Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

मर्सेली, फ्रान्स: फ्रान्समा इन्धनको मूल्यवृद्धिविरुद्ध सवारीधनीहरूले सडक प्रदर्शन गर्ने क्रममा भएको सडक दुर्घटनामा परी कम्तीमा एक जना प्रदर्शनकारीको मृत्यु भएको स्थानीय अधिकारीहरूले बताएका छन् । दक्षिणी फ्रान्सको अर्लिसमा सरकारविरोधी प्रदर्शनका क्रममा १० किलोमिटर सडक अवरूद्ध गर्ने क्रममा एउटा भ्यान र ट्रक एक आपसमा ठक्कर खाँदा भ्यानका चालकको मृत्यु भएको टारास्कनका अभियोजनकर्ता प्याट्रिक देशजार्डिनले  बताउनुभयो । विगत केही समयदेखि पहेंलो पहिरनमा प्रदर्शनमा उत्रिएका सवारीधनीले इन्धनमा गरिएको मूल्यवृद्धि तत्काल फिर्ता गर्न माग गर्दै आएका छन् । प्रदर्शनकारीले आइतबार १० किलोमिटर लामो सडकखण्डमा यातायात अवरूद्ध गर्ने कार्यक्रम रहेको थियो । राष्ट्रपति म्याक्रोँ समस्याको समाधानका लागि आपतकालिन बैठक यसैबीच, सरकार विरोधी आन्दोलनमा २६३ जना…

Read More

क्यालिफोर्निया: साथीसँग फोनमा कुरा गर्दागर्दै एक नेपाली युवाले अमेरिकाको क्यालिफोर्नियामा पासो लगाएर आत्महत्या गरेका छन् । सन्नीभेल सहरमा बस्दै गरेका २४ बर्षीय गणेश तिवारीले विहीबार आत्महत्या गरेका हुन् । उनी नवलपरासीका हुन् । आत्महत्या गर्नुअघि तिवारीले नजिकै बस्ने अर्की एक साथीलाई भिडियो कल गर्दै आत्महत्या गर्न लागेको बताएका थिए । परीक्षा दिन तयार रहेकी ती साथीले जिस्किएको ठानिन् । तैपनि अर्का एक साथीलाई तिवारी बस्ने घरमा पठाएकी थिईन् । ठट्टा सोच्दासोच्दै सत्य भयो । उनका साथीले भने । तिवारी हाईल्यान्डर अपार्टमेन्टमा दुईजना साथीसँग बस्दै आएका थिए । ती साथीहरुका अनुसार अरु बेला पनि उनी आत्महत्या गर्ने कुरा गरिरहन्थे । अमेरिका…

Read More

काठमाडौँ: यातायात व्यवस्था विभागको सर्भर ह्याङ हुँदा सेवाग्राही मर्कामा परेका छन् । विभागले एक महिनापछि सञ्चालनमा ल्याएको सवारी चालक अनुमतिपत्र (लाइसेन्स) को आवेदन खुला गरेकै दिन सर्भरले धान्न नसक्दा यस्तो अवस्था आएको हो । यो समाचार आजको नेपाल समाचारपत्रमा छ । चाडपर्वका कारण एक महिना बन्द गरिएको उक्त आवेदन फारम यही मंसिर ७ गते खुलेकै दिन बन्द भएको थियो । यस्तो समस्या आएपछि देशभरका अनलाइन फारमको आवेदन अवरुद्ध भएको छ ।

