Subscribe to Updates
Get the latest creative news from FooBar about art, design and business.
- नेपाललाई सम्पत्ति शुद्धीकरणको ग्रे लिस्टबाट निकाल्न कुनै कसर बाँकी राखिने छैन: अर्थमन्त्री डा. स्वर्णिम वाग्ले
- यस्ता छन् आगामी बजेटको प्राथमिकता (पूर्ण पाठ)
- शोधनान्तर स्थिति सात खर्ब ३१ अर्बले बचतमा, नौ महिनामा साढे १६ खर्ब बढी विप्रेषण भित्रियो
- सरकारको नीति तथा कार्यक्रम (पूर्णपाठ)
- सरकारको नीति तथा कार्यक्रम: सीमारहित अर्थतन्त्र र तौलरहित व्यापार
- संघीय संसद्को बजेट अधिवेशन आजदेखि, नीति तथा कार्यक्रम पनि आजै प्रस्तुत हुने
- टर्किस एयरलाइन्समा आगलागीपछि अवरुद्ध त्रिभुवन अन्तर्राष्ट्रि विमानस्थल खुल्यो
- इस्तानबुलबाट आएको टर्किस एयरको जहाजमा आगलागी, सबै यात्रु सुरक्षित
Author: पहिलोक्लिक
पहिलो क्लिक डटकम आम सरोकारका विषयलाई प्राथमिकता दिने नेपालको अनलाइन न्यूज पोर्टल हो ।
काठमाडौं: नेपाल साफ यु-१८ महिला च्याम्पियनसिपको सेमिफ़ाइनल्को आजको खेलमा भारतलाई ट्राईब्रेकरमा हराउँदै फाइनलमा प्रवेश गरेको छ । पेनाल्टी सुटआउटमा भारतलाई ३-२ ले पराजित गर्दै नेपाल फाइनलमा प्रवेश गरेको हो । भुटानको राजधानी थिम्पुस्थित चाङलिमिथाङ मैदानमा दुबै टिमले निर्धारित समयसम्म १-१ गोलको बराबरी खेलेका थिए । खेलको १५औं मिनेटमा नेपालकी रश्मी कुमारी घिसिङले गोल गर्दै अग्रता दिलाएकी थिइन् । उनले किपरलाई समेत बिट गर्दै गोल गरेकी थिइन् । पहिलो हाफमा १-० गोलले अघि रहेको नेपालले दोस्रो हाफमा भने खराब प्रदर्शन गर्दै गोल खाएको थियो । तुलनात्मक रुपमा नेपालले दोस्रो हाफमा राम्रो प्रदर्शन गर्न सकेन । खेलको ६२औं मिनेटमा भारतकी समीक्षाले गोल…
कलैया: बाराको निजगढमा नै अन्तर्राष्ट्रिय विमानस्थल बनाउनु पर्ने बारा वन प्राविधिक सङ्घले माग गरेको छ । कलैयामा आज पत्रकार सम्मेलन गरी विभिन्न बहानामा अन्तर्राष्ट्रिय विमानस्थल बारामा बनाउन नदिनका लागि चलखेल भइरहेको हँुदा त्यसप्रति सचेत र जवाफदेही हुन सरोकारावाला सबैलाई सङ्घले आग्रह गरेको छ । अन्तर्राष्ट्रिय विमानस्थल निर्माणको लागि सरकारले आठ हजार ४५ हेक्टर वन क्षेत्र छुट्याएकोमा सोमध्ये एक हजार ५५० हेक्टरमा लगाइएको रुख कटान गर्दा विमानस्थलको भौतिक संरचना निर्माण हुने भएको हँुदा त्यसलाई मध्यनजर गर्दै बाँकी रहेको वनक्षेत्र काठ र दाउरा आपूर्तिका लागि राख्नुपर्ने वनस्पति विभागका पूर्वमहानिर्देशक राजदेवप्रसाद यादवले विचार व्यक्त गरे । अन्तर्राष्ट्रिय विमानस्थल बनाउने नाममा धेरै रुख कटान…
काठमाडौँ: भूकम्पले क्षतिग्रस्त काष्ठमण्डपको पुनःनिर्माण आगामी कात्तिक १ गतेदेखि औपचारिक शुरु गरिने भएको छ । पुनःनिर्माणका लागि गत वैशाख ३१ गते क्षमापूजा भने सम्पन्न भइसकेको छ । अहिले पुनःनिर्माणका लागि आवश्यक सामग्री सङ्कलन भइसकेको छ । अब सबैले देख्ने गरी काम शुरु गरिने काठमाडौँ महानगरपालिकाले जनाएको छ । आगामी आर्थिक वर्षको पहिलो साता नै पहिलो तला निर्माण सम्पन्न गर्ने गरी काम शुरु गरिने कामपा, भौतिक पूर्वाधार तथा पुनःनिर्माण विभागका प्रमुख राम थापाले जानकारी दिनुभयो । तीन वर्षमा सबै निर्माण सम्पन्न हुने जनाइएको छ । काष्ठमण्डप पुनः निर्माणका लागि आवश्यक पर्ने सामग्री, काठ, इँटा र माटाको समेत परीक्षण भइसकेको छ ।