Author: पहिलोक्लिक

पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।

काठमाडौँ :राष्ट्रिय ध्वजाबाहक नेपाल वायुसेवा निगमको नयाँ ‘वाइडबडी’ विमानले पूर्ण क्षमतामा सञ्चालन भइरहेको छ । निगमको पहिलो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलवाइ’ कलसाइनको ‘अन्नपूर्ण’ र दोस्रो वाइडबडी ‘ए’ ३३०–२०० ‘नाइन एन एएलजेट’ कलसाइन ‘मकालु’ विमानले पुरानै गन्तव्यमा व्यावसायिक उडान गरिरहेको हो । अन्तर्राष्ट्रिय उडानमा पुरानै गन्तव्यमा उडान भर्दै आएका नयाँ विमानको पछिल्लो महीनामा ७४ प्रतिशत सिट भरिएको निगमका प्रवक्ता अशोक सिग्देलले जानकारी दिए । भारतको नयाँदिल्ली, मलेसियाको क्वालालम्पुर, थाइल्याण्डको बैंकक, कतारको दोहा र हङ्कङमा नियमित उडान भर्दै आएको छ । कूल २७४ सिट क्षमताको दुबै विमानको १८ साङ्ग्रिला ‘बिजनेस क्लास’ र २५६ सिट साधारण क्लासका छन् । दुबै विमान…

Read More

काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले जिल्ला नापी कार्यालय सिराहामा कार्यरत सर्वेक्षक देवनारायण चौधरीलाई दुई लाख रुपैयाँ घुस लिएको अभियोगमा आज पक्राउ गरेको छ । नापनक्साबमोजिम जग्गाको क्षेत्रफल सच्याई धनीपुर्जामा कायम गरीदिने बहानामा सेवाग्राहीसँग घुस माग गरिरहेको प्राप्त सूचनाका आधारमा आयोगको कार्यालय बर्दिबासबाट गएको टोलीले उनलाई पक्राउ गरेको हो । आरोपी चौधरीमाथि थप अनुसन्धान भइरहेको आयोगका प्रवक्ता रामेश्वर दङ्गालले जानकारी दिए । यस्तै आयोगले आजै नेपाल विद्युत् प्राधिकरण, उपवितरण केन्द्र बूढानीलकण्ठ काठमाडौँमा कार्यरत इलेक्ट्रिसियन कृष्णप्रसाद शर्माविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । नयाँ मिटर जडान गर्ने क्रममा सेवाग्राहीसँग विभिन्न बहानामा२० हजार घुस मागेको आरोप आयोगको छ । आयोगले जरिवाना र…

Read More

काठमाडौँ: पहाडी भेगमा उपभोक्ता मुद्रास्फीति बढेको पाइएको छ । नेपाल राष्ट्र बैंकले आज सार्वजनिक गरेको देशको वर्तमान आर्थिक तथा वित्तीय स्थितिमा पहाडी क्षेत्रमा पाँच प्रतिशतले मूल्यवृद्धि भएको पाइएको हो । गत भदौको क्षेत्रगत उपभोक्ता मुद्रास्फीतिअनुसार उपभोक्ता मुद्रास्फीति तराईमा ३.७, हिमालमा ३.४ र काठमाडौँ उपत्यकामा ३.० प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति पहाडमा ३.४, तराईमा ३.८, हिमालमा ५.४ र काठमाडौँ उपत्यकामा २.८ प्रतिशत रहेको थियो । यस्तै वार्षिक विन्दुगत उपभोक्ता मुद्रास्फीति ३.९ प्रतिशत छ । अघिल्लो वर्षको सोही अवधिमा यस्तो मुद्रास्फीति ३.४ प्रतिशत थियो । गैर–खाद्य तथा सेवा समुहको मूल्य वृद्धिका कारण समीक्षा अवधिमा समग्र मुद्रास्फीतिमा केही दवाव…