Read More

काठमाडौं: एउटा कार्यालयका बैकखाता कति हुन्छन् ? दुई वटा, तीन वटा वा बढीमा चार वटा ? समाज कल्याण परिषद् यस्तो संस्था हो, जसका नाममा ४२ वटा बैंकखाता सञ्चालनमा छन् । परिषद्को आम्दानीको स्रोत राम्रै छ । उसले एनजीओ र आईएनजीओको अनुगमनबाट वार्षिक सात करोड आम्दानी गर्छ । मृकुटीमण्डपको जग्गा भाडाबाट १२ करोड ८९ लाख जम्मा हुन्छ । पर्यटन विभाग र बोर्ड कार्यालयको भाडा २५ लाख रुपैयाँ आउँछ । संघसंस्थाको दर्ताबाट एक करोड ९१ लाख आम्दानी हुन्छ । यो जम्मा गरी २० करोड ८० लाख रुपैयाँ त उसको वार्षिक आम्दानी हुन्छ । यति पैसा एउटै खातामा राख्न समभव हुँदैन ? जथाभावी…

Read More

काठमाडौं: प्रहरीले १८ बर्षभन्दा कम उमेरका बालबालिकालाई केही मनोरञ्जनस्थल प्रवेशमा कडाई गर्ने भएको छ । प्रहरीले बालबालिकासम्बन्धी ऐन ०७५ लार्य कडाईका साथ लागु गर्न थालेपछि कामठाडौंका मनोरञ्जनस्थल डिस्को, पव, दोहोरी साँझ, लाउन्ज बार मा १८ बर्ष भन्दा कम उमेरकाले प्रवेश गर्न नपाउने भएका छन् । प्रकरहीका अनुसार अब डिस्को, पब, दोहोरी साँझ या लाउन्ज बार जान चाहनेले अनिवार्य रुपमा उमेर खुल्ने कागजात सँगै बोक्नुपर्नेछ । सोही कागजातका आधारमा मनोरञ्जनस्थल सञ्चालकले उनीहरुलाई प्रवेश गर्न दिनेछन् । कुनै सञ्चालकले कानुन् मिचेर कसैलाई छिराए प्रहरीले पक्राउ गरी कानुन्बमोजिम कारबाही गर्ने महानगरीय प्रहरी परिसर काठमाडौंका प्रमुख एसएसपी वसन्त लामाले बताए ।, आजको नयाँ पत्रिकामा…

Read More

काठमाडौं: श्रम समझदारी भएको एक महिनाभन्दा बढी हुँदा पनि मलेसियाको रोजगारी खुल्न सकेको छैन। यसको मुख्य कारण हो — ‘जुँगाको लडाइँ।’ कामदार निःशुल्क पठाउने समझदारी गरेका मन्त्री गोकर्ण विष्टबाट अवसरको फाइदा लिन केही व्यवसायीले चलखेलसमेत सुरु गरेका छन्। ‘कारबाही गरेका’ संरचनाका ठाउँमा आउने बाटो बनाउन तिनले दबाब दिने गरेको स्रोतले बतायो। बायोमेट्रिक, भीएलएन, माइग्राम, आईएससी, ओएससीजस्ता संस्थाले अनावश्यक पैसा उठाएको भन्दै मन्त्रालयले जेठमा कारबाही गरेको थियो। मन्त्री विष्टकै निर्देशनमा तीमध्ये अधिकांशका सञ्चालक पक्राउ परेका थिए। तिनको मुद्दा विचाराधीन छ ।, आजको अन्नपुर्ण पोष्टमा यो खबर छ । कात्तिक १२ गते श्रम समझदारी गर्दा मलेसियाले ती संरचना हटाउन मानेन। बरु सबैमा…

