Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
विराटनगर: विराटनगर भन्सार कार्यालयले आर्थिक वर्ष २०७५÷७६ को चालू तीन महीनामा कूल १० अर्ब पाँच करोड २८ लाख ३४ हजार रुपैयाँ राजश्व सङ्कलन गरेको छ । सो अवधिमा कार्यालयले नौ अर्ब ३५ करोड ७० लाख २२ हजार रुपैयाँ राजश्व सङ्कलन गर्ने लक्ष्य लिएकामा ६९ करोड ५८ लाख १२ हजार रुपैयाँ राजश्व सङ्कलन भएको भन्सार प्रमुख निमांस अधिकारीले जानकारी दिए । सङ्कलित राजश्वमा भन्सार महशुल चार अर्ब १३ करोड ५८ लाख ५० हजार रुपैयाँ, मूल्य अभिवृद्धि कर पाँच अर्ब २२ करोड ३८ लाख ३९ हजार रुपैयाँ र अन्तःशुल्क ६९ करोड ३१ लाख ४५ हजार रुपैयाँ छन् । चालू आवको साउन, भदौ…
काठमाडौँ: मध्यभोटेकोशी जलविद्युत् कम्पनीले बुधबारदेखि एक अर्ब ४४ करोड रुपैयाँ बराबरको १४ करोड ४० लाख कित्ता सीमित साधारण शेयर(आइपिओ) बिक्री गर्ने भएको छ । कम्पनीले पहिलो चरणमा रु १०० अङ्कित दरका एक करोड ४४ लाख कित्ता साधारण शेयर बिक्रीका लागि नेपाल धितोपत्र बोर्डबाट गत असोज २९ गते स्वीकृति लिएको थियो । कर्मचारी सञ्चयकोषमा रकम सञ्चित गर्ने सञ्चयकर्ताका लागि एक करोड १७ लाख कित्ता, संस्थापक सङ्गठित संस्थाका कर्मचारीका लागि २१ लाख कित्ता र ऋणदाता संस्थाका कर्मचारीका लागि छ लाख कित्ता शेयर बिक्री गर्न लागेको हो । कम्पनीले सिन्धुपाल्चोक जिल्लामा १०२ मेगावाट क्षमताको मध्य भोटेकोशी जलविद्युत् आयोजनाको निर्माण गरिरहेको छ । कम्पनीको…
हुम्ला: हिल्सा सिमिकोट हुँदै जमुनाहासम्म सडक र रेलको अध्ययनका लागि चिनियाँ टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाही हुम्लाको सिमिकोट पुगेका छन् । हुम्लाको उत्तरी चीनको तिब्बतको ताक्लाकोट हुँदै नेपागञ्ज जमुनाहसम्म सडक र रेलको सम्भाव्यता अध्ययनका लागि आज एक विशेष टोली हुम्ला पुगेको छ । कर्णाली प्रदेशका मुख्यमन्त्री महेन्द्रबहादुर शाहीलगायतका चिनियाँ प्रतिनिधिका प्राविधिक टोली आज बिहान काठमाडौँ हँुदै सिमिकोट हिल्सा पुगेका छन् । नेपालकै उत्तरी नाका मध्य छोटो मार्ग भएकाले उत्तरदेखि दक्षिण दुई देशबीच जोड्ने मुख्य अन्तर्राष्ट्रिय राजमार्गका रुपमा लिएकाले चिनियाँ सरकारको प्रतिनिधि टोलीसहित कर्णाली प्रदेशका मुख्यमन्त्रीलगायत अन्य मन्त्री हुम्ला पुगेको जिल्ला प्रशासन कार्यालय हुम्लाले जानकारी दिएको छ । केही महीना…
