Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- महासभामा सहभागी हुन प्रधानमन्त्री शाह आज न्युयोर्क जाँदै
- त्रिपुरेश्वरमा बस आगलागीमा जलेका चालकको मृत्यु
- भदौमा एलपी ग्यासको आयात र बिक्री हालसम्मकै उच्च, झन्डै ६० हजार टन आयात
- १३ देशमा नयाँ राजदूत नियुक्त, कुन देशमा को परे ?
- भोटेकोशी बाढी: बेपत्ता कर्मचारीका परिवारलाई प्राधिकरणले तत्काल ५ लाख, ६ महिनासम्म आधा तलब दिने
- बागमतीसहित दर्जनौँ नदीमा बाढीको खतरा
- बाढी प्रभावित तीन जिल्लामा बिजुली सूचारु
- भोटेकोसी बाढीमा मृत्यु हुनेको संख्या १,४०९ पुग्यो
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: क्याप्टेन रामेश्वर थापाको संस्मरणत्मक कृति ‘बारुदमाथि उड्दा’ शनिबारदेखि बजारमा आएको छ । बुक–हिल पब्लिकेसनले छापेको उक्त पुस्तक राष्ट्रिय मानवअधिकार आयोगका अध्यक्ष अनुपराज शर्मा र क्याप्टेन थापाकी आमा सूर्यकुमारी थापाले संयुक्त रुपमा आज बिमोचन गर्नुभयो । तत्कालिन माओवादी ‘जनयुद्ध’को समयमा जोखिम मोलेर घाइते सुरक्षाकर्मीहरूको उद्धारमा खटिएका क्याप्टेन थापाले युद्धस्थलका ताजा घटना, छट्पटाइरहेका घाइतेका चित्कार तथा आगोको मुस्लो र बारुदको धुवाँले रङमंगिएको बखतका उद्धारको वर्णन पुस्तकमा गर्नुभएको छ । रामेछापको बेथान, सिन्धुलीको भिमाद, रुकुमको खारा आक्रमणदेखि दैलेखको नौमुले आक्रमणलगायत ४० भन्दा बढी स्थानका घटनाको तात्कालिन अवस्था र उद्धारको रोचक वर्णन उक्त पुस्तकमा छ । “ककपिटबाट बाहिर ओर्लिने अवस्था थिएन, फोर्स र…
काठमाडौँ: सहकारी संस्थाले उत्पादनमा लगानी आर्कषण गर्न नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् । ती संस्थाका बचतकर्ताले चर्काे ब्याजमा ऋण लिन बाध्य भएकाले अहिलेका बचत तथा ऋण सहकारी संस्था उहिलेका ‘मुखिया’ जस्तो भएको यहाँ आयोजित एक कार्यक्रममा सहभागीहरूले आरोप लगाएका हुन् । भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्था सामाजिक नभई नाफामुखी हँुदै गएको बताउनुभयो । उहाँले गरीबीको अन्त्य सहकारीबाट सम्भव भए पनि अहिलेका सहकारी संस्था नाफामुखी भएको उल्लेख गर्नुभयो । राष्ट्रिय सहकारी विकास बैंकको १५ औँ साधारणसभामा धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता हरेराम बस्नेतले सहकारीले सदस्यको हित गर्नुपर्नेमा चर्काे ब्याजमा लगानी गरी बचतकर्ताको अहित…
काठमाडौँ: नेपाली काङ्ग्रेस केन्द्रीय कार्यसमितिको बैठक आगामी माघ १० बस्ने भएको छ । काङ्ग्रेस केन्द्रीय कार्यालयका मुख्यसचिव कृष्णप्रसाद पौडेलले आज विज्ञप्ति जारी गरी आगामी माघ १० गते बिहीबार पार्टी केन्द्रीय कार्यालय सानेपामा बैठक आह्वान गरिएको जानकारी दिनुभयो । बैठकमा मुलुकको वर्तमान अवस्था र आगामी दिनमा काङ्ग्रेसले लिने नीति तथा समसामयिक विषयमा छलफल हुने विज्ञप्तीमा उल्लेख छ । काङ्ग्रेसले केन्द्रीय कार्यसमितिका पदाधिकारी, सदस्य र आमन्त्रित सदस्यलाई उपस्थितिका लागि निर्देशानुसार अनुरोध समेत गरेको छ ।
