Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

ब्रसेल्स:एएफपी)ः युरोपेली युनियनमा आबद्ध २७ देशका नेताहरु ऐतिहासिक बेलायती बहिर्गमन (ब्रेक्जिट) सम्झौतालाई अनुमोदन गर्न ब्रसेल्समा आइतबार भेला हुँदैछन् । बेलायती प्रधानमन्त्री थेरिसा मेले यो सम्झौताबाट बेलायतको “सुन्दर भविष्य” हुने दाबी गर्नुभएको छ । ब्रसेल्समा आयोजना हुने विशेष सम्मेलनमा युनियनमा आबद्ध २७ मुलुकका नेताहरुले बेलायती प्रस्तावका सम्बन्धमा हस्ताक्षर गर्नेछन् । उक्त हस्ताक्षरलगत्तै बेलायती प्रधानमन्त्री पनि उक्त सम्मेलनमा सहभागी हुनुहुनेछ । विगत १७ महिनादेखिको घनीभूत छलफल पश्चात तयार यस सम्झौताले वित्तीय विषयहरु, नागरिकको अधिकार, उत्तरी आयरल्यान्ड र सङ्क्रमणकालीन व्यवस्थालाई समेटेको छ । साथै, सम्झौताले युरोपको भावी सुरक्षा र व्यापारिक सम्बन्धका बारेमा पनि मार्गनिर्देश गर्ने अपेक्षा गरिएको छ । तैपनि, यो अन्तिम चरण…

Read More

पर्वत: पर्वतको कुश्मा नगरपालिका–८ स्थित पराधिमा निर्माणाधीन २० मेगावाट क्षमताको तल्लो मोदीखोला जलविद्युत् आयोजनाले पुस मसान्तभित्रै उत्पादन थाल्ने भएको छ । आयोजनाले अधिकांश निर्माणकार्य पूरा भएकोले अबको डेढ÷दुई महीनामै उत्पादन थाल्ने भएको हो । गत असारमै उत्पादन थाल्ने योजना भए पनि स्थानीयको अवरोध र प्राकृतिक प्रकोपलगायतका कारणले काम सम्पन्न गर्न झण्डै छ महीना ढिलाइ भएको हो । आयोजनाले ६० महीनामा उत्पादन शुरु गर्ने लक्ष्य लिएर विसं २०६९ साउनमा काम थालेको भए पनि दुई वर्ष बढी समय लागेको हो । आयोजनाका जनसम्पर्क अधिकृत सुरेन्द्र बेलवासेका अनुसार अब सामान्य फिटिङ्सको कामबाहेक सबैजसो काम सकिएको छ । “पुसभित्रै उत्पादन शुरु गर्ने तयारी भइरहेको…

Read More

काठमाडौँ: महाकाली स्पोर्टस सोसाइटी र नेपालय इण्टरनेशनल इभेन्ट म्यानेजमेन्टको संयुक्त आयोजनामा प्राइम टाइम्स टी–ट्वान्टी त्रिकोणात्मक क्रिकेट प्रतियोगिता माघमा हुने भएको छ । आगामी माघ १ देखि १० गतेसम्म सञ्चालन हुने उक्त प्रतियोगितामा नेपाल, भारत र श्रीलङ्काका क्लब गरी तीन टोलीको सहभागिता रहने आज यहाँ आयोजित पत्रकार सम्मेलनमा महाकाली स्पोर्टस सोसाइटीका अध्यक्ष सुमन भट्टले जानकारी दिए। उहाँका अनुसार प्रतियोगितामा नेपालबाट महाकाली स्पोर्टस क्लब, श्रीलङ्काको कन्दुकार र भारतको सिडब्लुटी क्लबले भाग लिनेछन् । करीब रु ८० लाखसम्म खर्च लाग्ने उक्त प्रतियोगिताको पुरस्कार कति दिने भन्ने विषयमा छलफल हुन बाँकी रहेको आयोजकले जनाएको छ । नेपाली टोलीको चयनमा विभिन्न उत्कृष्ट ४० खेलाडीलाई क्याम्पमा…

