Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ: सर्वोच्च अदालतले भ्रष्टाचारको आरोप लागेका पूर्वप्रहरी महानिरीक्षक मोतीलाल बोहोरालाई सफाइ दिएको छ । न्यायाधीशद्वय शारदाप्रसाद घिमिरे र पुरुषोत्तम भण्डारीको संयुक्त इजलाशले आज पूर्वप्रहरी महानिरीक्षक बोहोरालाई सफाइ दिने आदेश गरेको हो । आदेशमा बोहोराले अकुत सम्पत्ति आर्जन गरेको ठहर नभएको उल्लेख छ । विशेष अदालतले अवैध सम्पत्ति कमाएको अभियोगमा डेढ वर्ष कैद सजाय बिगो र जरिवाना गरी रु ५३ लाख ६२ हजार बराबर असुल फैसला सुनाएको थियो । विसं २०६१ साउन २९ गते अख्तियारले बोहराविरुद्ध विशेषमा भ्रष्टाचार मुद्दा दायर गरेको थियोे । प्रहरी प्रमुख भएका बेला खरीद गरेको घरजग्गा तथा विभिन्न बैंकमा रहेको सम्पत्तिको स्रोत नखुलेको भन्दै विशेष अदालतले दोषी…

Read More

काठमाडौँ: सञ्चार तथा सूचना प्रविधि मन्त्री गोकुल बाँस्कोटाले विहिबार सरकारले सुचना नलुकाएको बरु उल्टै पाएका सहि सूचनालाई पनि संचार माध्यममा तोडमरोड गरी सम्प्रेषित गरेको प्रति संचारगृहमाथि खनिएका छन्। “सरकारले सूचना लुकाउने कुरा सोच्न पनि सक्दैन, बरु उल्टै संचारगृहहरुले सूचनालाई कुनै पनि पुष्ट्याई र आधिकारिकता विना सम्प्रेषण गर्दा जनता र राज्य त्यसबाट दुखित रहेको र त्यस्ताखाले भ्रम पूर्ण समाचारले बरु संचार गृहकै हैसियत उदाङ्गो पारेको छ, मन्त्री बाँस्कोटाले भने। सरकारले सूचना लुकाएको पनि छैन र कुनै पनि मन्त्रालय अन्तर्गतका प्रवक्तालाई सूचना नदिन पनि नभनिएको उनले प्रष्ट पारे। शाही साशनकालको जस्तो एकद्वार सूचना प्रणाली भन्नु भएको छ यो त कहिँ कतै हामीले…

Read More

काठमाडौँ : नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थामा १० अर्ब १५ करोड ८६ लाख रुपैयाँ लगानी गर्ने भएको छ । बैंकको विभिन्न कोषमा रहेका रकम आगामी पुस १ देखि २०७६ मङ्सिर ३० गतेसम्म ३६६ दिनमा त्रैमासिकरुपमा व्याज भुक्तान हुने गरी लगानी गर्न लागिएको हो । बैंकबाट इजाजतपत्र प्राप्त बैंक तथा वित्तीय संस्थाले आफूले लिन चाहेको रकम तथा उक्त रकमका लागि प्रस्ताव गरिएको व्याजदरसमेत खुलाइ आवेदन दिन केन्द्रीय बैंकले जनाएको छ । बैंकले यही मङ्सिर २३ गते अपराह्न ३ बजेसम्म वित्त व्यवस्थापन विभागमा आवेदन दिन आज एक सूचनामार्फत आग्रह गरेको छ । केन्द्रीय बैंकले ‘क’ वर्गका वाणिज्य बैंकलाई रु आठ…

