Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

रामपुर: नेपाल कम्युनिष्ट पार्टी () अध्यक्ष पुष्पकमल दाहाल ‘प्रचण्ड’ले अबको एक वर्षमै देशमा ठूलो परिवर्तन गर्ने बताएका छन् । आज पाल्पाको रामपुरमा कार्यकर्तासँगको भेटका क्रममा उनले नेपालमा भएका केही परिवर्तन विश्वमा नै उदाहरणीय भएको बताए । विस्तृत शान्ति सम्झौता, संविधान निर्माण, नयाँ संविधान निर्माण अनुरुप तीन तहको निर्वाचन, तत्कालीन नेकपा एमाले र नेकपा माओवादी केन्द्रबीच एकता तथा दुई तिहाईको सरकार निर्माण नेपालका लागि महत्वपूर्ण फड्को भएको अध्यक्ष दाहालले बताए । सरकारले सामाजिक सुरक्षा योजनासँगै धेरै राम्रा उपलब्धी हासिल गरेको स्मरण गराउँदै अध्यक्ष दाहालले अबको पाँच वर्षमा प्रत्येक नेकपानागरिकले समृद्धि महसुस गर्ने स्पष्ट पारे । उनले सरकारको आलोचना गर्नेलाई पाँच वर्षमा…

Read More

काठमाडौँ: नेपाल वायुसेवा निगमले आन्तरिक उडानमा पनि अनलाइन बुकिङ सेवा सुरु गरेको छ । टिकेटिङलाई सहज बनाउने उद्देश्यले अनलाइन टिकेटिङ सुरु गरिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए। निगमले गतवर्षबाटै अन्तर्राष्ट्रियतर्फको हवाई सेवामा अनलाइन बुकिङ थालेको थियो । सिगदेलका अनुसार निगमले इ-टिकेटीङका लागि आइएमई र इ-सेवासँग सहकार्य गरेको छ। ‘अब यात्रुले घरै बसेर पनि नेपालका आन्तरिक गन्तब्यमा उडान गर्नका लागि टिकट काट्न सक्नेछन्,’ उनले भने, ‘विदेशबाटै नेपालका कुनै गन्तब्यमा जान चाहेमा इ-टिकेटिङ गर्न सक्नेछन्।’ निजी क्षेत्रका कम्पनी सुगम क्षत्रेमा केन्दि्रत भएपनि निगमले दुर्गम क्षत्रेमा हवाई उडान गरिरहेको छ। निगमले अहिले ट्वीनटर, चिनियाँ एमए ६० र वाई १२ ई विमानबाट आन्तरिहक…

Read More

काठमाडौँ : ललितपुर प्याट्रीयट्स एभरेष्ट प्रिमियर लिग (इपिएल) टी ट्वान्टी क्रिकेट प्रतियोगिताको शीर्ष स्थानमा रहँदै अघिल्लो चरणमा प्रवेश गरेको छ । कीर्तिपुरस्थित त्रिवी क्रिकेट मैदानमा आज भएको लिग चरणको अन्तिम खेलमा ज्ञानेन्द्र मल्ल कप्तान रहेको ललितपुरले शरद भेषवाकर कप्तान रहेको भैरहवा ग्लाडीयटर्सलाई छ विकेटले पराजित गर्दै क्वालिफायरमा पुगेको हो । क्वालिफायरमा विजेता हुने टोली सिधै फाइनलमा पुग्नेछ भने पराजित टोलीले फाइनल प्रवेशका लागि इलिमिनेटर खेल्नुपर्ने हुन्छ । टस हारेर पहिले ब्याटिङ गरेको भैरहवाले दिएको ९३ रनको लक्ष्यलाई ललितपुरले १४ दशमलव २ ओभरमा ४ विकेट गुमाउँदै भेट्टायो । ललितपुरको जितमा पवन सरार्फले २५ रनको योगदान दिए भने जय किशन कोल्शावालाले अविजित…