Read More

काठमाडौँ: नेपाल राष्ट्र बैंकले ४ अर्ब ८१ करोड रुपैयाँ बढीको ट्रेजरी बिल बिक्री गर्ने भएको छ । केन्द्रिय बैंकले ९१ दिने अवधिको २ अर्ब २३ करोड ३२ लाख रुपैयाँको ट्रेजरी बिल र १८२ दिने अवधिको २ अर्ब ४७ करोड रुपैयाँ र ३६४ दिने अवधिको ११ करोड रुपैयाँको ट्रेजरी बिल बिक्री जारी गर्न लागेको हो । जम्मा चार अर्ब ८१ करोड ३२ लाख रुपैयाँ बराबरको उक्त ट्रेजरी बिल खरिदका लागि मङ्सिर १० गते सोमबार अपरान्ह २ बजेसम्म आवेदन दिइसक्नु पर्ने राष्ट्र बैंकले जनाएको छ । डिसकाउन्ट दर १५ प्रतिशत रहेको उक्त ट्रेजरी बिलको आम्दानीमा कर लाग्ने छ । ९१ दिने अवधिको…

Read More

काठमाडौँ: अन्तर्राष्ट्रिय ब्रेक पश्चात हिजोबाट शुरु भएको इङ्ग्लिस प्रिमियर लिगमा लिभरपुल, म्यानचेस्टर सिटि, टोटेन्ह्याम, एभर्टन, फुलह्यामले आ-आफ्नो खेल जितेका छन् भने म्यानचेस्टर युनाइटेड र क्रिस्टल प्यालेशबीच र ब्रिटोन र लेस्टर सिटिले बराबरी खेलका छन्। त्यस्तै लालिगाको पहिलो खेलमा रियल म्याड्रिड ३-० ले पराजित भयो भने एथलेटिको मड्रिड र वार्सिलोनाले बराबरी खेलेका छन्। लिभरपुलले वाटफोर्डलाई ३-० ले पराजित गरेको हो भने म्यानचेस्टर सिटीले वेस्ट ह्यामलाई ४-० गोलले स्तब्द बनाउँदा चेल्सीले टोटेन्ह्यामलाई ३-१ नजिता सुम्पियो। त्यस्तै, एभाटर्नले कार्डिफ सिटिलाई १-० ले पराजित गर्यो। भने फुल्ह्याम्ले सोउथह्याम्टनलाई ३-२ ले हराएको छ। यस्तै, लालिगाको गएरातिको खेलमा इबरले रियल म्याड्रिडलाई ३-० ले हराएको छ। लिग…

Read More

काठमाडौँ: कृषि विकास बैंकले प्रमुख कार्यकारी अधिकृत (सिईओ) नियुक्तिका लागि दरखास्त माग गरेको छ। लीलाप्रकाश सिटौलाको कार्यकाल आगामी २७ गते सकिने भएपछि बैंक सञ्चालक समितिले नयाँ सिइओ खुला प्रतिस्पर्धाबाट नियुक्त गर्न प्रक्रिया शुरु गरेको हो। बैंकले मंसिर २३ गतेसम्म आवेदन दिन आह्वान गरेको छ। इच्छुक आवेदकले व्यावसायिक कार्ययोजनासहित आवेदन दिनु पर्ने हुन्छ। व्यवस्थापन, बैंकिङ, वित्तीय, मौद्रिक, अर्थशास्त्र, बाणिज्यशास्त्र, व्यापार, प्रसाशन वा कानुन विषयमा स्नातकोत्तर गरेको हुनु पर्नेछ। चार्टर्ड एकाउन्टेन्ट गरेकाको हकमा निम्न विषयमा कम्तिमा स्नातक गरि बैंकिङ तथा वित्तीय क्षेत्र, सरकारी निकाय, संघठित संस्था, विश्व विद्यालय तथा त्यस्तो निकायमा अधिकृत वा त्यसभन्दा माथिल्लो तहमा रहेर कम्तिमा पनि १० वर्ष काम…

