Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- जव गृहमन्त्री जेनजी स्मारक पार्क उद्दघाटन नगरी फर्किए, भएको के हो ?
- प्रम शाहद्वारा तीनै सुरक्षा निकायका प्रमुहरुसँग छुट्टाछुट्टै भेटवार्ता गर्दै
- रसुवा बाढीले निम्त्याएको भौतिक क्षति र आवश्यकता मूल्याङ्कन यथार्थपरक बनाउन अर्थमन्त्रीको निर्देशन
- एनडब्लुइडिसीका ठेकेदार कम्पनीहरूले यसै साता राहत प्याकेज घोषणा गर्ने
- नुवाकोटको तादी नदीमा एक्रो ब्रिज ढुवानी गरी पुल निर्माणको काम तीव्र
- सुरुङभित्र उद्धारका लागि नेपाललाई स्विट्जरल्यान्डको अत्याधुनिक ड्रोन
- पुराना नेता र म मा यहि फरक छ: अरु कुर्सीमा बसेर फाइल समात्छन्, म फिल्डमै पुग्ने हो: सुदन गुरुङ
- त्रिशूली ३ ‘ए’को सुरुङको पावरहाउसमा उद्धार गर्न सेनाले थप्यो जनशक्ति
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौँ: बलात्कार मुद्दामा जिल्ला अदालत काठमाडौँको फैसलाविरुद्ध उच्च अदालत पाटनमा पुनरावेदन गरेका क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको बहस ‘हेर्दाहेर्दै’मा गएको छ। मंगलबार न्यायाधीशद्वय सुदर्शनदेव भट्ट र अञ्जु उप्रेती ढकालको इजलासमा सन्दीपले दायर गरेको पुनरावेदनमा जवाफी बहस मात्रै बाँकी भएको उच्च अदालत पाटनका प्रवक्ता बिमल पराजुलीले नेपालखबरलाई जानकारी दिए। उनका अनुसार जवाफी बहस बुधबार हुनेछ। मंगलबार सुरुमा सन्दीपका वकिलले बहस गरेका थिए। त्यसपछि जाहेरीवालका तर्फबाट सरकारी वकिल र नीजि वकिलले बहस गरेका हुन्। यसअघि पाँचपटक पेसी तोकेर पनि फैसला हुन सकेको थिएन। गौशाला २६ लाई बलात्कार गरेको मुद्दामा जिल्ला अदालत काठमाडौँले सन्दीपविरुद्ध ८ वर्षको जेल सजाय सुनाएको छ। उक्त फैसलाविरुद्ध सन्दीपले उच्च…
काठमाडौँ: सरकारले आगामी आर्थिक वर्ष २०८१/०८२ को नीति तथा कार्यक्रम ल्याएको छ। संघीय संसदका दुवै सदनको संयुक्त बैठकमा मंगलबार राष्ट्रपति रामचन्द्र पौडेलले २२७ बुँदाको आगामी नीति तथा कार्यक्रम प्रस्तुत गरेका हुन्। नयाँ नीति तथा कार्यक्रममा अधिकांश पुरानै कार्यक्रमले निरन्तरता पाएका छन्। तिनमा केही कार्यक्रम दीर्घकालीन असर गर्ने खालका छन्। यसमार्फत सरकारले कृषितर्फ तरकारी, फलफूल र खाद्यान्नमा आत्मनिर्भर हुने नीति लिएको छ। भौतिक पूर्वाधारमा आधुनिक पूर्वाधारलाई जोड दिइएको छ। यसअनुसार सुरुङमार्ग, द्रुतमार्ग, फ्लाई ओभर, अन्डरपास र ओभरपासलाई प्राथमिकता दिने भएको छ। शिक्षातर्फ शिक्षकको अभाव पूर्ति गर्न विज्ञान, गणित र अंग्रेजी विषयका विद्यार्थीलाई अनिवार्य इन्टर्नको कार्यक्रम ल्याउने, शिक्षकले राजनीतिक दलको सदस्यता लिन…
काठमाडौँ: अशोक राई नेतृत्वको जनता समाजवादी पार्टीबाट मन्त्री बनेका प्रतिनिधि सभा सांसद प्रदीप यादव र हसिना खानले पद तथा गोपनीयताकाको शपथ लिएका छन्। स्वास्थ्य तथा जनसंख्या मन्त्री प्रदीप यादव, स्वास्थ्य राज्यमन्त्री हसिना खानले पद तथा गोपनीयताको शपथ लिएका हुन्। राष्ट्रपति कार्यालयमा आयोजित एक समारोहमा राष्ट्रपति रामचन्द्र पौडेलले स्वास्थ्य मन्त्री यादवलाई शपथ खुवाएका हुन् भने राज्यमन्त्रीलाई प्रधानमन्त्री पुष्पकमल दाहालले शपथ खुवाएका हुन्। जनता समाजवादी पार्टी नेपालका अध्यक्ष उपेन्द्र यादव र वन राज्यमन्त्री दीपक कार्कीले सोमबार पदबाट राजीनामा दिएका थिए। रिक्त स्थानमा नवगठित जसपाबाट मन्त्री बनाइएको हो। उपेन्द्र यादव नेतृत्वको जसपा नेपालबाट अशोक राईसहित ७ जना प्रतिनिधि सभा सांसद छुट्टिएर जनता समाजवादी…