Read More

काभ्रेपलाञ्चोक: सञ्चार तथा सूचना प्रविधिमन्त्री गोकुलप्रसाद बाँस्कोटाले अश्लील एवं यौनसम्बन्धित थप तीन लाख वेभसाइट बन्द गरिने बताएका छन् । बेथानचोक गाउँपालिका–२ गेल्दुङमा नेपाल टेलिकमले विस्तार गरेको ढुङ्खर्क टेलिफोन (पीएस्टिएन) एक्सचेन्जको आज उद्घाटन गर्दै मन्त्री बाँस्कोटाले भने, “पच्चीस लाख अश्लील वेभसाइट बन्द ग¥यौँ, क्रमैसँग अब यस्तै खालका थप तीन लाख वेभसाइट बन्द गर्दैछौँ ।” इन्टरनेटको पहुँचसँगै अश्लील वेभसाइटले विकृत मानसिकता पैदा गर्ने भएकाले समाजमा असल नागरिकका रुपमा स्थापित गराउन र सुरक्षित वातावरण निर्माण गर्न अश्लील वेभसाइट बन्द गर्नुपर्ने आवश्यकता रहेको मन्त्री बाँस्कोटाको भनाइ थियो । “मुलुकभर टेलिफोन सेवा विस्तार गर्न सरकारले तीव्ररुपमा काम भइरहेको छ,” उनले भने, “एक वर्षभित्र १५० गाउँपालिकामा…

Read More

काठमाडौं: काठमाडौँ महानगरपालिकाले ट्राफिक प्रहरीको समन्व्यमा टुँडिखेल आसपास क्षेत्रमा आजबाट सार्वजनिक सवारी साधन रोकेर राख्न नपाउने व्यवस्था गरेपछि जमल लगायत कतिपय ठाउँका पुराना ‘ बस स्टप’ परिवर्तन गरेको छन्। यो नयाँ व्यस्था अनुसार आज दिन कतिपय यात्रुले सास्ती भोगेका छन् भने कोहिले व्यवस्था राम्रो भएको भन्दै पनि स्वागत गरेका छन् । सार्वजनिक सवारी साधन एकै स्थानमा लामो समय रोकेर राख्दा जामको समस्या बढ्नाका साथै वातावरण प्रदूषण हुने भएकाले कामपाले यस्तो व्यवस्था लागू गरेको हो । कामपाको मुख्य स्थान मानिने र लामो वा छोटो दूरीका सार्वजनिक सवारी साधन रोकेर राख्ने स्थान टुँडिखेल आसपास नै रहेकाले यस किसिमको व्यवस्था गरिएको महानगरपालिकाका मेयर…

Read More

काठमाडौँ: प्रधानमन्त्री एवं नेपाल कम्युनिष्ट पार्टी (नेकपा) का अध्यक्ष केपी शर्मा ओलीले दुई अध्यक्ष मिलेर पार्टी चलाई संसारकै नमूना तरिकाले काम गरेको बताउनुभएको छ । तत्कालीन एमाले निकट पेशागत प्रगतिशील कानून व्यवसायी सङ्गठन र नेकपा (माओवादी केन्द्र) निकट गणतान्त्रिक प्रगतिशील कानून व्यवसायी एशोसिएशनबीच एकीकरण गरी आज नेपाल कानून व्यवसायी सङ्गठन घोषणा गर्न पार्टी केन्द्रीय कार्यालय धुम्बाराहीमा आयोजित कार्यक्रममा उहाँले सो कुरा बताउनुभएको हो । प्रधानमन्त्री ओलीले भन्नुभयो, “प्रजातन्त्रको नमूना काम गर्ने हाम्रो पार्टी नै हो, दुई अध्यक्ष भएर राम्ररी पार्टी चलाएका छाँै, यतिको राम्रो उदाहरण संसारमा कहीँ देखिएको छैन ।” ठट्टाको शैलीमा प्रधानमन्त्री ओलीले भन्नुभयो, “संविधानले दिँदैन, नत्र दु्ई जना…