चितवन: नेपाली काङ्ग्रेसका वरिष्ठ नेता रामचन्द्र पौडेलले संसद्मा विपक्षी दलको नेताको भूमिका पार्टी सभापतिले निर्वाह गर्न नसकेको आरोप लगाएका छन् । नेपाल प्रेस युनियन चितवनले यहाँ आज आयोजना गरेको पत्रकार सम्मेलनमा उनले पार्टी सभापतिले जुन किसिमको विचार संसद्मा दिनुपथ्र्यो त्यो भएन भने । वरिष्ठ नेता पौडेलले भने, “विचारले आक्रामकरुपमा प्रस्तुत हुनुपथ्र्यो तर त्यस्तो भएन ।” आफूलाई पदको भन्दा पनि पार्टीप्रति बढी चिन्ता भएको उनले बताए । वरिष्ठ नेता पौडेलले भने, “पार्टी निर्वाचनमा के कारणले हा¥यो, अब यसलाई कसरी उठाएर लैजाने, पार्टीलाई सुधार्नेतिर मेरो चिन्ता छ, पदमा को बस्ने भन्ने चिन्ता छैन ।” वरिष्ठ नेता पौडेलले सोमबार सुजाता निवासमा खाना खान…
काठमाडौँ: सङ्घीय संरचना र समृद्ध नेपालको परिकल्पना अनुकूल विद्यालय शिक्षाको नयाँ पाठ्यक्रमको प्रारुप आउँदो शैक्षिकसत्रदेखि नमूना परीक्षणका रुपमा लागू हुने भएको छ । समाजवाद उन्मुख सामाजिक न्यायमा आधारित समृद्ध राष्ट्र निर्माणका लागि सक्षम नागरिक विकासको दूरदृष्टिसहित पाठ्यघण्टा (क्रेडिट आवर) सहितको नयाँ पाठ्यक्रमको प्रारुप कार्यान्वयन गर्न पाठ्यक्रम विकास केन्द्रले तयारी शुरु गरेको हो ।व्यावसायिक शिक्षाको धारलाई प्राथमिकता दिइएको सो प्रारुप शिक्षा, विज्ञान तथा प्रविधि मन्त्री गिरिराजमणि पोखरेलको अध्यक्षतामा रहेको राष्ट्रिय पाठ्यक्रम विकास तथा मूल्याङ्कन परिषद्बाट पारित भएको थियो । केन्द्रका महानिर्देशक डा लेखनाथ पौडेलले नयाँ प्रारुपअनुसार पाठ्यक्रम तयार गर्न विज्ञको सूची ((रोष्टर) तयार गर्न आह्वान गरिएको र आउँदो शैक्षिकसत्रदेखि कक्षा १…
काठमाडौँ: साताको शुरुवातीदेखि निरन्तर घटेको पूँजी बजारमा मंगलबार दोहोरो अंकको सुधार आएको छ । शेयर बजार परिसूचक नेप्से आज १३ दशमलब ९७ अंकले घटेर एक हजार २०७ दशमलब ३१ अंकमा पुगेको छ । आइतबार नेप्से १७ दशमलब ३१ अंकले र सोमबार १३ दशमलब ०३ अंकले घटेको थियो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचक ३ दशमलव ३१ अंकले घटेर २५६ दशमलव ८७ अंकमा पुगेको छ। आजको कारोवारमा बित्त बाहेक सबै समूहको परिसूचकमा सुधार आएको छ । निर्जीवन बीमा समूहको परिसूचक ७५ दशमलब १४ अंक, जीवन बीमा ७७ दशमलब ०९ अंक र बाणिज्य बैंक समूह १४ दशमलब ६९…
काठमाडौँ: सरकारले राष्ट्रिय खेलकूद परिषद् (राखेप)मा रिक्त तीनजना सञ्चालक समिति सदस्य नियुक्त गरेको छ । गत आइतबारको मन्त्रिपरिषद् बैठकले रिक्त सदस्य पदमा परिषद्का पूर्वउपाध्यक्ष पीताम्बर तिमल्सिना, राजेश गुरुङ र पूर्वराष्ट्रिय भलिबल खेलाडी इन्दिरा निरौलालाई नियुक्त गरेको हो । युवा तथा खेलकूद मन्त्रालयले तिमल्सिना, निरौला र गुरुङ नियुक्तिको पुष्टि गरेको छ । लामो समयदेखि तीनवटा सदस्य पद खाली थियो । युवा तथा खेलकूदमन्त्री जगतबहादुर विश्वकर्माको सिफारिशमा परिषद्मा तीन सदस्य नियुक्त गरिएको हो । राखेप बोर्ड सदस्यमा नियुक्त भएका तिमल्सिना डेढ दशकदेखि नेपाली खेलकूदमा सक्रिय हुनुहुन्छ । यस्तै निरौला पूर्वराष्ट्रिय महिला भलिबल खेलाडी तथा हाल भलिबल सङ्घको केन्द्रीय सदस्य रहनुभएको छ ।…
