयमा उपस्थित हुन निर्देशन दिएको जानकारी दिनुभयो । मन्त्रालयले स्वास्थ्य सेवा विभाग, औषधि व्यवस्था विभाग, आयुर्वेद तथा बैकल्पिक चिकित्सा विभाग, आन्तरिक प्रशासन शाखा, राष्ट्रिय स्वास्थ्य तालिम केन्द्र, वीर अस्पताल, शुक्रराज ट्रपिकल तथा सरुवा रोग अस्पताल, राष्ट्रिय ट्रमा सेन्टर, राष्ट्रिय जनस्वास्थ्य प्रयोगशालालगायत १८ कार्यालयलाई पत्र पठाई बिदाका दिन पनि…
काठमाडौँ: नेपाल उद्योग वाणिज्य महासंघले मुलुकको आर्थिक विकास र अर्थतन्त्रसँग प्रत्यक्ष जोडिएका मुद्दामा वहस र पैरवी गर्न पूर्व अर्थमन्त्री विचार मञ्च गठन गरेको छ। महासंघमा शुक्रबार पूर्व अर्थमन्त्रीहरु डा प्रकाशचन्द्र लोहनी, डा रामशरण महत, सुरेन्द्र पाण्डे, वर्षमान पुन र ज्ञानेन्द्रबहादुर कार्कीसहितको भेलाले यो मञ्च गठन गरेको हो। भेलामा पूर्व प्रधानमन्त्री तथा अर्थमन्त्री बाबुराम भट्टराई, महेश आचार्य र विष्णु पौडेल भने उपस्थित थिएनन्। भेलामा महासंघकी अध्यक्ष भवानी राणा, निवर्तमान अध्यक्ष पशुपति मुरारका, वरिष्ठ उपाध्यक्ष शेखर गोल्छा, उपाध्यक्षहरू चन्द्रप्रसाद ढकाल, किशोर प्रधान र महासंघका महानिर्देशक धरणीधर खतिवडाको उपस्थिति थियो।
काठमाडौं: इटालीमा कोरोना भाइरस (कोभिड–१९)को संक्रमणबाट एकै दिन ६२७ जनाको मृत्यु भएको छ । इटलीमा एकै दिनमा मृत्यु भएको यो संख्या हालसम्मकै धेरै हो । यससँगै इटलीमा कोरोना भाइरसबाट मृत्यु हुनेको संख्या ४ हजार नाघेको छ । इटलीमा कोरोनाबाट ३७ हजार ८ सय ६० जना संक्रमित छन् भने तीमध्ये २ हजार ६ सय ५५ जनाको अवस्था गम्भीर छ । इटलीको उत्तरी क्षेत्र लोम्बार्डीको अवस्था दर्दनाक छ । इटलीमा कोरोनाको पहिलो संक्रमण लोम्बार्डीमै पुष्टि भएको थियो । कोरोना संक्रमितको संख्या बढेपछि उपचारमा कठिनाइ भइरहेको जनाइएको छ । कोरोना संक्रमण रोकथाम र बिरामीको उपचारका लागि इटलीमा खटिएका चिनियाँ विशेषज्ञको टोलीले लोम्बार्डीमा लगाइएको…
काठमाडौँ: अर्थमन्त्रालयले आगामी बजेटका लागि सुझाव मागेको छ । आर्थिक बर्ष २०७७/७८ का लागि बजेट निमार्ण कार्य शुरु भएकाले बजेटमा समावेश गर्नुपर्ने नीति तथा कार्यक्रमका सम्बन्धमा सुझाव माग गरेको हो । सुझाव बैंशाख ५ गतेसम्म दिनुपर्नेछ । विभिन्न संघसंस्था, बुद्धिजिवी, विज्ञ, राजनीतिक दल, नागरिक समाज, कर्मचारी, पेशागत संघ संस्थालाई सुझाव दिन मन्त्रालयले भनेको छ । सुझाव अर्थमन्त्रालयको वेभसाइटमा गएर बजेट सजेसन ट्याव तथा इमेल मार्फत दिन सकिनेछ ।