काठमाडौँ: यही बिहीबारदेखि म्याग्दीमा आयोजनास्थल रहेको घलेम्दी हाइड्रोपावरले साधारण शेयर बिक्री गरेको छ । सो कम्पनीले रु १५ करोड ३३ लाख बराबरको १५ लाख ३३ हजार ७७० कित्ता साधारण शेयर बिक्री शुरु गरेको छ । सो कम्पनीको वित्तीय अवस्था कमजोर रहेको भन्दै इक्रा नेपालले ग्रेड पाँच दिएको छ । त्यो भनेको कम्पनीको वित्तीय अवस्था खराब छ भन्ने देखिन्छ । सो कम्पनीको शेयर खरीद गर्नेले चालू आर्थिक वर्षमा प्रतिशेयर आम्दानी चार रुपैयाँ ७७ पैसा मात्रै रहेको छ । यस्तै आगामी आवमा सो कम्पनीको शेयर खरीद गर्नेले प्रतिशेयर दुई रुपैयाँ ३२ पैसा मात्रै आम्दानी गर्नेछन् । सो आयोजनाको प्रति मेगावाट लागत रु…
काठमाडौँ: धितोपत्र बजारमा यस साता रु एक अर्ब ६१ करोड ७७ लाख तीन हजार ६६० मूल्य बराबरको शेयर खरीद बिक्री भएको छ । गत साताको तुलनामा यस साता बजारमा कारोवार मापक नेप्से परिसूचक मात्रै घटेन, कारोवार रकममा समेत गिरावट आएको छ । साताको पहिलो दिन एक हजार २०४ दशमलव ५४ बिन्दुमा रहेको नेप्से परिसूचक साताको अन्तिम दिन अर्थात् यही पुस १९ गतेसम्म २६ बिन्दुले घटेर एक हजार १७८ दशमलव शून्य एक बिन्दुमा झरेको छ । यस साता कूल १६८ कम्पनीको ४६ लाख ५४ हजार १३० कित्ता शेयर खरीद बिक्री भएका छन् । आइतबार कूल १६८ कम्पनीका १२ लाख ३६ हजार…
भक्तपुर: काठमाडौँ कालीमाटीपछिको दोस्रो ठूलो तथा भक्तपुरमा पहिलो ठूलो तरकारी बजार आउँदो पुस २५ गतेदेखि सञ्चालनमा आउने भएको छ । मध्यपुरथिमि नगरपालिका–३ गठ्ठाघरको आठ रोपनी क्षेत्रफलमा कूल रु छ करोड ५० लाख लगनीमा शुरु हुनलागेको सो व्यवस्थित तरकारी बजारमा दुई रोपनी क्षेत्रफलमा पार्किङसमेतको व्यवस्था गरिएको छ । सूर्यविनायक नगरपालिका–३ बालकोटमा आफ्नै कृषक बाबु श्यामबहादुर र आमाले अथक मेहनतले उब्जाएको एक मुठा फर्सीको मुन्टा बिचौलियाले रु १० मा किनेर एक किलोमिटर पर गठ्ठाघरमा रु ३० मा बिक्री गरेको देखेपछि बिचौलियाको दलाली अन्त्य गर्ने अठोटका साथ तरकारी बजार निर्माण गर्न आफू जुटेको नेकपाका भक्तपुर जिल्ला कमिटी सदस्य एवं युवानेता श्यामसुन्दर बस्नेतले बताए…
