Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
डोल्पा: चिसो बढेसँगै डोल्पाको उत्तरी क्षेत्रका विद्यालयहरु बन्द भएका छन् । यस वर्षको शैक्षिक सत्र सकिएसँगै फोक्सुण्डो, डोल्पो बुद्ध र छार्कातासोङ् गाउँपालिकामा एक माध्यमिक, तीन आधारभूत (६–८) र २० वटा प्राथमिक गरी २४ वटा विद्यालय बन्द भएका हुन् । चिसो बढेसँँगै बन्द भएका विद्यालय छ महीनापछि मात्रै खुल्छन् । प्रतिकूल मौसमका कारण जनजीवन कष्टकर हुने भएकाले कात्तिक अन्तिम साताभित्रै विद्यालय बन्द गरेर घर फर्केको क्रिष्टल माउण्टेन आधारभूत विद्यालयका शिक्षक गङ्गाराम कठायतले बताए । “चिसोले बस्न नसकिने भएपछि प्रत्येक वर्ष कात्तिक अतिन्मतिरै त्यहाँका स्थानीय विद्यालय छ महीनाका लागि जाडो छल्न बँेशी झर्छन्” उनले भने । शिक्षा विकास तथा समन्वय इकाइका इकाइ…
काठमाडाैं: सत्तरी वर्षको इतिहासमा कोइरालाहरूले कांग्रेसलाई ४९ वर्ष आफ्नो नेतृत्वमा चलाए । कोइराला परिवारबाट कांग्रेसमा चार सभापति बने । ००३ सालमा कांग्रेस पार्टी स्थापना भएयता बिपी कोइरालाले पाँचपटक गरेर २५ वर्ष कांग्रेसको नेतृत्व लिए । मातृकाले दुईपटक गरेर चार वर्ष, गिरिजाप्रसादले तीनपटक गरेर १४ वर्ष र सुशील कोइराला कार्यवाहकसहित दुईपटक गरेर ६ वर्ष कांग्रेस नेतृत्वमा बसे । गिरिजाप्रसाद र सुशील कोइरालाको निधनपछि कोइराला परिवारबाट कांग्रेस नेतृत्व शेरबहादुर देउवाको हातमा पुग्यो । यसबीचमा कोइराला परिवारका तीन सदस्यबीच मेल थिएन, टकराव थियो । तर, अहिले कोइराला परिवारका तीन सदस्य शशांक, सुजाता र शेखरबीच एकता भएको छ । यसले कांग्रेसमा ठूलै तरंग ल्याएको…
लमजुङ: मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका अजय तामाङको दिनचर्या अलैंची बारीमै बित्छ । कालो सुनका रूपमा हेरिने अलैंची खेती थालेपछि भने उनी आर्थिक रूपले सम्पन्न मात्र छैनन्, रोजगारी दिलाउन सक्ने हैसियतमा पनि छन् । मस्र्याङ्दी गाउँपालिका–७ लुदीका सोमबहादुर तामाङले पनि मलेसियामा १० वर्ष श्रम बेचे । तर, आर्थिक हैसियत उकासिएन । अहिले ३५ रोपनी क्षेत्रफलमा लगाएको अलैंचीबाट उनी घरमै बसेर वार्षिक पाँच लाख रुपैयाँ आम्दानी गरिरहेका छन् । मस्र्याङ्दी गाउँपालिका–७ छिनखोलाका बलराम लामा पनि अजय र सोमबहादुर जस्तै विदेशबाट फर्किएर अलैंची खेती थाल्ने अर्का सफल कृषक हुन् । उनले पनि वार्षिक पाँच लाख रुपैयाँभन्दा बढी आम्दानी अलैंची खेतीबाटै गरिरहेका छन् । अजय…