…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वाग्मतीका सवारी चालक अनुमतिपत्र कार्यालयका नायब सुब्बा नवराज पराजुलीलाई पाँच हजार रुपैयाँ घुस लिएको अभियोगमा आज कार्यालय परिसरबाटै पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार पराजुलीलाई लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गराइदिने भन्दै परीक्षामा अनुत्तीर्ण भएका एक सेवाग्राहीसँग घुस लिएको अभियोग छ । यस्तै आयोगले आजै काठमाडौँ महानगरपालिका टेकुको मिसिल शाखाका कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी एक सेवाग्राहीसँग रु पाँच हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले कार्यालय सहयोगी गिरीलाई पक्राउ गरेको थियो ।
काठमाडौँ: अख्तियार दुरुपयोग अनुसन्धान आयोगले यातायात व्यवस्था कार्यालय वाग्मतीका सवारी चालक अनुमतिपत्र कार्यालयका नायब सुब्बा नवराज पराजुलीलाई रु पाँच हजार घुस लिएको अभियोगमा आज कार्यालय परिसरबाटै पक्राउ गरेको छ । आयोगका सहायक प्रवक्ता मदन कोइरालाका अनुसार पराजुलीलाई लिखित र प्रयोगात्मक परीक्षा उत्तीर्ण गराइदिने भन्दै परीक्षामा अनुत्तीर्ण भएका एक सेवाग्राहीसँग घुस लिएको अभियोग छ । यस्तै आयोगले आजै काठमाडौँ महानगरपालिका टेकुको मिसिल शाखाका कार्यरत कार्यालय सहयोगी उद्धवप्रसाद गिरीविरुद्ध विशेष अदालतमा मुद्दा दायर गरेको छ । सेवाग्राहीको फाइल खोज्न आनाकानी गरी एक सेवाग्राहीसँग रु पाँच हजार घुस माग्दामाग्दै आयोगको टोलीले केही दिन पहिले कार्यालय सहयोगी गिरीलाई पक्राउ गरेको थियो ।
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले बर्दिया सदरमुकाम गुलरिया र बारबर्दिया नगरपालिका जोड्ने जब्दीघाटको बबई नदीमाथिको पुल निर्माणमा अनियमितता गरेको आरोपमा निर्माण व्यवसायी र निर्माण अवधिमा संलग्न सम्पूर्ण कर्मचारी गरी १२ विरुद्ध आज विशेष अदालतमा मुद्दा दायर गरेको छ । पुल निर्माणको प्रारम्भिकदेखि अन्तिम चरणसम्मको अवस्थालाई हेर्दा निर्माणमा संलग्न सबै प्राविधिक कर्मचारीबाट ‘लाइन लेभल’ तथा उचाइको सम्बन्धमा देखिएको गम्भीर लापर्वाही स्वीकार गरी गुपचुपरुपमा कार्य गरेको देखिएकाले उक्त कार्यमा संलग्न निर्माण व्यवसायीदेखि सम्पूर्ण कर्मचारीको मिलेमतो पुष्टि भएको अख्तियारले जनाएको छ । पुल निर्माणको ठेक्का पाएको पप्पु कन्ट्रक्सन प्रालिको तत्कालीन अध्यक्ष हरिनारायणप्रसाद साह रौनियारविरुद्ध रु १९ करोड ३२ लाख २५ हजार ६९५…
