Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- एनपीएलमा साविक विजेता लुम्बिनीको शानदार सुरुवात, सुदूरपश्चिम ७ विकेटले पराजित
- ग्लोबल आइएमई बैंक लगातार तेस्रो पटक ‘बेष्ट बैंक अवार्ड’ बाट सम्मानित
- एनपीएल आजदेखि सुरु हुँदै, उद्घाटन खेलमा लुम्बिनी र सुदूरपश्चिम भिड्दै
- असोजमा झण्डै ६ अर्ब रुपैयाँको विद्युत निर्यात, बंगलादेशतर्फको निर्यात पनि पुनः सुरु
- दशैंमा विद्युत् आपूर्ति अवरुद्ध हुन नदिन नेपाल विद्युत प्राधिकरण तयारी अवस्थामा
- एनपीएलको तेस्रो संस्करणलाई आईसीसीको मान्यता, विदेशी खेलाडी भित्र्याउन बाटो खुला
- एमबीबीएसमा ११० सिट थप, तर निजी कलेजको कोटा बढेन
- अन्तरदेशीय विद्युत् व्यापारको तयारी गर्न निजी क्षेत्रलाई बाटो खुला
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं, असोज २९ : नेपाली सेनाका प्रधान सेनापति महारथी अशोकराज सिग्देलले २०८३ सालको फूलपाती बढाइँ समारोहको अन्तिम निरीक्षण गरेका छन् । नेपालीहरूको महान् चाड बडादसैँअन्तर्गत असोज ३१ गते सैनिक मञ्च टुँडिखेलमा आयोजना हुने समारोहको तयारीबारे उनले आज असोज २९ गते निरीक्षण गरेका हुन् । निरीक्षणका क्रममा आर्थिक वर्ष २०८२र८३ मा सञ्चालित विभिन्न प्रतियोगितामा उत्कृष्ट हुने सैनिक तथा युनिटलाई पुरस्कार र कदरपत्र प्रदान गरिएको छ। साथै, उत्कृष्ट कार्यसम्पादन गर्ने सैनिकलाई सम्मान, पदोन्नति प्राप्त सैनिकलाई दर्ज्यानी चिह्न तथा प्रकृति संरक्षणमा योगदान पुर्याउने सकलदर्जालाई प्रकृति संरक्षण पदक प्रदान गरिएको नेपाली सेनाले जनाएको छ।
काठमाडौं असोज २९ । लगातार पाँच कारोबार दिनदेखि बढिरहेको नेपाल स्टक एक्सचेन्ज (नेप्से) परिसूचकले बिहीबार पनि सकारात्मक गति कायम राखेको छ। यस दिन नेप्से ४.५६ अंकले बढेर २६२५.९३ विन्दुमा बन्द भएको छ। परिसूचकसँगै शेयर कारोबार रकममा समेत वृद्धि भएको छ। बुधबार ४ अर्ब १३ करोड रुपैयाँको शेयर कारोबार भएकोमा बिहीबार ४ अर्ब ६७ करोड रुपैयाँभन्दा बढीको कारोबार भएको छ। यस दिन ३४९ कम्पनीका १ करोड ३६ लाख २४ हजार कित्ता शेयर कारोबारमा किनबेच भएका छन्। कारोबारमा बेनी हाइड्रोपावर प्रोजेक्टको शेयर मूल्य १० प्रतिशतले बढेर सकारात्मक सर्किट लागेको छ। कम्पनीको शेयर मूल्य ४० रुपैयाँ ९० पैसाले बढेर ३१३ रुपैयाँ ९० पैसा…
काठमाडौं, २८ असोज। सरकारले सामुदायिक विद्यालयप्रति विद्यार्थी र अभिभावकको बढ्दो आकर्षणलाई थप मजबुत बनाउने उद्देश्यका साथ पूर्वाधार विकासको योजना अघि बढाएको छ। उत्कृष्ट नतिजा हासिल गर्दै दुई हजारभन्दा बढी विद्यार्थी अध्ययनरत देशभरका १०९ वटा ठूला सामुदायिक विद्यालयलाई प्राथमिकतामा राखेर भौतिक पूर्वाधार विस्तारको काम थालिएको हो। शिक्षा क्षेत्रको रूपान्तरणका लागि यो एक ऐतिहासिक कदम भएको बताउँदै यसै चालु आर्थिक वर्षमा ती विद्यालयहरूको संरचना सुदृढीकरणका लागि कूल ६ अर्ब ५४ करोड रुपैयाँ बजेट विनियोजन गरिएको शिक्षा तथा खेलकुद मन्त्री सस्मित पोखरेलले जनाएका छन् । मन्त्री पोखरेलका अनुसार, यस योजनाअन्तर्गत पहिलो चरणमा ८९ वटा विद्यालयका लागि ५ अर्ब ३४ करोड रुपैयाँ निकासा भइसकेको…