काठमाडौं: विप्लव नेतृत्वको नेकपाले आज काठमाडौंमा जनसभा गर्दै छ। काठमाडौंको भृकुटीमण्डपमा हुने जनसभाका लागि देशैभरबाट कार्यकर्ता काठमाडौं भेला भएका छन्। जनसभामा ५० हजार नागरिकको सहभागिता रहने नेकपाले जनाएको छ। दिउँसो साढे १२ बजेदेखि लैनचौर, बबरमहल र कालीमाटीबाट र्याली निस्कने क्रान्तिकारी पत्रकार संगठनका केन्द्रीय अध्यक्ष प्रकाश डुम्रेले जानकारी दिए। उनका अनुसार देशैभरबाट कार्यकर्ताहरू राजधानी आएर जम्मा भइसकेका छन्। जनसभामा प्रमुख वक्ताका रूपमा खड्गबहादुर विश्वकर्माले सम्बोधन गर्नेछन्। यस्तै, नेकपाका अध्यक्ष ऋषि कट्टेल, नेकपा मालेका महासचिव सीपी मैनाली, नेकपा माओवादी केन्द्रका अध्यक्ष गोपाल किरातीले सम्बोधन गर्ने नेकपाका केन्द्रीय सदस्य चिरन पुनले जानकारी दिए । उनले भने– ‘पार्टीको स्थायी कमिटीको निर्णयबाटै खड्गबहादुर विश्वकर्मा कमरेडलाई…
अफगानिस्तान: पाकिस्तानको एउटा मस्जिदमा भएको आक्रमणमा परी १२ जनाको मृत्यु भएको छ । पूर्वी खोस्ट प्रान्तमा शुक्रबार भएको सो घटनामा करिब तीन दर्जन व्यक्ति घाइते भएको प्रान्तीय गभर्नर हाकाम खान हाबीबीले जानकारी दिए। “सैनिकहरु रहेको मस्जिदमा आक्रमण भएको हो, जहाँ ठूलो संख्यामा पुजाका लागि धर्माबलम्बीहरु आएका थिए,” उनले भने। उनले थपे, “घटनामा परी १२ जनाको मृत्यु भएको छ भने अरु ३३ जना घाइते भएका हुन् ।” सरकारी अधिकारीहरुले घटनाका बारेमा थप बताउन सकेका छैनन् । कतिपयले घटनाका बारेमा बुझ्दा आत्मघाती आक्रमण भएको विश्वास गरेका छन् । तालिबान लडाकूहरुले घटना गराएको सरकारी अधिकारीहरुको आरोप रहेपनि तालिबान लडाकूहरुको तर्फबाट कुनै प्रतिक्रिया आएको…
कपिलवस्तु: गत वर्ष सम्पन्न प्रदेशभाको निर्वाचनमा कपिलवस्तु निर्वाचन क्षेत्र नम्बर १ को (ख) बाट प्रदेशसभा सदस्यको स्वतन्त्र उम्मेदवार रहनुभएका ३० वर्षीय दीपेन्द्रकुमार चौधरी (राजाबाबु) को गोली प्रहार गरी हत्या गरिएको छ । जिल्लाको शुद्धोधन गाउँपालिका–४ मोतीभारीस्थित घर नजिकैको सडकमा अज्ञात समूहले शुक्रबार राति ९ बजे चौधरीलाई गोली प्रहार गरेको थियो । गोली लागेर गम्भीर घाइते भएका उहाँको लबनीस्थित स्थानीय अस्पतालमा उपचार हुन नसकेपछि थप उपचारका क्रममा भैरहवा पु¥याउँदा मृत्यु भएको पकडी इलाका प्रहरी कार्यालयका प्रहरी निरीक्षक सन्तोष पोख्रेलले जानकारी दिनुभयो । गोली प्रहार भएको स्थानमा गोलीका तीन÷चार खोका भेटिएको र केही शङ्कास्पद व्यक्तिलाई अनुसन्धानका लागि नियन्त्रणमा लिइएको उहाँले जानकारी दिनुभयो…
काठमाडौं : चोभारमा निर्माण गर्ने भनिएको सुक्खा बन्दरगाह निर्माणबाट विश्व बैंकले हात झिक्ने संकेत गरेको छ। उक्त बन्दरगाह निर्माणको क्रममा आइपरेको समस्या समाधानतर्फ सरकारले चासो नदेखाएको भन्दै विश्व बैंकले लगानी फिर्तासहित हात झिक्ने तयारी गरेको हो। सुक्खा बन्दरगाह निर्माणका लागि दुई ठेकेदार छनोट गरी भवन तथा अन्य भौतिक पूर्वाधार निर्माणको काम अघि बढाउनै लाग्दा सरकारले एक्कासी निर्माण प्रक्रिया स्थगित गरेको थियो। गत साउन ३० गते प्रधानमन्त्री केपी ओलीले शिलन्यास गर्ने कार्यक्रम तय भएको थियो। तर अघिल्लो राति एक्कासी उद्योग, वाणिज्य तथा आपूर्ति मन्त्रालयले उक्त कार्यक्रम स्थगित गरेको थियो। चोभार संरक्षण समितिसहित विभिन्न पहुँचवाला समूहले प्रधानमन्त्री ओली तथा विभागीय मन्त्री मात्रिका…