काठमाडौँ: तिहार पछाडी स्थानीय बजारमा सुनको मूल्य निरन्तर घटिरहेको छ । आज मंगलबार स्थानीय बजारमा सुनको मूल्य प्रति तोला ४०० रुपैयाँले घटेको छ । प्रतितोला सुन ५८ हजार ५०० रुपैयाँमा विक्री भएको सुन व्यावसायी तेज रत्न शाक्यले बताए । तिहार पछाडी खुलेको बजारमा सुनको मूल्य निरन्तर घटिरहेको बताउदै उनले भने आइतबार सुनको मूल्य प्रति तोला एक हजार रुपैयाँले र सोमबार प्रतितोला १०० रुपैयाँले घटेको थियो । अब सुनको मूल्य कतिसम्म घट्ला भन्ने यकिन भन्न नसकिए पनि अझै केही घट्न सक्ने उनले बताए । तिहारसम्म प्रति तोला सुन ६० हजार रुपैयाँमा विक्री भएको थियो । डलर मजबुत हुँदा अन्तर्राष्ट्रिय बजारमा सुनको…
काठमाडौँ: नेपाल प्रहरीले भर्खरै शुरु गरेको ‘समुदाय– प्रहरी साझेदारी’ अवधारणालाई कार्यान्वयन गर्न देशभरमा ३६० विभिन्न समिति निर्माण गरेको छ । ‘हर प्रहर, गाउँ र नगरी, टोल टोलमा नेपाल प्रहरी’ भन्ने मूल नाराका साथ स्थानीय तह, समुदाय, सामाजिक संस्था र विद्यालयसँग साझेदारी गरी समाजमा हुने अपराध न्यूनीकरण गर्ने लक्ष्य राखेको प्रहरीले सबै क्षेत्रमा समिति निर्माण गर्ने गरी अगाडि बढेको छ । नेपाल प्रहरीका प्रवक्ता एवं प्रहरी वरिष्ठ उपरीक्षक उत्तमराज सुवेदी देशभरका ३६० जिल्ला समिति, पालिका समिति, वडा समिति, टोल समिति र विद्यालय समिति निर्माण गरिसकिएको बताउछन् । गृहमन्त्रालयबाट जारी भएको ८२ बुँदे ‘गृह प्रशासन सुधार योजना’ र प्रहरी महानिरीक्षक सर्वेन्द्र खनालको…
काठमाडौँ: स्वारोजगार लघुवित्त वित्तीय संस्थाको ११ हजार १२९ कित्ता शेयर लिलामी खुला भएको छ । कम्पनीले सर्वसाधारण समूहको सेयर लिलामीमा ल्याएको हो । लगानीकर्ताले न्यूनतम १०० रुपैयाँलाई आधार मानेर प्रतिस्पर्धात्मक बोलकबोलमा सहभागी हुनुपर्नेछ । लगानीकर्ताले लिलामी भर्दा बजार भाउलाई पनि ख्याल गर्नुपर्छ । यही आधारमा लिलामीमा भाउ तोक्नुपर्नेछ । यसमा आवेदन दिने अन्तिम म्याद मंसिर ४ गतेसम्म छ । कम्पनीले यसअघि साउन १३ देखि भदौ १७ गतेसम्म १ः१ अनुपातमा १२ लाख २४ हजार ९७७.६० कित्ता हकप्रद सेयर बिक्री खुला गरेको थियो । त्यसबेला बिक्न बाँकी रहेको हकप्रद सेयर अहिले लिलामी प्रणालीबाट बेच्न लागिएको हो । बिक्री प्रबन्धक एनएमबि क्यापिटल, नागपोखरी…