Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

भक्तपुर: जापानी कम्पनीले नेपाली आईटी ईन्जिनियरहरुलाई विद्यावारिधीसँगै जापान काम गर्ने अवसर दिने भएको छ । जापानस्थित ह्युमन रिसोसि{या कम्पनी लिमिटेडले त्यसका लागि नेपालका तीन वटा ईन्जिनियरिङको पढाई हुने कलेजहरुसँग समझदारीपत्रमा हस्ताक्षर गरेको छ । ईन्जिनियरिङ अध्ययन संस्थान, पुल्चोक, नेम कलेज काठमाडौं, नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायणसँग समझदारी पत्रमा हस्ताक्षर गरेको छ । कम्पनीका उपाध्यक्ष नाओकी इरेले नेपाल ईन्जिनियरिङ कलेज चाँगुनारायण भक्तपुरमा हालै समझदारी पत्रमा हस्ताक्षर गरेका छन् । नेपालका तीनओटा कलेजसँग समझदारी भएको जनाउँदै उपाध्यक्ष इरेलले सन् २०२१ को माच{सम्ममा एक हजार नेपाली आईटी ईन्जिनियरलाई रोजगारी दिने योजना रहेको बताए ।, आजको नागरिक दैनिकमा यो खबर छ ।

Read More

काठमाडौँ: सरकारले राष्ट्रपति विद्यादेवी भण्डारीले यही मङ्सिर १७ गते पोल्याण्डमा सम्बोधन गर्ने संयुक्त राष्ट्रसङ्घीय जलवायु परिवर्तनसम्बन्धी महासन्धिको २४औँ सम्मेलन उद्घाटन समारोह कार्यक्रमलाई स्वीकृत गरेको छ । सञ्चार तथा सूचना प्रविधि मन्त्रालयमा आयोजित पत्रकार सम्मेलनमा सरकारका प्रवक्ता गोकुलप्रसाद बाँस्कोटाले यही मङ्सिर १० गते बसेको मन्त्रिपरिषद्ले गरेका निर्णय सार्वजनिक गर्दैै पोल्याण्डको कातोबीच शहरमा मङ्सिर १७ र १८ मा हुने सो कार्यक्रमलाई स्वीकृत गरिएको जानकारी दिनुभयो । मन्त्रिपरिषद्ले प्रधानमन्त्री केपी शर्मा ओलीको मैत्रीपूर्ण निमन्त्रणामा कम्बोडियाका प्रधानमन्त्री हुन सेन र म्यान्माका स्टेट काउन्सिलर आङसाङ सुकीले मङ्सिर १३ र १४ गते नेपालको औपचारिक भ्रमण गर्ने कार्यक्रमलाई स्वीकृत गरेको छ । त्यसैगरी मन्त्रिपरिषद्ले नेपाल सरकार र…

Read More

काठमाडौँ: सनराइज बैङ्क लिमिटेडले शेयरधनीलाई आर्थिक वर्ष २०७४/७५ को मुनाफाबाट नगद लाभान्स वितरण गर्ने निर्णय गरेको छ । बैङ्कको सञ्चालक समितिको आज बसेको बैठकले शेयरधनीलाई रु ९३ करोड ७५ लाख ४३ हजार नगद लाभांश वितरण गर्ने निर्णय गरेको हो । उक्त लाभान्स नेपाल राष्ट्र बैङ्क तथा बैङ्कको आगामी साधारण सभाबाट स्वीकृत भएपश्चात् वितरण गरिनेछ । बैङ्कले नगद लाभान्सका लागि योग्य रहेका शेयरधनीलाई नगद लाभान्समा लाग्ने कर कट्टा गरी रकम प्रदान गरिने विज्ञप्तिमा उल्लेख छ ।