काठमाडौं । आईसीसी पुरुष क्रिकेट विश्वकप लिग–२ अन्तर्गत मंगलबार जारी खेलमा नेपालले आयोजक ओमानलाई २६४ रनको लक्ष्य दिएको छ। टस जितेर पहिले ब्याटिङ गरेको नेपालले निर्धारित ५० ओभरमा आठ विकेट गुमाएर २६३ रन बनाएको हो। नेपालको इनिङ्समा पूर्वकप्तान रोहित पौडेलले सर्वाधिक ६१ रन बनाए भने करण केसीले अन्तिमतिर आक्रामक ब्याटिङ गर्दै मात्र १६ बलमा ४० रन जोडेपछि नेपालको स्कोर प्रतिस्पर्धात्मक बनेको हो। रोहितले ६७ बलमा एक छक्का र तीन चौका प्रहार गरे। उनले ओमानविरुद्धको यस खेलमा अर्धशतक बनाउँदै एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेटमा आफ्नो १३औँ अर्धशतक पूरा गरे। यही शृंखलाअन्तर्गत आइतबार क्यानडाविरुद्धको खेलमा उनले शतक प्रहार गरेका थिए। नेपालका ओपनर अर्जुन कुमालले…
Writing काठमाडौं : राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले पार्टीका तर्फबाट निर्वाचित प्रतिनिधिसभा सदस्य खगेन्द्र सुनारमाथि सञ्चारमाध्यममा प्रकाशित समाचार, सार्वजनिक भएका श्रव्य सामग्री तथा विभिन्न आरोपबारे गम्भीर ध्यानाकर्षण भएको जनाएको छ। पार्टीले महिलाको मर्यादा र सम्मानमा आँच पुर्याउने कार्य, अनुचित दबाब, अवाञ्छित धम्की तथा शंकास्पद आर्थिक लेनदेनजस्ता विषयमा सार्वजनिक भएका आरोपलाई गम्भीर र संवेदनशील रूपमा लिएको स्पष्ट पारेको छ। विधिको शासन, सुशासन र नागरिक जवाफदेहिताको पक्षमा उभिएको पार्टीले आफ्ना कुनै पनि तहका सदस्य वा जनप्रतिनिधिमाथि लाग्ने यस्ता आरोपलाई सामान्य रूपमा लिन नसकिने जनाएको छ। महिलामाथि हुने दुर्व्यवहार, पदीय मर्यादाको उल्लङ्घन तथा फौजदारी कसुरका विषयमा पार्टीको शून्य सहनशीलताको नीति रहेको पनि रास्वपाले…
काठमाडौँ, २७ असोज : नेपाल दूरसञ्चार प्राधिकरणको निर्देशन र स्वीकृत मापदण्ड विपरीत इन्टरनेट सेवा बेच्ने १४ वटा इन्टरनेट सेवा प्रदायक कम्पनीलाई जनही ५० हजार रुपैयाँ जरिवाना गरिएको छ ।प्राधिकरणबाट जारी अनुमतिपत्रका सर्तविपरीत काम गरेको निरीक्षण तथा जाँचबुझका क्रममा पुष्टि भएपछि दूरसञ्चार ऐन, २०५३ को दफा ४७(१) बमोजिम ती सेवा प्रदायकलाई जरिवाना गर्ने निर्णय गरिएको प्राधिकरणले मंगलबार जारी गरेको प्रेस विज्ञप्तिमा उल्लेख छ ।प्राधिकरणका प्रवक्ता मिन प्रसाद अर्यालका अनुसार प्राधिकरणको निर्देशन नमानेको, स्वीकृत प्याकेजअनुसार इन्टरनेट सेवा उपलब्ध नगराएको, तोकिएको भन्दा बढी शुल्क लिएको, स्वीकृत प्याकेजभन्दा फरक प्याकेज बनाएर बिक्री गरेको तथा त्यस्ता प्याकेजबारे सेवाग्राहीलाई तोकिएको समयमा जानकारी नदिएको लगायतका विषयमा कारबाही…