Read More

काठमाडौँ: भारत पश्चिम बङ्गालस्थित कोलकातामा नेपाल भवन बनाउन पहल भएको छ । कोलकातावासी नेपालीहरुले महेशतला नगरपालिका–२३, विवेकानन्द पार्क रोड नेर ११ कठ्ठा जग्गा लिइसकेका छन् । विभिन्न सांस्कृतिक कार्यक्रम गर्न तथा आपसमा भेला भई अन्तक्र्रिया एवं छलफल गर्नका लागि सो भवन बनाउन लागिएको हो । कोलकातामा रहेका नेपालीहरुको छाता सङ्गठन संयुक्त नेपाली वेलफेयर ट्रष्टले भवन निर्माणका लागि पहल गरिरहेको छ । नेपाल सरकारबाट रु ६ लाख र नेपाली समुदायबाट सङ्कलित रु ४ लाखबाट करीब १५ वर्षअघि खरीद गरिएको जग्गामा भवन बनाउन माटो परीक्षण र योजना तयार भइसकेको ट्रष्टका अध्यक्ष खिमराज बरालले बताउनुभयो । “कोलकातामा नेपाल भवन हाम्रो सपना हो, हाम्रो…

Read More

काठमाडौँ: प्रथम जननिर्वाचित सरकारलाई तत्कालीन शाही नेपाली सेनाको शक्तिको भरमा अपदस्थ गरिएको विरोधमा आजको दिनलाई कालो दिवसका रुपमा मनाइँदैछ । विसं २०१७ पुस १ गते पहिलो निर्वाचित प्रधानमन्त्री बिपी कोइराला लगायतका नेतालाई सेनाको बलमा बन्दी बनाई तत्कालीन राजा महेन्द्रले पञ्चायत शासन व्यवस्था शुरुवात गरेका थिए। नेपाल तरुण दलको कार्यक्रममा सहभागी भइरहनुभएका प्रधानमन्त्री बिपी लगायतका नेतालाई त्यहीँबाट गिरफ्तार गरी तीन महीना सिंहदरबार र त्यसपछि सुन्दरीजलमा बन्दी बनाइएको थियो । सुन्दरीजलस्थित नेपाली सेनाको आर्सनलका हाकिमको आवासमा पर्खालले घेरी बिपी लगायतका नेतालाई बन्दी बनाइएको हो । यही जेल पछि सुन्दरीजल बन्दी गृहका नामले चिनियो । यहीँ बसेर बिपीले ‘दोषी चस्मा’ कथा सङ्ग्रह बाहेकका…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले १० अर्ब २३ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको ८ अर्ब २३ करोड रुपैयाँको र ३६४ दिने अवधिको २ अर्ब रुपैयाँको ट्रेजरी बिल बिक्री गर्न लागेको हो । उक्त ट्रेजरी बिल खरिदका लागि  पुष २ गते सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । ९१ दिने अवधिको ट्रेजरी बिल फागुन २८ गते र ३६४ दिने अवधिको ट्रेजरी बिल २०७६ साल पुष १ गते परिपक्व हुनेछ ।

Read More

कोलम्बो: ) ः श्रीलङ्काका राष्ट्रपति मैत्रीपाला सिरिसेनाद्वारा प्रधानमन्त्रीमा नियुक्त महेन्दा राजापाक्षेले शनिबार राजीनामा दिनुभएको छ । राजापाक्षेले आफ्नै निवासमा राजीनामा पत्रमा हस्ताक्षर गर्नुभएको भिडियोहरू सार्वजनिक भएको अन्तर्राष्ट्रिय समाचार संस्थाहरूले सामाचार प्रकाशन गरेका छन् । राजापाक्षेको पार्टीका एक जना सांसद शेहान सेमासिङ्घेले वक्तव्य दिएर उहाँले राजीनामा दिनुभएको बताउनुभयो । वक्तव्यमा उहाँले आगामी दिनमा आफ्नो पार्टीले सशक्त र रचनात्मक प्रतिपक्षको भूमिका खेल्ने उल्लेख गर्नुभएको छ । अहिलेको राजनीतिक द्वन्द्व अन्त्य गर्नका लागि संसदीय निर्वाचन माग गर्ने आफुहरूको मुख्य मुद्दा हुने उहाँको भनाइ छ । उहाँलाई सिरिसेनाले प्रधानमन्त्रीमा नियुक्त गरेको र संसद् विघटन गरेको विषयलाई सर्वोच्च अदालतले अवैध भएको फैसला गरेपछि उहाँले राजीनामा…

Read More