Read More

काठमाडौँ: प्रमुख प्रतिपक्षी दल नेपाली काङ्ग्रेसले विधान संशोधन मस्यौदामाथि आजदेखि छलफल शुरु गरेको छ । मुलुक सङ्घीय संरचनामा गएपछि नयाँ बनेको संरचनाअनुसार पार्टीलाई लैजाने उद्देश्यका साथ विधान संशोधन समितिले तयार पारेको मस्यौदामाथि छलफल शुरु भएको हो । पार्टी सभापति शेरबहादुर देउवाको अध्यक्षतामा आज पार्टी केन्द्रीय कार्यालयमा बसेको केन्द्रीय कार्यसमितिको बैठकले प्रस्तावित विधानलाई अन्तिम रुप दिन छलफल शुरु गरेको हो । पार्टीको मङ्सिर २८ देखि पुस ३ गतेसम्म काठमाडौँमा हुन लागेको महासमिति बैठकमा राखिने विधानलाई अन्तिम रुप दिन काङ्ग्रेस छलफलमा जुटेको हो । पार्टी केन्द्रीय कार्यसमितिले पारित गरेको विधान संशोधन मस्यौदा महासमिति बैठकले पारित गरेपछि लागू हुनेछ । यही मङ्सिर ९…

Read More

काठमाडौँ: नेपाल र कम्बोडियाबीच हवाई सम्झौता भएको छ । प्रधानमन्त्री केपी शर्मा ओली र उनका कम्बोडियाली समकक्षि हुन सेनको उपस्थितिमा संस्कृति, पर्यटन तथा नागरिक उड्डयनमन्त्री रवीन्द्र अधिकारी र कम्बोडियाका मिनिष्टर इञ्चार्ज अफ द स्टेट सेक्रेटारिएट अफ सिभिल एभिएशन माओ हाभनन्लले द्विपक्षीय सम्झौतामा हस्ताक्षर गरे ।

Read More

काठमाडौँ: नेपाली सेनामा विभिन्न पदको भर्ना प्रक्रियामा भएको अनियमितामा संलग्न १९ अधिकृतसहित १७३ जनालाई कारबाही गरिएको छ । विसं २०७३ र २०७५ सालमा सेनामा खुलेको भर्ना प्रक्रिया सैनिक अधिकृतसहितले व्यापक अनियमिता गरेको पुष्टि भएपछि १७३ जनालाई सैनिक ऐनअनुसार कारबाही गरिएको छ भने आरोपित चारजना अधिकृतसहित १४ जनालाई सफाई दिएको छ । त्यसैगरी प्रमुख सेनानीसँग स्पष्टीकरण लिइएको बुझिएको छ । अनियमितामा संलग्नबाट रु तीन करोड २२ लाख ७५ हजार बिगो भराउनसमेत सैनिक अदालत (कोर्ट मार्शल) ले आज फैसला गरेको जनसम्पर्क तथा सूचना निर्देशनालयले जनाएको छ । अन्य दुई दर्जालाई छ वर्ष कैद, जरिवाना र भविश्यमा सरकारी सेवामा अयोग्य ठहरिने गरी बर्खास्त…

Read More

काठमाडौँ: चालू आर्थिक वर्ष २०७४/७५ को पहिलो चार महिनामा नेपालको व्यापार घाटामा ४ खर्ब ५४अर्ब ४७ करोड पुगेको छ । समीक्षा अवधिमा समग्र निकासीमा सामान्य सुधार भएतापनि पैठारीमा देखिएको अत्यधिक वृद्धिका कारण व्यापार घाटामा ४० दशमलब ३ प्रतिशतले वृद्धि भई ४ खर्ब ५४ अर्ब ४७ करोड पुगेको अर्व पुगेको छ । व्यापार तथा निकासी प्रवद्र्धन केन्द्रको प्रारम्भिक तथ्याँक अनुसार चालू आ.वको प्रथम चार महीनाको अवधिमा नेपालको कुल वैदेशिक व्यापार अघिल्लो वर्षको सोही अवधिको तुलनामा ३६ दशमलब १ प्रतिशतले वृद्धि भई ५ खर्ब १३ अर्ब ३ करोड पुगेको छ । कुल व्यापारमा निकासी तथा पैठारीको योगदान क्रमशः ५ दशमलब ७ प्रतिशत…