पोखरा: पोखरा महानगरपालिका–२८ माझथानाबाट कालिकातर्फ विद्यार्थी लिएर आउँदै गरेको बस दुर्घटना हुँदा चार विद्यार्थी र एक सर्वसाधारण गरी पाँच जनाको मृत्यु भएको छ । दुर्घटनामा १९ जना घाइते भएकोमा पाँच जनाको मृत्यु भएको कास्की प्रहरीले जनाएको छ । शुक्रबार बिहान पोखरा महानगरपालिका-२८ माझठानामा कालिका इङ्लिस बोर्डिङ स्कुलको ग २ ख १४१७ नम्बरको बस सडकबाट करिब २०० मिटर तल खसेको थियो। मृत्यु हुने चार जना विद्यार्थी कक्षा ९ र १० मा अध्ययनरत रहेको प्रहरीले जनाएको छ । दुर्घटनामा घाइतेहरुलाई उपचारका लागि पोखरा स्वास्थ्य विज्ञान प्रतिष्ठान अन्तर्गतको पश्चिमाञ्चल क्षेत्रीय अस्पतालमा ल्याइएको छ । प्रहरीको टोली पश्चिमाञ्चल क्षेत्रीय अस्पताल पुगेर घटनाको विवरण संकलन…
काठमाडौं: दसैंका लागि आजदेखि अग्रिम टिकट बुकिङ खुला भएको छ। टिकट लिनेहरूको अहिले नयाँ बसपार्क क्षेत्रमा भिडभाड देखिन्छ । कतिपय युवाहरू गएरातिदेखि नै नयाँबसपार्क क्षेत्रको टिकट काउन्टर अगाडि लाइन बसेका थिए । यातायात व्यवस्था विभाग, नेपाल प्रहरी र यातायात व्यवसायी तथा मजदुरबीच यही असोज २० गते मंगलबार विभागमा बसेको बैठकले असोज २३ गतेदेखि दशैंका लागि अग्रिम टिकट बुकिङ खुला गर्ने निर्णय गरेको थियो । लामो तथा मध्यम दूरीका सवारी साधनलाई यात्रुको चापअनुसार रिजर्भमा सञ्चालन गर्न फूलपातीदेखि पूर्णिमासम्म रूट परमिटसमेत खुला गरिएको छ। दसैंको समयमा ढुवानीका सवारी साधनले फलफूल, तरकारी, औषधि, खसी–बोका तथा अत्यावश्यक खाद्यान्न र सामग्रीलाई प्राथमिकताका साथ ढुवानी गर्नेछन्।…
काठमाडौँ: ग्लोबल आइएमई बैंक लिमिटेडले काठमाडौँ उपत्यकाभित्रका आफ्ना सम्पूर्ण शाखाहरूबाट अमेरिकी डलर सटही सुविधा सहज रूपमा उपलब्ध गराएको छ। विदेश भ्रमण, अध्ययन तथा व्यापारिक प्रयोजनका लागि जाने यात्रुहरूलाई विदेशी मुद्रा व्यवस्थापनमा सहजता प्रदान गर्ने उद्देश्यले उपत्यकाभित्रका सबै शाखा कार्यालयमार्फत यो सेवा विस्तार गरिएको बैंकले जनाएको छ। बैंकका अनुसार डलर सटही गर्न चाहने सेवाग्राहीले सम्बन्धित देशको भिसा, हवाई टिकट तथा राहदानी (पासपोर्ट) सहित पायक पर्ने जुनसुकै शाखामा सम्पर्क गर्न सक्नेछन्। नेपाल राष्ट्र बैंकको प्रचलित विदेशी विनिमय व्यवस्था तथा नीतिअनुसार तोकिएको सीमासम्मको अमेरिकी डलर नगद वा कार्डमार्फत उपलब्ध गराइने छ। यसअघि सीमित मुख्य शाखाहरूबाट मात्र नगद विदेशी मुद्रा लिनुपर्ने बाध्यता रहेकामा अब…
काठमाडौं: असोज ११ गते कालीगण्डकी नदीमा आएको बाढीले क्षति पुर्याएको राहुघाट जलविद्युत आयोजनाको मर्मतसम्भार ११ दिनमै सम्पन्न गरी विद्युत उत्पादन पुनः सुरु गरिएको छ । बाढीबाट विद्युतगृहमा डुबान हुनुका साथै महत्वपूर्ण संरचना र उपकरणमा क्षति पुगेको थियो । आवश्यक मर्मतसम्भार तथा प्राविधिक कार्य सम्पन्न गरी आयोजनाको एउटा युनिट -२० मेगावाट_ बिहीबारबाट सञ्चालनमा ल्याइएको हो । आयोजनाको विद्युतगृहबाट विद्युत उत्पादनपछि पानीलाई कालीगण्डकी नदीमा पठाउन प्रयोग हुने टेलरेस गेटमा बाढीले क्षति पुर्याएको थियो । त्यसपछि टेलरेसबाट विद्युतगृहभित्र पानी प्रवेश गरी डुबानमा परेको थियो । यसले गर्दा भरखरै निर्माण सम्पन्न भई परीक्षणका रुपमा विद्युत उत्पादन सुरु गरेको आयोजना बन्द भएको थियो । विद्युतगृहमा…