काठमाडौँ: सरकारले सबैधानिक अंगका प्रमुख, केहि मन्त्रीहरु र सातै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतका लागि आवास भवन निर्माण गर्ने भएको छ
संवैधानिक अंगका प्रमुखहरुलाई २७ वटा आवासगृह र १० वटा राजकीय अतिथिगृह बनाउने सरकारको निर्णय
काठमाडौँ: सरकारले सबैधानिक अंगका प्रमुख, केहि मन्त्रीहरु र सातै प्रदेशका प्रदेश प्रमुख, मुख्यमन्त्री लगायतका लागि आवास भवन निर्माण गर्ने भएको छ ।
मङ्सिर १७ गते बसेको मन्त्रिपरिषद्को बैठकले सो निर्णय गरेको आज आयोजित पत्रकार सम्मेलनमा सार्वजनिक गर्दै संचार तथा सुचना प्रविधि मन्त्रि गोकुल बाँस्कोटाले जानकारी दिएका हुन्।
यसैगरी ललितपुर जिल्ला, ललितपुर महानगरपालिका सैँबु भँैसेपाटीस्थित सैँबु आवास क्षेत्रमा सांसद आवास गृहका लागि छुट्याइएको १४९ रोपनी जग्गामा राष्ट्रियसभाका अध्यक्ष, उपाध्यक्ष, प्रतिनिधिसभाका उपसभामुख र मन्त्रीका लागि २७ वटा आवास भवन निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।
साथै सोही जग्गामा प्रदेश प्रमुख र मुख्यमन्त्री आवास÷सम्पर्क कार्यालयका लागि १४ वटा भवन निर्माण गर्ने निर्णय बैठकले गरेको छ ।
बैठकले ललितपुरको पुल्चोकस्थित हाल मन्त्री निवासमा रहेको परिसरमा १० वटा राजकीय अतिथिगृह निर्माण गर्ने र यसका लागि मन्त्री निवास रहेको जग्गा अपर्याप्त भएमा राष्ट्रिय पुस्तकालय रहेको छेउको सरकारी जग्गा उपयोग गर्ने निर्णय गरेको प्रवक्ता बाँस्कोटाले जानकारी दिए।
।