Read More

काठमाडौं: स्वस्तीका त्रिबेणीका गेष्टहाउसका सञ्चालक प्रविण कुँवरका छोरा ८ वर्षीय प्रयास कुँवरको अपहरणपछि हत्या भएको छ । हत्यामा संलग्न सोही गेष्टहाउसको गाडी चलाउने ड्राइभर स्याङ्जा भिरकोटका महेन्द्र सार्कीलाई प्रहरीले पक्राउ गरेको छ । महानगरीय अपराध महाशाखाका प्रमुख एसएसपी धिरजप्रताप सिंहका अनुसार सार्कीले केही दिनदेखि बाबु प्रविणसँग तलबको विषयलाई लिएर विवाद गर्दै आएको र आवेगमा आएर बालकको हत्या गरेर शव एक कल्र्भटमा फालेको अवस्थामा भेटिएको हो । काठमाडौंको बालाजुबाट २ दिनअघि प्रयास अपहरणमा परेका थिए । अपराध महाशाखाले विज्ञप्ति जारी गरी बालक अपहरणपछि हत्याबारे संक्षिप्त जानकारी दिएको छ । विज्ञप्तिमा परिवारका सदस्य नभएको मौका छोपेर सार्कीले गेस्ट हाउसबाट बालकलाई चकलेट खान…

Read More

काठमाडौँ: शेयर बजार निरन्तर ओरालो लाग्ने क्रम जारी छ। विहिबार पनि नेप्से परिसूचक १०.३७ अंकले घटेर ११४८.७० अंकमा पुगेको छ। मंगलबार सामान्य अंकले बढेको शेयर हिजो बुधबार र विहिबार लगातार घटेको छ। आज नेप्से परिसूचक र कारोबार दुवै घटेका छन्। आज कूल १६१ कम्पनीको १० लाख ६२ हजार ४३ कित्ता शेयर ३२ करोड २९ लाख ४७ हजार ९८३ मूल्यमा खरिद बिक्रि भएका छन्। हिजो बुधबार ४० करोड ४८ लाख ४ हजार ७३४ मूल्यमा खरीद बिक्री भएका थिए। आजको कारोवारमा उत्त्पादन र बित्त समुहका बाहेक सबै समूहको परिसूचक घटेका छन्। आजको कारोवारमा निर्जीवन वीमा समूहको सबैभन्दा बढी कारोबार घटेको छ जसमा…

Read More

टिब्लीसी: जर्जियामा भएको निर्वाचनमा सालोम जुराबिशभिली राष्ट्रपतिमा निर्वाचित हुनुभएको छ । सत्तारुढ दलका तर्फबाट उम्मेदवार हुनुभएकी सालोम जर्जियाको पहिलो महिला राष्ट्रपति हुनुभएको छ । करिब ९९ प्रतिशत मतगणना सम्पन्न हुँदा फ्रान्समा जन्मेकी पूर्व कुटनीतिज्ञ सालोमले करिब ६० प्रतिशत मत प्राप्त गर्नुभएको छ । राष्ट्रपतिका लागि बुधबार दोस्रो चरणको मतदान भएको थियो । तर, विपक्षी दलहरुले मतदानमा धाँधली भएको जनाउँदै सडक प्रदर्शन गर्ने बताएका छन् । एघार विपक्षी दलको गठबन्धनबाट उम्मेदवार हुनुभएका ग्राइगोल भाशाजले ४० प्रतिशत मत प्राप्त गर्नुभएको छ । हाल निर्वासनमा रहनुभएको पूर्व राष्ट्रपति मिखाइल साकासभिलीको नेतृत्वमा ११ दलको गठबन्धन निर्माण गरिएको थियो । यो निर्वाचनलाई जर्जियाको लोकतान्त्रिक अभ्यास…

Read More