Read More

ललितपुर: सवारी चालक अनुमतिपत्रमा रहेको चिप (धातुको टुक्रा) झर्दा सेवाग्रही हैरान छन् । कमजोर गुणस्तरका कारण चिप झर्ने गरेको यातायात व्यवस्था कार्यालय, प्रदेश नं ३ कार्यालयले जनाएको छ । टुक्रा खसेको गुनासो लिएर दैनिक सेवाग्राही आइरहेको शाखा अधिकृत रमेश पौडेलले बताए । उनले भने, “हामीले विभागलाई यसबारे जानकारी गराएका छौँ ।” चालक अनुमतिपत्रबाट टुक्रा खसेपछि सिन्धुलीका करण थापा एकान्त कुनास्थित कार्यालय पुगे। चालक अनुमतिपत्रका लागि लिइएको परीक्षा पास गरेको १० महीनापछि मात्र उनले अनुमतिपत्र पाए। “टुक्रा खसेपछि ट्राफिक प्रहरीले समेत शङ्का गर्छ,” उनले भने, “ट्रायल पास गरेर लिएको अनुमतिपत्र सक्कली हो भन्ने प्रमाणित गर्न गाह्रो हुन्छ ।” यातायात व्यवस्था कार्यालय…

Read More

काठमाडौँ: सरकारले काठमाडौँ उपत्यकाको फोहोर व्यस्थापनका लागि पुनः नुवाकोटको बन्चरे डांडामा हालसम्म पनि बन्न नसकेको ल्यान्डफिल साइटलाई मर्मत र बाँकी भौतिक पूर्वाधारका कामलाई अघि बढाउन शहरी विकास मन्त्रालयलाई जिम्मेवारी दिएको छ। मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको विहिबार आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधि मन्त्रि गोकुल बाँस्कोटाले सो बारे जानकारी दिएका हुन्। काठमाडौँ उपत्यकाको फोहरमैला व्यवस्थापन गर्न नुवाकोट जिल्लास्थित बञ्चरेडाँडामा निर्माण गर्नुपर्ने करीब १५ मिटर अग्लो ड्याम र अन्य पूर्वाधारसहितको ल्याण्डफिल्ड निर्माण गर्ने जिम्मा शहरी विकास मन्त्रालयलाई दिने बैठकले निर्णय गरेको उनले बताए। हाल राजधानीका सम्पूर्ण फोहर व्यस्थापन काठमाडौँ महानगरपालिकाले नुवाकोटकै सिसडोलमा गर्दै आएपनि…

Read More

काठमाडौँ: सरकारले सबैधानिक अंगका प्रमुख, केहि मन्त्रीहरु र सातै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतका लागि आवास भवन निर्माण गर्ने भएको छ संवैधानिक अंगका प्रमुखहरुलाई २७ वटा आवासगृह र १० वटा राजकीय अतिथिगृह बनाउने सरकारको निर्णय काठमाडौँ: सरकारले सबैधानिक अंगका प्रमुख, केहि मन्त्रीहरु र सातै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतका लागि आवास भवन निर्माण गर्ने भएको छ । मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधि मन्त्रि गोकुल बाँस्कोटाले जानकारी दिएका हुन्। यसैगरी ललितपुर जिल्ला, ललितपुर महानगरपालिका सैँबु भँैसेपाटीस्थित सैँबु आवास क्षेत्रमा सांसद आवास गृहका लागि छुट्याइएको १४९ रोपनी जग्गामा…

Read More

काठमाडौँ: सरकारले ‘प्रधानमन्त्री राष्ट्रिय प्रतिभा पुरस्कार कोष ’स्थापना गर्ने निर्णय गरेको छ । मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले शान्ति, सुशासन, नवप्रवर्तन, वैज्ञानिक खोज, अनुसन्धान तथा विकास क्षेत्रमा उल्लेखनीय योगदान पु¥याउने प्रतिभाशाली युवा र अन्य व्यक्तिलाई प्रोत्साहन तथा हौसला प्रदान गर्ने उद्देश्यले सो कोष स्थापना गर्ने निर्णय गरेको हो । सञ्चार तथा सूचना प्रविधिमन्त्री एवं सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले मन्त्रिपरिषद्बाट भएका निर्णयहरु सार्वजनिक गर्न मन्त्रालयमा आज आयोजित पत्रकार सम्मेलनमा भन्नुभयो, “प्रधानमन्त्री केपी शर्मा ओलीलाई ‘युनिभर्सल पिस फेडरेशन’बाट प्राप्त ‘लिडरसिप एण्ड गुड गर्भनेन्स अवार्ड’ सहित प्राप्त अमेरिकी डलर एक लाखमा सोही बराबरको रकम नेपाल सरकारले थप गरी सो कोषको स्थापना गरिएको…