काठमाडौं, बैशाख ३१: ग्लोबल आईएमई बैंक लिमिटेड ग्लोबल फाइनान्स म्यागाजिनको बेस्ट बैंक अवार्ड–२०२४ बाट सम्मानित भएको छ । ग्लोबल फाइनान्स म्यागाजिनले विश्वभरिका सर्वश्रेष्ठ बैंकहरू छनोट गरी सम्मानित गरेको हो । बैंकको विश्वसनीयता, वित्तीय स्रोत परिचालन, पहुँच विस्तार, रणनीतिक सम्बन्ध स्थापना, व्यावसायिक तथा ग्राहकमैत्री सेवाहरूको विकास, क्रेडिट रेटिङ लगायतका मापदण्डमा ग्लोबल आईएमई बैंक सन् २०२४ का लागि नेपालको उत्कृष्ट बैंक भएको हो । ग्लोबल फाइनान्स म्यागाजिनले अफ्रिका, एसिया प्यासिफिक, क्यारिबियन, मध्य अमेरिका, ल्याटिन अमेरिका, मध्य र पूर्वी युरोप, मध्य पूर्व, उत्तर अमेरिका र पश्चिम युरोप क्षेत्रका उत्कृष्ट बैंकहरूलाई सम्मान गरेको हो । ग्लोबल आईएमई बैंक ग्लोबल फाइनान्सको यस प्रतिष्ठित अवार्डबाट सम्मानित…
काठमाडौं, बैशाख ३१: भारतको एनएचपीसी र प्रसारण ग्रिड कम्पनीबीच ग्रिड कनेक्सन सम्झौता भएको छ । ७ सय ५० मेगावाट क्षमताको पश्चिम सेती परियोजनाको विद्युत् प्रसारणका लागि यो सम्झौता गरिएको हो । सम्झौतामा एनएचपीसीका महाप्रबन्धक पीसी उपाध्याय र राष्ट्रिय प्रसारण ग्रिड कम्पनी लिमिटेडका प्रमुख कार्यकारी अधिकृत (सीईओ) नेत्रप्रसाद ज्ञवालीले हस्ताक्षर गरेका छन् । एनएचपीसीले कर्णाली करिडोरमा ७ सय ५० मेगावाटको पश्चिम सेतीसहित १ हजार ६ सय ८० मेगावाट क्षमताका आयोजना बनाउँदै छ । अब प्रसारण गिञ्ड कम्पनीले बनाउने प्रसारण लाइन एनएचपीसीले प्रयोग गर्न पाउने छ । सेती करिडोर ट्रान्समिसन लाइनमा पश्चिम सेतीको बिजुली जोडिने छ । प्रसारण ग्रीड कम्पनी नेपाल सरकारको…
विराटनगर: कोशी प्रदेशको मुख्यमन्त्रीमा नियुक्त भएका एमाले प्रदेश संसदीय दलका नेता हिक्मतकुमार कार्कीले सोमबार प्रदेश सभाबाट विश्वासको मत लिएका छन् । प्रदेश प्रमुख परशुराम खापुङले गत बिहीबार कार्कीलाई मुख्यमन्त्री नियुक्त गरेका थिए । कार्कीको मुख्यमन्त्री नियुक्तिमा विमति राख्दै सर्वोच्च अदालत पुगेको कांग्रेस प्रदेश सभाकै बैठकमै उपस्थिति रहेन । कांग्रेसको उपस्थिति बिना प्रदेश सभामा कार्कीले बहुमत प्राप्त गरेका छन् । कार्कीको पक्षमा एमाले, माओवादी केन्द्र र नेकपा एकीकृत समाजवादी उभिएका छन् । कांग्रेस सभामै उपस्थित भएन । अदालतमा मुद्दा विचाराधीन हुँदाहुँदै सरकारले हतारमा बिश्वासको मत लिने कार्य अघि बढाएको भन्दै मत प्रक्रिया सहभागी नबन्ने निर्णय गरेको हो । प्रदेश सभामा उपस्थित…