राजविराज: भारदह–राजविराज सडकखण्डअन्तर्गत सप्तरीको हनुमाननगर कंकालनी नगरपालिका–१० स्थित इनर्वामा शुक्रबार साँझ बस दुर्घटनामा परी एउटै नगरपालिकाका पाँच जनाको मृत्यु भएको छ । मृत्यु हुनेमा डाक्नेश्वरी नगरपालिका–११ बस्ने अन्दाजी ५७ वर्षीया बेचनीदेवी यादव, ६५ वर्षीया मखनीदेवी यादव, ७० वर्षीया सिकिलदेवी साह, दिनेश रजक र पहिचान हुन नसकेको सोही ठाउँको एक महिला रहको प्रहरी नायब उपरीक्षक भावेश रिमालले बताए । सो दुर्घटनामा परी तीन दर्जन यात्रु घाइते भएका र घाइतेमध्ये चारजनाको अवस्था चिन्ताजनक रहेको जानकारी दिँदै उनले गम्भीर घाइते आधा दर्जन यात्रुलाई धरानस्थित बिपी कोइराला स्वास्थ्य विज्ञान प्रतिष्ठानमा पठाइएको र अन्य घाइतेको राजविराजस्थित गजेन्द्र नारयाणसिंह सगरमाथा अञ्चल अस्पतालमा उपचार भइरहेकोे बताए ।…
काठमाडौँ: “जहाज किनेको हो कि भाडामा लिएको हो, खरीदको कागजात चाहियो” पूर्वपर्यटनमन्त्री भीम रावलले प्रश्न गरे । उनको प्रश्नलाई थप बल दिँदै नेपाली काङ्ग्रेसका नेता प्रकाशमान सिंहले जहाज खरीद प्रक्रियाको प्रष्टताको माग गरे। लगत्तै पूर्वप्रधानमन्त्री माधवकुमार नेपालले निगमको वाइडबडी जहाज खरीदको अस्पष्टता, भ्रष्टाचार इत्यादि कुरा देशको इज्जत र प्रतिष्ठासँग जोडिएको गम्भीर विषय भएकाले समिति गठन गरी गम्भीर छानबिन गर्नुपर्ने माग गरेपछि आजको प्रतिनिधिसभाअन्तर्गतको अन्तर्राष्ट्रिय सम्बन्ध समितिको बैठकमा निकै हङ्गामा मच्छियो । राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको वाइडबडी जहाज खरीद सम्बन्धमा करीब चार घण्टा चलेका सवाल जवाफका दृश्य निकै रोचक र घत लाख्दा थिए । समितिका सदस्य, सरोकारवाला निकायका पदाधिकारी तथा…
काठमाडौँ: नेपाल भ्रमण वर्षमा विदेशी पर्यटकलाई मुगुस्थित ‘रारा ताल’मा आकर्षित गर्ने उद्देश्यले आसपास क्षेत्रमा यही मङ्सिर १६ र १७ गते सरसफाइ गरिने भएको छ । आन्तरिक एवं बाह्य पर्यटकको बढ्दो चापसँगै पदमार्गमा प्लाष्टिकजन्य फोहरको मात्रा बढ्दै गएकाले राराको सौन्दर्यमा कमी आउन नदिन सफाइ गर्न लागिएको छ । उक्त कार्यक्रममा ५०० मिटरको दूरीमा १५ वटा डस्बिन राखिने छ । आर्ट समिट ट्राभल एण्ड टूर्स प्रालि र हिलसाइट कालीकोटले संयुक्तरुपमा उक्त पर्यटकीय सम्पदालाई उत्कृष्ट गन्तव्यस्थलका रुपमा प्रवद्र्धन गर्न स्थानीय तल्लोमिलीदेखि रारासम्म करीब सात किलोमिटरमा सङ्कलन भएका फोहर व्यवस्थापन गर्नेछन् । यहाँ आज आयोजित पत्रकार सममेलनमा टुर्सका प्रबन्ध निर्देशक सोमबहादुर तामाङले रारा मुलुकको…