Read More

काठमाडौँ: पन्ध्र बुँदे घोषणापत्र जारी गर्दै दोस्रो अन्तर्राष्ट्रिय लघुवित्त सम्मेलन आज सकिएको छ । घोषणापत्रले ‘स्वच्छ लघुवित्त, हाम्रो अभियान’ भन्ने नारालाई मूर्तरूप दिनका लागि परिणाममुखी कार्यमा केन्द्रित हुनुपर्ने र वित्तीय साक्षरतालाई सबै लघुवित्तले सञ्चालन गर्नुपर्नेमा जोड दिएको छ । यस्तै लघुवित्तको पहुँच विस्तारमा अघि बढ्नुपर्ने, स्वास्थ्य तथा कर्जा बीमा कार्यान्वयनमा बीमा प्रदायक संस्थासँग समन्वय गर्ने, सदस्यलाई ऋणको भार पर्न नदिने गरी कर्जा प्रवाह गर्नुपर्ने, लघुवित्तले जीवनस्तरमा पारेको प्रभाव मापन गरी स्तरवृद्धि मापन कार्ड प्रदान गर्नेलगायत घोषणापत्रमा १५ बुँदा समेटेको छ । सम्मेलनको समापन समारोहमा अर्थमन्त्री डा युवराज खतिवडाले लघुवित्तले दिगो विकासमा सघाउ पु¥याउने बताए । उनले दिगो विकासको अवधारणामा लघुवित्तको…

Read More

काठमाडौँ: नेपाल कम्युनिस्ट पार्टी (नेकपा)का अध्यक्ष पुष्कमल दाहाल ‘प्रचण्ड’ स्वास्थ्य परीक्षणका लागि आज ललितपुर भैँसेपाटीस्थित मेडिसिटी अस्पताल गएका छन् । नियमित स्वास्थ्य परीक्षणका क्रममा अध्यक्ष दाहाल अस्पताल गएको उनको सचिवालयले जनाएको छ ।

Read More

काठमाडौँ : युनिभर्सल पिस फाउण्डेसन (युपिएफ)ले प्रधानमन्त्री केपी शर्मा ओलीलाई नेतृत्व र सुशासन पुरस्कार प्रदान गरेको छ । यहाँ आज सम्पन्न एशिया प्यासिफिक सम्मेलन– २०१८ को अवार्ड वितरण समारोहमा नेपालको लोकतन्त्र र सुशासनको नेतृत्व गरेको भन्दै प्रधानमन्त्रीलाई ‘लिडरसिप एण्ड गुड गभर्नेन्स अवार्ड’बाट पुरस्कृत गरिएको हो । पुरस्कारको राशि एक लाख डलर छ । कार्यक्रममा प्रधानमन्त्रीले पुरस्कार सरकारको सम्मानमा दिएकाले नेपाली युवा र बालबालिकाका क्षेत्रमा खर्च गर्न सरकारी कोषमा दाखिला गर्ने घोषणा गरे । उनले भने, “यो नेपाली जनता र नेपाल सरकारलाई गरिएको सम्मान हो । यसबाट प्राप्त रकम सरकारी कोषमा दाखिला गरेर युवा तथा बालबालिकाका क्षेत्रमा काम गर्ने संस्थालाई अगाडि…

Read More

काठमाडौं: नेपाल र बङगलादेशबीचको उर्जा संयन्त्रको पहिलो बैठक काठमाडौंमा बस्ने भएको छ । बङगलादेशसंग उर्जा सहयोगसम्बन्धी सम्झौतामा हस्ताक्षर भएपछि संयन्त्रको पहिलो वैठक काठमाडौंमा वस्न लागेको हो । वैठक सोमबार र मंगलवार दुई दिनसम्म चल्नेछ । उर्जा मन्त्री वर्षमान पुनका प्रेस संयोजक रोशन खड्काअनुसार नेपाल–बङगलादेशबीचको जोइन्ट इनर्जी स्टेरिङ कमिटीको वैठक सोमबार र मंगलवार वस्ने तय भएको हो । वैठकमा सहभागी हुनको लागी वङगलादेशको पावर मन्त्रालयका पावर डिभिजन हेर्ने सचिव अहमद वाइकाउस १३ सदस्यिय प्रतिनिधी मण्डलको नेतृत्व गर्दै आईतबार काठमाडौं आईपुगेका छन् । नेपालको तर्फबाट भने उर्जा,जलस्रोत तथा सिंचाईमन्त्रालयका सचिव अनुप कुमार उपाध्यायले वैठकमा नेतृत्व गर्ने छन् । त्यसैगरी सोमबार सहसचिवस्तरीय संयुक्त…

Read More