Close Menu

    Subscribe to Updates

    Get the latest creative news from FooBar about art, design and business.

    What's Hot

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026
    Facebook X (Twitter) Instagram
    Trending
    • भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा
    • भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा
    • ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित
    • बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत
    • मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम
    • दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै
    • ऊर्जा मिश्रण अवधाणामार्फत पीपीए खुलाउने तयारी
    • होल्डिङ सेन्टर खाली गर्न सरकारको आदेश, सुकुमवासीको जवाफ ‘यहाँबाट जाँदैनौँ’
    Facebook X (Twitter) Instagram
    Pahilo Click
    Monday, November 30
    • होमपेज
    • राजनीति
    • समाज
    • प्रदेश
    • विचार / अन्तर्वार्ता
    • अर्थ/बाणिज्य
    • पहिलो विशेष
    • जीवनशैली
    • मनोरञ्जन
    • खेलकुद
    Pahilo Click
    Home » अहिलेका बचत सहकारी उहिलेका ‘मुखिया,’ खोइ उत्पादन क्षेत्रमा लगानीको आर्कषण ?

    अहिलेका बचत सहकारी उहिलेका ‘मुखिया,’ खोइ उत्पादन क्षेत्रमा लगानीको आर्कषण ?

    पहिलोक्लिकपहिलोक्लिकJanuary 5, 2019No Comments

    Notice: Trying to access array offset on value of type bool in /home/pahiloclick/public_html/wp-content/themes/smart-mag/partials/single/featured.php on line 78
    Share
    Facebook Twitter LinkedIn Pinterest Email Copy Link

    काठमाडौँ: सहकारी संस्थाले उत्पादनमा लगानी आर्कषण गर्न नसकेकामा सरोकारवालाले चिन्ता व्यक्त गरेका छन् ।

    ती संस्थाका बचतकर्ताले चर्काे ब्याजमा ऋण लिन बाध्य भएकाले अहिलेका बचत तथा ऋण सहकारी संस्था उहिलेका ‘मुखिया’ जस्तो भएको यहाँ आयोजित एक कार्यक्रममा सहभागीहरूले आरोप लगाएका हुन् ।

    भूमि व्यवस्था, सहकारी तथा गरीबी निवारणमन्त्री पद्ममाकुमारी अर्यालले सहकारी संस्था सामाजिक नभई नाफामुखी हँुदै गएको बताउनुभयो । उहाँले गरीबीको अन्त्य सहकारीबाट सम्भव भए पनि अहिलेका सहकारी संस्था नाफामुखी भएको उल्लेख गर्नुभयो ।

    राष्ट्रिय सहकारी विकास बैंकको १५ औँ साधारणसभामा धौलागिरि बचत तथा ऋण सहकारी संस्थाका बचतकर्ता हरेराम बस्नेतले सहकारीले सदस्यको हित गर्नुपर्नेमा चर्काे ब्याजमा लगानी गरी बचतकर्ताको अहित गरेको आरोप लगाउनुभो ।

    कूल गार्हस्थ्य उत्पादनमा सहकारी संस्थाको योगदान झण्डै चार प्रतिशत रहेको अनुमान छ । लगभग रु चार अर्ब पूँजी सङ्कलन गरेका १० हजार २१८ सहकारी संस्थाले उत्पादनका क्षेत्रमा उल्लेखनीय लगानी नगरेको सहकारी अभियन्ता गणेश तिमल्सिनाले राससलाई बताउनुभयो ।

    सहकारी संस्थाको साझा बैंक– राष्ट्रिय सहकारी बैंकसँग रु २२ अर्ब पूँजी भएपनि उक्त बैंकले कृषि, पर्यटन, उद्योग र जलस्रोतजस्ता क्षेत्रमा लगानी गरेको देखिँदैन ।

    बैंकले शेयर सदस्यलाई पर्याप्त मुनाफा बढ्न सफल भएको देखिन्छ । आर्थिक वर्ष २०७४÷०७५ मा रु ४० करोड ७९ लाख ७९ हजार ८८९ अर्थात् लगानीको १५ प्रतिशत मुनाफा वितरण गरे पनि लगानीको सम्भावना रहेको कृषि क्षेत्रमा भने सन्तोषजनक लगानी देखिँदैन ।

    यस वर्ष बैंकले झण्डै रु १३ अर्ब लगानी गरे पनि कृषि क्षेत्रमा रु तीन अर्ब ३७ करोड लगानी गरेको छ । उक्त लगानी कूल पूँजी लगानीको लगभग २५ प्रतिशत हो । कृषि क्षेत्रको कूल गार्हस्थ्य उत्पादन ३३ प्रतिशत छ ।