काठमाडौं: नेपाल टेलिकमको प्रबन्ध निर्देशकको पदका लागि अन्तिम तीन जनाको नाम सिफारिस गरिएको छ। सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले प्रवन्ध निर्देशकका लागि अन्तिम तीन जना डिल्लीराम अधिकारी, संगीता पहाडी अर्याल र बुद्धिप्रसाद आचार्यको नाम सिफारिस गरेर मन्त्रिपरिषद लगिने छ। यस पदका लागि जम्मा ११ जनाले आवेदन दिएका थिए । टेलिकममा प्रवन्ध निर्देशक बन्न ९ जनाले आफ्नो कार्ययोजनासहित प्रस्तुतीकरण राखेका थिए । प्रतिस्पर्धामा सानउल्लाह खान, विमल आचार्य, गोकर्णप्रसाद सिटौला, नगेन्द्रकुमार दास, चन्द्रमोहन झा, प्रदीपराज उपाध्याय, अनिल कुमार झा र रामदेव यादवले पनि आवेदन दिएका थिए । सरकारले पूर्व प्रवन्ध निर्देशक कामिनी राज भण्डारीलाई बर्खास्त गरेपछि उक्त पद रिता रहेको थियो ।…
काठमाडौँ: तेस्रो संस्करणको धनगढी प्रिमियर लिग (डिपिएल) क्रिकेट प्रतियोगिताको खेलाडी खरिद बिक्री (अक्सन) आज हुँदैछ । आयोजक धनगढी क्रिकेट एकेडेमीका अध्यक्ष सुभाष शाहीले यही पुस १७ गतेसम्मको समयभित्र प्रतियोगिताका लागि दर्ता भएका २०५ खेलाडीबीच अक्सन हुने जानकारी दिनुभयो । यही पुस ४ गतेदेखि खुलेको खेलाडी दर्ता गत मङ्गलबारसम्मका लागि तोकिएको थियो । यस पटक खेलाडीको वर्गीकरण गरिएको छैन । खेलाडीले न्यूनतम मूल्य रु ३० हजारदेखि रु दुई लाख ५० हजारसम्म राखेर नाम दर्ता गराएका छन् । जसअनुसार प्रतियोगितामा सहभागी टोलीले खेलाडी किन्नेछन् । अक्सनबाट छनोट भएका खेलाडीलाई सहभागी टोलीले आगामी तीन वर्षका लागि अनुबन्धन गर्नेछ । छ टोली सहभागी हुने…
सोलुखुम्बु: नेपाल वायुसेवा निगमको फाप्लु–विराटनगर उडान तालिका रद्द गरिएको छ । फाप्लुदेखि विराटनगर जाने यात्रु अभाव भएकाले तालिका रद्द गरिएको निगमले जनाएको छ । गत कात्तिक ९ गतेदेखि प्रत्येक हप्ताको शुक्रबारका लागि सो उडान तालिका राखिएको थियो । विमानले उडान भर्न तयार भए पनि यात्रु नपाएको भन्दै तालिका रद्द गरेको निगमको फाप्लुका इन्चार्ज गणेशकुमार श्रेष्ठले जानकारी दिए। उनका अनुसार वायुसेवा निगमले यही पुस २४ गते ८ तारिखदेखि लागू हुने गरी उडान तालिका रद्द गरेको हो । अब यात्रु भए पनि उडान नहुने इन्चार्ज श्रेष्ठले बताए । सोलुखुम्बुका नागरिक भने सल्लेरी विराटनगर सिधा सडक सञ्जाल जोडिएकाले सडक मार्गहँुदै जाने गरेका छन्…
काठमाडौँ: नेपाल धितोपत्र बोर्डले ग्रीनलाइफ हाइड्रोपावर कम्पनीलाई रु १८ करोड बारबरको १८ लाख कित्ता साधारण शेयर बिक्रीका लागि अनुमति दिएको छ । बार्डका अनुसार पहिलो चरणमा आयोजना प्रभावित क्षेत्रका लागि साधारण शेयर बिक्री गरिने छ । कम्पनीको कूल चुक्ता पूँजीको दश प्रतिशतले हुन आउने १८ लाख कित्ता साधारण शेयर बिक्री गरेपछि सर्वसाधारणलाई शेयर बिक्री गर्नेछ । सो कम्पनीको शेयर बिक्री प्रबन्धकमा काठमाडौँ क्यापिटल लिमिटेड रहेको छ । कम्पनीले दोलखामा खानीखोला एक जलविद्युत् आयोजना निर्माण सम्पन्न गर्ने तयारी गरेको छ । सो आयोजनाको क्षमता ४० मेगावाट रहेको छ तर हाल सो आयोजनाले २५ मेगावाट क्षमताको आयोजना मात्रै सञ्चालनमा ल्याउने तयारी गरेको…