Read More

काठमाडौँ: प्रधानमन्त्री केपी शर्मा ओलीले धर्म, संस्कृति वा दलीय बहसका नाममा आपसी सद्भाव खलबल्याउने प्रकृतिका कुनै पनि कार्य मान्य हुन नसक्ने बताएका छन् । महाराजगञ्जस्थित त्रिभुवन विश्वविद्यालय, चिकित्साशास्त्र अध्ययन संस्थान, ‘मनमोहन कार्डियोथोरासिक भास्कुलर तथा ट्रान्सप्लान्ट सेन्टर’ मा उपचारत प्रधानमन्त्री ओलीले आज सन्देश दिँदै मुलुकका केही भागमा हालै भएका घटनाप्रति आफू जानकार र संवेदनशील रहेको उल्लेख गरेका छन् । उनले दङ्गा, हुलहुज्जत र हिंसाबाट सामाजिक सद्भाव बिथोल्ने कार्यले सुशासनलाई बिथोल्ने जनाउँदै शान्ति सुव्यवस्था भङ्ग गर्ने आपराधिक कार्यबाट समृद्धिको महाअभियान बिथोलिने र विकासको मार्ग भत्किनेतर्फ सबैलाई सचेत गराएका छन् । चिकित्सकले दिएको जानकारीका आधारमा आफू अस्पतालबाट चाँडै फर्कने र समृद्ध नेपालको सपना…

Read More

काठमाडौँ: केहि दिनदेखि निरन्तर घटिरहेको पूँजी बजारमा आज सुधार आएको छ । आज शेयर बजार परिसूचक नेप्से ७ दशमलब ४३ अंकले बढेर एक हजार २२४ दशमलब ३६ अंकमा पुगेको छ । सोमबार नेप्से १० दशमलब ५६ अंकले घटेको थियो । यस्तै ‘क’ वर्गका कम्पनीको कारोवार मापन गर्ने सेन्सेटिभ परिसूचकसमेत एक दशमलब ५८ अंकले बढेर २६० दशमलब ४३ अंकमा कायम भएको छ । आजको कारोबारमा सबैभन्दा बढी जीवन बीमा समूहको परिसूचक २३ दशमलब ६७ अंकले, निर्जीवन बीमा २२ दशमलब ९९ अंकले र उत्पादन समूहको परिसूचक १३ दशमलब ०३ अंकले बढेको छ । त्यसैगरी, बाणिज्य बैक ९ दशमलब १२ अंक, विकास बैंक…

Read More

काठमाडौँ: राजधानीमा विभिन्न डाँका तथा लुटपाटका घटनाका फरार डाँका मनिष मानन्धर उर्फ कट्टु पक्राउ परेका छन् । प्रहरी परिसर काठमाडौँका प्रमुख तथा एसएसपी बसन्तकुमार लामाका अनुसार उनी प्रहरीको फरार सूचिमा लामो समय देखि रहेका थिए । कट्टु बिशेष गरी काठमाडौँ उपत्यकाको संगठित चोरी, डाँका तथा हातहतियारका घटनामा बढी संलग्न थिए, लामाले भने । लामाका अनुसार कट्टुविरुद्ध एक दर्जन बढी मुद्धा दर्ता छन् । उनलाई सोमबार काठमाडौँको सोल्टीमोडबाट पक्रउ गरिएको हो। परिसर विशेष टोलीले कट्टुलाई काठमाडौँ आएको बिशेष सुराकीका आधारमा पक्राउ गरेको पनि लामाले जानकारी दिए । प्रहरीका अनुसार कट्टु २०६५ मा कालिमाटीमा भएको डाँका मुद्दामा फरार रहेका अभियुक्त हुन्। एसएसपी…

Read More

काठमाडौँ: सर्लाहीको रामनगरमा आज नेपाल कम्युनिष्ट पार्टी र नेपाली कांग्रेसका कार्यकर्ताबीच झडप हुँदा एक जनाको मृत्यु भएको छ। सर्लाहीको रामनगर–४ मा नेकपा र नेपाली कांग्रेसका कार्यकर्ताबीच भएको झडपका क्रममा गोली चल्दा एक जनाको मृत्यु भएको प्रहरीले जनाएको छ । मृत्यु हुनेमा स्थानीय ५० वर्षीय रामविलास महतो छन् । जिल्ला प्रहरी कार्यालय सर्लाहीका अनुसार रामनगर गाउँपालिका ४ मा बिहान साढे ८ बजेतिर दुई पार्टीका कार्यकर्ताबीच झडप भएको थियो। घटनालाई नियन्त्रणमा लिन प्रहरीले पनि हवाई फायर र अश्रुग्यास प्रहार गरेको थियो। सोमबार नेकपा कार्यकर्ताले रामनगर ४ का वडाअध्यक्ष रामनरेश महतोलाई हातपात गरेको विषयमा झगडा भएको थियो। प्रहरीले दिएको जानकारी अनुसार थप ४…