    कृषि क्षेत्र परनिर्भरतातर्फ उन्मुख भए पनि सहकारी अभियन्ता तथा लगानीकर्ताको कृषिमा आर्कषण देखिँदैन । हाल प्रतिमहीना रु दुई अर्बको खाद्यान्न मात्र आयात भएको विभिन्न तथ्याङ्कले औँल्याएको छ ।

    सफल बचत तथा ऋण सहकारी संस्थामा बचतकर्ता श्रीराम कार्कीले हुनेखाने वर्गले सहकारीलाई नियन्त्रणमा लिएको बताउनुभयो । पछिल्लोपटक ब्याज तिर्न सक्ने आम्दानी भएका हुनेखाने वर्गले सस्तो ब्याजमा बैंकसँग ऋण लिने र चर्काे ब्याजमा सहकारीमा बचत गर्ने परिपाटी बढेकाले बचतकर्ता सहकारीबाट सस्तो ब्याजमा ऋण लिन हिचकिचाएको पाइन्छ ।

    बैंकले ठूला लगानीमा ११ देखि १२ प्रतिशतमा लगानी गर्ने र सहकारीले १८ देखि १९ प्रतिशत ब्याज दिने गरेको पाइन्छ । काम नगरी छ प्रतिशत मुनाफा लिने समूह सहकारीमा आकर्षित हुनाले यसबाट गरीब व्यक्तिले लाभ लिन सकेको पाइँदैन ।

    बैंकले यस आवमा व्यवसायतर्फ रु आठ अर्ब ७२ करोड ४१ लाख ५९ हजार ९७७, घर–जग्गामा रु २१ करोड ३० लाख ६४ हजार ३७५ हायरपर्चेजमा रु दुई करोड ४१ लाख ७९ हजार ४२५, मुद्दती रसिद धितो कर्जामा रु सात करोड २८ लाख २७ हजार ३१५, कृषि परियोजनामा रु एक करोड ७२ लाख १७ हजार ९८० र अन्यमा रु दुई करोड १५ लाख ३१ हजार ५२७ लगानी गरेको छ ।

    सभामा राष्ट्रिय सहकारी महासङ्घका अध्यक्ष केशव बडाल र नेता बालकृष्ण खाँणले सहकारीको लगानी गरीबीको अन्त्यतर्फ आकर्षित हुनुपर्ने बताउनुभयो । त्यसैगरी सभामा राष्ट्रिय सहकारी विकास बैंकका अध्यक्ष रमेशप्रसाद पोखरेलले ०७४÷०७५ को वार्षिक प्रतिवेदन पेश गर्नुभएको थियो ।

    Facebook Comments Box

    उहिलेका ‘मुखिया राष्ट्रिय सहकारी विकास बैंक
    Share. Facebook Twitter Pinterest LinkedIn Tumblr Email Copy Link
    पहिलोक्लिक
    • Website
    • Facebook
    • X (Twitter)

    पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

    Related Posts

    भारतबाट पक्राउ परेका पूर्वमुख्यसचिवमाथि अनुसन्धान अघि बढ्यो, ४ दिन हिरासतमा

    November 27, 2026

    भारत भ्रमणको ब्रिफिङ दिन प्रधानमन्त्री शाह शीतलनिवासमा

    November 27, 2026

    ग्लोबल आइएमई बैंक भिसाको दुई विधामा सम्मानित

    November 27, 2026

    बागलुङको पर्यटकीय क्षेत्र ढोरपाटन उपत्यकामा पुग्यो राष्ट्रिय प्रसारण प्रणालीको विद्युत

    November 27, 2026

    मन्त्रिपरिषद्को मर्यादाक्रममा हेरफेर : प्रधानमन्त्री र अर्थमन्त्रीपछि तेस्रो मर्यादामा सोविता गौतम

    November 26, 2026

    दिल्लीमा पक्राउ परेका पूर्वमुख्यसचिव अर्याललाई आजै काठमाडौं ल्याइँदै

    November 26, 2026
    Add A Comment

    Leave A Reply Cancel Reply

    About Us
    About Us

    पहिलो क्लिक डटकम जनसरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो । सत्यता, निष्पक्षता र विश्वसनीयता हाम्रो सिद्धान्त हो । पहिलो क्लिकले समाचार पोर्टल मात्र होइन, आवाजविहीनहरुको आवाज पनि हो ।

    Facebook X (Twitter)
    Pahilo Click Studio
    https://www.youtube.com/watch?v=RVOSL5cqB1w
    Contact

    01-4410872
    pahiloclick@gmail.com
    New Plaza, Putalisadak, Kathmmandu
    सूचना विभाग दर्ता नं: २०१७/२०७७/७८

    © 2026 GOSA Designs. Designed by GOSA.
    • राजनीति
    • प्रदेश
    • विश्व
    • समाज
    • सिफारिस

    Type above and press Enter to search. Press Esc to cancel.