काठमाडौं: नेपाल राष्ट्र बैंकका गभर्नर डा. चिरञ्जीवी नेपालले कमजोर नियमनका सहकारीका कारण वित्तिय स्थायित्वमा जोखिम रहेको उल्लेख गरेका छन् । नेपाल आर्थिक पत्रकार समाजले शुक्रबार आयोजना गरेको “वित्तिय क्षेत्र स्थायित्वः प्राथमिक राष्ट्रिय एजेण्डा” विषयक कार्यक्रमलाई सम्बोधन गर्दै गभर्नर नेपालले बचत तथा ऋण सहकारीहरु तथा गैर–बैंकिङ वित्तिय संस्थाहरुमा नियमनको अभावले वित्तिय क्षेत्रमा अदृश्य जोखिम रहेको औंल्याएका हुन् । चालु आर्थिक वर्ष २०७५–७६ को मौद्रीक नीतिले वित्तिय स्थायित्व सशक्तीकरणका लागि मापदण्डहरु अबलम्बन गरेको भन्दै, उनले बचत तथा ऋण सहकारीहरु सहितका वित्तिय कारोबार गर्ने संस्थाहरुमा सुशासनको अभावका कारण जोखिम अन्तरनिहीत रहेको उनको जिकिर थियो । अन्तरक्र्रिया कार्यक्रममा विज्ञ, नीति निर्माता तथा नियामकहरुले वित्तिय…
काठमाडौँ: यातायात व्यवस्था विभागले असोज २४ गतेदेखि सार्वजनिक सवारी साधनलाई इजाजतपत्र (रुट परमिट) खुला गरेको छ । विभागले नेपालीको महान् पर्व दशैँ, तिहार र छठ नजिकिएसँगै काठमाडौँ बाहिर जाने र आउने यात्रुलाई सहज र आरामदायी बनाउन असोज २४ देखि ३१ गतेसम्म इजाजतपत्र खुला गरेको हो । विभागका सूचना अधिकारी गोकर्णप्रसाद उपाध्यायले इजाजतपत्र खुला भएसँगै सवारी चालकले यात्रुलाई सहजरुपले गन्तव्यमा पु¥याउन र ल्याउनका लागि पालो पर्खनु नपर्ने बताए । नेपाल यातायात व्यवसायी राष्ट्रिय महासङ्घका महासचिव सरोज सिटौला इजाजतपत्र खुला भएसँगै चाडबाडको समयमा यात्रुलाई सुरक्षित गन्तव्यमा ल्याउन तथा लैजानका लागि सहज हुने बताउँछन्। “दशैँको समयमा इजाजतपत्र खुला गर्दा जुन सवारी साधन जता…
काठमाडौँ : जापान सरकारले विद्यालय क्षेत्र विकास कार्यक्रम (एसएसडिपी) कार्यान्वयन गर्न नेपाल सरकारलाई ३० करोड ८० लाख रुपैयाँ अनुदान उपलब्ध गराउने भएको छ । अनुदान सहयोगसम्बन्धी समझदारीपत्रमा आज अर्थ मन्त्रालयमा आयोजित एक कार्यक्रममा नेपालका लागि जापानका राजदूत मासामिची साइगोले र मन्त्रालयका सहसचिव श्रीकृष्ण नेपालले हस्ताक्षर गरे । शिक्षा, विज्ञान तथा प्रविधि मन्त्रालयले शिक्षाको आधारभूत तथा माध्यमिक शिक्षाको कार्यान्वयन गर्ने उक्त कार्यक्रमको उद्देश्य÷गुणस्तरीयता अभिवृद्धि तथा अध्ययन÷अध्यापनको सुधार हो । त्यसअवसरमा सङ्क्षिप्त मन्तव्य व्यक्त गर्दै राजदूत साइगोले शिक्षामा बालबालिकाको पहुँच सुनिश्चित हुनु दिगो विकासका लक्ष्य हासिल गर्ने दिशामा सहयोग पुग्नु हो भने । सहसचिव नेपालले नेपालको आर्थिक सामाजिक विकासमा जापानबाट निरन्तर सहयोग…
काठमाडौँ : अख्तियार दुरुपयोग अनुसन्धान आयोगले अनुसन्धान पूर्व नै प्रचारप्रसार गर्ने प्रवृत्ति अन्त्य गरी अनुसन्धानको गोपनीयता राख्ने कार्यदिशा अघि बढाएको छ । राज्य व्यवस्था तथा सुशासन समितिमा आयोगको तर्फबाट प्रस्तुत गरिएको आगामी रणनीति तथा कार्यदिशामा पूर्वाग्रह र प्रतिशोधबाट निर्देशित नभई तथ्य प्रमाण र विधिसम्मत ढङ्गबाट अनुसन्धान अघि बढाउने स्पष्ट गरिएको छ । अघिल्ला केही कालखण्डमा प्रतिशोधको भावनाबाट कुनै व्यक्ति विशेषको मानमर्दन गर्ने कार्य गरेको भनी आयोगको काम कारवाहीप्रति व्यापक आलोचना भएको थियो । आयोगबाट प्रस्तुत गरिएको कार्यदिशामा भनिएको छ, “दबाब र प्रभावबाट मुक्त अनुसन्धान र अभियोजन कार्य अघि बढाइनेछ, आन्तरिक सुदृढीकरणमार्फत प्रभावमुक्त अनुसन्धान गरिनेछ ।” उजुरीको वास्तविक अनुसन्धान गरी भ्रष्टाचार…