Read More

काठमाडौँ: काठमाडौँको लैनचौरमा आज बिहान भएको मोटरसाइकल दुर्घटनामा एकजनाको मृत्यु भएको छ । लैनचौरको खानी विभाग अगाडि आज बिहान ६ बजे बा २ ख २०६८ नम्बरको माइक्रोबस र बा ६४ प ९२८४ नं को मोटरसाइकल एकआपसमा ठोकिँदा मोटरसाइकल चालक नुवाकोटका ३० वर्षीय प्रकाश तामाङको मृत्यु भएको हो । महानगरीय ट्राफिक प्रहरी महाशाखाका सहप्रवक्ता जीतेश दाहालका अनुसार दुर्घटनामा गम्भीर घाइते तामाङको राष्ट्रिय ट्रमा सेन्टरमा उपचारको क्रममा मृत्यु भएको र मोटरसाइकलको पछाडि रहेका अर्का घाइते सुरज थापाको सोही सेन्टरमा उपचार भइरहेको छ । दुर्घटनामा परेका सवारी साधनसहित माइक्रो चालक प्रहरी नियन्त्रणमा छन्

Read More

काठमाडौँ: एजुकेशन, टेक्नोलोजी र इनोभेसनको स्लोगन सहित विराटनगरमा पहिलोपटक आइसिटी एक्स्पो २०१८ आयोजना हुने भएको छ । लिभिङ विथ आइसिटीले आगामी पुस ६ गतेदेखि १० गतेसम्म एक्स्पो आयोजना गर्न लागेको हो । प्रदेश न १ को प्रमुख शहर विराटनगरलाई सूचना प्रविधिको गन्तब्य बनाउने उदेश्य सहित एक्स्पोको आयोजना गरिएको हो । एक्स्पोमा सूचना प्रविधि क्षेत्रका पछिल्ला आविष्कारहरु, प्रडक्ट र सेवाहरु प्रदर्शनमा रहेनेछन । आइटी शिक्षा, ज्ञान, आविस्कार र उद्यमशिलतालाई एक्स्पोमा प्रवद्र्धन गरिनेछ । विराटनगर स्थित जैन भवनमा आयोजना हुने एक्स्पोमा १ सयभन्दा बढि स्टलहरु रहनेछन । प्रदेश १ का सूचना प्रविधिमा कार्यरत कम्पनी, कलेज तथा सस्थाहरु सहित काठमाण्डौबाट अन्तराष्ट्रिय प्रडक्ट तथा…

Read More

गोरखा : गोरखा र धादिङको सिमानामा बन्न लागेको राष्ट्रिय गौरवको आयोजनाको रूपमा रहेको बूढीगण्डकी जलविद्युत् आयोजनाको डुबान क्षेत्र वरिपरि चक्रपथ निर्माणको प्रक्रिया शुरु भएको छ । आयोजनाका मुअब्जा वितरण तथा पुर्नवास तथा पुनःस्थापना एकाइका प्रमुख कृष्णबहादुर कार्कीले आयोजना बाहिर रिङरोड निर्माण गर्ने योजनाअन्तर्गत १०० किलोमिटर सडक निर्माण प्रक्रिया शुरु गर्न लागेको बताए । आयोजनाको वरपर चक्रपथ निर्माणका लागि आयोजनाले विस्तृत आयोजना प्रतिवेदन (डिपिआर) तयार पारिसकेको आयोजना प्रमुख कार्कीले जानकारी दिए । उनले आउँदो पुसदेखि सडक निर्माणका लागि ठेक्का प्रक्रिया शुरु हुने बताए । “डिपिआर तयार भइसकेको छ, केही प्रक्रिया मिलाउन बाँकी रहेकाले ढिलाइ भएको हो, आउँदो पुसदेखि ठेक्का प्रक्रिया शुरु…

Read More