Read More

काठमाडौं: पछिल्लो केहि सातादेखि अमेरिकी डलरको तुलनामा नेपाली रुपैयाँ मजवुत हुँदै गएको छ । नेपाल राष्ट्र बैंकले आइतबारका लागि १ डलर बराबर ११३ रुपैयाँ ३८ पैसा बिक्री मूल्य तोकेको छ । भारतीय रुपैयाँ मजवुत भएका कारण यसको असर नेपालमा परेको हो । असोज २६ गते नेपाली रुपैयाँ हालसम्मकै कमजोर भएको थियो । १ अमेरिकन डलर बराबर ११९ रुपैयाँ ३३ पैसा पुगेको थियो । डलरसँग भारतीय रुपैयाँ (भारु) कमजोर भएपछि नेपाली मुद्राको अवमूल्यन भएको थियो भने हाल भारतीय रुपैयाँ मजबुत हुँदा नेपाली रुपैयाँ पनि मजबुत हुँदै गएको हो । भारुसँग नेरु फिक्स भएपछि भारतीय मुद्राको अवस्था जे हुन्छ, त्यसको असर नेपाली…

Read More

गलकोट: बागलुङ जिल्लाको ढोरपाटन नगरपालिका–९ नवी गाउँमा आज बिहान २ बजेको समयमा आगलागी हुँदा ३० घर पूर्ण रुपमा जलेर नष्ट भएका छन् । नवी गाउँमा लागेको आगो आज बिहान ८ बजे मात्र नियन्त्रणमा आएको स्थानीयवासी यन्द्र शाहीले बताए । ढोरपाटन शिकार आरक्षका कर्मचारी तथा नेपाली सेनाको हनुमान ध्वज गुल्मको टोलीले आगो नियन्त्रण लिन सफल भएको थियो । शिकार आरक्षमा रहेको हनुमान ध्वज गुल्मका गुल्मपति सेनानी रविजंग खड्काको नेतृत्वमा १०२ जना आगो नियन्त्रण टोली र ढोरपाटन शिकार आरक्षका कर्मचारीहरुको सहयोगमा बिहान मात्र आगो नियन्त्रणमा आएको हो । ढोरपाटन वरपर चिसो मौसमका कारण स्थानीय घनधनी घुम्ती बसाइका लागि तल्लो वोबाङ तथा अन्य…

Read More

बैतडी: हरेक तीन÷तीन महीनामा सार्वजनिक सुनुवाइ गर्नुपर्ने भए पनि बैतडीको पाटन नगरपालिकाले जनप्रतिनिधि आएपछि पहिलो सार्वजनिक सुनुवाइ शनिबार गरेको छ । गत आर्थिक वर्षमा ५३१ वटा योजना बजेट विनियोजन गरेर सम्पन्न गरेको जनाइएको छ । ५१ नगरस्तरीय, ३३१ वडास्तरीय र १०३ वटा सशर्ततर्फका योजना सम्पन्न गरेको नगरपालिकाले जनाएको छ । गत आवमा नगरपालिकाले रु ४८ करोड ५९ लाख १२ हजार ७४ विनियोजन गरेको थियो । नगरपालिकाले सडक निर्माणलाई प्राथमिकतामा राखेर ६८ वटा सडकसहित भौतिक पूर्वाधारतर्फ रु पाँच करोड १५ लाख बजेट खर्च गरेको जनाएको छ । नगरपालिकाले आयोजना गरेको सार्वजनिक सुनुवाइका सहभागीहरुले टुक्रे योजनाका कारण विकासको कामले गति नलिएको गुनासो…

Read More

काठमाडौँ: ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाले अब तत्काल हवाई उद्धारको सुविधा पाउने भएका छन् । सरकारले यस्तो सुविधा पहिलो चरणमा हिमाली तथा पहाडी भेगका दुर्गम स्थानीय तहबाट सुरु गर्न लागेको छ । महिला, बालबालिका तथा ज्येष्ठ नागरिक मन्त्रालयले ‘दुर्गम क्षेत्रका ज्यान जोखिममा परेका गर्भवती तथा सुत्केरी महिलाका लागि हवाई उद्धारसम्बन्धी कार्यविधि २०७५’ पारित गरेको छ । कार्यविधिलाई अर्थ मन्त्रालयले समेत स्वीकृति दिइसकेको मन्त्रालयअन्तर्गत राष्ट्रपति महिला उत्थान कार्यक्रम शाखा प्रमुख अञ्जु ढुंगानाले बताइन् । उनका अनुसार मन्त्रालयले हवाई सेवा प्रदायक कम्पनी छनोट गर्न बोलपत्र आह्वानको तयारी गरिरहेको छ । त्यसको अवधि करीव ३ साताको हुनेछ । देशको कुनै पनि कुनामा रहेका गर्भवती तथा सुत्केरी महिला…

Read More