काठमाडौँ: राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगले स्थानीय र प्रदेश सरकारलाई संघीय सशर्त अनुदान एकमुष्ट पठाउन सरकारलाई सुझाव दिएको छ । सोमवार प्रतिनिधि सभा अन्तर्गतको अर्थसमितिको बैठकमा वित्त आयोगले सरकारलाई यस्तो सुझाव दिएको हो । समिति बैठकमा बोल्दै राष्ट्रिय प्राकृतिक स्रोत तथा वित्त आयोगका अध्यक्ष बालानन्द पौडेलले संविधान अनुसार प्रदेश र स्थानीयतहरू आफैँ बजेट बनाउन र खर्च गर्न सक्ने अधिकार भएकाले संघीय सशर्त अनुदान एकमुष्ट पठाउनुपर्ने सुझाव दिए । उनले संघीय सरकारले स्थानीय र प्रदेश सरकारलाई बजेट तोकेर पठाउँदा संविधानले दिएको स्वतन्त्र अधिकार कुण्ठित हुने अवस्था रहेको बताए । उनले संघीय सरकारले बजेट तोकेर पठाउँदा बजेट निर्माण र खर्च गर्न…
काठमाडौँ, बैशाख ३१: नेपाली कांग्रेसले सहकारी ठगीमा संसदीय छानबिन समिति नबनेसम्म संसदमा जारी अवरोध कायमै राख्ने भएको छ। सोमबार कांग्रेस सभापति शेरबहादुर देउवाको निवास बूढानीलकण्ठमा बसेको पदाधिकारी बैठकले सरकारको नीति तथा कार्यक्रम प्रस्तुत समेत गर्न नदिने निष्कर्ष निकालेको हो । बैठकपछि रातोपाटीसँग कुराकानी गर्दै कांग्रेस प्रवक्ता डा प्रकाश शरण महतले भने, ‘संसदीय छानबिन समिति गठन हुनुपर्ने हाम्रो माग कायम छ । सरकारले संसदको अवरोध खुलाउने संकेत देखाएको छैन । हाम्रो माग पूरा नभएसम्म सरकारको नीति तथा कार्यक्रम प्रस्तुत गर्न दिँदैनौँ ।’ उनले कांग्रेस सहकारी ठगीमा छानबिन समिति गठन हुनुपर्ने मागमा अडिग रहेको उनको भनाइ छ । ‘संसदको गतिरोध अन्त्य नहोस्…
काठमाडौं: भाटभटेनी सूपरमार्केटका अध्यक्ष तथा प्रबन्ध निर्देशक मीनबहादुर गुरुङले डा. भगवान कोइरालाको नेतृत्वमा बन्न लागेको बाल अस्पतालका लागि ४१ करोड सहयोग घोषणा गरेका छन् । काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थले सातै प्रदेशमा निर्माण गर्ने अस्पतालका लागि गुरुङले सो बराबरको रकम घोषणा गरेका हुन् । कोइरालाको नेतृत्वमा काठमाडौंसहित सातवटै प्रदेशमा काठमाडौं इन्स्टिच्युट अफ चाइल्ड हेल्थ अस्पताल बन्न लागेको छन् । निर्माणाधीन अस्पताल क्षेत्रमै पुगेर गुरुङले कोइरालाको अभियानमा साथ दिने प्रतिवद्धता जनाएका हुन् । डा. कोइराला नेपालको स्वास्थ्य क्षेत्रमा उल्लेख्य र अलिक भिन्न तरिकाले बालबालिकाको सबै प्रकारका रोगको विशेषज्ञसहितको विशिष्टिकृत सेवा दिने उद्देश्यले अस्पताल निर्माणको अभियानमा जुटेका छन् ।
काठमाडौँ: नेपाल टेलिकमलाई मोबाइल सेवाको नयाँ अनुमतिपत्र (लाइसेन्स) दिने निर्णय गरिएको छ । अनुमतिपत्र खारेज हुने अन्तिम दिन शुक्रबार नियामक नेपाल दूरसञ्चार प्राधिकरणले नेपाल टेलिकमलाई ५ वर्षका लागि नयाँ अनुमतिपत्र जारी भएको पत्र पठाएको छ । नयाँ लाइसेन्सको अवधि र दस्तुरका विषयमा नीतिगत अन्योल रहँदै आएकोमा प्राधिकरणले नेपाल टेलिकमलाई २१ करोड रुपैयाँ दस्तुरसहित हालका लागि लाइसेन्स उपलब्ध गराएको हो । प्राधिकरणका अनुसार बाँकी सर्त प्राधिकरणले तोकेअनुसार हुनेछ सञ्चार तथा सूचना प्रविधि मन्त्रालयले टेलिकमको लाइसेन्स अवधि एक वर्ष थप्ने प्रस्ताव मन्त्रिपरिषद्मा लगेको थियो । मन्त्रिपरिषद् बैठकले नेपाल टेलिकमको उक्त अनुमतिपत्रको २५ वर्षे अवधि शुक्रबार सकिने भएकाले नयाँ लाइसेन्स दिन प्राधिकरणलाई निर्देशन…