Read More

काठमाडौँ: नेपाल विद्युत् प्राधिकरणले ग्राहकको घर तथा कार्यालयमा नै नगई प्रविधिको प्रयोग गरेर मिटर रिडिङ गर्न स्क्ने प्रविधि भित्र्याएको छ । प्राधिकरणले सो प्रविधिलाई एडभान्स मिटरिङ इन्फास्टक्चर (एएमआई) नाम दिएको छ । विद्युत्का ग्राहकको घरमा रहेको मिटरमा एक प्रकारको मोडियन जडान गरेपछि प्राधिकरणको कार्यालयबाटै कुन ग्राहकले कति विद्युत् प्रयोग गरे र त्यसवापत के कति रकम तिर्नुपर्छ भन्ने जानकारीसमेत उक्त प्रणालीबाट सहजै पत्ता लाग्नेछ । सो प्रणालीको दुई दिनअघि प्राधिकरणका कार्यकारी निर्देशक कुलमान घिसिङले शुभारम्भ गरेका छन्। प्राधिरकणले त्यस्तो प्रणाली पहिलो पटक रत्नपार्क वितरण केन्द्रमा शुरु गरेको वितरण केन्द्रका इञ्जिनीयर दृष्टि पाण्डेले जानकारी दिए । उनका अनुसार सो प्रणाली रत्नपार्क वितरण…

Read More

विराटनगर: सन् २०१८ को एघार महीनामा प्रदेश नं. १ मा ५४ जनाको हत्या भएको छ । इन्सेक प्रदेश नं १ कार्यालय विराटनगरले बुधबार विराटनगरमा आयोजना गरेको मानवअधिकार र मानवीय अवस्थाको स्थिति विषयक अन्तरक्रिया कार्यक्रममा विभिन्न प्रकृतिका घटनामा ५४ जनाले ज्यान गुमाएको उल्लेख छ । हत्या हुनेहरूमा २०महिला, दुई बालिका, एक बालक, पाँच नवजात शिशु र २६पुरुष रहेका छन् । तीन पुरुषको भने गोली प्रहारबाट हत्या भएको थियो । सो अवधिमा प्रदेशभर राज्यपक्षबाट ४९ सहित ७५० पीडित भएकामा सबैभन्दा बढी बलात्कारबाट २२० र बलात्कार प्रयासबाट ९९ पीडित भएका थिए । यसैगरी घरेलु हिंसामा १४१, कुटपिट घाइते ६६, बहुविवाहबाट ४२, बालविवाहबाट तीन,…

Read More

काठमाडौं: इंग्लिस प्रिमियर लिग फुटबलमा चेल्सीले गयराती भएको खेलमा वोल्भेससँग हार ब्यहोरेको छ । खेलमा चेल्सीले वोल्भेससँग २–१ गोलले पराजित हुदै जारी लिगमा अहिलेसम्मकै खराब प्रदर्शन गरेको हो। चेल्सीमाथि शनसनीपूर्ण जित निकालेको वोल्भेसका लागि राउल जिमिनेज र डिओगो जोटाले गोल गरे। यता, चेल्सीका लागि लोफ्टस चेकले गोल गरेका थिए । खेलको १८औं मिनेटमा लोफ्टसले गोल गर्दै चेल्सीलाई अग्रता दिलाएका थिए । तर बाँकी समयमा चेल्सी आफै दबाबमा खेल्न पुग्यो । खेलको ५९औं मिनेटमा जिमिनेज र ६३औं मिनेटमा जोटाले गोल गर्दै चेल्सीविरुद्ध वोल्भेसलाई २–१ गोलको जित दिलाएका हुन् । हारसँगै चेल्सीले महत्वपूर्ण तीन अंक गुमाएको छ । चौथो स्थानमा रहेको चेल्सीको…

Read More